×

Warning

JLIB_APPLICATION_ERROR_COMPONENT_NOT_LOADING

JLIB_APPLICATION_ERROR_COMPONENT_NOT_LOADING

JFile: :read: Unable to open file: /data/nagariknews/components/com_k2/js/k2.js?v2.7.0&sitepath=/

Sunday 5 Kartik, 2074 |
Menu

republica-headerdiscount-subscribe1

istl

अलैचीको अस्थीर मूल्यले किसान चिन्तित

  • सोमबार ३१ जेष्ठ, २०७३
  • गिरिराज बाँस्कोटा
  • Be the first to comment!
(0 votes)
अलैचीको अस्थीर मूल्यले किसान चिन्तित
पाँचथर-सिदिन–७ का एकुका टेकवहादुर केरुङले गत मंसिरमा अलैचीको मूल्य प्रतिमन (४० केजी) ९० हजार रुपैयाँ पुगेपनि थप बढ्ने आस गरे। अघिल्लो सिजनमा प्रतिमन एक लाख १६ हजार रुपैयाँसम्ममा बिक्रि भएको सुनेका कृषक केरुङले प्रतिमन एक लाख रुपैयाँ भन्दा माथिमा विक्रि गर्ने सपना देखे।
nepali-patro-june
तर यो सपना पुरा हुन सकेको छैन। विक्रिका लागि अन्तिम सिजनतीर पुग्दामा पनि अलैचीको मूल्यले उचाई हासिल हुन सकेको छैन।

केरुङमात्र होईन अलैचीको मूल्य अस्थीर हुँदा धेरै कृषक अन्योलमा छन् । मूल्य बढ्छकी भन्ने आस गर्दै अलैची थन्काएर राखेका छन् । यसरी थन्काउनेमा व्यवासायी पनि छन् । अघिल्लो बर्ष असारको पहिलो साता एक लाख १५ हजार रुपैयाँ प्रतिमनमा विक्रि भएको अलैचीको मूल्य त्यतीनै पुग्ने कृषकको आस छ। अलैचीको मूल्य कृषकले नभई बजारले निर्धारण गर्ने गर्छ । सोमवारको अलैचीको मूल्य प्रतिमन ८० हजार रुपैयाँ रहेको नेपाल अलैची व्यवसायि महासंघका केन्द्रीय सदस्य नरेन्द्र अधिकारी बताए। उनका अनुसार अहिलेको सिजनमा अलैचीको मूल्य ९० हजार पुगेर घटेको थियो । प्रतिमन ६३ हजार रुपैयाँसम्म अलैचीको भाउँ खस्किएको थियो । शनिवारसम्म ८५ हजार रुपैयाँ रहेको अलैचीको मूल्य आईतवार पाँच हजार घटेको अधिकारी बताउँछन् । दैनिक रुपमा अलैचीको मूल्य घटबढ हुने गर्छ ।

अलैचीको मूल्य स्थीर नहुँदा कृषकहरु अन्योलमा पर्छन् । स्टक राख्दा कहिले राम्रो मूल्य हुने कहिले स्वात्तै घट्ने गरेको छ । अलैचीको मूल्यमा कृषकहरुले 'जुवाखेल्नु' पर्ने बताउँछन्। भदौँ देखि अलैची उत्पादन हुन थाल्छ । अलैची विक्रिको सुरुवाती सिजनमै राम्रो मूल्य प्राप्त भएपनि थप बढ्ने आस गर्दा गर्दै मूल्य घटेको हो । कृषक अफैले या व्यवासायीले अलैची स्टक गरेर राखेका छन् । ९० हजार मूल्यमा किनेर राखेको अलैची मूल्य घटेपछि व्यवसायीहरु पनि घाटामा परेको सुनाउँछन् । अलैचीको मूल्यको अनिश्चितताले लाखौँ खाटा पर्ने देखिएको व्यवसायी बताउँछन् । विक्रि सिजनको अन्तिम तिर अलैचीको मूल्यमा बृद्धि हुने अनुमान लगाईन्छ ।

अलैचीको मूल्य बजारमागले निर्धारण गर्ने नेपाल अलैची व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष दीपक नेपाल बताउँछन्। नेपालको अलैचीले भारतीय बजारमा निर्भर रहुनु पर्ने नेपाल बताउँछन् । मूल्य यकिन रहँदैन । ग्रामिण भेगमा मूल्यको सूचना पाएर विक्रिका लागि बजार पुर्याउँदा घटी या बढी हुने गर्छ।

अलैची भारत हुँदै अन्य मूलुकमा पुग्छ । नेपाली व्यवसायीहरुले भारतभन्दा बाहिर विक्रिका लागि अलैची लैजान सक्दैनन् । सरकारको व्यपार नीती, भौगोलिक बनावट र ढुवानी लगायतका कारणले तेस्रो मुलुक निर्यात गर्न सजिलो नभएको नेपाल बताउँछन् । अहिलेको बजार मूल्य राम्रै भएपनि घटबढ भईरहँदा कृषक र व्यवसायिलाई घाटा पर्ने गरेको छ । व्यवसायीले जोखिम उठाउने हिम्मत नगर्दा भाउ बढ्न नसकेको बताइन्छ । कहिले ह्वातै मूल्य बढ्ने र कहिले स्वत्तै घट्ने गर्दा कृषकहरु समस्या पर्ने जिल्ला कृषि विकास कार्यालय पाँचथरका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत वेनु प्रसाद प्रसाई बताउँछन् । नेपाली बजारले अलैचीको मूल्य निर्धारण नगर्ने हुँदा मूल्यको अन्योलता रहन्छ। अनुमानका भरमा कृषकले अलैचीको स्टक राख्ने गर्छन्। भण्डारनको पनि उपयुक्त व्यवस्था हुँदैन । अलैची कृषकले प्रसोधन गरेपछि केहि बर्ष राख्न मिल्छ । मसलाको रुपमा प्रयोग गरिने अलैची भारत हुँदै तेस्रो मूल्य निर्यात हुने गर्छ । अलैचीको भदौँ पछि उत्पादन हुन्छ ।

