×

Warning

JLIB_APPLICATION_ERROR_COMPONENT_NOT_LOADING

JLIB_APPLICATION_ERROR_COMPONENT_NOT_LOADING

JFile: :read: Unable to open file: /data/nagariknews/components/com_k2/js/k2.js?v2.7.0&sitepath=/

Sunday 2 Poush, 2074 |
Menu

अर्थ

republica-headerdiscount-subscribe1

istl

वायुसेवा निगम मुख्यालयमा बहुतल्ले मल्टिप्लेक्स भवन बन्ने

(0 votes)
वायुसेवा निगम मुख्यालयमा बहुतल्ले मल्टिप्लेक्स भवन बन्ने
काठमाडौं- राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम सञ्चालक समितिले राजधानीको न्युरोडस्थित संस्थाको मुख्यालय भत्काएर बहुतल्ले 'मल्टिप्लेक्स' निर्माण गर्न दिने निर्णय गरेको छ।
nepali-patro-june
निगमका कान्तिपथस्थित १४ रोपनी जग्गा र सिनामंगलस्थित ३४ रोपनी जग्गालाई व्यापारिक प्रयोजनका लागि उपयुक्त हुने गरी प्रयोग गर्न सञ्चालक समितिले व्यवस्थापनलाई स्वीकृति दिएको हो। बोर्डको निर्णयअनुसार कान्तिपथमा बहुतल्ले मल्टिप्लेक्स र सिनामंगलमा कर्पोरेट भवन निर्माण हुनेछन्।

'कान्तिपथ र सिनामंगलमा रहेको निगमको जग्गालाई व्यापारिक प्रयोजनमा उपयोग गर्न दिन सञ्चालक समितिले स्वीकृति दिएको छ,' निगमका कर्पोरेट डाइरेक्टर तथा प्रवक्ता रामहरि शर्माले सोमबार नागरिकसँग भने, 'यसबाट निगमको आम्दानीमा उल्लेख्य सुधार हुने विश्वास छ।'

कान्तिपथमा मल्टिप्लेक्स भवन निर्माण हुने भएपछि त्यहाँबाट मुख्यालय सारेर सिनामंगल लगिने उनले बताए। सञ्चालक समितिले निगमका जग्गालाई व्यापारिक प्रयोजनका लागि उपयुक्त हुने गरी प्रयोगमा ल्याउन स्वीकृति दिएसँगै यसबारे विस्तृत परियोजना प्रतिवेदन तयार गर्न पनि व्यवस्थापनलाई निर्देशन दिएको छ।

निगमले 'बिओटी' (निर्माण, सञ्चालन र हस्तान्तरण) प्रणालीबाट दुवै ठाउँका जग्गा उपयोगमा ल्याउने छ। 'विस्तृत परियोजना प्रतिवेदन तयार गर्न एक/दुई दिनभित्र एउटा कमिटी गठन गर्छौं,' प्रवक्ता शर्माले भने, 'सकेसम्म चाँडै प्रतिवेदन तयार गरी सञ्चालक समितिमा पेस गर्ने छौं। यसका लागि व्यवस्थापन आफैंले वा विज्ञ हायर गरेर प्रतिवेदन तयार हुने छ।'

निगमका अनुसार दुवै ठाउँका जग्गालाई व्यावसायिक प्रयोजनमा दिन चाँडै सार्वजनिक प्रस्ताव आह्वान गरिने छ। जुन कम्पनीले निर्माण ठेक्का पाउँछ, त्यसले पहिला सिनामंगलमा निगमको मुख्यालयका लागि कर्पोरेट भवन निर्माण गरिदिनुपर्ने सर्त राखिने छ। त्यसपछि मात्र उसले कान्तिपथको मुख्यालय भत्काएर मल्टिप्लेक्स निर्माण गर्न पाउने छ।

त्यस्तो मल्टिप्लेक्समा साततारे स्तरको होटल, सिनेमा हल, सपिङ कम्प्लेक्स, रेस्टुरेन्ट, स्विमङ पुललगायत उपलब्ध हुनेछन्। मुलुकको भवन आचार संहिताअनुसार मल्टिप्लेक्सको उचाइ कायम हुने छ।

