Sunday 8 Ashwin, 2074 |
Menu

अर्थ

republica-headerdiscount-subscribe1

खानी उद्यमलाई जनशक्तिकै अभाव

(0 votes)
काठमाडौं- प्रधानमन्त्री केपी ओली एवं उद्योगमन्त्री सोमनाथ पाण्डे पेट्रोलियम उत्खनन लगायतका खानीजन्य उद्योग स्थापना गर्ने भाषणमा रमाइरहेको बेला खानी विज्ञानसँग सम्बन्धित निकायले भने खनिज उद्यमका लागि आवश्यक अनुसन्धान, प्राविधिक जनशक्ति तथा प्रयोगशालाको कमी औंल्याएका छन्।


nepali-patro-june
उद्योगमन्त्री पाण्डेको उपस्थितिमा बिहीबार त्रिभुवन विश्वविद्यालय, भूगर्भशास्त्र केन्द्रीय विभाग तथा खानी तथा भूगर्भ विभागले आयोजना गरेको 'खानी तथा भूगर्भ विभागको जनशक्ति आवश्यकता र त्रिविको भूगर्भशास्त्र पाठ्यक्रम' अन्तर्क्रिया कार्यक्रममा दुवै निकायले जनशक्ति र भौतिक पूर्वाधारको कमि औंल्याए। अन्तर्क्रियामा कार्यपत्र पेस गर्दै भूगर्भशास्त्र विभागका विभागीय प्रमुख प्राध्यापक लालु पौड्यालले मुलुकको खानी विकासका लागि विश्वविद्यालयले आवश्यक जनशक्ति उत्पादन गर्न नसकेको तस्बिर प्रस्तुत गरे। भूगर्भशास्त्र अध्यापनको स्नातक तहदेखि खनिज विज्ञानलाई महŒवका साथ समावेश गरेर स्नातकोत्तर तहमा विशिष्टीकरण गर्नुपर्ने सुझाव पौडेलको थियो। त्रिभुवन विश्वविद्यालयले पाठ्यक्रम स्वीकृत गर्नुका साथै आवश्यक साधन–स्रोत उपलब्ध गराएको अवस्थामा भूगर्भ विभागले आवश्यक जनशक्ति उत्पादन गर्न सक्ने उनले बताए।

खानी तथा भूगर्भ विभागका उपमहानिर्देशक सोमनाथ सापकोटाले विभागमा रहेको खानी उत्खननसँग सरोकार राख्ने निकायमा चरम जनशक्ति अभाव रहेको तथ्य प्रस्तुत गरे। खनिज इन्जिनियरिङ, केमिस्ट, माइनिङ इन्जिनियरिङको दरबन्दी वर्षैंदेखि रिक्त रहेको उनले बताए। विश्वविद्यालयमा नेपालका लागि कतिपय विषयको पढाइ नहुने गरेको चर्चा उनले गरे।

'माइनिङ, पेट्रोलियम, सेस्मोलोजी जस्ता विषयमा हाम्रो विश्वविद्यालयमा पढाइ हुँदैन,' सापकोटाले भने, 'जनशक्ति उत्पादन नहुँदा ग्राहो छ।'

विश्वविद्यालयबाट उत्पादन भइरहेको जनशक्ति खानीजन्य अन्वेषण, उत्खननमा प्रयोग गर्न नसकिने बताउँदै सापकोटाले भने, 'भूगर्भशास्त्र विभागबाट कम्पाउन्डरमात्र उत्पादन भइरहेका छन्, डाक्टर उत्पादन गर्नुपर्योय।'

पौडलको आफ्नै कथन थियो। 'हामीसँग राम्रो प्रयोगशाला छैन,' पौडेलले भने 'हामीसँग स्नातकोत्तर तहमा विशिष्टीकृत विषय पढाउने जनशक्ति अभाव उत्तिकै छ।'

पौडेल र सापकोटाले विश्वविद्यालय र खानी विभागबीच बौद्धिक सहकार्य, जनशक्ति आदानप्रदान गनुपर्ने धारणा राख्दै त्यसका लागि सरकार र विश्वविद्यालयले सहयोग गर्नुपर्ने बताए। सापकोटाले विश्वविद्यालय र खानी तथा भूगर्भ विभागबीच सहकार्यको आवश्यकता औंल्याए।

कार्यक्रमका खानी विभागका भूगर्भविद, विश्वविद्यालय, त्रिचन्द्र बहुमुखी क्याम्पस भूगर्भशास्त्र विभागका प्राध्यापक लगायत भूगर्भविदहरूले धारणा राखेका थिए। कतिपय वक्ताले अहिलेको खानी विभागको आवश्यकतालाई मात्र ध्यानमा राखेर विश्वविद्यालयले जनशक्ति उत्पादन गर्ने नीतिबारे गम्भीरतापूर्वक सोच्न सुझाए। कार्यक्रममा विश्वविद्यालयका उपकुलपति तीर्थ खनिया लगायत पदाधिकारीको सहभागिता थियो।

