×

Warning

JLIB_APPLICATION_ERROR_COMPONENT_NOT_LOADING

JLIB_APPLICATION_ERROR_COMPONENT_NOT_LOADING

JFile: :read: Unable to open file: /data/nagariknews/components/com_k2/js/k2.js?v2.7.0&sitepath=/

Sunday 5 Kartik, 2074 |
Menu

republica-headerdiscount-subscribe1

istl

चिनियाँ जहाजले उडायो निगमको सपना

(1 Vote)
काठमाडौं- चिनियाँ जहाज उडाएर बजार हिस्सा ओगट्दै पर्याप्त आम्दानी गर्ने राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको 'सपना' सपनामात्रै हुने भएको छ। गत वैशाखमा दुई साताभन्दा बढी थन्किएर बल्लबल्ल मर्मतपछि उडेको 'मोडर्न आर्क–६०' (एमए–६०) सिरिजको चिनियाँ जहाज फेरि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थन्किएको छ। यो जहाजको दायाँ इन्जिनमा समस्या उत्पन्न भएपछि 'ग्राउन्डेड' भएको हो।
nepali-patro-june

'एमए–६० को दायाँ इन्जिनको इसिएस प्यानल चर्किएपछि जहाजलाई ग्राउन्डेड गरिएको छ,' सम्बद्ध स्रोतले आइतबार नागरिकसँग भन्यो, 'त्यसमाथि दुई दिनपछि यो जहाजको दुई वर्षे मर्मतको तालिका पनि परेको छ र बढीमा एक महिना थन्किने छ।'

स्रोतका अनुसार जेठ २६ गते काठमाडौंबाट विराटनगर उडान गरेर फर्केपछि जहाजमा समस्या देखिएको थियो। त्रिभुवन विमानस्थलमा अवतरण भएपछि निगमका इन्जिनियरहरूले जहाज वरिपरि घुमेर हेर्दा दायाँ इन्जिनको 'इसिएस प्यानल'मा 'क्र्याक' देखेका थिए। त्यसपछि जहाज ग्राउन्डेड गरिएको थियो।

'निगमसँग चिनियाँ जहाजको जगेडा पुर्जा केही पनि छैन र यहाँ भएका चिनियाँ इन्जिनियरले पनि मर्मत गर्न सक्दैनन्,' स्रोतले भन्यो, 'अनि यसरी चिनियाँ जहाज सेतो हात्ती साबित भइरहेका छन्। जहाज उडाएर बजार हिस्सा ओगट्दै पर्याप्त आम्दानी गर्ने निगमको सपना कहिल्यै विपनामा परिणत हुने छैन।'

सम्बद्ध अधिकारीका अनुसार चिनियाँ जहाज कम्पनीको तालिकाअनुसार बढीमा एक महिनाका लागि एमए–६० मर्मतका लागि ग्राउन्डेड हुँदै छ। यसका लागि जहाजलाई चीन पठाउने वा यहीँ मर्मत गर्ने भन्ने निर्णय भइसकेको छैन। चिनियाँ इन्जिनियरको टोली आउने भयो भने तिनका सम्पूर्ण खर्चदेखि जहाज मर्मतमा लाग्ने सबै खर्च निगम व्यवस्थापनले बेहोर्नुपर्ने छ।

'निगमले ३० वर्षअघि खरिद गरेका दुई थान बोइङ ७५७ जहाज आउनु ६ महिनाअघि आवश्यक सबै पुर्जा निःशुल्क काठमाडौं आएको थियो,' ती अधिकारीले भने, 'तर, चिनियाँ जहाजमा यस्तो कुनै सुविधा छैन। जहाज खरिद सम्झौता गर्दा पनि जगेडा पुर्जा उपलब्ध गराउने बुँदा उल्लेख हुनुपर्थ्यो तर गरिएन, यो दुःखद विषय हो।'

२०७१ पुसबाट २०७२ पुससम्म एक वर्ष उडान गर्दा एमए–६० ले १४ करोड १० लाख ३० हजार ८ सय ११ रुपैयाँ आम्दानी गरेको निगमसँग तथ्यांक छ तर यसलाई उक्त एक वर्ष उडाउन ४० करोड ५० लाख ९७ हजार २ सय ९३ रुपैयाँ सञ्चालन खर्च लागेको थियो।