भवन आचार संहितामा माटो परीक्षण गरी जग्गाको क्षेत्रफलअनुसार भूकम्प प्रतिरोधात्मक भवन निर्माण गर्न पाइने उल्लेख छ तर यसमा भवनको उचाइ कत्रो हुन्छ भन्ने उल्लेख छैन। विश्व सम्पदास्थल नजिक भए धेरै अग्ला भवन निर्माण गर्न पाइँदैन।

कान्तिपथस्थित जग्गामा मल्टिप्लेक्स निर्माण गर्न न्यूनतम ४ अर्ब रुपैयाँ लाग्ने निगमले प्रारम्भीक अनुमान गरेको छ। तर, निगमले यो रकम भने खर्च गर्दैन, उसले आफ्नो जग्गामात्र भाडामा दिने छ। मल्टिप्लेक्समा बेसमेन्टबाट तीन तलासम्म गाडी पार्किङ गर्न मिल्ने व्यवस्था हुने छ।

'हामी महिनैपिच्छे भाडा लिने वा निश्चित वर्ष (१०, २० वा ३० वर्ष) सम्म मल्टिप्लेक्स सञ्चालन गर्न दिएपछि फिर्ता लिने भन्ने छलफल गर्छौं,' प्रवक्ता शर्माले भने, 'कस्तो खालको मल्टिप्लेक्स बनाउने प्रस्ताव आउँछ, त्यसमा भरपर्छ।'

निगमको कान्तिपथस्थित मुख्याल २०२६/२७ सालमा निर्माण भएको थियो। हाल यसमा टिकट बिक्री केन्द्रदेखि कर्पोरेट, मार्केटिङ, अपरेसन, लेखा र प्रशासनिक काम सबै हुने गर्छ। यसमा इन्जिनियरिङ विभाग भने छैन। सिनामंगलमा रहेको जग्गा भने हालसम्म खालि नै छ।

निगमले तीन वर्षअघि पनि सिनामंगलस्थित जग्गामा कर्पोरेट भवन बनाउने योजना बनाएको थियो। योजनाअनुसार नक्सा डिजाइन गरेर निगम व्यवस्थापनले तालुक मन्त्रालय संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमा प्रस्ताव पठाएको थियो। उक्त प्रस्ताव पर्यटनबाट अर्थ मन्त्रालयसम्म पुगेको थियो।

निगमले २०६७ जेठ मा तयार पारेको सम्पत्ति विवरणअनुसार आफ्नो कूल सम्पत्ति १६ अर्ब ८० करोड रुपैयाँ रहेको छ। यसलाई सञ्चालक समितिले पारित गरेको थियो। निगमले त्यसबेला पर्यटन मन्त्रालयमा बुझाएको सम्पत्ति विवरणमा १२ अर्ब रुपैयाँभन्दा बढीको जग्गा तथा ४ अर्बजतिको जहाज र अन्य उपकरण उल्लेख गरिएको छ। त्यसमा कान्तिपथस्थित केन्द्रीय कार्यालय भवन र त्यसले चर्चेको जग्गाको मूल्यांकन १० अर्ब रुपैयाँ राखिएको छ।

त्यस्तै निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि दुईवटा बोइङ ७५७ र आन्तरिकतर्फ सातवटा ट्वीनअटर रहेको उल्लेख भए पनि त्यसबेला चारवटा ट्वीनअटरमात्र सञ्चालनमा थिए। सम्पत्ति मूल्यांकन गर्दा निगम भवन, विभिन्न जिल्लामा रहेको जग्गा, सवारीसाधन, ग्राउन्ड ह्यान्डलिङ उपकरण राखिएको थियो। सिनामंगलमा निगमको ३४ रोपनी जग्गा रहेको पनि उल्लेख थियो।

निगमसँग हाल अन्तर्राष्ट्रिय उडानका लागि दुईथान 'बि७५७' र दुईथान 'ए३२०–२००' तथा आन्तरिक उडान गर्न एक–एकथान ट्वीनअटर, एमए–६० र वाई१२–ई जहाज छन्।

प्रतिक्रिया

सुरुङ सकिनेबित्तिकै मेलम्ची पानी

सुरुङ सकिनेबित्तिकै मेलम्ची पानी

काठमाडौं- दुई दशकदेखि मेलम्ची पानी पर्खिरहेका उपत्यकाबासीले सुरुङ खन्ने काम सकिँदाबित्तिकै पानी उपभोग गर्न पाउने भएका छन्। मुख्य कामको रुपमा रहेको सुरुङसहित अन्य कामको प्रगतिमा सुधार भएपछि उपत्यकाबासीको मेलम्ची प्रतीक्षा...

