Sunday 9 Baishak, 2075 |
Menu

अर्थ

republica-headerdiscount-subscribe1

istl

विभागमै टुंगो लगाउने बाध्यताले रोजगार पीडितलाई न्याय पाउन गाह्रो

(1 Vote)
काठमाडौं- मेनपावरको दबाबमा बनेको वैदेशिक रोजगार ऐन २०६४ ले पीडितका उजुरी टुंगो लगाउने अधिकार वैदेशिक रोजगार विभागलाई मात्र दिँदा सयौं पीडित न्याय पाउन नसकी छटपटाइरहेका छन्।
nepali-patro-june
स्थानीय निकायमा प्रहरी र अदालत हुँदाहुँदै वैदेशिक रोजगारीका उजुरी केन्द्रमा रहेको विभागले मात्र लिन पाउने अव्यवहारिक ऐनका कारण एकातिर पीडित आर्थिक मारमा परिरहेका छन् भने अर्कोतिर समयमा न्याय नपाउँदा सिंगो कानुनप्रति नै वितृष्णा पैदा गरिरहेको छ। वैदेशिक रोजगारीको क्रममा ठगिएका, सम्झौता अनुसार पारिश्रमिक र काम नपाएका पीडितले समयमै न्याय नपाउनुमा पीडितका उजुरी केन्द्रमै टुंगो लगाउनुपर्ने बाध्यता मुख्य कारणको रूपमा देखापरेको छ।

वैदेशिक रोजगार ऐन २०६४ ले वैदेशिक रोजगारीसम्बन्धी ठगीका उजुरी वैदेशिक रोजगार विभागले मात्र टुंगो लगाउने व्यवस्था गरेकाले त्यसको मार पीडितले भोग्दै आए पनि सरोकारवाला निकायले समस्या समाधानमा ध्यान नदिएको गुनासो चर्केको छ। वैदेशिक रोजगारीको क्रममा पीडित भएकाहरूले विभागमा मात्र उजुरी गर्न पाउने ऐनले गरेको व्यवस्थाका कारण एकातिर पीडितले वर्षौंदेखि न्याय पाउन सकेका छैनन् भने अर्कोतर्फ ग्रामीण भेगबाट उजुरी गर्नकै लागि राजधानी धाउनुपर्ने बाध्यता छ। वैदेशिक रोजगारीको क्रममा पीडित भएकाहरूको उजुरी लिने विभागको क्षमता भने निकै कमजोर भएकाले न्याय प्राप्त गर्नु 'फलामको चिउरा चपाउनु'सरह हुँदै आएको पीडितले गुनासो गर्दै आएका छन्।

वैदेशिक रोजगारीको क्रममा ठगिएका बारा, निजगढका फकिर अहमद साहले एजेन्टविरुद्ध उजुरी दिएको पाँच वर्ष भइसक्यो। सोही ठाउँका एजेन्ट कुमार यादवमार्फत मलेसिया उडेका साह तीन महिनामै विदेशबाट फकर्नु परेपछि गुमेको रकम फिर्ता पाउन वैदेशिक रोजगार विभागमा उजुरी दिन बाध्य भएका हुन्। एजेन्टले ७० हजार रुपैयाँ लिएर मलेसिया पठाए पनि त्यहाँ रोजगारदाताले कुनै काम नदिएपछि साह घर फर्कन बाध्य भएका हुन्। 'एजेन्टले झुक्याएर विदेश पठाएको तथ्य खुलेपछि गुमेको रकम फिर्ता पाउन उजुरी दिएको हँु,' पाँच वर्षदेखि विभाग धाइरहेका साहले भने, 'तर, उजुरी परेको लामो समय बितिसक्दा कुनै उपलब्धि हात नलागेपछि थप पीडा भइरहेको छ।' उनका अनुसार ७० हजार रकम असुल गर्ने एजेन्ट गाउँमै घुमफिर गर्दा पनि प्रहरीले पक्राउ गर्दैन भने एजेन्ट पक्राउ नपर्दासम्म विभागका कर्मचारीले उक्त उजुरीबारे कारबाही प्रक्रिया नै अघि बढाउन मानेका छैनन्। 'वैदेशिक रोजगारीको क्रममा ठगी गर्नेलाई कारबाही र गुमेको रकम फिर्ता होला भन्ने आशा गरेको बेला उजुरी प्रक्रियामै नजाँदा उल्टै थप रकम खर्च भइरहेको छ,' उनले भने, 'उजुरी दर्तापछि कारबाही प्रक्रिया कहाँ पुग्यो भनेर सोधीखोजी गर्न पटकपटक काठमाडौं आवतजावत गर्दा २० हजार रुपैयाँभन्दा बढी खर्च भइसक्यो।'

