Monday 13 Bhadra, 2073 |
Menu

अर्थ

republica-headerdiscount-subscribe1

istl

कोइरालाको वंश मोह र देउवाको दाबी

  • बिहीबार २१ माघ, २०७२
  • शुक्रवार सम्पादकीय
  • Be the first to comment!
(1 Vote)
कोइरालाको वंश मोह र देउवाको दाबी
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता १३ औँ महाधिवेशनको धपेडीमा छन्। महाधिवेशनपछि कांग्रेस कसरी अघि बढ्ला? यसले कस्तो नीति लेला? संगठन कसरी अघि बढाउला? कांग्रेसका शुभेच्छुक तथा राजनीतिमा चासो दिनेहरूको मनमा स्वाभाविक रूपमा यी प्रश्न उब्जिएका छन्।
nepali-patro-june
१३ औँ महाधिवेशन नजिकिँदै गर्दा कार्यकर्ता र सर्वसाधारणमा कांग्रेसप्रति अनेकौँ जिज्ञासा छन्। कार्यकर्ता तथा सर्वसाधारणको मनमा उठेका जिज्ञासाको एकमुष्ट जवाफ खोज्ने थलो भनेको महाधिवेशन हो। महाधिवेशनमा हुने छलफल र पार्टीले तय गर्ने नीति तथा कार्यक्रमले नै कांग्रेस कस्तो हुँदै छ? देशका जल्दाबल्दा 'इस्युमा' कांग्रेसको 'पोजिसन' के हो? भन्ने प्रस्ट हुन्छ। कुनै पनि दलको महाधिवेशन भनेको नेतृत्वको निर्वाचनमात्र होइन भन्ने तथ्य बुझ्न जरुरी छ। तर, कांग्रेसका शीर्षस्थ नेताहरू भने पार्टीको नीति तथा कार्यक्रम निर्माणलाई भन्दा आफू कसरी नेतृत्व पुग्न सकिन्छ भन्ने जोडघटाऊमै व्यस्त देखिन्छन्। महाधिवेशनपछिको नेतृत्वमा को आउला भन्ने बहस जोडतोडले भए पनि पार्टीले लिने नीति तथा कार्यक्रमप्रति कसैको पनि रुचि देखिन्न। पार्टी जीवन्त हुनका लागि त्यसले अघि सार्ने नीति तथा कार्यक्रम समयसापेक्ष हुन जरुरी छ। निश्चित दर्शन, आर्दश र विचारबाट 'गाइडेड' हुने राजनीतिक दलले आफूलाई समयसँगै परिष्कार र परिमार्जन गर्दै अघि बढ्नसकेन भने उसको इतिहास जतिसुकै सुन्दर भए पनि ऊ जनतामाझ टिकिरहन सक्दैन। कांग्रेससँग पनि सुनौलो इतिहासको ठूलै चाङ छ। हरेक लोकतान्त्रिक आन्दोलनको नेतृत्व गर्ने अवसर प्राप्त गरेको यो दलले लोकतन्त्रलाई जीवनपद्धति बनाउन गर्नुपर्ने त्याग र निष्ठाको राजनीतिमा भने अहिलेसम्म आफूलाई खरो रूपमा उतार्न सकेको छैन। पार्टीको सांगठनिक संरचना र नेतृत्वमा पुग्नका लागि 'वंश लिगेसी' लाई प्रधान मान्ने यो दलभित्र थुप्रै अलोकतान्त्रिक बिसौनीहरू विद्यमान छन्।

