Sunday 16 Shrawn, 2073 |
Menu

अर्थ

republica-headerdiscount-subscribe1

istl

निगमबाट पेट्रोलियम पदार्थ खरिद नगर्ने घोषणा

(0 votes)
बुटवल - आयल निगम परिसरमै व्यवसायीमाथि भएको आक्रमणको विरोधमा नेपाल आयल निगम भलवाडी कार्यालय क्षेत्रअन्तर्गतका पेट्रोल पम्पहरूले आजदेखि आयल निगमबाट पेट्रोलियम पदार्थ खरिद नगर्ने घोषणा गरेका छन्।
nepali-patro-june
आयल निगमको भलवारी डिपोमा बिहीबार भएको व्यवसायी र मजदुरबीचको विवादका क्रममा मजदुरहरूले आफूहरूमाथि आक्रमण गरेको र प्रशासनले उचित सुरक्षा नदिएको भन्दै व्यवसायीहरूले पेट्रोलियम पदार्थ खरिद नगर्ने घोषणा गरेको पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एसोसियसन रुपन्देहीका अध्यक्ष राजेन्द्र गुप्ताले बताए।

पेट्रोलियम व्यवसायी र ट्याङ्कर चालकहरूका बीच केही दिनयता पेट्रोलियम पदार्थ कम दिएको भन्दै विवाद चुलिँदै गएपछि आयल निगम परिसरमा हिजो पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्याङ्क नै चेकजाँच गर्ने सहमतिअनुसार संयुक्त टोलीले अनुगमन गर्न खोज्दा मजदुरहरूले विवाद निकालेका थिए। 

उक्त विवादले उग्ररुप लिएपछि करिब ५०० भन्दा बढी चालक तथा सहचालकले आफूहरूमाथि आक्रमण गर्ने प्रयास गरेको अध्यक्ष गुप्ताले बताए। 

प्रहरीले कडा सुरक्षासहित व्यवसायीलाई आयल निगमबाट उद्धार गरेको थियो। दुईसाताअघि यस क्षेत्रका केही पेट्रोल पम्पमा केन्द्रीय अनुगमन टोलीले छापामार्दा तेल मापनमा घटी देखिएपछि शिलबन्दी गरिएको थियो। 

तेल मापनमा घटी देखिएपछि नापतौल विभागले यस क्षेत्रका मिलनचोकको दुर्गा डिजल्स, कालिकानगरको सायना डिजल्स, नवलपरासीको गौरीशङ्कर आयल र सावित्री आयलमा शिल गरेपछि व्यवसायीहरू सशङ्कित हुँदै आएका थिए। 

बुटवलमा बुधबार तेल ढुवानी गरेर आएका ना२ख ४०७५ ना१ख ६५०८ र ना१ख ६२९३ नम्बरका ट्याङ्करमा तीन हजार लिटरमा ५० लिटरका दरले कम तेल पाइएपछि व्यवसायीहरू ट्याङ्करको क्षमता चेकजाँच गर्ने निष्कर्षमा पुगेका थिए। 

हिजोको घटना लगत्तै व्यवसायीले बुटवलमा पत्रकार सम्मेलन गरी दोषीलाई कारबाही तथा तेल चोरीमा संलग्नहरूलाई कडा कारबाहीको माग गरेका छन्। पेट्रोलियम डिलर एसोसिएसनका अध्यक्ष गुप्ताले आफूहरूले अन्यायमा परेको गुनसो राख्दा पनि आक्रमणको प्रयास भएको भन्दै तत्काल कारबाही नभए आन्दोलनमा उत्रिने चेतावनी दिए। 

प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थीले सुरक्षाका लागि अनुरोध आएपछि प्रहरी पठाइ उद्धार गरिएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको बताए। उनले सरकारी तवरबाट पेट्रोल पम्पहरूमा नियमित चेकजाँच जारी रहेकोसमेत बताए।

प्रतिक्रिया

सुरुङ सकिनेबित्तिकै मेलम्ची पानी

सुरुङ सकिनेबित्तिकै मेलम्ची पानी

काठमाडौं- दुई दशकदेखि मेलम्ची पानी पर्खिरहेका उपत्यकाबासीले सुरुङ खन्ने काम सकिँदाबित्तिकै पानी उपभोग गर्न पाउने भएका छन्। मुख्य कामको रुपमा रहेको सुरुङसहित अन्य कामको प्रगतिमा सुधार भएपछि उपत्यकाबासीको मेलम्ची प्रतीक्षा...