कुखुराबाट ३३ अर्ब ७२ करोड रूपैयाँ आम्दानी !

कुखुराबाट ३३ अर्ब ७२ करोड रूपैयाँ आम्दानी !

चितवन– नेपालमा व्यावसायिक कुखुरा पालन फार्महरुले मासु, अन्डा र चल्ला बिक्रीबाट एक वर्षमा रु. ३३ अर्ब ७२ करोड ४० लाख २३ हजार आम्दानी गर्ने गरेका छन्।

रोजगारपीडितलाई क्षतिपूर्ति पाउन सकस

रोजगारपीडितलाई क्षतिपूर्ति पाउन सकस

काठमाडौं- मोरङ, उर्लाबारी–८ सुनझोडाका झमकबहादुर थापा अचेल बेचैन छन्। निड इम्प्लोइमेन्ट सर्भिस प्रालिले मलेसियाको सेङ इप फर्निचर उद्योगका लागि पठाएका थापा साढे एक महिनामै घर फर्र्किएपछि निराश हुन पुगेका हुन्।

सेयर परिसूचक उक्लेको उक्ल्यै

सेयर परिसूचक उक्लेको उक्ल्यै

काठमाडौं–सेयर बजारको तथ्यांकीय मापक नेप्सेले लगातार तेस्रो दिन नयाँ कीर्तिमान बनाएको छ । मंगलबार परिसूचक र कारोबार रकम दुवैमा कीर्तिमान बनेको हो । एक साता अघिदेखि लगातार दोहोरो अंकले बढ्दै...

चन्द्रागिरिमा केबलकार सरर‍‍‍‍‍...(भिडियो)

चन्द्रागिरिमा केबलकार सरर‍‍‍‍‍...(भिडियो)

काठमाडौं– धुलोको साम्राज्यमा पसेजस्तो लाग्ने कुइरीमण्डल सडक। एकसाथ गुड्छन्– लरी, ट्रिपर, बस, मोटरसाइकल र कारहरु। त्रिपुरेश्वरदेखि थानकोटसम्म पुग्दा लाग्छ नेपालमा फोक्सो बिगार्ने धुँवा एवं हिलो, भत्किएका सडकबाहेक अरु केही छैन।

नयाँ गभर्नरको हस्ताक्षरित नोट आयो, दृष्टिविहीनले छामेर पत्ता लगाउन सक्ने

नयाँ गभर्नरको हस्ताक्षरित नोट आयो, दृष्टिविहीनले छामेर पत्ता लगाउन सक्ने

काठमाडौं- नेपाल राष्ट्र बैंकका नयाँ गभर्नर चिरञ्जीवी नेपालले हस्ताक्षर गरेको नोट पहिलोपटक बजारमा आएको छ। नयाँ गभर्नरको हस्ताक्षरसहित पहिलोपटक बजारमा आएको नोट सय दरको हो। उक्त नोटमा दुइटा गैंडाको चित्र...

अलैचीको अस्थीर मूल्यले किसान चिन्तित

अलैचीको अस्थीर मूल्यले किसान चिन्तित

पाँचथर-सिदिन–७ का एकुका टेकवहादुर केरुङले गत मंसिरमा अलैचीको मूल्य प्रतिमन (४० केजी) ९० हजार रुपैयाँ पुगेपनि थप बढ्ने आस गरे। अघिल्लो सिजनमा प्रतिमन एक लाख १६ हजार रुपैयाँसम्ममा बिक्रि भएको...

एकै दिन २ अर्बको सेयर किनबेच

एकै दिन २ अर्बको सेयर किनबेच

काठमाडौं- पछिल्लो समय क्रमशः बढ्दै आएको सेयर कारोबार आइतबार दुई अर्ब रुपैयाँ नजिक पुगेको छ। यस दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक अर्ब ९६ करोड ४७ लाख रुपैयाँको सेयर...