पार्टीको नीति तथा कार्यक्रममा रुचि र चासो दिनुपर्ने सभापति सुशील कोइरालाको चिन्तन कांग्रेसलाई कसरी कोइराला थरभित्रै खुम्चाइराख्ने भन्नेमा देखिन्छ। पार्टी सभापतिमा कोइराला थर बाहेकका कोही निर्वाचित भयो भने पार्टी भष्मखरानी हुन्छ भन्दै सुस्केरा हालिरहेका सभापति कोइरालासँग कांग्रेसलाई अघि बढाउने कुनै नीति र कार्यक्रम छैन भन्ने प्रस्ट भइसकेको छ। उनको पाँचवर्षे सभापति कार्यकालमा कांग्रेसभित्र गुटगत राजनीति अझै मौलाएको छ। कोइराला र वरिष्ठ नेता शेरबहादुर देउवाको खेमामा विभाजित कांग्रेसलाई उनले एकढिक्का बनाउनेतर्फ कुनै पहल नै गरेनन्। १२ औँ महाधिवेशनमा सभापति कोइरालाले झिनो मतअन्तरले मात्र वरिष्ठ नेता देउवालाई पराजित गरेका थिए। पार्टीलाई विधि र प्रक्रियाबाट चलाउने प्रतिबद्धता पटक–पटक व्यक्त गर्ने गरेका सभापति कोइरालाले त्यही काम गर्न नसक्दा कांग्रेसमा अहिले पनि टाढैबाट देखिने चिरा परेको छ। सभापति कोइराला यसपटक पनि आफू सभापति नहुने हो भने कांग्रेस ध्वस्त हुने बताइरहेका छन्। कांग्रेसलाई कोइराला परिवारकै विरासतका रूपमा संरक्षित गर्नुपर्ने उनको तर्कले कांग्रेस कस्तो लोकतान्त्रिक अभ्यासमा छ भन्ने प्रस्ट भएको छ। पार्टी नेतृत्वका लागि कांग्रेसभित्र एकसे एक नेता छन्। तर, सबैको थर कोइराला हुन सम्भव हुँदैन। थर कोइराला नहुनेबित्तिकै उसले पार्टीलाई तहसनहस बनाउँछ भन्दै रोइकराई गरिरहने सभापति कोइराला र उनका पारिवारिक सदस्यहरूले छिमेकी देश भारतको कांग्रेस आईको वर्तमान अवस्थालाई हेरे पुग्छ। कांग्रेस आईको नेतृत्वमा अहिले पनि गान्धी परिवारकै छन्। तर, त्यो पार्टी राष्ट्रिय दलको हैसियतमा पनि पुग्न नसक्ने गरी निर्वाचनमा पराजित भयो। पार्टीलाई पारिवारिक विरासतका रूपमा मात्र कब्जा गर्न खोज्दा नेपाली कांग्रेसको अवस्था पनि भारतको कांग्रेस आईकै जस्तो नहोला भन्न सकिन्न।

पार्टी सभापतिको दर्बिलो दाबेदारका रूपमा रहेका वरिष्ठ नेता शेरबहादुर देउवा पनि 'अब मेरो पालो' शैलीमा मात्र सभापति पदको दाबी गरिरहेका छन्। उनले आफूलाई पार्टीभित्र साझा नेताका रूपमा विकास गर्न सकेका छैनन्। सुदूरपश्चिमका देउवा सामान्य परिवारिक पृष्ठभूमिबाट केन्द्रीय राजनीतिमा स्थापित भएका नेता हुन्। उनी थर वा वंश परम्पराबाट राजनीतिमा स्थापित पात्र होइनन्। त्यसैले उनीसँग वंश र थरको परम्परा धानिरहनुपर्ने तनाव छैन। उनी ठूलो छाती लिएर राजनीति गर्न सक्छन्। तर, त्यसका लागि उनलाई पनि चाहिने भनेको पार्टीको नीति तथा कार्यक्रम नै हो। पार्टीको विधि र प्रक्रियालाई मानेर अघि बढ्ने साहस हो। उनले सभापति भएपछि कांग्रेसलाई कसरी अघि बढाउनेछन् भन्ने विषयमा अहिलेसम्म केही बोलेका छैनन्। देउवाले पार्टी नेतृत्वले गरेको कमजोरी र उनले आगामी दिनमा गर्न चाहेको कामका बारेमा आफ्ना मतदातालाई छिटोभन्दा छिटो बुझाउन आवश्यक छ। 'म बूढो भएँ, यति वर्षदेखि यही पार्टीमा छु, यति वर्ष जेल बसेको छु' भनेर दाबी गरेकै भरमा नेतृत्वमा जाने हो भने कांग्रेस 'बाह्र वर्ष केको पुच्छर ढुंग्रोमा राखे पनि बांगाको बांगै' भन्ने उखानजस्तै रहिरहनेछ।

Leave a comment

सुरुङ सकिनेबित्तिकै मेलम्ची पानी

सुरुङ सकिनेबित्तिकै मेलम्ची पानी

काठमाडौं- दुई दशकदेखि मेलम्ची पानी पर्खिरहेका उपत्यकाबासीले सुरुङ खन्ने काम सकिँदाबित्तिकै पानी उपभोग गर्न पाउने भएका छन्। मुख्य कामको रुपमा रहेको सुरुङसहित अन्य कामको प्रगतिमा सुधार भएपछि उपत्यकाबासीको मेलम्ची प्रतीक्षा...