एमए–६० लाई उडाउन आवश्यक इन्धनमा १३ करोड ६ लाख खर्च भएको थियो। त्यस्तै बिमावापत १६ करोड ९३ लाख ६८ हजार ३ सय ८४, ल्यान्डिङ र पार्किङमा ६९ लाख ५७ हजार ५ सय ६८, चालकदलको खाना/खाजा खर्च १ करोड १४ लाख ७२ हजार ४ सय ४५ र अन्य खर्च ८ करोड ६६ लाख ४१ हजार ३ सय ५१ रुपैयाँ खर्च भएको थियो।

निगमले एक वर्षसम्म एमए–६० उडाएर नाफाको सट्टा उल्टै २६ करोड ४० लाख ६६ हजार ४ सय ८२ रुपैयाँ नोक्सानी बेहोरेको थियो। यो भनेको दैनिक ७ लाख २३ हजार ४ सय ६९ रुपैयाँ हो।

'त्यही भएर चिनियाँ जहाज उडाउँदा पनि हामी डुबिरहेका छौं, अनि नउडाउँदा पनि डुबिरहेका छौं,' ती अधिकारीले भने, 'अब चीनबाट यस्तै थप चारथान जहाज पनि हाम्रै भागमा आउने तयारीमा छ। ती जहाज आउनु भनेको निगम ध्वस्त हुनु हो।'

चिनियाँ जहाजमा समस्याका चाङ थुप्रिएपछि निगम व्यवस्थापनले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्राचार गरी चिनियाँ जहाज उडाउँदा हुने घाटा चिनियाँ पक्षले बेहोर्नुपर्ने, जगेडा सामान १० वर्षसम्म निःशुल्क उपलब्ध गराउनुपर्ने, जहाजसम्बद्ध नियम सबै चिनियाँ भाषाको सट्टा अंग्रेजी भाषामा लेखिएको हुनुपर्ने, चालकदलको तालिम खर्च कटौती र बिमा रकम कम हुनुपर्ने एवं जहाजले बोक्ने तौल बढी हुनुपर्ने सर्त पूरा भएमात्र बाँकी जहाज ल्याउने जानकारी गराएको थियो।

निगमले २०७१ माघ दोस्रो साता पर्यटन मन्त्रालयमा पठाएको पत्रमा एमए–६० सञ्चालनमा आएको सात महिनामा ८० दिन ग्राउन्डेड, स्पेयर पार्ट्स (जगेडा पुर्जा) असाध्यै महँगो, ल्याउन परे सामान आइपुग्न धेरै दिन लगाइदिने, पाइलट, इन्जिनियर, क्याबिन त्रु्कलगायतको तालिम खर्च निगमसँगै रहेका बोइङ ७५७ (ठूला जहाज) को दाँजोमा एमए–६० मा तीनदेखि चार गुणा महँगो र बिमा शुल्क पनि एयरबस वा बोइङका ठूला जहाजका तुलनामा तीन गुणा बढी रहेको उल्ल्ेख छ।

त्यसैगरी चीनले जहाज पठाउनुअघि दिएको विवरण (स्पेसिफिकेसन) जहाजमा नमिलेको पनि पत्रमा उल्लेख छ। जहाज आउनुअघि जति भारवहन क्षमता भनिएको थियो, त्यो पनि जहाज आएपछि नमिलेको पत्ता लागेको थियो।

निगमका अनुसार काठमाडौंबाट ५६ सिट क्षमताको एमए–६० उड्दा ५४ यात्रुमात्र राख्न मिल्छ। तापक्रम र धावनमार्ग लम्बाइका आधारमा काठमाडौं फर्किंदा यो जहाजले न्यूनतम ३६ (भद्रपुरबाट फर्कंदा) र बढीमा ४८ (धनगढीबाट फर्कंदा) जना यात्रुमात्र ल्याउन सक्छ।

त्यस्तै एमए–६० को बिमा शुल्क सुरुमा जहाजको कुल मूल्यको ४ दशमलव ७ प्रतिशत थियो। निगमले एयरबससँग खरिद गरेको 'ए३२०–२००' सिरिजका जहाज र बोइङसँग करिब तीन दशकदेखि किनेको 'बि७५७' सिरिजका जहाजको वार्षिक बिमा शुल्क जहाजको कुल मूल्यको डेढ प्रतिशतमात्र छ।

प्रतिक्रिया

सुरुङ सकिनेबित्तिकै मेलम्ची पानी

सुरुङ सकिनेबित्तिकै मेलम्ची पानी

काठमाडौं- दुई दशकदेखि मेलम्ची पानी पर्खिरहेका उपत्यकाबासीले सुरुङ खन्ने काम सकिँदाबित्तिकै पानी उपभोग गर्न पाउने भएका छन्। मुख्य कामको रुपमा रहेको सुरुङसहित अन्य कामको प्रगतिमा सुधार भएपछि उपत्यकाबासीको मेलम्ची प्रतीक्षा...

