Thursday 5 Ashwin, 2074 |
Menu

अर्थ

republica-headerdiscount-subscribe1

istl

विपतपछिको निर्माणमा बाँस र निगालो

  • मङ्गलबार १८ फागुन, २०७२
  • दीपक खरेल
  • Be the first to comment!
(0 votes)

ललितपुर– सरकारले नेपाल पुर्ननिर्माणका लागि नेपालमै उपलब्ध बाँस र निगालोलाई प्राथमिकता दिएसँगै नेपालमा यसको उपलब्धता र निर्माण हुनसक्ने सम्भावित संरचनाका बिषयमा चर्चा सुरु भएको छ।

opensourcepermamentschooldesign11111111.jpg

nepali-patro-june
नेपाल सरकारले बनाएको भवन आचारसंहितामा बाँसको प्रयोगका बिषयमा ब्यवस्था भएपछि विपतपछिको दिगो निर्माणमा बाँस र निगालोको बिषय चर्चामा आएको हो। सरकारले बाँसको प्रयोगले निर्माण हुने एक सय पचास घर र १० विद्यालयको नमुना परीक्षणको अनुमति दिएपछि बाँसको क्षेत्रमा कामगर्दै आएका बाँस र निगालोको अन्तराष्ट्रिय सञ्जाल(इनबार) र आबारीजस्ता संस्थाले सम्बन्धीत सरोकारवालासँग छलफल सुरु गरेका हुन्।

नेपालमा करिब पचाँस प्रजातीका बाँस ६३ हजार हेक्टर क्षेत्रफलमा रहेको अनुमानित तथ्यांकका आधारमा भूकम्पपछिको दिगो निर्माणका लागि बाँसको प्रयोगको बहस सुरु भएको हो। नेपालका लगभग सबै जिल्लामा बाँस पाइने भए पनि महा निर्माणकै तहमा उपलब्ध नहुनसक्ने र प्रयोगको अवधिका बिषयमा समेत छलफल चलाउन बिज्ञले औंल्याएका थिए। इसिमोडले आयोजना गरेको एक दिने छलफलमा वन तथा भू–संरक्षण मन्त्री अग्नी सापकोटाले काभ्रेमा सरकारले अनुमती दिएको कार्यक्रमलाई अन्य जिल्लामा समेत सिको गर्नुपर्ने बताए। उनले नेपालमा उपलब्ध स्रोतको प्रयोगले हुने निर्माणका लागि पहल गर्ने बताएका थिए।

वन अन्वेषण तथा सर्वेक्षणका महानिर्देशक प्रकाश माथेमाले सरकारले ३२ फरक जातीका बाँस र त्यसबाट १८ फरक उत्पादन प्रयोगमा ल्याएको जानकारी दिँदै सरकारले पहाड र तराई दुबै क्षेत्रमा बाँसको अध्ययन भै रहेको बताए । उनले भने " सुनसरीमा बाँसका १५ विभिन्न जातीको ब्यवसायीक अध्ययन खेती भै रहेको छ, प्रयोगका बिषयमा अध्ययन गर्न सकिन्छ,"।

बाँसलाई प्रयोग योग्य बनाउन प्रशोधनका लागि आबारीले चितवनमा प्रशोधन केन्द्र स्थापना गरेको छ । आबारीका प्रबन्धक कुशल हरजानीले नेपाली बाँस निर्माणका लागि योग्य रहेको र यसको बिश्वब्यापी प्रयोगले सफलता पाएको जानकारी दिएका थिए । उनले बाँसको प्रयोगले हुने निर्माणमा ८९ प्रतिशत लगानी स्वदेशी रहने बताए । इनबारका नेपाल संयोजक निरपल अधिकारीले स्टिल भन्दा बलियो हुने बाँसको उत्पादन समय न्युन रहेको बाँसको निर्माणलाई लगानी अनुसार ३० वर्षदेखि एकसय वर्ष अवधिसम्म दिगो बनाउन सकिने जानकारी दिए ।

