Tuesday 26 Mangshir, 2074 |
Menu

अर्थ

istl

कुखुराबाट ३३ अर्ब ७२ करोड रूपैयाँ आम्दानी !

(0 votes)
चितवन– नेपालमा व्यावसायिक कुखुरा पालन फार्महरुले मासु, अन्डा र चल्ला बिक्रीबाट एक वर्षमा रु. ३३ अर्ब ७२ करोड ४० लाख २३ हजार आम्दानी गर्ने गरेका छन्।

chiken.jpg
nepali-patro-june
केन्द्रीय तथ्याङ्क विभागले गरेको नेपाल व्यावसायिक कुखुरापालन सर्वेक्षण २०७१/७२ को तथ्याङ्कअनुसार चितवनमा मात्र रु. १० अर्ब १७ करोड ७७ लाख ३३ हजार आम्दानी भएको छ। जिल्लामा मासुका लागि कुखुरा बिक्रीबाट रु. एक अर्ब ९७ करोड ६० लाख ६४ हजार, अन्डा बिक्रीबाट रु. पाँच अर्ब ९१ करोड सात लाख छ हजार, चल्ला बिक्रीबाट रु. दुई अर्ब सात करोड ६९ लाख ७० हजार तथा मल बिक्रीबाट रु. २१ करोड ३९ लाख ७३ हजार आम्दानी भएको छ।

नेपालमा व्यावसायिक कुखुरापालनमा कुल लगानी रु दुई खर्ब ७८ अर्ब ५३ करोड ८० लाख रहेको तथ्याङ्कले देखाएको छ। जसमध्ये ठूलो हिस्सा बैंक र वित्तीय संस्थाको ऋण रहेको छ। सञ्चालनमा रहेको व्यावसायिक कुखुरापालन गर्ने कृषकमध्ये चितवनका ५० प्रतिशत फार्मले विभिन्न वित्तीय संस्थाबाट ऋण लिएको जनाएको तथ्याङ्क विभागको प्रतिवेदनमा उल्लेख छ।

देशका ६४ जिल्लाका २१ हजार ९५६ फार्ममा कृषकले व्यावसायिक कुखुरापालन गरेका छन्। जसमध्ये चितवन जिल्लामा मात्र एक हजार ९२३ फार्म सञ्चालनमा छन्। व्यावसायिक कुखुरापालनलाई प्रदेशगत रुपमा छुट्याउँदा सबैभन्दा बढी प्रदेश नं ३ मा ३५ प्रतिशत रहेको छ भने सबैभन्दा कम प्रदेश नं ७ मा ५ प्रतिशत रहेको छ। चितवनमा मात्र यसको प्रतिशत नौ रहेको छ।

तथ्याङ्कअनुसार गत एक वर्षमा ती फार्मबाट छ करोड आठ लाख २६ हजार ८८० कुखुरा पालिएको देखिएको छ। यसमध्ये ९९ लाख ८० हजार १५३ चितवनमा पालिएको छ। देशभरबाट मासुका लागि एक लाख १४ हजार ५८ मेट्रिक टन जिउँदो कुखुरा उत्पादन गरेको तथ्याङ्कले देखाएको छ। जसमध्ये एक लाख १० हजार ६९० मेट्रिक टन ब्रोइलर, तीन हजार १६७ मेट्रिक टन लेयर्स तथा प्यारेन्ट र २०१ मेट्रिक टन अन्य कुखुरा उत्पादन भएको छ।

चितवनमा १२ हजार ९१ मेट्रिक टन अर्थात १० दशमलव ६ प्रतिशत मासु उत्पादन गरेको अनुमान छ। प्रतिव्यक्ति ४ दशमलव एक किलो जिउँदो कुखुराको मासु पुगेको देखिन्छ। विकसित मुलुकमा प्रतिव्यक्ति १५ किलो मासु वर्षमा प्रयोग हुने गरेको बताइएको छ। सार्वजनिक गरिएको तथ्याङ्कअनुसार नेपालमा वर्षमा एक अर्ब २० करोड २१ लाख ६६ हजार वटा अन्डा उत्पादन हुने गरेको छ। जसमध्ये चितवनमा मात्र ८१ करोड १९ लाख एक हजार वटा अन्डा उत्पादन भएको छ। यो कुल उत्पादनको ६८ प्रतिशत हो। नेपालमा व्यावसायिक कुखुरापालनबाट उत्पादन भएको अन्डालाई हेर्दा प्रतिव्यक्ति प्रतिवर्ष ४४ वटा अन्डा पर्दछ।