तीन महिनाअघि रोजगारीका लागि दुबई पुगेका कास्की, थुमौका–५ का राजु गुरुङ र विवेक गुरुङले कुनै काम नपाएपछि दुई सातायता उनीहरूका आफन्त काठमाडौंका विभिन्न सरकारी कार्यालय धाउनमै व्यस्त छन्। दीपगेस्ट मेनपावरलाई प्रतिव्यक्ति एक लाख रुपैयाँ तिरेर दुबई गएका राजु र विवेकलाई उद्धार नगरेसम्म घर नफर्कने अडानमा रहेका उनीहरूका आफन्तले यसबीचमा ५० हजार रुपैयाँ खर्च भइसकेको बताए। राजुका पिता झलकले भने, 'ऋण लिएर विदेश गएको छोराको उद्धर गर्न थप ऋण लिनुपरेको छ।' तर विभागमा दिनहुँ धाइरहे पनि कर्मचारीलाई पीडितको कुरा सुन्ने फुर्सद छैन। विभागका कानुन निर्देशक गोविन्दप्रसाद उपाध्यायले भने, 'सबैले आफ्नो काम पहिला गर्नुपर्ने माग गर्छन्। तर, जनशक्तिको अभावमा सबैका उजुरी चाँडो टुंग्याउन गाह्रो छ।'

यतिखेर नेपालबाट दैनिक १२ देखि १५ सय युवायुवती वैदेशिक रोजगारीमा जान्छन्। युवायुवती जे सोचेर वैदेशिक रोजगारीमा जान्छन्, उता त्यस्तो पटक्कै छैन। एजेन्टदेखि मेनपावर हुँदै रोजगारदातासम्मको चुसाइमा तिनै गुजाराका लागि विदेशिने युवायुवती पर्ने गरेका छन्। वैदेशिक रोजगारीको क्रममा ठगीको अवस्था हेर्दा लाग्छ– त्यस्ता युवायुवती पाइलैपिच्छे ठगिएका हुन्छन्। तीमध्ये निकै समस्यामा परेका केहीले न्यायको प्रयास पनि गर्छन्। तर, सरकारी संयन्त्र र कानुन कामदारमुखी नहुँदा धेरैले न्याय पाउन सकेका छैनन्। निकै समस्यामा परेकामध्ये दैनिक करिब १० वटा उजुरी हाल विभागमा दर्ता हुने गर्छन्। वैदेशिक रोजगारीमा जान खोजेकामध्ये ठूलो संख्याका युवायुवती ठगिएको देख्दा लाग्छ– वैदेशिक रोजगारीको वर्तमान संयन्त्र र यसका नियमनकारी ऐन, कानुन परिमार्जन नगरी हुँदैन। तर, यस्ता उजुरीको टुंगो लगाउन अधिकार पाएको एकमात्र निकाय विभागको संरचना भने दिनप्रतिदिन गिर्दो छ।

राम्रा कर्मचारी विभागमा आउन नमान्ने समस्या एकातिर छ भने अर्कोतर्फ पीडितको तुलनामा विभागमा निकै कम कर्मचारी हुँदा वैदेशिक रोजगारी दिनप्रतिदिन अस्तव्यस्त भइरहेको छ। उपाध्यायका अनुसार ऐनले देशभरिका वैदेशिक रोजगारीसम्बन्धी उजुरी केन्द्रमा मात्र दिन पाउने व्यवस्था गरेकाले पीडितलाई छिटोछरितो न्याय प्रदान गर्न गाह्रो भइरहेको छ। 'वैदेशिक रोजगारीमा हुने ठगी र अन्य समस्याको उजुरी अब हरेक जिल्लामा प्रहरीले लिनुपर्छ,' उनले भने, 'यदि यसो नगर्ने हो भने न केन्द्रका कर्मचारीले राम्रोसँग काम गर्न सक्छन्। न त पीडितलाई न्याय प्राप्तीमा सहज हुन्छ।'

वैदेशिक रोजगारी सम्बन्धी उजुरी केन्द्रमा ल्याउनुको साटो हरेक जिल्लामा अन्य ठगीजस्तै प्रहरीले अनुसन्धान गरेर जिल्ला अदालतमा मुद्दा चल्ने व्यवस्था हुनुपर्ने माग गरिएको छ। उपाध्यायका अनुसार हाल विभागमा रहेका पाँचजना कानुन अधिकृतले देशभरिका वैदेशिक रोजगारी पीडितका मुद्दामा अनुसन्धान गरी पीडितलाई चाँडो न्याय दिलाउन गाह्रो छ। चालु आर्थिक वर्षको चैतसम्म वैदेशिक रोजगारीको क्रममा ठगिएको भन्दै १४ सय ५५ उजुरी परेकोमा तीन सय ७९ वटा उजुरीमात्र फरफारक भएको विभागले जनाएको छ। हाल विभागमा पाँच हजारभन्दा बढी उजुरी टुंगो लाग्न नसकी थन्किएका छन्। उजुरीकर्ता र अभियोग लागेका व्यक्ति विभिन्न जिल्लामा बस्ने गरेकाले कतिपय उजुरी ८–१० वर्षदेखि नै टुंगो लाग्न नसकेको कर्मचारी बताउँछन्। ऐनले विभागका कर्मचारीलाई वैदेशिक रोजगारीमा ठगीको आरोप लागेकाविरुद्ध अनुसन्धान गर्नेदेखि लिएर मुद्दा दायर गर्नेसम्मको अधिकार दिए पनि आरोपितलाई खोज्न नसक्दा समस्या परेको भुक्तभोगी बताउँछन्।