कुखुराबाट ३३ अर्ब ७२ करोड रूपैयाँ आम्दानी !

कुखुराबाट ३३ अर्ब ७२ करोड रूपैयाँ आम्दानी !

चितवन– नेपालमा व्यावसायिक कुखुरा पालन फार्महरुले मासु, अन्डा र चल्ला बिक्रीबाट एक वर्षमा रु. ३३ अर्ब ७२ करोड ४० लाख २३ हजार आम्दानी गर्ने गरेका छन्।

रोजगारपीडितलाई क्षतिपूर्ति पाउन सकस

रोजगारपीडितलाई क्षतिपूर्ति पाउन सकस

काठमाडौं- मोरङ, उर्लाबारी–८ सुनझोडाका झमकबहादुर थापा अचेल बेचैन छन्। निड इम्प्लोइमेन्ट सर्भिस प्रालिले मलेसियाको सेङ इप फर्निचर उद्योगका लागि पठाएका थापा साढे एक महिनामै घर फर्र्किएपछि निराश हुन पुगेका हुन्।

सेयर परिसूचक उक्लेको उक्ल्यै

सेयर परिसूचक उक्लेको उक्ल्यै

काठमाडौं–सेयर बजारको तथ्यांकीय मापक नेप्सेले लगातार तेस्रो दिन नयाँ कीर्तिमान बनाएको छ । मंगलबार परिसूचक र कारोबार रकम दुवैमा कीर्तिमान बनेको हो । एक साता अघिदेखि लगातार दोहोरो अंकले बढ्दै...

चन्द्रागिरिमा केबलकार सरर‍‍‍‍‍...(भिडियो)

चन्द्रागिरिमा केबलकार सरर‍‍‍‍‍...(भिडियो)

काठमाडौं– धुलोको साम्राज्यमा पसेजस्तो लाग्ने कुइरीमण्डल सडक। एकसाथ गुड्छन्– लरी, ट्रिपर, बस, मोटरसाइकल र कारहरु। त्रिपुरेश्वरदेखि थानकोटसम्म पुग्दा लाग्छ नेपालमा फोक्सो बिगार्ने धुँवा एवं हिलो, भत्किएका सडकबाहेक अरु केही छैन।

नयाँ गभर्नरको हस्ताक्षरित नोट आयो, दृष्टिविहीनले छामेर पत्ता लगाउन सक्ने

नयाँ गभर्नरको हस्ताक्षरित नोट आयो, दृष्टिविहीनले छामेर पत्ता लगाउन सक्ने

काठमाडौं- नेपाल राष्ट्र बैंकका नयाँ गभर्नर चिरञ्जीवी नेपालले हस्ताक्षर गरेको नोट पहिलोपटक बजारमा आएको छ। नयाँ गभर्नरको हस्ताक्षरसहित पहिलोपटक बजारमा आएको नोट सय दरको हो। उक्त नोटमा दुइटा गैंडाको चित्र...

अलैचीको अस्थीर मूल्यले किसान चिन्तित

अलैचीको अस्थीर मूल्यले किसान चिन्तित

पाँचथर-सिदिन–७ का एकुका टेकवहादुर केरुङले गत मंसिरमा अलैचीको मूल्य प्रतिमन (४० केजी) ९० हजार रुपैयाँ पुगेपनि थप बढ्ने आस गरे। अघिल्लो सिजनमा प्रतिमन एक लाख १६ हजार रुपैयाँसम्ममा बिक्रि भएको...

एकै दिन २ अर्बको सेयर किनबेच

एकै दिन २ अर्बको सेयर किनबेच

काठमाडौं- पछिल्लो समय क्रमशः बढ्दै आएको सेयर कारोबार आइतबार दुई अर्ब रुपैयाँ नजिक पुगेको छ। यस दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक अर्ब ९६ करोड ४७ लाख रुपैयाँको सेयर...