पूर्वी पहाडको प्रमुख नगदेवाली पश्चिमका विभिन्न जिल्लामा विस्तारी हुँदै छ । नेपालबाट बढिमात्रमा निर्यात हुने कृषि उपजमा अलैची पर्छ । खडेरी, रोगकिराको आक्रमणले ग्रस्त बनेको अलैचीको स्थीर मूल्य नहुनुको मार कृषहरुले भोगीरहेका छन् । नेपालमा उत्पादन हुने अलैचीको ९८ प्रतिशत निकासी हुन्छ । अलैचि विकास केन्द्र फिक्कलका अनुसार यस अघिको सिजनमा ५ हजार एक सय ६६ मेक्ट्रिन अलैची उत्पादन भएको थियो । सो अघिल्लो सिजन भन्दा कमि हो । अघिल्लो सिजमनमा ५ हजार दुई सय २५ मेट्रिकटन उत्पादन भएको थियो ।

प्रतिक्रिया

सुरुङ सकिनेबित्तिकै मेलम्ची पानी

सुरुङ सकिनेबित्तिकै मेलम्ची पानी

काठमाडौं- दुई दशकदेखि मेलम्ची पानी पर्खिरहेका उपत्यकाबासीले सुरुङ खन्ने काम सकिँदाबित्तिकै पानी उपभोग गर्न पाउने भएका छन्। मुख्य कामको रुपमा रहेको सुरुङसहित अन्य कामको प्रगतिमा सुधार भएपछि उपत्यकाबासीको मेलम्ची प्रतीक्षा...

कुखुराबाट ३३ अर्ब ७२ करोड रूपैयाँ आम्दानी !

कुखुराबाट ३३ अर्ब ७२ करोड रूपैयाँ आम्दानी !

चितवन– नेपालमा व्यावसायिक कुखुरा पालन फार्महरुले मासु, अन्डा र चल्ला बिक्रीबाट एक वर्षमा रु. ३३ अर्ब ७२ करोड ४० लाख २३ हजार आम्दानी गर्ने गरेका छन्।

रोजगारपीडितलाई क्षतिपूर्ति पाउन सकस

रोजगारपीडितलाई क्षतिपूर्ति पाउन सकस

काठमाडौं- मोरङ, उर्लाबारी–८ सुनझोडाका झमकबहादुर थापा अचेल बेचैन छन्। निड इम्प्लोइमेन्ट सर्भिस प्रालिले मलेसियाको सेङ इप फर्निचर उद्योगका लागि पठाएका थापा साढे एक महिनामै घर फर्र्किएपछि निराश हुन पुगेका हुन्।

सेयर परिसूचक उक्लेको उक्ल्यै

सेयर परिसूचक उक्लेको उक्ल्यै

काठमाडौं–सेयर बजारको तथ्यांकीय मापक नेप्सेले लगातार तेस्रो दिन नयाँ कीर्तिमान बनाएको छ । मंगलबार परिसूचक र कारोबार रकम दुवैमा कीर्तिमान बनेको हो । एक साता अघिदेखि लगातार दोहोरो अंकले बढ्दै...

चन्द्रागिरिमा केबलकार सरर‍‍‍‍‍...(भिडियो)

चन्द्रागिरिमा केबलकार सरर‍‍‍‍‍...(भिडियो)

काठमाडौं– धुलोको साम्राज्यमा पसेजस्तो लाग्ने कुइरीमण्डल सडक। एकसाथ गुड्छन्– लरी, ट्रिपर, बस, मोटरसाइकल र कारहरु। त्रिपुरेश्वरदेखि थानकोटसम्म पुग्दा लाग्छ नेपालमा फोक्सो बिगार्ने धुँवा एवं हिलो, भत्किएका सडकबाहेक अरु केही छैन।

नयाँ गभर्नरको हस्ताक्षरित नोट आयो, दृष्टिविहीनले छामेर पत्ता लगाउन सक्ने

नयाँ गभर्नरको हस्ताक्षरित नोट आयो, दृष्टिविहीनले छामेर पत्ता लगाउन सक्ने

काठमाडौं- नेपाल राष्ट्र बैंकका नयाँ गभर्नर चिरञ्जीवी नेपालले हस्ताक्षर गरेको नोट पहिलोपटक बजारमा आएको छ। नयाँ गभर्नरको हस्ताक्षरसहित पहिलोपटक बजारमा आएको नोट सय दरको हो। उक्त नोटमा दुइटा गैंडाको चित्र...

अलैचीको अस्थीर मूल्यले किसान चिन्तित

अलैचीको अस्थीर मूल्यले किसान चिन्तित

पाँचथर-सिदिन–७ का एकुका टेकवहादुर केरुङले गत मंसिरमा अलैचीको मूल्य प्रतिमन (४० केजी) ९० हजार रुपैयाँ पुगेपनि थप बढ्ने आस गरे। अघिल्लो सिजनमा प्रतिमन एक लाख १६ हजार रुपैयाँसम्ममा बिक्रि भएको...

एकै दिन २ अर्बको सेयर किनबेच

एकै दिन २ अर्बको सेयर किनबेच

काठमाडौं- पछिल्लो समय क्रमशः बढ्दै आएको सेयर कारोबार आइतबार दुई अर्ब रुपैयाँ नजिक पुगेको छ। यस दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक अर्ब ९६ करोड ४७ लाख रुपैयाँको सेयर...