Thursday 9 Bhadra, 2073 |
Menu

अर्थ

republica-headerdiscount-subscribe1

istl

जापानी येन बनाउन नेपाली लोक्ता

(0 votes)
इलाम — वन जङ्गलमा खेर गइरहेको लोक्ताबाट जापानी पैसा(येन) बनाउन प्रयोग हुन थालेपछि इलामका विभिन्न गाउँबाट यसको माग बढ्न थालेको छ। लोक्तालाई तातो पानीमा उमालेर बनाइएको गुणस्तरीय रेसादार लोक्ताको कागज काठमाडौँ हु"दै येन बनाउनका लागि जापान निकासी हुन थालेपछि व्यवसायी उत्साहित हुन थालेका छन्।

nepali-patro-june
माइमझुवा–७ का ओम गुरुङले जापानी येन बनाउन उपयुक्त लोक्ता काठमाडौँको कानपोउ कम्पनीमार्फत जापान निर्यात गरिरहेको बताउनुभयो। येन बनाउनका लागि प्रयोग गरिने लोक्ता प्रतिकिलो रु तीन सय ६० भन्दा बढीमा बिक्री हुने गरेको गुरुङ बताउँन्।

'मैले लोक्ताको प्रशोधन गरी विदेश निर्यात गर्न थालेपछि छिमेकीहरू पनि लोक्ता बिक्री गरिदिन भन्दै घरमा आउने गरेका छन्,' गुरुङ भन्छन्। यहाँका किसानले यस वर्ष करिब दुई सय टन लोक्ता जापान निर्यात गरी रु डेढ करोड आम्दानी गरेको बताउँछन्।

तीस रोपनी जग्गामा व्यावसायिक रूपमा लोक्ताको खेती गर्नुभएका गुरुङ आफूले कानपोउ कम्पनीमार्फत जापानी येन बनाउने गुणस्तरको पाँच क्विन्टल लोक्ता बिक्री गरिसकेको बताउछन्।

उच्च पहाडी जडीबुटी उत्पादक तथा संरक्षण संस्थाका राजबहादुर राईले किसानले नम्बरी जग्गामा समेत लोक्तासहित अन्य जडीबुटीखेती गरेको बताए। जमुना, मावु, जोगमाई, गोर्खे, नया"बजार, प्याङ, माइमझुवा, माइपोखरी, सुलुबुङ, सुम्बेक, पुवामझुवा, चमैता, साँखेजुङ किसानले व्यावसायिक रूपमा लोक्ताखेती गर्दै आएका छन्। जापानी येन बनाउन प्रयोग हुने लोक्ता यहीबाट प्रशोधन भएर जापान निर्यात गरिन्छ।

यस वर्ष माइमझुवामा मात्रै सात सय मनभन्दा बढी लोक्ता उत्पादन भएको स्थानीय अगुवा जडीबुटी किसान जीतबहादुर राईले जानकारी दिए। आफूले आठ मन लोक्ता उत्पादन गरी रु एक लाख ६० हजार आम्दानी गरेको राई बताउँछन्।

अहिले नेपाली कागज बनाउने उद्योगले लोक्ता रु ७० प्रतिकिलोका दरले खरिद गर्ने गरेका छन्। लोक्ताको व्यावसायिक खेती थालेपछि जिल्लाका विभिन्न ठाउँमा लोक्ताबाट नेपाली कागज बनाउने घरेलु उद्योग खुलेका छन्।

नेपालमा लोक्ताबाट नेपाली कागज तयार पारिन्छ। यसरी तयार पारिएका नेपाली कागज सरकारी लिखत राख्ने, अंशवण्डा, कागज र खाम बनाउनेलगायतका काममा प्रयोग हुने गरेको छ। यस्तै आजभोलि प्रमाणपत्रका रूपमा समेत नेपाली कागजको प्रयोग हुन थालेका छन्।

प्रतिक्रिया

सुरुङ सकिनेबित्तिकै मेलम्ची पानी

सुरुङ सकिनेबित्तिकै मेलम्ची पानी

काठमाडौं- दुई दशकदेखि मेलम्ची पानी पर्खिरहेका उपत्यकाबासीले सुरुङ खन्ने काम सकिँदाबित्तिकै पानी उपभोग गर्न पाउने भएका छन्। मुख्य कामको रुपमा रहेको सुरुङसहित अन्य कामको प्रगतिमा सुधार भएपछि उपत्यकाबासीको मेलम्ची प्रतीक्षा...

