×

Warning

JLIB_APPLICATION_ERROR_COMPONENT_NOT_LOADING

JLIB_APPLICATION_ERROR_COMPONENT_NOT_LOADING

JFile: :read: Unable to open file: /data/nagariknews/components/com_k2/js/k2.js?v2.7.0&sitepath=/

1 Mangshir, 2075 |
Menu

अर्थ

republica-headerdiscount-subscribe1

istl

एकै दिन २ अर्बको सेयर किनबेच

  • सोमबार ३१ जेष्ठ, २०७३
  • विष्णु बेल्वासे
  • Be the first to comment!
(0 votes)
एकै दिन २ अर्बको सेयर किनबेच
काठमाडौं- पछिल्लो समय क्रमशः बढ्दै आएको सेयर कारोबार आइतबार दुई अर्ब रुपैयाँ नजिक पुगेको छ। यस दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक अर्ब ९६ करोड ४७ लाख रुपैयाँको सेयर किनबेच भएको छ। पछिल्लो समयमा डेढ अर्ब रुपैयाँ हाराहारी कारोबार हुँदै आएकोमा आइतबार बढेर २ अर्ब रुपैयाँ नजिक पुग्यो।
nepali-patro-june
कारोबारसँगै नेप्सेले पनि आइतबार कीर्तिमान कायम गर्यो । सेयर बजार मापक नेप्से १६ सय अंकनजिक पुगेको छ। यस दिन स्ट्यान्डर्ड चार्टर्ड, एभरेस्ट र नेपाल बंगलादेश (एनबी) बैंकको सेयर मूल्य बढ्दा नेप्सेले नयाँ उचाइ छोएको हो। सेयर परिसूचक ३१.२६ अंकले उक्लिएर १५९७.२६ बिन्दुमा पुगेको छ।

बैंकिङ प्रणालीमा अत्यधिक तरलता (लगानीयोग्य पैसा) थुप्रिनु र सुरक्षित लगानीको वैकल्पिक क्षेत्र उपलब्ध नहुनुलाई सेयर बजारमा लगानीकर्ता आकर्षित हुनुको मुख्य कारण मानिएको छ। यसैको परिणाम पछिल्लो समय सेयर कारोबार बढेको हो।

बैंक तथा वित्तीय क्षेत्रको नियमनकारी निकाय केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत आगामी दुई वर्षभित्र वाणिज्य बैंकको चुक्ता पुँजी ८ अर्ब रुपैयाँ बनाउनु पर्ने प्रावधान ल्याएको थियो। त्यो आवश्यकता पूरा गर्न वाणिज्य बैंकहरुले धमाधम बोनस सेयर दिइरहेका छन्। तोकिएको चुक्ता पुँजी पुर्यानउन उनीहरुले हकप्रद सेयर जारी गर्ने योजना पनि अघि सारेका छन्। बिमा कम्पनीहरुको नियमनकारी निकाय बिमा समितिले पनि उनीहरुले चुक्ता पुँजी बढाउनुपर्ने प्रावधान सहितको बिमा ऐनको मस्यौदा तयार पारेको छ। बिमा कम्पनीका लागि पनि चुक्ता पुँजी बढाउने उपाय बोनस र हकप्रद नै हो। बोनस र हकप्रद सेयरबाट लगानीकर्तालाई नगद लाभांशबाट भन्दा बढी फाइदा हुन्छ। नगद लाभांश नै पाउँदा पनि हालको बैंक ब्याजभन्दा पब्लिक लिमिटेड कम्पनीहरुले लिने लाभांश बढी हुने हुँदा लगानीकर्ता सेयर बजारमा बढी नै हौसिएको विश्लेषक बताउँछन्। यसैको असर बजारमा परेको हो।

महाभूकम्प तथा नाकाबन्दीको असरले थोरैदेखि धेरै पैसा भएकासम्मलाई लगानीको विकल्प नभएकाले सबै पैसा सेयर बजारमा गएको अनुमान गरिएको छ। बजार विश्लेषकका अनुसार बैंक तथा वित्तीय संस्थाको लगानी पछिल्ला महिनामा सेयर बजारमा गएको छ।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवं अनुसन्धान विभागका प्रमुख नरबहादुर थापाका अनुसार चालु आर्थिक वर्षको चैतसम्म सेयर बजारमा बैंकहरुले ३५ अर्ब लगानी गरेका छन्। गत आवमा उक्त अवधिमा बैंकहरुले २४ अर्ब लगानी गरेका थिए। 'गत आवमा भन्दा चालु आवमा ११ अर्ब रुपैयाँभन्दा बढी रकम सेयर बजारमा लगानी भएको छ,' उनले भने, 'कुल कर्जाको १२ प्रतिशतमात्र सेयर बजारमा लगानी भएको छ। एउटै क्षेत्रमा कुल कर्जाको २५ प्रतिशतभन्दा बढी लगानी गर्न नपाइने व्यवस्था छ। 'सेयर बजबारमा भएको लगानी सीमाभित्रै रहेकाले नियन्त्रण गर्नुपर्ने आवश्यकता छैन,' उनले भने।