प्रतिक्रिया

सुरुङ सकिनेबित्तिकै मेलम्ची पानी

सुरुङ सकिनेबित्तिकै मेलम्ची पानी

काठमाडौं- दुई दशकदेखि मेलम्ची पानी पर्खिरहेका उपत्यकाबासीले सुरुङ खन्ने काम सकिँदाबित्तिकै पानी उपभोग गर्न पाउने भएका छन्। मुख्य कामको रुपमा रहेको सुरुङसहित अन्य कामको प्रगतिमा सुधार भएपछि उपत्यकाबासीको मेलम्ची प्रतीक्षा...

कुखुराबाट ३३ अर्ब ७२ करोड रूपैयाँ आम्दानी !

कुखुराबाट ३३ अर्ब ७२ करोड रूपैयाँ आम्दानी !

चितवन– नेपालमा व्यावसायिक कुखुरा पालन फार्महरुले मासु, अन्डा र चल्ला बिक्रीबाट एक वर्षमा रु. ३३ अर्ब ७२ करोड ४० लाख २३ हजार आम्दानी गर्ने गरेका छन्।

रोजगारपीडितलाई क्षतिपूर्ति पाउन सकस

रोजगारपीडितलाई क्षतिपूर्ति पाउन सकस

काठमाडौं- मोरङ, उर्लाबारी–८ सुनझोडाका झमकबहादुर थापा अचेल बेचैन छन्। निड इम्प्लोइमेन्ट सर्भिस प्रालिले मलेसियाको सेङ इप फर्निचर उद्योगका लागि पठाएका थापा साढे एक महिनामै घर फर्र्किएपछि निराश हुन पुगेका हुन्।

सेयर परिसूचक उक्लेको उक्ल्यै

सेयर परिसूचक उक्लेको उक्ल्यै

काठमाडौं–सेयर बजारको तथ्यांकीय मापक नेप्सेले लगातार तेस्रो दिन नयाँ कीर्तिमान बनाएको छ । मंगलबार परिसूचक र कारोबार रकम दुवैमा कीर्तिमान बनेको हो । एक साता अघिदेखि लगातार दोहोरो अंकले बढ्दै...

चन्द्रागिरिमा केबलकार सरर‍‍‍‍‍...(भिडियो)

चन्द्रागिरिमा केबलकार सरर‍‍‍‍‍...(भिडियो)

काठमाडौं– धुलोको साम्राज्यमा पसेजस्तो लाग्ने कुइरीमण्डल सडक। एकसाथ गुड्छन्– लरी, ट्रिपर, बस, मोटरसाइकल र कारहरु। त्रिपुरेश्वरदेखि थानकोटसम्म पुग्दा लाग्छ नेपालमा फोक्सो बिगार्ने धुँवा एवं हिलो, भत्किएका सडकबाहेक अरु केही छैन।

नयाँ गभर्नरको हस्ताक्षरित नोट आयो, दृष्टिविहीनले छामेर पत्ता लगाउन सक्ने

नयाँ गभर्नरको हस्ताक्षरित नोट आयो, दृष्टिविहीनले छामेर पत्ता लगाउन सक्ने

काठमाडौं- नेपाल राष्ट्र बैंकका नयाँ गभर्नर चिरञ्जीवी नेपालले हस्ताक्षर गरेको नोट पहिलोपटक बजारमा आएको छ। नयाँ गभर्नरको हस्ताक्षरसहित पहिलोपटक बजारमा आएको नोट सय दरको हो। उक्त नोटमा दुइटा गैंडाको चित्र...

अलैचीको अस्थीर मूल्यले किसान चिन्तित

अलैचीको अस्थीर मूल्यले किसान चिन्तित

पाँचथर-सिदिन–७ का एकुका टेकवहादुर केरुङले गत मंसिरमा अलैचीको मूल्य प्रतिमन (४० केजी) ९० हजार रुपैयाँ पुगेपनि थप बढ्ने आस गरे। अघिल्लो सिजनमा प्रतिमन एक लाख १६ हजार रुपैयाँसम्ममा बिक्रि भएको...

एकै दिन २ अर्बको सेयर किनबेच

एकै दिन २ अर्बको सेयर किनबेच

काठमाडौं- पछिल्लो समय क्रमशः बढ्दै आएको सेयर कारोबार आइतबार दुई अर्ब रुपैयाँ नजिक पुगेको छ। यस दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक अर्ब ९६ करोड ४७ लाख रुपैयाँको सेयर...