कुखुराबाट ३३ अर्ब ७२ करोड रूपैयाँ आम्दानी !

कुखुराबाट ३३ अर्ब ७२ करोड रूपैयाँ आम्दानी !

चितवन– नेपालमा व्यावसायिक कुखुरा पालन फार्महरुले मासु, अन्डा र चल्ला बिक्रीबाट एक वर्षमा रु. ३३ अर्ब ७२ करोड ४० लाख २३ हजार आम्दानी गर्ने गरेका छन्।

रोजगारपीडितलाई क्षतिपूर्ति पाउन सकस

रोजगारपीडितलाई क्षतिपूर्ति पाउन सकस

काठमाडौं- मोरङ, उर्लाबारी–८ सुनझोडाका झमकबहादुर थापा अचेल बेचैन छन्। निड इम्प्लोइमेन्ट सर्भिस प्रालिले मलेसियाको सेङ इप फर्निचर उद्योगका लागि पठाएका थापा साढे एक महिनामै घर फर्र्किएपछि निराश हुन पुगेका हुन्।

सेयर परिसूचक उक्लेको उक्ल्यै

सेयर परिसूचक उक्लेको उक्ल्यै

काठमाडौं–सेयर बजारको तथ्यांकीय मापक नेप्सेले लगातार तेस्रो दिन नयाँ कीर्तिमान बनाएको छ । मंगलबार परिसूचक र कारोबार रकम दुवैमा कीर्तिमान बनेको हो । एक साता अघिदेखि लगातार दोहोरो अंकले बढ्दै...

चन्द्रागिरिमा केबलकार सरर‍‍‍‍‍...(भिडियो)

चन्द्रागिरिमा केबलकार सरर‍‍‍‍‍...(भिडियो)

काठमाडौं– धुलोको साम्राज्यमा पसेजस्तो लाग्ने कुइरीमण्डल सडक। एकसाथ गुड्छन्– लरी, ट्रिपर, बस, मोटरसाइकल र कारहरु। त्रिपुरेश्वरदेखि थानकोटसम्म पुग्दा लाग्छ नेपालमा फोक्सो बिगार्ने धुँवा एवं हिलो, भत्किएका सडकबाहेक अरु केही छैन।

नयाँ गभर्नरको हस्ताक्षरित नोट आयो, दृष्टिविहीनले छामेर पत्ता लगाउन सक्ने

नयाँ गभर्नरको हस्ताक्षरित नोट आयो, दृष्टिविहीनले छामेर पत्ता लगाउन सक्ने

काठमाडौं- नेपाल राष्ट्र बैंकका नयाँ गभर्नर चिरञ्जीवी नेपालले हस्ताक्षर गरेको नोट पहिलोपटक बजारमा आएको छ। नयाँ गभर्नरको हस्ताक्षरसहित पहिलोपटक बजारमा आएको नोट सय दरको हो। उक्त नोटमा दुइटा गैंडाको चित्र...

अलैचीको अस्थीर मूल्यले किसान चिन्तित

अलैचीको अस्थीर मूल्यले किसान चिन्तित

पाँचथर-सिदिन–७ का एकुका टेकवहादुर केरुङले गत मंसिरमा अलैचीको मूल्य प्रतिमन (४० केजी) ९० हजार रुपैयाँ पुगेपनि थप बढ्ने आस गरे। अघिल्लो सिजनमा प्रतिमन एक लाख १६ हजार रुपैयाँसम्ममा बिक्रि भएको...

एकै दिन २ अर्बको सेयर किनबेच

एकै दिन २ अर्बको सेयर किनबेच

काठमाडौं- पछिल्लो समय क्रमशः बढ्दै आएको सेयर कारोबार आइतबार दुई अर्ब रुपैयाँ नजिक पुगेको छ। यस दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक अर्ब ९६ करोड ४७ लाख रुपैयाँको सेयर...