राष्ट्र बैंक मौद्रिक नीति ल्याउने तयारीमा छ। मौद्रिक नीतिमा सेयर बजारमैत्री प्रावधान आउने अनुमानले बजार उचालिएको विज्ञहरुको भनाइ छ।

चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर ०.७७ प्रतिशत हुने प्रक्षेपण गरिए पनि गत एक वर्षदेखि सेयर बजार लगातार उकालो लागिरहेको छ। अर्थतन्त्र तथा सेयर बजारको सकारात्मक सम्बन्ध भए तापनि चालु आर्थिक वर्षमा भने अर्थतन्त्र ओरालो लागिरहँदा सेयर बजार उकालो लागिरहेको छ। आइतबार सेयर बजार पुँजीकरण १७ खर्ब २३ अर्ब पुगेेको छ।

एनबी बैंकले १० सेयर हुनेलाई ८ हकप्रद दिने घोषणा गरेसँगै उसको ३५ करोड ५८ लाख रुपैयाँको सेयर किनबेच भएको छ। एभरेस्ट बैंकको १० करोड ९८ लाख र चार्टर्डको आठ करोड २४ लाख रुपैयाँको सेयर किनबेच भयो। चार्टर्डको मूल्य १० प्रतिशतले बढेको छ।

एनबीसँगै चार्टर्ड र एभरेस्टमा लगानीकर्ताको ओइरो लागेको छ। बैंकिङ समूहको सूचक ४७.४७ अंकले उक्लिएको छ। आइतबार जलविद्युतबाहेक सबै समूहका सूचक बढेका छन्।

सिन्धु विकास, एनआइडिसी क्यापिटल, नेपाल इन्स्योरेन्स, ओम डेभलपमेन्ट र सगरमाथा इन्स्योरेन्सको सेयरमूल्य १० प्रतिशत हाराहारीमा बढेको छ।


नेपाल लाइफको कारोबार रोक्का

नेप्सेले नेपाल लाइफ इन्स्योरेन्सको सेयर कारोबार रोक्का गरेको छ। नेप्सेले कारोबार रोक्का गरेपछि आइतबार उक्त कम्पनीको सेयर किनबेच भएन।

नेपाल धितोपत्र बोर्डले शुक्रबार नेप्सेलाई नेपाल लाइफ इन्स्योरेन्सको सेयर कारोबार रोक्न निर्देशन दिएको थियो। फर्दर पब्लिक अफरिङ (एफपिओ) जारी गर्ने विषयमा बोर्डमा आवेदन नदिई कम्पनीले सूचना जारी गरेको भन्दै सेयर कारोबार रोक्न बोर्डले निर्देशन दिएको हो। नेपाल लाइफले प्रतिकित्ता २९ सय ५१ रुपैयाँमा एफपिओ जारी गर्ने जनाएको थियो। सय रुपैयाँ अंकित दरको सेयरमा कम्पनीले २८५१ रुपैयाँ प्रिमियम जोडेको हो।

कम्पनीले बिहीबार यो सार्वजनिक गरेपछि पुँजीबजारमा उसको सेयर मूल्य प्रतिकित्ता चार सय रुपैयाँले बढेको थियो। बोर्डले नेप्सेलाई पठाएको पत्रमा आधिकारिक रुपमा मूल्य निर्धारण नगराई, बजारलाई प्रभावित गर्ने हिसाबले सूचना दिएका कारण कारोबार रोक्नुपर्ने उल्लेख गरिएको छ। कम्पनीले संस्थापक समूहमा रहेको ८० प्रतिशत सेयरलाई ७० प्रतिशतमा झार्दै बाँकी १० प्रतिशत थप सेयर निष्कासन गर्न खोजेको हो।

प्रतिक्रिया

सुरुङ सकिनेबित्तिकै मेलम्ची पानी

सुरुङ सकिनेबित्तिकै मेलम्ची पानी

काठमाडौं- दुई दशकदेखि मेलम्ची पानी पर्खिरहेका उपत्यकाबासीले सुरुङ खन्ने काम सकिँदाबित्तिकै पानी उपभोग गर्न पाउने भएका छन्। मुख्य कामको रुपमा रहेको सुरुङसहित अन्य कामको प्रगतिमा सुधार भएपछि उपत्यकाबासीको मेलम्ची प्रतीक्षा...

