9 Mangshir, 2074 |
Menu

अर्थ

republica-headerdiscount-subscribe1

istl

विमानस्थल ग्राउन्ड ह्यान्डलिङ पाँच वर्ष वायुसेवा निगमलाई

(0 votes)
विमानस्थल ग्राउन्ड ह्यान्डलिङ पाँच वर्ष वायुसेवा निगमलाई
काठमाडौं–नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको 'ग्राउन्ड ह्यान्डलिङ' सेवा आगामी पाँच वर्षका लागि राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई दिएको छ । उड्डयन क्षेत्रको नियामक निकाय तथा मुलुकभरका विमानस्थलको प्रमुख सञ्चालक निकाय प्राधिकरणको सञ्चालक समितिले ग्राउन्ड ह्यान्डलिङ सेवा वायुसवा निगमलाई नै दिने निर्णय गरेको हो।
nepali-patro-june
यसअघि दुई वर्षका लागिमात्र सेवा सम्झौता गरेको निगमले यो वर्षबाट पाँच वर्षसम्म निगमलाई जिम्मा दिएको हो । 'प्राधिकरण सञ्चालक समितिले त्रिभुवन विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ सेवा पाँच वर्षका लागि वायुसेवा निगमलाई दिने निर्णय गरेको छ,' प्राधिकरणका एक उच्च अधिकारीले आइतबार नागरिकसँग भने, 'अब केही दिनभित्र हामी निगमसँग यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्ने छौं ।'

वायुसेवा निगमले ग्राउन्ड ह्यान्डलिङ सेवा उपलब्ध गराएवापत वार्षिक हाल ३ अर्ब ५० करोड रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएको छ । यो परिमाण भनेको निगमको कुल आम्दानीको ४० प्रतिशत हो । त्रिभुवन विमानस्थलमा हाल उडान सञ्चालन गरिरहेका २७ वटा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीमध्ये भारतको सरकारी वायुसेवा एयर इन्डिया र थाइल्यान्डको सरकारी वायुसेवा थाई एयरवेजबाहेक २५ वटालाई ह्यान्डलिङ सेवा उपलब्ध गराउँदै आएको छ । एयर इन्डिया र थाईले भने आफ्नो ग्राउन्ड ह्यान्डलिङ आफैं गर्दै आएका छन् ।

त्रिभुवन विमानस्थलमा उडान–अवतरण गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका जहाजहरूलाई आवश्यक पर्ने भर्याङ, ब्यागेज बोक्ने गाडी, यात्रुलाई जहाजसम्म पु¥याउने र ल्याउने ठूला बस, जहाजलाई पछाडि धकेल्ने 'पुस ब्याक ट्र्याक्टर' यात्रु चेक–इनको काम, बोर्डिङ कार्ड वितरण, जहाजमा सामान राख्ने र झिकेर ब्यागेज बेल्टसम्म ल्याउने, कार्गोका कामलगायत सुविधा उपलब्ध गराउने कामलाई ग्राउन्ड ह्यान्डलिङ भनिन्छ । यस्तो काम वायुसेवा निगमले गरिरहेको छ ।

'प्राधिकरण सञ्चालक समितिले पाँच वर्षका लागि ग्राउन्ड ह्यान्डलिङ हामीलाई दिने निर्णय गरेको जानकारी पाएका छौं,' निगमका कर्पोेरेट डाइरेक्टर तथा प्रवक्ता रामहरि शर्माले आइतबार नागरिकसँग भने, 'औपचारिक पत्र आउन बाँकी छ । पाँच वर्षका लागि नवीकरण भएको छ, यसबाट काम गर्न थप सहज हुने विश्वास छ ।'

निगमले त्रिभुवन विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङ सेवा चुस्त बनाइराख्न स्थायी, करार र आउटसोर्सिङ गरी ७ सय २ कर्मचारी परिचालन गरिरहेको छ । ती कर्मचारीले विमानस्थल बिहान खुलेदेखि मध्यरात बन्द नभइन्जेल बिहान, दिउँसो र राति तीन 'सिफ्ट' मा काम गरिरहेका छन् ।