प्रतिक्रिया

सुरुङ सकिनेबित्तिकै मेलम्ची पानी

सुरुङ सकिनेबित्तिकै मेलम्ची पानी

काठमाडौं- दुई दशकदेखि मेलम्ची पानी पर्खिरहेका उपत्यकाबासीले सुरुङ खन्ने काम सकिँदाबित्तिकै पानी उपभोग गर्न पाउने भएका छन्। मुख्य कामको रुपमा रहेको सुरुङसहित अन्य कामको प्रगतिमा सुधार भएपछि उपत्यकाबासीको मेलम्ची प्रतीक्षा...

कुखुराबाट ३३ अर्ब ७२ करोड रूपैयाँ आम्दानी !

कुखुराबाट ३३ अर्ब ७२ करोड रूपैयाँ आम्दानी !

चितवन– नेपालमा व्यावसायिक कुखुरा पालन फार्महरुले मासु, अन्डा र चल्ला बिक्रीबाट एक वर्षमा रु. ३३ अर्ब ७२ करोड ४० लाख २३ हजार आम्दानी गर्ने गरेका छन्।

रोजगारपीडितलाई क्षतिपूर्ति पाउन सकस

रोजगारपीडितलाई क्षतिपूर्ति पाउन सकस

काठमाडौं- मोरङ, उर्लाबारी–८ सुनझोडाका झमकबहादुर थापा अचेल बेचैन छन्। निड इम्प्लोइमेन्ट सर्भिस प्रालिले मलेसियाको सेङ इप फर्निचर उद्योगका लागि पठाएका थापा साढे एक महिनामै घर फर्र्किएपछि निराश हुन पुगेका हुन्।

सेयर परिसूचक उक्लेको उक्ल्यै

सेयर परिसूचक उक्लेको उक्ल्यै

काठमाडौं–सेयर बजारको तथ्यांकीय मापक नेप्सेले लगातार तेस्रो दिन नयाँ कीर्तिमान बनाएको छ । मंगलबार परिसूचक र कारोबार रकम दुवैमा कीर्तिमान बनेको हो । एक साता अघिदेखि लगातार दोहोरो अंकले बढ्दै...

चन्द्रागिरिमा केबलकार सरर‍‍‍‍‍...(भिडियो)

चन्द्रागिरिमा केबलकार सरर‍‍‍‍‍...(भिडियो)

काठमाडौं– धुलोको साम्राज्यमा पसेजस्तो लाग्ने कुइरीमण्डल सडक। एकसाथ गुड्छन्– लरी, ट्रिपर, बस, मोटरसाइकल र कारहरु। त्रिपुरेश्वरदेखि थानकोटसम्म पुग्दा लाग्छ नेपालमा फोक्सो बिगार्ने धुँवा एवं हिलो, भत्किएका सडकबाहेक अरु केही छैन।

नयाँ गभर्नरको हस्ताक्षरित नोट आयो, दृष्टिविहीनले छामेर पत्ता लगाउन सक्ने

नयाँ गभर्नरको हस्ताक्षरित नोट आयो, दृष्टिविहीनले छामेर पत्ता लगाउन सक्ने

काठमाडौं- नेपाल राष्ट्र बैंकका नयाँ गभर्नर चिरञ्जीवी नेपालले हस्ताक्षर गरेको नोट पहिलोपटक बजारमा आएको छ। नयाँ गभर्नरको हस्ताक्षरसहित पहिलोपटक बजारमा आएको नोट सय दरको हो। उक्त नोटमा दुइटा गैंडाको चित्र...

अलैचीको अस्थीर मूल्यले किसान चिन्तित

अलैचीको अस्थीर मूल्यले किसान चिन्तित

पाँचथर-सिदिन–७ का एकुका टेकवहादुर केरुङले गत मंसिरमा अलैचीको मूल्य प्रतिमन (४० केजी) ९० हजार रुपैयाँ पुगेपनि थप बढ्ने आस गरे। अघिल्लो सिजनमा प्रतिमन एक लाख १६ हजार रुपैयाँसम्ममा बिक्रि भएको...

एकै दिन २ अर्बको सेयर किनबेच

एकै दिन २ अर्बको सेयर किनबेच

काठमाडौं- पछिल्लो समय क्रमशः बढ्दै आएको सेयर कारोबार आइतबार दुई अर्ब रुपैयाँ नजिक पुगेको छ। यस दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक अर्ब ९६ करोड ४७ लाख रुपैयाँको सेयर...