×

Warning

JLIB_APPLICATION_ERROR_COMPONENT_NOT_LOADING

JLIB_APPLICATION_ERROR_COMPONENT_NOT_LOADING

JFile: :read: Unable to open file: /data/nagariknews/components/com_k2/js/k2.js?v2.7.0&sitepath=/

Sunday 5 Kartik, 2074 |
Menu

republica-headerdiscount-subscribe1

istl

नयाँ गभर्नरको हस्ताक्षरित नोट आयो, दृष्टिविहीनले छामेर पत्ता लगाउन सक्ने

(1 Vote)
नयाँ गभर्नरको हस्ताक्षरित नोट आयो, दृष्टिविहीनले छामेर पत्ता लगाउन सक्ने
काठमाडौं- नेपाल राष्ट्र बैंकका नयाँ गभर्नर चिरञ्जीवी नेपालले हस्ताक्षर गरेको नोट पहिलोपटक बजारमा आएको छ। नयाँ गभर्नरको हस्ताक्षरसहित पहिलोपटक बजारमा आएको नोट सय दरको हो। उक्त नोटमा दुइटा गैंडाको चित्र छ। हालसम्म सयको नोटमा एउटामात्र गैंडा तस्बिर छ।
nepali-patro-june
सोमबार बजारमा आएको नोटको पछाडि चितवनमा पाइने गैंडाको केटोसहितको तस्बिर छ। नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको सूचना अनुसार बजारमा आइसकेको सय रुपैयाँको नोटमा माउ र केटो गैंडाको तस्बिर छ।

राष्ट्र बैंकले नक्कली नोटको बिगबिगी भएपछि विशेष छपाइमा सावधानी अपनाएके छ। पछिल्लो समय छापिएका नयाँ नोटका विशेषतामा व्यापक परिवर्तन गरेको छ। नयाँ नोटमा सुरक्षा धागो, जनावरको चिह्न लगायतमा परिवर्तन गरेको हो। सयको नोटमा अशोक स्तम्भको चित्रसँगै दृष्टिविहीनले छामेर नोट पहिचान गरुन् भनेर एउटा कालो थोप्ला समेत राखिएको राष्ट्र बैंकले जनाएको छ।

नोटको पानी छापमा पहिले जस्तै लालीगुँरासको फोटो राखिएको छ। फिट मेडल फिचरमा मायादेवीको चित्र छ। यसको साथै अंग्रेजी भाषामा 'लुम्बिनी– द बर्थ प्लेस अफ लर्ड बुद्ध' पनि लेखिएको छ। नोटको बोर्डरमा नेपालीमा विसं २०७२ र अंग्रेजीमा २०१५ एडी लेखिएको छ।

पहिलोपटक गभर्नर चिरञ्जीवी नेपालले हस्ताक्षर गरेको सय दरका नयाँ नोट चीनमा छापेर ल्याइएको हो। उनी पोहोर चैत ५ गते राष्ट्र बैंकको गभर्नर नियुक्त भएका थिए। उक्त नोट प्रमाणीकरण गरेर सोमबारदेखि बजारमा पठाइएको राष्ट्र बैंकले जनाएको छ।

नयाँ सरकारले उक्त दरका नयाँ नोट छाप्न चाइना बैंक नोट प्रिन्टिङ एन्ड सिक्टिङ कर्पोरेसनलाई दिएको थियो। चीनमा छापिएका सय दरका नोट कोलकातासम्म पानी जहाजमा ल्याई त्यहाँबाट रक्सौलसम्म रेलमा ल्याइएको थियो। त्यहाँबाट सडकमार्ग हुँदै राष्ट्र बैंकको ढुकुटीमा ल्याइएको हो। नोट छाप्ने कम्पनीको विशेष निगरानीमा कोलकाता ल्याइएको र त्यसपछि भारतका सुरक्षाकर्मी र राष्ट्र बैंकका कर्मचारीले रक्सौलसम्म र त्यसयता नेपालका सुरक्षाकर्मीको रेखदेखमा ल्याइएको राष्ट्र बैंकले बताएको छ।

पहिलो खेपमा ३ करोड थान (३ अर्ब रुपैयाँ)का सय दरका नयाँ नोट आएको छ। कुल २० अर्ब मूल्य बराबरका सय दरका नयाँ नोट ल्याएको राष्ट्र बैकले जनाएको छ। सय दरका नयाँ नोट धमाधम चीनमा छाप्दै नेपाल ल्याउने काम भइरहेको छ। राष्ट्र बैंकले असारको अन्त्यसम्ममा नयाँ नोट छापेर ल्याउन उक्त कम्पनीसँग सम्झौता गरेको थियो।

राष्ट्र बैंकले बजारमा १ खर्ब २६ अर्ब रुपैयाँ बराबरका नयाँ नोट ल्याउँदै छ। २०, ५० र १०० दरका नोट धमाधम विदेशमा छापिएर ल्याइँदै छ भने ५०० दरका नोट छाप्न नेपाल राष्ट्र बैंकले बोलपत्र आह्वान गरेको छ।

