Friday 8 Ashad, 2075 |
Menu

अर्थ

republica-headerdiscount-subscribe1

विषाक्त तरकारी पाइए तत्काल नष्ट गरिने

(0 votes)
विषाक्त तरकारी पाइए तत्काल नष्ट गरिने
काठमाडौं— सरकारले तरकारीमा मापदण्डभन्दा बढी विषादी पाइए तत्काल नष्ट गर्ने भएको छ । विषादी अवशेष द्रुत विश्लेषण कार्यविधि लागू गरेसँगै तरकारीमा मापदण्डभन्दा बढी विषादी रोकावट दर पाइए महानगरपालिका र जिल्ला प्रसाशनको सहयोगमा नष्ट गर्ने नीति लिएको हो।
nepali-patro-june
सरकारले सोमबार यससम्बन्धी कार्यविधि जारी गरेको हो । कृषि विकास मन्त्रालयका सहसचिव मोहन चापागाईंले अधिक विषादी भेटिएका तरकारी जफत गर्न जिल्ला प्रसाशनको सहयोग लिने जानकारी दिए । प्रहरीले जफत गरेको तरकारी नष्ट गर्न काठमाडौं महानगरपालिकाले जग्गा उपलब्ध गराउने छ ।

नेपालमा आपूर्ति हुने विषादीको ठूलो हिस्सा तरकारी उत्पादनमा प्रयोग हुने गरेको छ । रासायनिक विषादीको अधिक प्रयोग र त्यसबाट जनस्वास्थ्यमा पर्ने प्रतिकूल प्रभाव रोक्न यस्तो नियम बनाइएको मन्त्रालयले बताएको छ । सरकारले खाद्य ऐन २०२३, उपभोक्ता संरक्षण ऐन २०५४, जीवनाशक विषादी नियमावली २०५०, स्थानीय प्रशासन ऐन २०२८ ले गरेको व्यवस्थाका आधारमा कार्यविधि बनाएको हो ।

मन्त्रालय सचिव जयमुकुन्द खनालले भोलि नै तरकारी परीक्षण गर्दा मापदण्डभन्दा बढी विषादी भेटिए जफत गरी नष्ट गर्ने बताए । 'अधिक विषादी भेटिएका तरकारी नष्ट गर्ने जग्गाको व्यवस्थापन महानगरपालिकाले गर्छ,' उनले नागरिकसँग भने, 'तर भोलिबाट विषादीयुक्त तरकारी नष्ट हुन्छ ।' सरकारले ३५ प्रतिशतसम्म विषादी रोकावट दर भएको तरकारीलाई खानयोग्य भनेको छ । त्यसैगरी, ३५ देखि ४५ हुँदा चारदेखि पाँच दिनसम्म फ्रिजमा राखेर खान मिल्छ । ४५ भन्दा माथि भए नष्ट गरिने मन्त्रालयले बताएको छ ।

मन्त्रालयका अनुसार भारतबाट आयात हुने र स्वदेशमा उत्पादित तरकारीमा अधिक विषादी पाइएको छ । असार ४ गतेबाट औपचारिक रुपमा तरकारीमा भएको विषादी मापन गर्ने मेसिन राखिएको थियो ।

कालीमाटीमा दैनिक विषादी परीक्षण हुँदै आएको छ । परीक्षण प्रतिवेदनअनुसार धेरैजसो तरकारीमा विषादी रोकावट दर ९० प्रतिशत भेटिँदा पनि कानुन अभावले कारबाही गर्न सकिएको थिएन । बाली संरक्षण निर्देशनालयका वरिष्ठ बाली अधिकृत रामकृष्ण सुवेदीले यसअघि कानुन नहुँदा कारबाही गर्न नसकिएको बताए । तर, भोलिबाट त्यस्ता तरकारी नष्ट गर्ने उनको भनाइ छ । 'अब हामीसँग कारबाही गर्ने आधार छ,' उनले भने, 'विषादीयुक्त तरकारी बेच्न दिँदैनौं ।'

कालीमाटी बजार व्यवस्थापन समितिका अनुसार बजारमा दैनिक ३० देखि ४० ट्रक तरकारी भित्रिन्छ । त्यसमध्ये करिब ५० प्रतिशत ट्रकको तरकारी परीक्षण गर्दा विषादी रोकावट दर ९० प्रतिशतभन्दा माथि पाइएको बजारले बताएको छ ।

काठमाडौं उपत्यकामा सबैभन्दा बढी खपत हुने आलु, काउली, गोलभेंडा, लौकालगायत तरकारीमा विषादी रोकावट दर ९० प्रतिशतभन्दा माथि पाइएको निर्देशनालयले जनाएको छ ।

मन्त्रालयका सहसचिव चापागाईंले विषादीयुक्त तरकारी भिœयाउने व्यवसायीलाई कारबाही र तरकारी नष्ट गर्ने जानकारी दिए । '२६ दिन लगाएर कार्यविधि बनायौं, अब कारबाही गर्न सजिलो भयो,' उनले नागरिकसँग भने, 'अत्यधिक विषादी भएका तरकारी जिल्ला प्रसाशनको सहयोगमा जफत गरिन्छ र महानगरपालिकाले नष्ट गर्छ ।'

