Wednesday 26 Mangshir, 2075 |
Menu

अर्थ

रुद्र खड्का

रुद्र खड्का

सामाजिक, राजनीतिक मुद्दामा सशक्त पत्रकारिता गरिरहेका खड्का हाल नागरिक दैनिकको आर्थिक ब्युरोमा काम गर्छन्।

Twitter : @rudrafine

Email: This email address is being protected from spambots. You need JavaScript enabled to view it.

रोजगारपीडितलाई क्षतिपूर्ति पाउन सकस

काठमाडौं- मोरङ, उर्लाबारी–८ सुनझोडाका झमकबहादुर थापा अचेल बेचैन छन्। निड इम्प्लोइमेन्ट सर्भिस प्रालिले मलेसियाको सेङ इप फर्निचर उद्योगका लागि पठाएका थापा साढे एक महिनामै घर फर्र्किएपछि निराश हुन पुगेका हुन्।

बायोमेट्रिक, गाम्का अध्ययन गर्न कार्यदल

काठमाडौं- मलेसिया र साउदी अरब जाने कामदारको स्वास्थ्य परीक्षण प्रणाली बायोमेटि्रक र गाम्काको अध्ययन गर्न श्रम तथा रोजगार मन्त्रालयले कार्यदल गठन गरेको छ।

टुंगिएन क्यासिनो विवाद

काठमाडौं- कर नतिरेको आरोपमा दुई वर्षअघि बन्द गराइएका क्यासिनोसम्बद्ध व्यवसायी र पर्यटन विभागबीचको विवाद अझै टुंगिएको छैन। विवाद नटुंगिदा नेपालका पाँचतारे होटलमा सञ्चालित क्यासिनोको भविष्य के हुने भन्नेमा अन्योल बढेको छ।

विभागमै टुंगो लगाउने बाध्यताले रोजगार पीडितलाई न्याय पाउन गाह्रो

काठमाडौं- मेनपावरको दबाबमा बनेको वैदेशिक रोजगार ऐन २०६४ ले पीडितका उजुरी टुंगो लगाउने अधिकार वैदेशिक रोजगार विभागलाई मात्र दिँदा सयौं पीडित न्याय पाउन नसकी छटपटाइरहेका छन्।

तातोपानी नाका नखुल्दा मानसरोवर जाने पर्यटक घटे

  • अर्थ
काठमाडौं-एक वर्षअघि गएको भूकम्पछि बन्द तातोपानी नाका नखुल्दा मानसरोवर जाने पर्यटक संख्यामा भारी गिरावट आएको छ। तैपनि सम्बन्धित निकायले नाका खुलाउने पहल नगरेको भन्दै पर्यटन व्यवसायीले आक्रोश पोखेका छन्।


रोजगार ठगीमा मेनपावरलाई उन्मुक्ति, व्यक्तिलाई निशाना

  • अर्थ
काठमाडौं-वैदेशिक रोजगारीमा जान थालेका आफन्तलाई १० हजार रुपैयाँभन्दा बढी तिर्न हुँदैन भनेर अडान लिएका कारण सोलुखुम्बु, राम्सेकी जाङ्मु शेर्पा अहिले मुद्दाको तारेख धाउँदैछिन्।

मलेसियामा दिनहुँ सयौं करार रद्द

काठमाडौं–सत्र महिनाअघि मलेसियाको राजधानी क्वालालम्पुरस्थित एक सपिङ मलमा सुरक्षा गार्डको काम थालेका खोटाङ, दिक्तेलका मनोज राई तीन साताअघि स्वदेश फर्किए । मेनपावरलाई एक लाख ३० हजार रुपैयाँ तिरेर मलेसिया पुगेका राई करार अवधि सकिन बाँकी रहँदै घर फर्कनुको कारण रोजगारदाताले तोकेअनुसार पारिश्रमिक नदिनु हो ।

बिदेसिने युवा रोक्ने कार्यक्रम आएन

काठमाडौं–भूकम्पका कारण क्षतिग्रस्त भएका पूर्वाधार पुनर्निर्माणमा ठूलो संख्यामा युवाशक्ति आवश्यक परेको विभिन्न निकायले रिपोर्ट सार्वजनिक गरिरहेको बेला केपी शर्मा ओली नेतृत्वको सरकारले वैदेशिक रोजगारीमा गइरहेका युवायुवतीलाई रोक्ने गतिला कार्यक्रम सार्वजनिक गर्न सकेन । यद्यपि सरकारले आर्थिक वर्ष २०७३/०७४ का लागि सार्वजनिक गरेको बजेटमा पुनर्निर्माण, नवनिर्माणलाई पहिलो प्राथमिकतामा राखेको घोषणा गरिएको छ ।

मलेसियाबाट रेमिटेन्स आप्रवाह स्थिर

मलेसिया- श्रम स्वीकृति लिएर सबभन्दा धेरै नेपाली कामदार आएको मलेसियाबाट स्वदेश जाने रेमिटेन्स पहिलोपटक स्थिर अवस्थामा पुगेको छ। पछिल्लो ४–५ वर्षयता निरन्तर नेपाल पठाउने रेमिटेन्स वृद्धि भइरहेको बेला चालु आर्थिक वर्षमा भने स्थिर भएको हो। अघिल्लो वर्षको तुलनामा यो वर्ष स्वदेश जाने रेमिटेन्समा वृद्धि नभएको मलेसियामा रहेका रेमिटेन्स कम्पनीले जनाएका छन्।

खुलेआम लुटिन्छन् मलेसियामा नेपाली

जोहोरबारु (मलेसिया)— जोहोरबारुको एक होटलमा क्लिनरको काम गरिरहेका कैलाली, टीकापुरका रतन ऐर पछिल्लो एक महिनामा दुईपटक लुटिए। पहिलोपटक बैंकमा रकम निकाल्न पुगेका ऐरलाई स्थानीय युवाले लुटेका हुन् भने दोस्रोपटक मलेसियन प्रहरीले नै । ऐरका अनुसार होटलले बैंकमा हालेको तलब निकाल्न जाँदा चार सय रिंगिट (१० हजार आठ सय रुपैयाँ) स्थानीय युवाले लुटेको तीन साता बित्न नपाउँदै सडकमा हिँडिरहेको बेला प्रहरीले नियन्त्रणमा लिई तीन सय रिंगिट (आठ हजार एक सय रुपैयाँ) लुटेको थियो।
Subscribe to this RSS feed