नयाँ गभर्नर नेपालको हस्ताक्षर भएका २० रुपैयाँ दरका २१ करोड थान (४ अर्ब २० करोड रुपैयाँ बराबर) ५० रुपैयाँका २४ करोड थान (१२ अर्ब रुपैयाँ बराबर) नोट पनि बजारमा ल्याउने अन्तिम तयारीमा राष्ट्र बैंक पुगेको छ। ५० रुपैयाँ दरका नयाँ नोट छाप्न इन्डोनेसियन कम्पनीलाई दिएको छ। उक्त दरका नयाँ नोट ६ महिनाभित्र बजारमा आउने जानकारी राष्ट्र बैंकले दिएको छ। केही महिनाअघि मात्र १००० दरका २ करोड ५० लाख थान (२५ अर्ब रुपैयाँ बराबर) का नयाँ नोट राष्ट्र बैंकले नेपाल भित्र्याएको छ। राष्ट्र बैंकले पछिल्लो समय कागजी ५, १०, २०, ५०, १००, ५०० र १००० का नोट छापिरहेको छ।

प्रतिक्रिया

सुरुङ सकिनेबित्तिकै मेलम्ची पानी

सुरुङ सकिनेबित्तिकै मेलम्ची पानी

काठमाडौं- दुई दशकदेखि मेलम्ची पानी पर्खिरहेका उपत्यकाबासीले सुरुङ खन्ने काम सकिँदाबित्तिकै पानी उपभोग गर्न पाउने भएका छन्। मुख्य कामको रुपमा रहेको सुरुङसहित अन्य कामको प्रगतिमा सुधार भएपछि उपत्यकाबासीको मेलम्ची प्रतीक्षा...

कुखुराबाट ३३ अर्ब ७२ करोड रूपैयाँ आम्दानी !

कुखुराबाट ३३ अर्ब ७२ करोड रूपैयाँ आम्दानी !

चितवन– नेपालमा व्यावसायिक कुखुरा पालन फार्महरुले मासु, अन्डा र चल्ला बिक्रीबाट एक वर्षमा रु. ३३ अर्ब ७२ करोड ४० लाख २३ हजार आम्दानी गर्ने गरेका छन्।

रोजगारपीडितलाई क्षतिपूर्ति पाउन सकस

रोजगारपीडितलाई क्षतिपूर्ति पाउन सकस

काठमाडौं- मोरङ, उर्लाबारी–८ सुनझोडाका झमकबहादुर थापा अचेल बेचैन छन्। निड इम्प्लोइमेन्ट सर्भिस प्रालिले मलेसियाको सेङ इप फर्निचर उद्योगका लागि पठाएका थापा साढे एक महिनामै घर फर्र्किएपछि निराश हुन पुगेका हुन्।

सेयर परिसूचक उक्लेको उक्ल्यै

सेयर परिसूचक उक्लेको उक्ल्यै

काठमाडौं–सेयर बजारको तथ्यांकीय मापक नेप्सेले लगातार तेस्रो दिन नयाँ कीर्तिमान बनाएको छ । मंगलबार परिसूचक र कारोबार रकम दुवैमा कीर्तिमान बनेको हो । एक साता अघिदेखि लगातार दोहोरो अंकले बढ्दै...

चन्द्रागिरिमा केबलकार सरर‍‍‍‍‍...(भिडियो)

चन्द्रागिरिमा केबलकार सरर‍‍‍‍‍...(भिडियो)

काठमाडौं– धुलोको साम्राज्यमा पसेजस्तो लाग्ने कुइरीमण्डल सडक। एकसाथ गुड्छन्– लरी, ट्रिपर, बस, मोटरसाइकल र कारहरु। त्रिपुरेश्वरदेखि थानकोटसम्म पुग्दा लाग्छ नेपालमा फोक्सो बिगार्ने धुँवा एवं हिलो, भत्किएका सडकबाहेक अरु केही छैन।

नयाँ गभर्नरको हस्ताक्षरित नोट आयो, दृष्टिविहीनले छामेर पत्ता लगाउन सक्ने

नयाँ गभर्नरको हस्ताक्षरित नोट आयो, दृष्टिविहीनले छामेर पत्ता लगाउन सक्ने

काठमाडौं- नेपाल राष्ट्र बैंकका नयाँ गभर्नर चिरञ्जीवी नेपालले हस्ताक्षर गरेको नोट पहिलोपटक बजारमा आएको छ। नयाँ गभर्नरको हस्ताक्षरसहित पहिलोपटक बजारमा आएको नोट सय दरको हो। उक्त नोटमा दुइटा गैंडाको चित्र...

अलैचीको अस्थीर मूल्यले किसान चिन्तित

अलैचीको अस्थीर मूल्यले किसान चिन्तित

पाँचथर-सिदिन–७ का एकुका टेकवहादुर केरुङले गत मंसिरमा अलैचीको मूल्य प्रतिमन (४० केजी) ९० हजार रुपैयाँ पुगेपनि थप बढ्ने आस गरे। अघिल्लो सिजनमा प्रतिमन एक लाख १६ हजार रुपैयाँसम्ममा बिक्रि भएको...

एकै दिन २ अर्बको सेयर किनबेच

एकै दिन २ अर्बको सेयर किनबेच

काठमाडौं- पछिल्लो समय क्रमशः बढ्दै आएको सेयर कारोबार आइतबार दुई अर्ब रुपैयाँ नजिक पुगेको छ। यस दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक अर्ब ९६ करोड ४७ लाख रुपैयाँको सेयर...