कुखुराबाट ३३ अर्ब ७२ करोड रूपैयाँ आम्दानी !

कुखुराबाट ३३ अर्ब ७२ करोड रूपैयाँ आम्दानी !

चितवन– नेपालमा व्यावसायिक कुखुरा पालन फार्महरुले मासु, अन्डा र चल्ला बिक्रीबाट एक वर्षमा रु. ३३ अर्ब ७२ करोड ४० लाख २३ हजार आम्दानी गर्ने गरेका छन्।

रोजगारपीडितलाई क्षतिपूर्ति पाउन सकस

रोजगारपीडितलाई क्षतिपूर्ति पाउन सकस

काठमाडौं- मोरङ, उर्लाबारी–८ सुनझोडाका झमकबहादुर थापा अचेल बेचैन छन्। निड इम्प्लोइमेन्ट सर्भिस प्रालिले मलेसियाको सेङ इप फर्निचर उद्योगका लागि पठाएका थापा साढे एक महिनामै घर फर्र्किएपछि निराश हुन पुगेका हुन्।

सेयर परिसूचक उक्लेको उक्ल्यै

सेयर परिसूचक उक्लेको उक्ल्यै

काठमाडौं–सेयर बजारको तथ्यांकीय मापक नेप्सेले लगातार तेस्रो दिन नयाँ कीर्तिमान बनाएको छ । मंगलबार परिसूचक र कारोबार रकम दुवैमा कीर्तिमान बनेको हो । एक साता अघिदेखि लगातार दोहोरो अंकले बढ्दै...

चन्द्रागिरिमा केबलकार सरर‍‍‍‍‍...(भिडियो)

चन्द्रागिरिमा केबलकार सरर‍‍‍‍‍...(भिडियो)

काठमाडौं– धुलोको साम्राज्यमा पसेजस्तो लाग्ने कुइरीमण्डल सडक। एकसाथ गुड्छन्– लरी, ट्रिपर, बस, मोटरसाइकल र कारहरु। त्रिपुरेश्वरदेखि थानकोटसम्म पुग्दा लाग्छ नेपालमा फोक्सो बिगार्ने धुँवा एवं हिलो, भत्किएका सडकबाहेक अरु केही छैन।

नयाँ गभर्नरको हस्ताक्षरित नोट आयो, दृष्टिविहीनले छामेर पत्ता लगाउन सक्ने

नयाँ गभर्नरको हस्ताक्षरित नोट आयो, दृष्टिविहीनले छामेर पत्ता लगाउन सक्ने

काठमाडौं- नेपाल राष्ट्र बैंकका नयाँ गभर्नर चिरञ्जीवी नेपालले हस्ताक्षर गरेको नोट पहिलोपटक बजारमा आएको छ। नयाँ गभर्नरको हस्ताक्षरसहित पहिलोपटक बजारमा आएको नोट सय दरको हो। उक्त नोटमा दुइटा गैंडाको चित्र...

अलैचीको अस्थीर मूल्यले किसान चिन्तित

अलैचीको अस्थीर मूल्यले किसान चिन्तित

पाँचथर-सिदिन–७ का एकुका टेकवहादुर केरुङले गत मंसिरमा अलैचीको मूल्य प्रतिमन (४० केजी) ९० हजार रुपैयाँ पुगेपनि थप बढ्ने आस गरे। अघिल्लो सिजनमा प्रतिमन एक लाख १६ हजार रुपैयाँसम्ममा बिक्रि भएको...

एकै दिन २ अर्बको सेयर किनबेच

एकै दिन २ अर्बको सेयर किनबेच

काठमाडौं- पछिल्लो समय क्रमशः बढ्दै आएको सेयर कारोबार आइतबार दुई अर्ब रुपैयाँ नजिक पुगेको छ। यस दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक अर्ब ९६ करोड ४७ लाख रुपैयाँको सेयर...