कुखुराबाट ३३ अर्ब ७२ करोड रूपैयाँ आम्दानी !

कुखुराबाट ३३ अर्ब ७२ करोड रूपैयाँ आम्दानी !

चितवन– नेपालमा व्यावसायिक कुखुरा पालन फार्महरुले मासु, अन्डा र चल्ला बिक्रीबाट एक वर्षमा रु. ३३ अर्ब ७२ करोड ४० लाख २३ हजार आम्दानी गर्ने गरेका छन्।

रोजगारपीडितलाई क्षतिपूर्ति पाउन सकस

रोजगारपीडितलाई क्षतिपूर्ति पाउन सकस

काठमाडौं- मोरङ, उर्लाबारी–८ सुनझोडाका झमकबहादुर थापा अचेल बेचैन छन्। निड इम्प्लोइमेन्ट सर्भिस प्रालिले मलेसियाको सेङ इप फर्निचर उद्योगका लागि पठाएका थापा साढे एक महिनामै घर फर्र्किएपछि निराश हुन पुगेका हुन्।

सेयर परिसूचक उक्लेको उक्ल्यै

सेयर परिसूचक उक्लेको उक्ल्यै

काठमाडौं–सेयर बजारको तथ्यांकीय मापक नेप्सेले लगातार तेस्रो दिन नयाँ कीर्तिमान बनाएको छ । मंगलबार परिसूचक र कारोबार रकम दुवैमा कीर्तिमान बनेको हो । एक साता अघिदेखि लगातार दोहोरो अंकले बढ्दै...

चन्द्रागिरिमा केबलकार सरर‍‍‍‍‍...(भिडियो)

चन्द्रागिरिमा केबलकार सरर‍‍‍‍‍...(भिडियो)

काठमाडौं– धुलोको साम्राज्यमा पसेजस्तो लाग्ने कुइरीमण्डल सडक। एकसाथ गुड्छन्– लरी, ट्रिपर, बस, मोटरसाइकल र कारहरु। त्रिपुरेश्वरदेखि थानकोटसम्म पुग्दा लाग्छ नेपालमा फोक्सो बिगार्ने धुँवा एवं हिलो, भत्किएका सडकबाहेक अरु केही छैन।

नयाँ गभर्नरको हस्ताक्षरित नोट आयो, दृष्टिविहीनले छामेर पत्ता लगाउन सक्ने

नयाँ गभर्नरको हस्ताक्षरित नोट आयो, दृष्टिविहीनले छामेर पत्ता लगाउन सक्ने

काठमाडौं- नेपाल राष्ट्र बैंकका नयाँ गभर्नर चिरञ्जीवी नेपालले हस्ताक्षर गरेको नोट पहिलोपटक बजारमा आएको छ। नयाँ गभर्नरको हस्ताक्षरसहित पहिलोपटक बजारमा आएको नोट सय दरको हो। उक्त नोटमा दुइटा गैंडाको चित्र...

अलैचीको अस्थीर मूल्यले किसान चिन्तित

अलैचीको अस्थीर मूल्यले किसान चिन्तित

पाँचथर-सिदिन–७ का एकुका टेकवहादुर केरुङले गत मंसिरमा अलैचीको मूल्य प्रतिमन (४० केजी) ९० हजार रुपैयाँ पुगेपनि थप बढ्ने आस गरे। अघिल्लो सिजनमा प्रतिमन एक लाख १६ हजार रुपैयाँसम्ममा बिक्रि भएको...

एकै दिन २ अर्बको सेयर किनबेच

एकै दिन २ अर्बको सेयर किनबेच

काठमाडौं- पछिल्लो समय क्रमशः बढ्दै आएको सेयर कारोबार आइतबार दुई अर्ब रुपैयाँ नजिक पुगेको छ। यस दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक अर्ब ९६ करोड ४७ लाख रुपैयाँको सेयर...