नेपालमा हिमालयन ब्याम्बोले विभिन्न उत्पादन र भौतिक संरचना निर्माण गर्दै आएको छ । संस्थाकी प्रतिनिधि सहारा जोशीले आफुहरुले निर्माण गरेका घर, बिद्यालय, कार्यालय र ब्यवसायीक भवनको निर्माणका सम्बन्धमा कुनै गुनासो नआएको जानकारी दिईन । उनका अनुसार एक परिवारका लागि निर्माण हुने बाँसको संरचना अन्य संरचनाको तुलनामा पचाँस प्रतिशतसम्म सस्तो हुनेगर्छ । निर्माणलाई भुकम्प प्रतिरोधीका साथै अन्य सुरक्षाका दृष्टीकोणले समेत बलियो बनाउन सकिने प्रविधि रहेको जानकारी गराईन ।

नेपालमा तीस दिनदेखि ६ वर्षसम्मका बाँसको प्रयोग हुदै आएको छ । तीस दिनमा तामा, ६ देखी नौ महिनाको बाँस घरायसी बस्तु बनाउन, दुई देखि ३ वर्षमा लेमिनेसन र त्यो भन्दा माथिको बाँस निर्माणका लागि प्रयोग हुने गरेको छ । बाँसको बनले भूक्षय रोक्ने भएकाले पहिरो ग्रस्त क्षेत्रमा यसको उपयोगिता बढेको छ ।यस्तै बाँसले अन्य बनको तुलनामा २० गुण बढि कार्बनडाईअक्साईड लिने समेत गरेको अध्ययनमा देखिएको हो । नेपाल बन नीति २०७१ मा बाँसलाई गैर बन उत्पादनमा राखिएको छ । आबारीले बाँसको निर्माणबाट खुला बिद्यालय, मदन पुस्तकालय, मेरो गाँउ र निजी निर्माणजस्ता योजना संचालन गरिरहेको छ । इनबारका महानिर्देशक ह्यान्स फ्रेडरिकले भुकम्पले नेपालमा भन्दा बढि क्षति पुगेको चीनको सिचुवान र कम्बोडियामा बाँसको प्रयोगले सफलता पाएको बताएका थिए । उनले नेपालमा दिगो निर्माणमा बाँसको प्रयोगका साथै उत्पादन र संरक्षणमा आफुले सघाउने बताए ।
स्मार्ट माउन्टेन सिटी र भिलेज

सरकारले भुकम्प प्रभावित पहाडी र हिमाली जिल्लामा स्मार्ट सिटिजस्तै स्मार्ट माउन्टेन सिटि र भिलेज बनाउन पहल गर्नुपर्ने बिज्ञले बताएका छन । इसिमोडका निर्देशक बषन्त श्रेष्ठले पहाड र हिमालमा भुकम्पपछि निर्माणमा स्मार्ट माउन्टेन भिलेज र सिटि बनाउन पहल गर्नुपर्ने बताएका हुन । पहाड र हिमाल सुहाउदो निर्माणसँगै सोही अनुसारका बाताबरण र हिमालमैत्री सेवा सुविधा भएका सहर र गाँउ आवश्यक रहेको श्रेष्ठले बताए ।" प्रारम्भीक चरणमा काभ्रे र नुवाकोटमा यस्ता सहर र गाँउको परिकल्पना अनुसार योजना बनिरहेको छ, हामी कार्यन्वयनका लागि छलफलमा छौं," श्रेष्ठले भने ।

प्रतिक्रिया

सुरुङ सकिनेबित्तिकै मेलम्ची पानी

सुरुङ सकिनेबित्तिकै मेलम्ची पानी

काठमाडौं- दुई दशकदेखि मेलम्ची पानी पर्खिरहेका उपत्यकाबासीले सुरुङ खन्ने काम सकिँदाबित्तिकै पानी उपभोग गर्न पाउने भएका छन्। मुख्य कामको रुपमा रहेको सुरुङसहित अन्य कामको प्रगतिमा सुधार भएपछि उपत्यकाबासीको मेलम्ची प्रतीक्षा...

