Wednesday 6 Mangshir, 2074 |
Menu

अर्थ

republica-headerdiscount-subscribe1

istl

अधिकांश मेनपावर अव्यवस्थित

(0 votes)
अधिकांश मेनपावर अव्यवस्थित
काठमाडौं- बर्सेनि पाँच लाखभन्दा कामदारलाई वैदेशिक रोजगारीमा पठाउने अधिकांश मेनपावर कम्पनी अव्यवस्थित रूपले सञ्चालन भइरहेको पाइएको छ। मेनपावर व्यवसायीले कामदारसँग जथाभावी रकम असुल गरिरहेको तथा सम्झौता अनुसार रोजगारदाता मुलुकले काम र पारिश्रमिक उपलब्ध नगराएको गुनासो बढेपछि वैदेशिक रोजगार विभागले सुरु गरेको अनुगमनको क्रममा अधिकांश मेनपावर अव्यवस्थित रूपले सञ्चालन हुँदा कामदार समस्यामा पर्ने गरेको तथ्य फेला परेको हो। धेरैजसो मेनपावर व्यवसायीले कामदारसँग कति रकम असुलेका छन् भन्नेबारेमा पनि जानकारी नभेटिएको विभागका अनुगमन अधिकारीले जानकारी दिए।
nepali-patro-june
'मेनपावरले कामदारसँग कति रकम असुल्छन् भन्नेबारेमा उनीहरूको रेकर्डमा दुरुस्त हिसाबकिताब भेटिएन,' कात्तिक १९ गतेदेखि निरन्तर अनुगमनका खटिएकी विभागकी अनुगमन निर्देशक रमा भट्टराईले भनिन्, 'यसपटकको अनुगमनबाट वैदेशिक रोजगारीको क्षेत्रलाई व्यवस्थित बनाउन निकै काम गर्न जरूरी रहेछ भन्ने महसुस गराएको छ।' मेनपावरको अव्यवस्था हेर्दा ती कार्यालय कसरी चल्छन् भन्नेमा पनि प्रश्न उब्जिएको अनुगमन टोलीको भनाइ छ।

गत असार २१ गते श्रम तथा रोजगार मन्त्रालयले खाडीका ६ मुलुक र मलेसिया जान निःशुल्क भिसा र टिकट लागू गरेपछि विभागले उक्त निर्णय कार्यान्वयन भए/नभएको हेर्न मेनपावरको अनुगमन तीव्र पारेको थियो। अधिकांश कामदारले सरकारले गरेको निर्णयभन्दा मेनपावरलाई बढी रकम बुझाउनुपरेको गुनासो गरेपछि विभागको अनुगमन टोली सक्रिय भएको थियो।

निर्देशक भट्टराईका अनुसार कात्तिक १९ देखि पुस २६ गतेसम्म ४२ वटा मेनपावरको अनुगमन गर्दा अधिकांश अव्यवस्थित रूपमा सञ्चालन हुनाको साथै थोरै मेहनत गरेर धेरै कमाउन खोज्ने तथ्य फेला परेको छ। अनुगमन गरिएका ४२ वटै मेनपावरको सम्पूर्ण कागजपत्र विभागले नियन्त्रणमा लिएर छानबिन गरिरहेकाले कति मेनपावरले बदमासी गरेका छन् भनेर अहिले नै यकिन हुन नसकेको बताइएको छ। 'शंकास्पद देखिएका मेनपावरका कागजपत्र नियन्त्रणमा लिएर छानबिन भइरहेकाले उनीहरूले के कस्तो बदमासी गरेका छन् भन्ने कुरा पूर्ण अनुसन्धानपछि थाहा हुन्छ,' अनुगमन अधिकृत अर्जुन खतिवडाले भने।

अनुगमनको क्रममा मेनपावरले विभागको टोलीलाई न्यून लागतमा कामदार पठाएको दाबी गरे पनि अधिकांश कामदारले सरकारले तोकेको शुल्कमा वैदेशिक रोजगारीमा जान नपाएको गुनासो गरिरहेका छन्। अनुगमन टोली नेता भट्टराईले अधिकांश मेनपावरले कानुनी रूपमा न्यून लागतमा कामदार खाडी मुलुक र मलेसिया पठाउने गरेको पाइए पनि व्यवहारिक रूपमा १० हजार रूपैयाँमा ती मुलुक जान नपाएको भन्दै गुनासो गर्नेहरू थुप्रै भेटिएको बताइन्।

ठूला र नाम चलेका मेनपावरको तुलनामा साना र थोरै कामदार पठाउने मेनपावरको बदमासी धेरै भेटिएको विभागले जनाएको छ। मेनपावरले तोकेका एजेन्ट र त्यस्ता एजेन्टले तोकेका सहायक एजेन्टबाट कामदार सर्वाधिक पीडित भएकाले अबका दिनमा एजेन्टलाई मान्यता दिन नहुने अनुगमन टोलीले निष्कर्ष निकालेको छ। त्यस्तै वैदेशिक रोजगारीमा जाने कामदार ठगिनुको कारणमध्ये आवश्यकताभन्दा बढी मेनपावर हुनुलाई पनि मानिएको छ। 'धेरै मेनपावर हुँदा एकातिर उनीहरूको अनुगमन गर्न सकिएको छैन भने अर्कोतर्फ राम्रो काम गरिरहेका मेनपावरलाई पनि बदमासीको आरोप लाग्ने गरेको छ,' भट्टराईले भनिन्, 'वैदेशिक रोजगारीका तमाम विकृति, विसंगति रोक्न अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाउन आवश्यक छ।'