कुखुराबाट ३३ अर्ब ७२ करोड रूपैयाँ आम्दानी !

कुखुराबाट ३३ अर्ब ७२ करोड रूपैयाँ आम्दानी !

चितवन– नेपालमा व्यावसायिक कुखुरा पालन फार्महरुले मासु, अन्डा र चल्ला बिक्रीबाट एक वर्षमा रु. ३३ अर्ब ७२ करोड ४० लाख २३ हजार आम्दानी गर्ने गरेका छन्।

रोजगारपीडितलाई क्षतिपूर्ति पाउन सकस

रोजगारपीडितलाई क्षतिपूर्ति पाउन सकस

काठमाडौं- मोरङ, उर्लाबारी–८ सुनझोडाका झमकबहादुर थापा अचेल बेचैन छन्। निड इम्प्लोइमेन्ट सर्भिस प्रालिले मलेसियाको सेङ इप फर्निचर उद्योगका लागि पठाएका थापा साढे एक महिनामै घर फर्र्किएपछि निराश हुन पुगेका हुन्।

सेयर परिसूचक उक्लेको उक्ल्यै

सेयर परिसूचक उक्लेको उक्ल्यै

काठमाडौं–सेयर बजारको तथ्यांकीय मापक नेप्सेले लगातार तेस्रो दिन नयाँ कीर्तिमान बनाएको छ । मंगलबार परिसूचक र कारोबार रकम दुवैमा कीर्तिमान बनेको हो । एक साता अघिदेखि लगातार दोहोरो अंकले बढ्दै...

चन्द्रागिरिमा केबलकार सरर‍‍‍‍‍...(भिडियो)

चन्द्रागिरिमा केबलकार सरर‍‍‍‍‍...(भिडियो)

काठमाडौं– धुलोको साम्राज्यमा पसेजस्तो लाग्ने कुइरीमण्डल सडक। एकसाथ गुड्छन्– लरी, ट्रिपर, बस, मोटरसाइकल र कारहरु। त्रिपुरेश्वरदेखि थानकोटसम्म पुग्दा लाग्छ नेपालमा फोक्सो बिगार्ने धुँवा एवं हिलो, भत्किएका सडकबाहेक अरु केही छैन।

नयाँ गभर्नरको हस्ताक्षरित नोट आयो, दृष्टिविहीनले छामेर पत्ता लगाउन सक्ने

नयाँ गभर्नरको हस्ताक्षरित नोट आयो, दृष्टिविहीनले छामेर पत्ता लगाउन सक्ने

काठमाडौं- नेपाल राष्ट्र बैंकका नयाँ गभर्नर चिरञ्जीवी नेपालले हस्ताक्षर गरेको नोट पहिलोपटक बजारमा आएको छ। नयाँ गभर्नरको हस्ताक्षरसहित पहिलोपटक बजारमा आएको नोट सय दरको हो। उक्त नोटमा दुइटा गैंडाको चित्र...

अलैचीको अस्थीर मूल्यले किसान चिन्तित

अलैचीको अस्थीर मूल्यले किसान चिन्तित

पाँचथर-सिदिन–७ का एकुका टेकवहादुर केरुङले गत मंसिरमा अलैचीको मूल्य प्रतिमन (४० केजी) ९० हजार रुपैयाँ पुगेपनि थप बढ्ने आस गरे। अघिल्लो सिजनमा प्रतिमन एक लाख १६ हजार रुपैयाँसम्ममा बिक्रि भएको...

एकै दिन २ अर्बको सेयर किनबेच

एकै दिन २ अर्बको सेयर किनबेच

काठमाडौं- पछिल्लो समय क्रमशः बढ्दै आएको सेयर कारोबार आइतबार दुई अर्ब रुपैयाँ नजिक पुगेको छ। यस दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक अर्ब ९६ करोड ४७ लाख रुपैयाँको सेयर...