कुखुराबाट ३३ अर्ब ७२ करोड रूपैयाँ आम्दानी !

कुखुराबाट ३३ अर्ब ७२ करोड रूपैयाँ आम्दानी !

चितवन– नेपालमा व्यावसायिक कुखुरा पालन फार्महरुले मासु, अन्डा र चल्ला बिक्रीबाट एक वर्षमा रु. ३३ अर्ब ७२ करोड ४० लाख २३ हजार आम्दानी गर्ने गरेका छन्।

रोजगारपीडितलाई क्षतिपूर्ति पाउन सकस

रोजगारपीडितलाई क्षतिपूर्ति पाउन सकस

काठमाडौं- मोरङ, उर्लाबारी–८ सुनझोडाका झमकबहादुर थापा अचेल बेचैन छन्। निड इम्प्लोइमेन्ट सर्भिस प्रालिले मलेसियाको सेङ इप फर्निचर उद्योगका लागि पठाएका थापा साढे एक महिनामै घर फर्र्किएपछि निराश हुन पुगेका हुन्।

सेयर परिसूचक उक्लेको उक्ल्यै

सेयर परिसूचक उक्लेको उक्ल्यै

काठमाडौं–सेयर बजारको तथ्यांकीय मापक नेप्सेले लगातार तेस्रो दिन नयाँ कीर्तिमान बनाएको छ । मंगलबार परिसूचक र कारोबार रकम दुवैमा कीर्तिमान बनेको हो । एक साता अघिदेखि लगातार दोहोरो अंकले बढ्दै...

चन्द्रागिरिमा केबलकार सरर‍‍‍‍‍...(भिडियो)

चन्द्रागिरिमा केबलकार सरर‍‍‍‍‍...(भिडियो)

काठमाडौं– धुलोको साम्राज्यमा पसेजस्तो लाग्ने कुइरीमण्डल सडक। एकसाथ गुड्छन्– लरी, ट्रिपर, बस, मोटरसाइकल र कारहरु। त्रिपुरेश्वरदेखि थानकोटसम्म पुग्दा लाग्छ नेपालमा फोक्सो बिगार्ने धुँवा एवं हिलो, भत्किएका सडकबाहेक अरु केही छैन।

नयाँ गभर्नरको हस्ताक्षरित नोट आयो, दृष्टिविहीनले छामेर पत्ता लगाउन सक्ने

नयाँ गभर्नरको हस्ताक्षरित नोट आयो, दृष्टिविहीनले छामेर पत्ता लगाउन सक्ने

काठमाडौं- नेपाल राष्ट्र बैंकका नयाँ गभर्नर चिरञ्जीवी नेपालले हस्ताक्षर गरेको नोट पहिलोपटक बजारमा आएको छ। नयाँ गभर्नरको हस्ताक्षरसहित पहिलोपटक बजारमा आएको नोट सय दरको हो। उक्त नोटमा दुइटा गैंडाको चित्र...

अलैचीको अस्थीर मूल्यले किसान चिन्तित

अलैचीको अस्थीर मूल्यले किसान चिन्तित

पाँचथर-सिदिन–७ का एकुका टेकवहादुर केरुङले गत मंसिरमा अलैचीको मूल्य प्रतिमन (४० केजी) ९० हजार रुपैयाँ पुगेपनि थप बढ्ने आस गरे। अघिल्लो सिजनमा प्रतिमन एक लाख १६ हजार रुपैयाँसम्ममा बिक्रि भएको...

एकै दिन २ अर्बको सेयर किनबेच

एकै दिन २ अर्बको सेयर किनबेच

काठमाडौं- पछिल्लो समय क्रमशः बढ्दै आएको सेयर कारोबार आइतबार दुई अर्ब रुपैयाँ नजिक पुगेको छ। यस दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक अर्ब ९६ करोड ४७ लाख रुपैयाँको सेयर...