हाल नेपालमा सात सय ५४ मेनपावर सञ्चालनमा छन्। त्यसमध्ये वर्षमा एक हजार बढी कामदार विदेश पठाउने मेनपावरको संख्या एक सयभन्दा कम रहेको विभागले जनाएको छ। बाँकी मेनपावरको अनुगमन जारी राखिने जनाइएको छ। नक्कली कागजपत्र बनाएको, कामदार ठगेको लगायतका आरोपमा विभागले हाल ६४ मेनपावरको कारोबार रोक्का गरेको छ।

विकृतिविरुद्ध अनुगमन समितिको सुझाव

 एजेन्ट, सहायक एजेन्ट राख्न नदिने

 मेनपावरको संख्या कटौती

 नियमन गर्ने निकायको मनोबल उच्च राख्दै कर्मचारीको सुरक्षा

 नक्कली कागजपत्र पेस गर्ने मेनपावरलाई कालोसूचीमा

 वैदेशिक रोजगारीको क्रममा हुने भिसा, विम, अभिमुखीकरण, श्रम स्वीकृति, स्वास्थ्य जाँचमा एकीकृत प्रणाली

 विभागले गर्ने काम सबै अनलाइन

 पूर्वस्वीकृतिको प्रावधान अनावश्यक

 कामदारलाई सचेत

प्रतिक्रिया

सुरुङ सकिनेबित्तिकै मेलम्ची पानी

सुरुङ सकिनेबित्तिकै मेलम्ची पानी

काठमाडौं- दुई दशकदेखि मेलम्ची पानी पर्खिरहेका उपत्यकाबासीले सुरुङ खन्ने काम सकिँदाबित्तिकै पानी उपभोग गर्न पाउने भएका छन्। मुख्य कामको रुपमा रहेको सुरुङसहित अन्य कामको प्रगतिमा सुधार भएपछि उपत्यकाबासीको मेलम्ची प्रतीक्षा...

कुखुराबाट ३३ अर्ब ७२ करोड रूपैयाँ आम्दानी !

कुखुराबाट ३३ अर्ब ७२ करोड रूपैयाँ आम्दानी !

चितवन– नेपालमा व्यावसायिक कुखुरा पालन फार्महरुले मासु, अन्डा र चल्ला बिक्रीबाट एक वर्षमा रु. ३३ अर्ब ७२ करोड ४० लाख २३ हजार आम्दानी गर्ने गरेका छन्।

रोजगारपीडितलाई क्षतिपूर्ति पाउन सकस

रोजगारपीडितलाई क्षतिपूर्ति पाउन सकस

काठमाडौं- मोरङ, उर्लाबारी–८ सुनझोडाका झमकबहादुर थापा अचेल बेचैन छन्। निड इम्प्लोइमेन्ट सर्भिस प्रालिले मलेसियाको सेङ इप फर्निचर उद्योगका लागि पठाएका थापा साढे एक महिनामै घर फर्र्किएपछि निराश हुन पुगेका हुन्।

सेयर परिसूचक उक्लेको उक्ल्यै

सेयर परिसूचक उक्लेको उक्ल्यै

काठमाडौं–सेयर बजारको तथ्यांकीय मापक नेप्सेले लगातार तेस्रो दिन नयाँ कीर्तिमान बनाएको छ । मंगलबार परिसूचक र कारोबार रकम दुवैमा कीर्तिमान बनेको हो । एक साता अघिदेखि लगातार दोहोरो अंकले बढ्दै...

चन्द्रागिरिमा केबलकार सरर‍‍‍‍‍...(भिडियो)

चन्द्रागिरिमा केबलकार सरर‍‍‍‍‍...(भिडियो)

काठमाडौं– धुलोको साम्राज्यमा पसेजस्तो लाग्ने कुइरीमण्डल सडक। एकसाथ गुड्छन्– लरी, ट्रिपर, बस, मोटरसाइकल र कारहरु। त्रिपुरेश्वरदेखि थानकोटसम्म पुग्दा लाग्छ नेपालमा फोक्सो बिगार्ने धुँवा एवं हिलो, भत्किएका सडकबाहेक अरु केही छैन।

नयाँ गभर्नरको हस्ताक्षरित नोट आयो, दृष्टिविहीनले छामेर पत्ता लगाउन सक्ने

नयाँ गभर्नरको हस्ताक्षरित नोट आयो, दृष्टिविहीनले छामेर पत्ता लगाउन सक्ने

काठमाडौं- नेपाल राष्ट्र बैंकका नयाँ गभर्नर चिरञ्जीवी नेपालले हस्ताक्षर गरेको नोट पहिलोपटक बजारमा आएको छ। नयाँ गभर्नरको हस्ताक्षरसहित पहिलोपटक बजारमा आएको नोट सय दरको हो। उक्त नोटमा दुइटा गैंडाको चित्र...

अलैचीको अस्थीर मूल्यले किसान चिन्तित

अलैचीको अस्थीर मूल्यले किसान चिन्तित

पाँचथर-सिदिन–७ का एकुका टेकवहादुर केरुङले गत मंसिरमा अलैचीको मूल्य प्रतिमन (४० केजी) ९० हजार रुपैयाँ पुगेपनि थप बढ्ने आस गरे। अघिल्लो सिजनमा प्रतिमन एक लाख १६ हजार रुपैयाँसम्ममा बिक्रि भएको...

एकै दिन २ अर्बको सेयर किनबेच

एकै दिन २ अर्बको सेयर किनबेच

काठमाडौं- पछिल्लो समय क्रमशः बढ्दै आएको सेयर कारोबार आइतबार दुई अर्ब रुपैयाँ नजिक पुगेको छ। यस दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक अर्ब ९६ करोड ४७ लाख रुपैयाँको सेयर...