Friday 2 Bhadra, 2074 |
Menu

अर्थ

republica-headerdiscount-subscribe1

istl

सुपारी उत्पादनभन्दा निर्यात धेरै!

(0 votes)
काठमाडौं- देशभित्र उत्पादन हुने परिमाणभन्दा धेरै सुपारी निर्यात भएको भन्दै सांसदहरूले सरकारलाई यसको यथार्थ अध्ययन गर्न र निर्यात तत्काल रोक्न आग्रह गरेका छन्। निर्यातको परिमाण धेरै भएको तर स्थानीय उत्पादन भने बिक्री नभएको नमिल्दो अवस्था रहेकाले निर्यातलाई तत्काल रोक्न आग्रह गरेका हुन्।

nepali-patro-june
आयात, निर्यात र स्थानीय उत्पादनको तथ्यांक मिल्दोजुल्दो नभएको भन्दै उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले थप अध्ययन गर्न भनेको हो। 'स्थानीय उत्पादनले बजार पाएको छैन, किसान आन्दोलनमा छन,' समिति अध्यक्ष विश्वराज आङदेम्बेले भने, 'निर्यातको परिमाण भने धेरै देखिएको नमिल्दो तथ्यांक छ।' तथ्यांक हेर्दा अवैध सुपारी निर्यात भएको हुन सक्ने उनले बताए।

आर्थिक वर्ष ०७०/७१ को तथ्यांकमा उत्पादनभन्दा निर्यात बढी छ। 'सो आर्थिक वर्षमा १४ हजार २ सय ८५ मेटि्रक टन उत्पादन भएको छ,' समिति सचिव सुदर्शन थापाले भने, 'निर्यात परिमाण भने २३ हजार १ सय ७६ मेटि्रक टन छ।' तेस्रो देशबाट ल्याइएको सुपारी नेपाली भन्दै अवैध रुपमा निर्यात भइरहेकोले यसलाई रोक्नुपर्ने संसदहरूले बताए।

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको तथ्यांकअनुसार आर्थिक वर्ष ०७१/७२ मा १ करोड ५१ लाख ६५ हजार ४ सय २३ किलो (१५ हजार १ सय ६५ मेटि्रकटन) सुपारी निकासी भएको तथ्यांक छ। यसको मूल्य २ अर्ब ८३ करोड ७८ लाख ८ हजार छ। सोही अवधिमा देशभित्र झन्डै दोब्बर ४ अर्ब ७२ करोड २८ लाख २० हजारको सुपारी आयात भएको केन्द्रको तथ्यांकमा उल्लेख छ।

सोही वर्ष नेपालले सुपारी आयात गरेको ८ वटा देशमध्ये सबैभन्दा धेरै इन्डोनेसियाबाट आएको छ। इन्डोनेसियाबाट ३ अर्ब ८९ करोड ६४ लाख ८३ हजारको सुपारी आयात भएको तथ्यांकमा उल्लेख गरिएको छ। अन्य सामान भारतबाट धेरै आउने भए पनि सुपारी भने त्यहाँबाट धेरै कम आयात भएको छ। यस अवधिमा भारतबाट ६९ करोडको मात्र ल्याइएको तथ्यांक छ। नेपालले सुपारी आयात गर्ने अन्य देशमा चीन, मलेसिया, सिंगापुर, थाइल्यान्ड, भियतनाम र अमेरिका छन्। करोडको परिणाममा सुपारी आयात हुने अन्य देशमा थाइल्यान्ड र मलेसिया छन्, जहाँबाट ८ करोड र ३ करोडको सुपारी भित्रिएको छ।

भन्सारमा निर्यातको तथ्यांक हुने भए पनि उत्पादनको आधारमा किन धेरै निर्यात भइरहेको छ भनेर सरकारले गम्भीर रुपमा नलिएको संसदहरूले बताए। स्थानीय उत्पादकलाई मर्कामा नपार्न सरकारले यस विषयलाई गम्भीर रुपमा लिनुपर्ने र थप अध्ययनको लागि निर्यात रोक्नुपर्ने उनीहरुले बताए। 'तेस्रो देशबाट ल्याएर नेपाली लेबल लगाएर सुपारी निर्यात भइरहेको देखिन्छ,' समितिमा बोल्दै संसदहरूले भने, 'यसले उत्पादक किसानलाई मर्कामा पारेको छ।' उनीहरू उत्पादन अनुसारको निर्यातमात्र हुने वातावरण बनाउन आग्रह गरे।

निर्यात र उत्पादनको यथार्थ जानकारी संकलनको लागि स्थलगत अध्ययनसमेत गर्ने समितिमा जानकारी गराइयो। 'थप अध्ययन र यथार्थ तथ्यांक संकलनको लागि सरोकारवालासँग छलफल गर्छौं,' थापाले भने।

