Friday 14 Shrawn, 2073 |
Menu

अर्थ

republica-headerdiscount-subscribe1

istl

संवैधानिक संयन्त्रमा बनाउन मधेसी मोर्चा तयार

(0 votes)
काठमाडौं- संवैधानिक मान्यताप्राप्त राजनीतिक संयन्त्र निर्माण गरी प्रदेश सीमांकन विवाद मिलाउन प्रमुख तीन दल र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सहमत देखिएका छन्। बालुवाटारस्थित प्रधानमन्त्री निवासमा प्रमुख तीन दल र मोर्चाको बैठकमा शुक्रबार यस्तो सहमति भएको हो।
nepali-patro-june
सीमांकनसहित मोर्चाका ११ बुँदे माग सम्बोधन गर्न निर्माण गरिने उक्त उच्चस्तरीय राजनीतिक संयन्त्रको कार्यविधिबारे समेत बैठकमा छलफल भएको छ। कार्यविधि र प्रक्रिया टुंगो लागेपछि मोर्चासमेत सम्मिलित संयन्त्रलाई संसदबाट अनुमोदन गरिनेबारे बैठकमा समझदारी भएको छ।

'हिजो जुन–जुन विषय अड्केका थिए, त्यसैमा टेकेर अघि जाने सहमति आज भएको छ,' मोर्चासम्बद्ध नेता उपेन्द्र यादवले नागरिकसँग भने, 'राजनीतिक संयन्त्रको विधि र प्रक्रिया निर्माण गर्नुपर्नेमा हाम्रो जोड छ।' विधि र प्रक्रिया टुंगो नलागी संयन्त्रमा सहमति हुन नसक्ने मोर्चाले अडान राखेको उनले जानकारी दिए।

माघ ७ देखि रोकिएको उक्त कार्यदलसँग शुक्रबार वार्ता सुरु भएको हो।

उच्चस्तरीय राजनीतिक समितिको संयोजकको हैसियतमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले गत मंसिर २ गते राखेको प्रस्तावको सेरोफेरोमै रहेर सीमांकनमा सहमति प्रयास भएको छ।

सीमांकनलगायत विवाद टुंग्याउन प्रमुख तीन दलले राखेको तीन महिना समयावधि दिने गरी उच्चस्तरीय राजनीतिक संयन्त्र गठन प्रस्तावप्रति मोर्चा सकारात्मक बनेको छ।

प्रधानमन्त्री केपी शर्मा ओली फागुन ७ मा भारत भ्रमण निस्कनुअघि नै मधेसी मोर्चासँग सहमति गर्ने योजनासहित शुक्रबार मोर्चा सम्मिलित कार्यदलसँग छलफल गरिएको हो। कार्यदलका तर्फबाट मोर्चाले संयन्त्रको कार्यविधि र प्रक्रियाबारे प्रमुख तीन दल अझै अन्योलग्रस्त भएकाले समस्या भएको आरोप लगाएको थियो। जवाफमा तीन दलले संयन्त्रको प्रक्रिया र विधिबारे साझा धारणा बनाएर अर्को बैठकमा प्रस्तुत हुने प्रतिबद्धता जनाएका छन्।

मोर्चासहितको संयन्त्र निर्माण भएपछि त्यही संयन्त्रलाई व्यवस्थापिका संसदबाट अनुमोदन गराएर स्वामित्व ग्रहण गर्ने योजनामा प्रमुख तीन दल र मोर्चा सहमत देखिएका छन्। 'यसरी निर्माण भएको संयन्त्रलाई व्यवस्थापिका संसदबाट अनुमोदन गरिनेछ, कांग्रेसका तर्फबाट कार्यदल सदस्य रहेका नेता महेश आचार्यले नागरिकसँग भने।

प्रधानमन्त्री ओलीसहित तीन दल फागुन ४ गते व्यवस्थापिका संसद बैठक बस्नुअघि नै उक्त संयन्त्र निर्माण गर्ने योजनामा छन् भने त्यो सहमतिमा स्वामित्व ग्रहण गर्न मोर्चामा तीन दल थपिएका छन्। संसदभित्र प्रतिनिधित्व गर्ने आन्दोलनरत तराई–मधेसकेन्द्रित दलले स्वामित्व ग्रहण गर्ने गरी मोर्चाको विस्तार पनि गरिसकिएको छ।

'प्रधानमन्त्रीको भारत भ्रमणअघि नै सहमति गर्ने योजना देखिएको छ, मोर्चा विस्तार पनि त्यसैका लागि हो,' मोर्चाका एक नेताले नागरिकसँग भने, 'सबै संसदवादी दलले एकैपटक स्वामित्व ग्रहण गरुन् भनेर उक्त मोर्चाको विस्तार गरिएको हो।'

उनका अनुसार आगामी दिनमा हुने सहमतिमा मोर्चाका नेताले संयुक्त रुपमा हस्ताक्षर गर्ने सम्भावना छ। 'छरिएर रहेका मधेसी मोर्चालाई एकै ठाउँमा उभ्याउन छिमेकी मुलुक भारतले पनि दबाब दिएको छ जसको उद्देश्य तराई–मधेस केन्द्रित संसदवादी दलले पनि राजनीतिक संयन्त्र निर्माणको स्वामित्व लिऊन् भन्ने छ,' स्रोतले भन्यो।