सन् २००९ भन्दा अघि निगमले प्राधिकरणसँग सम्झौता नगरी ग्राउन्ड ह्यान्डलिङ सेवा दिँदै आएको थियो । तर, प्राधिकरणले कुल आम्दानीमा हिस्सा मागेपछि सुरु भएको किचलो अन्त्यमा १० प्रतिशत दिने सहमतिपछि सम्झौतामा परिणत भएको थियो ।

त्यसपछि प्राधिकरणले २०६५ माघ २७ मा निगमलाई पाँच वर्षसम्म ग्राउन्ड ह्यान्डलिङ गर्न दिने सम्झौता गरेको थियो । त्यसको म्याद २०७० माघ २७ मा सकिएको थियो । त्यसपछि भने प्राधिकरणले दुई वर्षका लागिमात्र ह्यान्डलिङ गर्न दिएको थियो । तर, त्यसबेला प्राधिकरणले निगमको सेवाको गणस्तरमा सुधार नआए तथा सेवा शुल्क सयमसापेक्ष नभए प्रतिस्पर्धाका आधारमा अर्को कम्पनी ल्याउने तयारी गरेको थियो ।

निगमले युरोपेली जहाज निर्माता कम्पनी एयरबसमा निर्मित दुईथान 'ए३२०–२००' सिरिजका जहाजबाट गर्ने आम्दानी र सेवा एक वर्षसम्म हेर्न ग्राउन्ड ह्यान्डलिङ त्यसबेला निगमलाई दिएको थियो । दुई वर्षअघि पर्यटन मन्त्रालय मध्यस्थकर्ता बनेर प्राधिकरण र निगमबीच ग्राउन्ड ह्यान्डलिङ आगामी दुई वर्ष निगमलाई दिने, त्यसवापत उठ्ने कूल आयको १० प्रतिशतलाई बढाएर प्राधिकरणलाई १५ प्रतिशत दिनुपर्नेे र बिहान ६ देखि राति साढे १२ बजेपछि अन्य अन्तर्राष्ट्रिय कमर्सियल ग्राउन्ड ह्यान्डलिङ कम्पनीलाई प्रतिस्पर्धाका आधारमा ल्याउन सकिने छलफल भएको थियो ।

प्राधिकरणले ग्राउन्ड ह्यान्डलिङ गर्न अर्को कम्पनी थप्ने तयारी गरे पनि तत्काल निगमले प्रतिस्पर्धा गर्नुनपर्ने भएको छ । निगमले विमानस्थलको ग्राउन्ड ह्यान्डलिङमा हालसम्म झन्डै १ अर्ब रुपैयाँ लगानी गरिसकेको छ । उसले ग्राउन्ड ह्यान्डलिङबाट वार्षिक ३ अर्ब ५० करोड रुपैयाँभन्दा बढी आम्दानी गरिरहेको छ । ह्यान्डलिङ सेवा सञ्चालन गरेवापत प्राधिकरणलाई तिर्नुपर्ने वार्षिक शुल्क १२ दशमलव ५ प्रतिशत रहेको छ । यो हिसाबले अब निगमले प्राधिकरणलाई वार्षिक औसत ४३ करोड ७५ लाख रुपैयाँ सेवा शुल्क तिर्नुपर्ने छ । निगमले भने मासिक ३ करोड ६४ लाख ५८ हजार ३ सय ३३ रुपैयाँका दरले तिर्ने जनाएको छ ।

प्रतिक्रिया

सुरुङ सकिनेबित्तिकै मेलम्ची पानी

सुरुङ सकिनेबित्तिकै मेलम्ची पानी

काठमाडौं- दुई दशकदेखि मेलम्ची पानी पर्खिरहेका उपत्यकाबासीले सुरुङ खन्ने काम सकिँदाबित्तिकै पानी उपभोग गर्न पाउने भएका छन्। मुख्य कामको रुपमा रहेको सुरुङसहित अन्य कामको प्रगतिमा सुधार भएपछि उपत्यकाबासीको मेलम्ची प्रतीक्षा...