भारतबाट आयातित आलु र खुर्सानीमा सबैभन्दा विषादी पाइएको छ । भारतबाटै आएका लौका, काँक्रो, भ्यान्टामा ८० देखि ९० सम्म रोकावट दर पाइएको छ । तर, ती सबै तरकारी उपभोक्ताको भान्छामा पुग्छ । विश्व स्वास्थ्य संगठनले विषादीको निषेध दर ३० सम्म भएको तरकारी खान मिल्ने बताएको छ । त्योभन्दा बढी विषादी भए खानु हुँदैन । नेपालले विषादी निषेधदर ४५ सम्म भएको तरकारी खान छुट दिएको छ । विषाक्त तरकारी परीक्षण गरेर नष्ट गर्ने अधिकारीहरुको भनाइ छ ।

विषादी मापन गर्न कालिमाटी बजार व्यवस्थापन समितिले विभिन्न ठाउँबाट आएका सबै किसिमका तरकारीको दुईदेखि पाँच टुक्रा वा किलो नमूना संकलन गर्छ । उक्त नमूनालाई 'स्पेक्ट्रोफोटोमिटर' नामक विषादीमापक मेसिनमा राखेर जाँच गरिन्छ । 'एक किसिमका तरकारीको नमूना परीक्षण गर्न तीन घन्टा लाग्छ,' चापागाईंले भने, 'दिनमा पाँचदेखि ६ थरि तरकारी नमूनामात्र परीक्षण गरिन्छ ।'

प्रतिक्रिया

सुरुङ सकिनेबित्तिकै मेलम्ची पानी

सुरुङ सकिनेबित्तिकै मेलम्ची पानी

काठमाडौं- दुई दशकदेखि मेलम्ची पानी पर्खिरहेका उपत्यकाबासीले सुरुङ खन्ने काम सकिँदाबित्तिकै पानी उपभोग गर्न पाउने भएका छन्। मुख्य कामको रुपमा रहेको सुरुङसहित अन्य कामको प्रगतिमा सुधार भएपछि उपत्यकाबासीको मेलम्ची प्रतीक्षा...

कुखुराबाट ३३ अर्ब ७२ करोड रूपैयाँ आम्दानी !

कुखुराबाट ३३ अर्ब ७२ करोड रूपैयाँ आम्दानी !

चितवन– नेपालमा व्यावसायिक कुखुरा पालन फार्महरुले मासु, अन्डा र चल्ला बिक्रीबाट एक वर्षमा रु. ३३ अर्ब ७२ करोड ४० लाख २३ हजार आम्दानी गर्ने गरेका छन्।

रोजगारपीडितलाई क्षतिपूर्ति पाउन सकस

रोजगारपीडितलाई क्षतिपूर्ति पाउन सकस

काठमाडौं- मोरङ, उर्लाबारी–८ सुनझोडाका झमकबहादुर थापा अचेल बेचैन छन्। निड इम्प्लोइमेन्ट सर्भिस प्रालिले मलेसियाको सेङ इप फर्निचर उद्योगका लागि पठाएका थापा साढे एक महिनामै घर फर्र्किएपछि निराश हुन पुगेका हुन्।

सेयर परिसूचक उक्लेको उक्ल्यै

सेयर परिसूचक उक्लेको उक्ल्यै

काठमाडौं–सेयर बजारको तथ्यांकीय मापक नेप्सेले लगातार तेस्रो दिन नयाँ कीर्तिमान बनाएको छ । मंगलबार परिसूचक र कारोबार रकम दुवैमा कीर्तिमान बनेको हो । एक साता अघिदेखि लगातार दोहोरो अंकले बढ्दै...

चन्द्रागिरिमा केबलकार सरर‍‍‍‍‍...(भिडियो)

चन्द्रागिरिमा केबलकार सरर‍‍‍‍‍...(भिडियो)

काठमाडौं– धुलोको साम्राज्यमा पसेजस्तो लाग्ने कुइरीमण्डल सडक। एकसाथ गुड्छन्– लरी, ट्रिपर, बस, मोटरसाइकल र कारहरु। त्रिपुरेश्वरदेखि थानकोटसम्म पुग्दा लाग्छ नेपालमा फोक्सो बिगार्ने धुँवा एवं हिलो, भत्किएका सडकबाहेक अरु केही छैन।

नयाँ गभर्नरको हस्ताक्षरित नोट आयो, दृष्टिविहीनले छामेर पत्ता लगाउन सक्ने

नयाँ गभर्नरको हस्ताक्षरित नोट आयो, दृष्टिविहीनले छामेर पत्ता लगाउन सक्ने

काठमाडौं- नेपाल राष्ट्र बैंकका नयाँ गभर्नर चिरञ्जीवी नेपालले हस्ताक्षर गरेको नोट पहिलोपटक बजारमा आएको छ। नयाँ गभर्नरको हस्ताक्षरसहित पहिलोपटक बजारमा आएको नोट सय दरको हो। उक्त नोटमा दुइटा गैंडाको चित्र...

अलैचीको अस्थीर मूल्यले किसान चिन्तित

अलैचीको अस्थीर मूल्यले किसान चिन्तित

पाँचथर-सिदिन–७ का एकुका टेकवहादुर केरुङले गत मंसिरमा अलैचीको मूल्य प्रतिमन (४० केजी) ९० हजार रुपैयाँ पुगेपनि थप बढ्ने आस गरे। अघिल्लो सिजनमा प्रतिमन एक लाख १६ हजार रुपैयाँसम्ममा बिक्रि भएको...

एकै दिन २ अर्बको सेयर किनबेच

एकै दिन २ अर्बको सेयर किनबेच

काठमाडौं- पछिल्लो समय क्रमशः बढ्दै आएको सेयर कारोबार आइतबार दुई अर्ब रुपैयाँ नजिक पुगेको छ। यस दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक अर्ब ९६ करोड ४७ लाख रुपैयाँको सेयर...