सरकारले दिने 'उत्पत्तिको प्रमाणपत्र' एकाधिकार ढंगले दिएको भन्दै सुपारी उत्पादन गर्ने केही किसानले आन्दोलन समेत गरिरहेका छन्। सरकारले सुपारी निर्यात गर्न दिने उत्पत्तिको प्रमाणपत्र बाँड्ने अधिकार नेपाल उद्योगि वाणिज्य महासंघलाई दिएको छ। महासंघले 'उत्पत्तिको प्रमाणपत्र' नेपाल सुपारी खेती संस्थालाई दिएको थियो। महासंघले उचित ढंगबाट 'उत्पत्तिको प्रमाणपत्र' नदिएको भन्दै राष्ट्रिय सुपारी खेती प्रवर्द्धक एवं कृषि विकास संघ, मेची सुपारी तथा फलफूल विकास संस्था लगायत संस्थाले केही समयदेखि महासंघको कार्यालयमै धर्ना दिइरहेका छन्। समितिमा बोल्दै सांसदहरूले 'उत्पत्तिको प्रमाणपत्र' जारी गर्ने अधिकार निजी क्षेत्रलाई दिनुको कारण सोधेका थिए।

प्रतिक्रिया

सुरुङ सकिनेबित्तिकै मेलम्ची पानी

सुरुङ सकिनेबित्तिकै मेलम्ची पानी

काठमाडौं- दुई दशकदेखि मेलम्ची पानी पर्खिरहेका उपत्यकाबासीले सुरुङ खन्ने काम सकिँदाबित्तिकै पानी उपभोग गर्न पाउने भएका छन्। मुख्य कामको रुपमा रहेको सुरुङसहित अन्य कामको प्रगतिमा सुधार भएपछि उपत्यकाबासीको मेलम्ची प्रतीक्षा...

कुखुराबाट ३३ अर्ब ७२ करोड रूपैयाँ आम्दानी !

कुखुराबाट ३३ अर्ब ७२ करोड रूपैयाँ आम्दानी !

चितवन– नेपालमा व्यावसायिक कुखुरा पालन फार्महरुले मासु, अन्डा र चल्ला बिक्रीबाट एक वर्षमा रु. ३३ अर्ब ७२ करोड ४० लाख २३ हजार आम्दानी गर्ने गरेका छन्।

रोजगारपीडितलाई क्षतिपूर्ति पाउन सकस

रोजगारपीडितलाई क्षतिपूर्ति पाउन सकस

काठमाडौं- मोरङ, उर्लाबारी–८ सुनझोडाका झमकबहादुर थापा अचेल बेचैन छन्। निड इम्प्लोइमेन्ट सर्भिस प्रालिले मलेसियाको सेङ इप फर्निचर उद्योगका लागि पठाएका थापा साढे एक महिनामै घर फर्र्किएपछि निराश हुन पुगेका हुन्।

सेयर परिसूचक उक्लेको उक्ल्यै

सेयर परिसूचक उक्लेको उक्ल्यै

काठमाडौं–सेयर बजारको तथ्यांकीय मापक नेप्सेले लगातार तेस्रो दिन नयाँ कीर्तिमान बनाएको छ । मंगलबार परिसूचक र कारोबार रकम दुवैमा कीर्तिमान बनेको हो । एक साता अघिदेखि लगातार दोहोरो अंकले बढ्दै...

चन्द्रागिरिमा केबलकार सरर‍‍‍‍‍...(भिडियो)

चन्द्रागिरिमा केबलकार सरर‍‍‍‍‍...(भिडियो)

काठमाडौं– धुलोको साम्राज्यमा पसेजस्तो लाग्ने कुइरीमण्डल सडक। एकसाथ गुड्छन्– लरी, ट्रिपर, बस, मोटरसाइकल र कारहरु। त्रिपुरेश्वरदेखि थानकोटसम्म पुग्दा लाग्छ नेपालमा फोक्सो बिगार्ने धुँवा एवं हिलो, भत्किएका सडकबाहेक अरु केही छैन।

नयाँ गभर्नरको हस्ताक्षरित नोट आयो, दृष्टिविहीनले छामेर पत्ता लगाउन सक्ने

नयाँ गभर्नरको हस्ताक्षरित नोट आयो, दृष्टिविहीनले छामेर पत्ता लगाउन सक्ने

काठमाडौं- नेपाल राष्ट्र बैंकका नयाँ गभर्नर चिरञ्जीवी नेपालले हस्ताक्षर गरेको नोट पहिलोपटक बजारमा आएको छ। नयाँ गभर्नरको हस्ताक्षरसहित पहिलोपटक बजारमा आएको नोट सय दरको हो। उक्त नोटमा दुइटा गैंडाको चित्र...

अलैचीको अस्थीर मूल्यले किसान चिन्तित

अलैचीको अस्थीर मूल्यले किसान चिन्तित

पाँचथर-सिदिन–७ का एकुका टेकवहादुर केरुङले गत मंसिरमा अलैचीको मूल्य प्रतिमन (४० केजी) ९० हजार रुपैयाँ पुगेपनि थप बढ्ने आस गरे। अघिल्लो सिजनमा प्रतिमन एक लाख १६ हजार रुपैयाँसम्ममा बिक्रि भएको...

एकै दिन २ अर्बको सेयर किनबेच

एकै दिन २ अर्बको सेयर किनबेच

काठमाडौं- पछिल्लो समय क्रमशः बढ्दै आएको सेयर कारोबार आइतबार दुई अर्ब रुपैयाँ नजिक पुगेको छ। यस दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक अर्ब ९६ करोड ४७ लाख रुपैयाँको सेयर...