Friday 14 Shrawn, 2073 |
Menu

अर्थ

republica-headerdiscount-subscribe1

istl

लागु औषधकालागि एकै दिन तीनठाँउमा चोरी

(0 votes)
ललितपुर– लागुऔषध दुर्व्यसनको कुलतले कुख्यात चोर र लुटेरा बनेका एकजना फरार प्रतिवादीलाई प्रहरी र अदालतको टोलीले पाँचवर्ष पछि पक्राउ गरेको छ। प्रहरीले अनुसन्धानमा लागुऔषधका लागि एकैदिन तीन ठाँउसम्म चोरी र लुटपाट गर्ने गरेका ललितपुरका सुनिल महर्जनलाई पाँच वर्षपछि लागुऔषध सुधार केन्द्रबाट पक्राउ गरेको हो।

nepali-patro-june
जिल्ला अदालतका तहसिलदार कौशल ज्ञवालीका अनुसार ललितपुर जिल्ला अदालतले २०६७ असार २० गते गरेको फैसला पछि फरार रहेका महर्जन मंगलबार ठेचोको सुधार केन्द्रबाट पक्राउ परेका हुन्। अदालतले महर्जनलाई दुईवर्ष ६ महिना कैद र ९० हजार जरिवानाको फैसला गरेको थियो। फैसला पछि महर्जन सजाय भुक्तान नगरी फरार रहेका थिए।

प्रहरी प्रतिवेदन अनुसार महर्जन, प्रज्जवल शाक्य र भारतीय नागरिक संजिव मन्ना सहितको समुहले बटुवा महिला र एकान्तका घरमा लागुऔषध सेवनका लागि खर्च जुटाउन चोरी र लुटपाट गर्ने गरेका थिए। समुहले २०६६ जेठ ४ र ५ गतेको बिहानसम्म एकैदिन ललितपुरका दुई भिन्दाभिन्दै स्थानबाट दुई महिला बटुवाको सुनका सिक्री र एउटा घरमा ताला फोडेर चोरी गरेका थिए। समुहका तीनैजना मोटरसाईकलमा बसेर बटुवाको घाटीका सिक्री लुटने गरेका थिए।

अदालतका अनुसार प्रहरीले मुद्दा बुझाउँदाका समय नै महर्जनको समुह आठौ पटक अदालत पुगेको थियो। तहसिलदार ज्ञवालीले पटके रहेका उनिहरुमध्य शाक्यले सजाय भुक्तान गरेपनि भारतिय मन्ना र महर्जन फरार सूचिमा रहेको बताए ।

अदालतको दस्ता र प्रहरीले सोमबारबाट सुरु गरेको अभियानमा विभिन्न मुद्दामा फरार रहेका ६ जनालाई पक्राउ गरेको ललितपुर प्रहरीका प्रवक्ता डिएसपी किसनसिंह थापाले जानकारी दिए। उनका अनुसार लागुुऔषध मुद्दाका ललितपुरको सैबु बस्ने सुमन वानियाँ र ललितपुरको कुम्भेश्वर बस्ने अमित देउला पक्राउ परेका छन्। यस्तै रोकिराखेको भिआर मोटरसाईकल चोरी मुद्दाका फरार सुदिप खत्री पक्राउ परेका हुन्। चेक अनादर मुद्दाका ललितपुरका गगनलाल वैद्य र जालसाजी मुद्दाका फरार सुर्यमान महर्जन सहितको समुहलाई प्रहरी सहितको अदालतको दस्ताले पक्राउ परेका हुन ।

डिएसपी थापाले सुमन वानियाँ, सुदिप खत्री, सुनिल महर्जन र अमित देउला अदालतको आदेशले जेल चलान भएको बताए। पक्राउ परेका गगनलाल वैद्य र सुर्यमान महर्जनले तोकिएको जरिवाना बुझाएर रिहा भएका छन्।

प्रतिक्रिया

सुरुङ सकिनेबित्तिकै मेलम्ची पानी

सुरुङ सकिनेबित्तिकै मेलम्ची पानी

काठमाडौं- दुई दशकदेखि मेलम्ची पानी पर्खिरहेका उपत्यकाबासीले सुरुङ खन्ने काम सकिँदाबित्तिकै पानी उपभोग गर्न पाउने भएका छन्। मुख्य कामको रुपमा रहेको सुरुङसहित अन्य कामको प्रगतिमा सुधार भएपछि उपत्यकाबासीको मेलम्ची प्रतीक्षा...