नयाँ संविधानप्रति विमति जनाउँदै तराई–मधेसको भूगोलमा मुख्यतः दुई समूह आन्दोलनरत थिए। मोर्चामा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल, महन्थ ठाकुर नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टी, राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी र महेन्द्र राय यादव नेतृत्वको तराई मधेस सद्भावना पार्टी सम्बद्ध छन्।

यसैगरी, संघीय समावेशी मधेसी गठबन्धनमा शरदसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टी, अनिलकुमार झा नेतृत्वको नेपाल सद्भावना पार्टी र राजकिशोर यादव नेतृत्वको मधेसी जनअधिकार फोरम गणतान्त्रिक आबद्ध छन्।

मधेसी मोर्चामा शुक्रबारबाट औपचारिक रुपमा ती दल आबद्ध भएको फोरम गणतान्त्रिकका अध्यक्ष यादवले बताए।

प्रतिक्रिया

सुरुङ सकिनेबित्तिकै मेलम्ची पानी

सुरुङ सकिनेबित्तिकै मेलम्ची पानी

काठमाडौं- दुई दशकदेखि मेलम्ची पानी पर्खिरहेका उपत्यकाबासीले सुरुङ खन्ने काम सकिँदाबित्तिकै पानी उपभोग गर्न पाउने भएका छन्। मुख्य कामको रुपमा रहेको सुरुङसहित अन्य कामको प्रगतिमा सुधार भएपछि उपत्यकाबासीको मेलम्ची प्रतीक्षा...

कुखुराबाट ३३ अर्ब ७२ करोड रूपैयाँ आम्दानी !

कुखुराबाट ३३ अर्ब ७२ करोड रूपैयाँ आम्दानी !

चितवन– नेपालमा व्यावसायिक कुखुरा पालन फार्महरुले मासु, अन्डा र चल्ला बिक्रीबाट एक वर्षमा रु. ३३ अर्ब ७२ करोड ४० लाख २३ हजार आम्दानी गर्ने गरेका छन्।

रोजगारपीडितलाई क्षतिपूर्ति पाउन सकस

रोजगारपीडितलाई क्षतिपूर्ति पाउन सकस

काठमाडौं- मोरङ, उर्लाबारी–८ सुनझोडाका झमकबहादुर थापा अचेल बेचैन छन्। निड इम्प्लोइमेन्ट सर्भिस प्रालिले मलेसियाको सेङ इप फर्निचर उद्योगका लागि पठाएका थापा साढे एक महिनामै घर फर्र्किएपछि निराश हुन पुगेका हुन्।

सेयर परिसूचक उक्लेको उक्ल्यै

सेयर परिसूचक उक्लेको उक्ल्यै

काठमाडौं–सेयर बजारको तथ्यांकीय मापक नेप्सेले लगातार तेस्रो दिन नयाँ कीर्तिमान बनाएको छ । मंगलबार परिसूचक र कारोबार रकम दुवैमा कीर्तिमान बनेको हो । एक साता अघिदेखि लगातार दोहोरो अंकले बढ्दै...

चन्द्रागिरिमा केबलकार सरर‍‍‍‍‍...(भिडियो)

चन्द्रागिरिमा केबलकार सरर‍‍‍‍‍...(भिडियो)

काठमाडौं– धुलोको साम्राज्यमा पसेजस्तो लाग्ने कुइरीमण्डल सडक। एकसाथ गुड्छन्– लरी, ट्रिपर, बस, मोटरसाइकल र कारहरु। त्रिपुरेश्वरदेखि थानकोटसम्म पुग्दा लाग्छ नेपालमा फोक्सो बिगार्ने धुँवा एवं हिलो, भत्किएका सडकबाहेक अरु केही छैन।

नयाँ गभर्नरको हस्ताक्षरित नोट आयो, दृष्टिविहीनले छामेर पत्ता लगाउन सक्ने

नयाँ गभर्नरको हस्ताक्षरित नोट आयो, दृष्टिविहीनले छामेर पत्ता लगाउन सक्ने

काठमाडौं- नेपाल राष्ट्र बैंकका नयाँ गभर्नर चिरञ्जीवी नेपालले हस्ताक्षर गरेको नोट पहिलोपटक बजारमा आएको छ। नयाँ गभर्नरको हस्ताक्षरसहित पहिलोपटक बजारमा आएको नोट सय दरको हो। उक्त नोटमा दुइटा गैंडाको चित्र...

अलैचीको अस्थीर मूल्यले किसान चिन्तित

अलैचीको अस्थीर मूल्यले किसान चिन्तित

पाँचथर-सिदिन–७ का एकुका टेकवहादुर केरुङले गत मंसिरमा अलैचीको मूल्य प्रतिमन (४० केजी) ९० हजार रुपैयाँ पुगेपनि थप बढ्ने आस गरे। अघिल्लो सिजनमा प्रतिमन एक लाख १६ हजार रुपैयाँसम्ममा बिक्रि भएको...

एकै दिन २ अर्बको सेयर किनबेच

एकै दिन २ अर्बको सेयर किनबेच

काठमाडौं- पछिल्लो समय क्रमशः बढ्दै आएको सेयर कारोबार आइतबार दुई अर्ब रुपैयाँ नजिक पुगेको छ। यस दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक अर्ब ९६ करोड ४७ लाख रुपैयाँको सेयर...