कुखुराबाट ३३ अर्ब ७२ करोड रूपैयाँ आम्दानी !

कुखुराबाट ३३ अर्ब ७२ करोड रूपैयाँ आम्दानी !

चितवन– नेपालमा व्यावसायिक कुखुरा पालन फार्महरुले मासु, अन्डा र चल्ला बिक्रीबाट एक वर्षमा रु. ३३ अर्ब ७२ करोड ४० लाख २३ हजार आम्दानी गर्ने गरेका छन्।

रोजगारपीडितलाई क्षतिपूर्ति पाउन सकस

रोजगारपीडितलाई क्षतिपूर्ति पाउन सकस

काठमाडौं- मोरङ, उर्लाबारी–८ सुनझोडाका झमकबहादुर थापा अचेल बेचैन छन्। निड इम्प्लोइमेन्ट सर्भिस प्रालिले मलेसियाको सेङ इप फर्निचर उद्योगका लागि पठाएका थापा साढे एक महिनामै घर फर्र्किएपछि निराश हुन पुगेका हुन्।

सेयर परिसूचक उक्लेको उक्ल्यै

सेयर परिसूचक उक्लेको उक्ल्यै

काठमाडौं–सेयर बजारको तथ्यांकीय मापक नेप्सेले लगातार तेस्रो दिन नयाँ कीर्तिमान बनाएको छ । मंगलबार परिसूचक र कारोबार रकम दुवैमा कीर्तिमान बनेको हो । एक साता अघिदेखि लगातार दोहोरो अंकले बढ्दै...

चन्द्रागिरिमा केबलकार सरर‍‍‍‍‍...(भिडियो)

चन्द्रागिरिमा केबलकार सरर‍‍‍‍‍...(भिडियो)

काठमाडौं– धुलोको साम्राज्यमा पसेजस्तो लाग्ने कुइरीमण्डल सडक। एकसाथ गुड्छन्– लरी, ट्रिपर, बस, मोटरसाइकल र कारहरु। त्रिपुरेश्वरदेखि थानकोटसम्म पुग्दा लाग्छ नेपालमा फोक्सो बिगार्ने धुँवा एवं हिलो, भत्किएका सडकबाहेक अरु केही छैन।

नयाँ गभर्नरको हस्ताक्षरित नोट आयो, दृष्टिविहीनले छामेर पत्ता लगाउन सक्ने

नयाँ गभर्नरको हस्ताक्षरित नोट आयो, दृष्टिविहीनले छामेर पत्ता लगाउन सक्ने

काठमाडौं- नेपाल राष्ट्र बैंकका नयाँ गभर्नर चिरञ्जीवी नेपालले हस्ताक्षर गरेको नोट पहिलोपटक बजारमा आएको छ। नयाँ गभर्नरको हस्ताक्षरसहित पहिलोपटक बजारमा आएको नोट सय दरको हो। उक्त नोटमा दुइटा गैंडाको चित्र...

अलैचीको अस्थीर मूल्यले किसान चिन्तित

अलैचीको अस्थीर मूल्यले किसान चिन्तित

पाँचथर-सिदिन–७ का एकुका टेकवहादुर केरुङले गत मंसिरमा अलैचीको मूल्य प्रतिमन (४० केजी) ९० हजार रुपैयाँ पुगेपनि थप बढ्ने आस गरे। अघिल्लो सिजनमा प्रतिमन एक लाख १६ हजार रुपैयाँसम्ममा बिक्रि भएको...

एकै दिन २ अर्बको सेयर किनबेच

एकै दिन २ अर्बको सेयर किनबेच

काठमाडौं- पछिल्लो समय क्रमशः बढ्दै आएको सेयर कारोबार आइतबार दुई अर्ब रुपैयाँ नजिक पुगेको छ। यस दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक अर्ब ९६ करोड ४७ लाख रुपैयाँको सेयर...