कुखुराबाट ३३ अर्ब ७२ करोड रूपैयाँ आम्दानी !

कुखुराबाट ३३ अर्ब ७२ करोड रूपैयाँ आम्दानी !

चितवन– नेपालमा व्यावसायिक कुखुरा पालन फार्महरुले मासु, अन्डा र चल्ला बिक्रीबाट एक वर्षमा रु. ३३ अर्ब ७२ करोड ४० लाख २३ हजार आम्दानी गर्ने गरेका छन्।

रोजगारपीडितलाई क्षतिपूर्ति पाउन सकस

रोजगारपीडितलाई क्षतिपूर्ति पाउन सकस

काठमाडौं- मोरङ, उर्लाबारी–८ सुनझोडाका झमकबहादुर थापा अचेल बेचैन छन्। निड इम्प्लोइमेन्ट सर्भिस प्रालिले मलेसियाको सेङ इप फर्निचर उद्योगका लागि पठाएका थापा साढे एक महिनामै घर फर्र्किएपछि निराश हुन पुगेका हुन्।

सेयर परिसूचक उक्लेको उक्ल्यै

सेयर परिसूचक उक्लेको उक्ल्यै

काठमाडौं–सेयर बजारको तथ्यांकीय मापक नेप्सेले लगातार तेस्रो दिन नयाँ कीर्तिमान बनाएको छ । मंगलबार परिसूचक र कारोबार रकम दुवैमा कीर्तिमान बनेको हो । एक साता अघिदेखि लगातार दोहोरो अंकले बढ्दै...

चन्द्रागिरिमा केबलकार सरर‍‍‍‍‍...(भिडियो)

चन्द्रागिरिमा केबलकार सरर‍‍‍‍‍...(भिडियो)

काठमाडौं– धुलोको साम्राज्यमा पसेजस्तो लाग्ने कुइरीमण्डल सडक। एकसाथ गुड्छन्– लरी, ट्रिपर, बस, मोटरसाइकल र कारहरु। त्रिपुरेश्वरदेखि थानकोटसम्म पुग्दा लाग्छ नेपालमा फोक्सो बिगार्ने धुँवा एवं हिलो, भत्किएका सडकबाहेक अरु केही छैन।

नयाँ गभर्नरको हस्ताक्षरित नोट आयो, दृष्टिविहीनले छामेर पत्ता लगाउन सक्ने

नयाँ गभर्नरको हस्ताक्षरित नोट आयो, दृष्टिविहीनले छामेर पत्ता लगाउन सक्ने

काठमाडौं- नेपाल राष्ट्र बैंकका नयाँ गभर्नर चिरञ्जीवी नेपालले हस्ताक्षर गरेको नोट पहिलोपटक बजारमा आएको छ। नयाँ गभर्नरको हस्ताक्षरसहित पहिलोपटक बजारमा आएको नोट सय दरको हो। उक्त नोटमा दुइटा गैंडाको चित्र...

अलैचीको अस्थीर मूल्यले किसान चिन्तित

अलैचीको अस्थीर मूल्यले किसान चिन्तित

पाँचथर-सिदिन–७ का एकुका टेकवहादुर केरुङले गत मंसिरमा अलैचीको मूल्य प्रतिमन (४० केजी) ९० हजार रुपैयाँ पुगेपनि थप बढ्ने आस गरे। अघिल्लो सिजनमा प्रतिमन एक लाख १६ हजार रुपैयाँसम्ममा बिक्रि भएको...

एकै दिन २ अर्बको सेयर किनबेच

एकै दिन २ अर्बको सेयर किनबेच

काठमाडौं- पछिल्लो समय क्रमशः बढ्दै आएको सेयर कारोबार आइतबार दुई अर्ब रुपैयाँ नजिक पुगेको छ। यस दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक अर्ब ९६ करोड ४७ लाख रुपैयाँको सेयर...