नेपालमा १२८ वटा ह्याचरीले ११ करोड २२ लाख ९० हजार अन्डा इन्क्युबेटरमा राखी आठ करोड ३३ लाख ६१ हजार चल्ला उत्पादन गरेको पाइएको छ। जसमध्ये चितवनमा मात्र करिब पाँच करोड चल्ला उत्पादन भएको छ। यो देशकै करिब ६० प्रतिशत हुन आउँछ। यस व्यवसायले रोजगारीमा समेत ठूलो टेवा पुर्याएको तथ्याङ्कले देखाएको छ। जसमा तलब ज्याला नलिने सञ्चालक र स्थायी कामदार ५५ हजार आठ सय ६१ छन् भने अस्थायी काम गर्ने ३८ हजार एक सय ५७ जना रहेका छन्।

व्यावसायिक कुखुरापालनको हिसाबले चितवनले ८.७ प्रतिशत, काभ्रेपलान्चोकले ४.९, सुनसरीले ४.८, दाङले ४.५ र धादिङले ४.२ हिस्सा ओगटेको छ। तथ्याङ्क सार्वजनिक कार्यक्रममा केन्द्रीय तथ्याङ्क विभागका निर्देशक बुद्धिकुमार कार्की, उपसचिव केशवप्रसाद प्रसार्इं, पशु चिकित्सक डा सुकेश सिंहलगायतको उपस्थिति रहेको थियो। रासस

प्रतिक्रिया

सुरुङ सकिनेबित्तिकै मेलम्ची पानी

सुरुङ सकिनेबित्तिकै मेलम्ची पानी

काठमाडौं- दुई दशकदेखि मेलम्ची पानी पर्खिरहेका उपत्यकाबासीले सुरुङ खन्ने काम सकिँदाबित्तिकै पानी उपभोग गर्न पाउने भएका छन्। मुख्य कामको रुपमा रहेको सुरुङसहित अन्य कामको प्रगतिमा सुधार भएपछि उपत्यकाबासीको मेलम्ची प्रतीक्षा...

कुखुराबाट ३३ अर्ब ७२ करोड रूपैयाँ आम्दानी !

कुखुराबाट ३३ अर्ब ७२ करोड रूपैयाँ आम्दानी !

चितवन– नेपालमा व्यावसायिक कुखुरा पालन फार्महरुले मासु, अन्डा र चल्ला बिक्रीबाट एक वर्षमा रु. ३३ अर्ब ७२ करोड ४० लाख २३ हजार आम्दानी गर्ने गरेका छन्।

रोजगारपीडितलाई क्षतिपूर्ति पाउन सकस

रोजगारपीडितलाई क्षतिपूर्ति पाउन सकस

काठमाडौं- मोरङ, उर्लाबारी–८ सुनझोडाका झमकबहादुर थापा अचेल बेचैन छन्। निड इम्प्लोइमेन्ट सर्भिस प्रालिले मलेसियाको सेङ इप फर्निचर उद्योगका लागि पठाएका थापा साढे एक महिनामै घर फर्र्किएपछि निराश हुन पुगेका हुन्।

सेयर परिसूचक उक्लेको उक्ल्यै

सेयर परिसूचक उक्लेको उक्ल्यै

काठमाडौं–सेयर बजारको तथ्यांकीय मापक नेप्सेले लगातार तेस्रो दिन नयाँ कीर्तिमान बनाएको छ । मंगलबार परिसूचक र कारोबार रकम दुवैमा कीर्तिमान बनेको हो । एक साता अघिदेखि लगातार दोहोरो अंकले बढ्दै...

चन्द्रागिरिमा केबलकार सरर‍‍‍‍‍...(भिडियो)

चन्द्रागिरिमा केबलकार सरर‍‍‍‍‍...(भिडियो)

काठमाडौं– धुलोको साम्राज्यमा पसेजस्तो लाग्ने कुइरीमण्डल सडक। एकसाथ गुड्छन्– लरी, ट्रिपर, बस, मोटरसाइकल र कारहरु। त्रिपुरेश्वरदेखि थानकोटसम्म पुग्दा लाग्छ नेपालमा फोक्सो बिगार्ने धुँवा एवं हिलो, भत्किएका सडकबाहेक अरु केही छैन।

नयाँ गभर्नरको हस्ताक्षरित नोट आयो, दृष्टिविहीनले छामेर पत्ता लगाउन सक्ने

नयाँ गभर्नरको हस्ताक्षरित नोट आयो, दृष्टिविहीनले छामेर पत्ता लगाउन सक्ने

काठमाडौं- नेपाल राष्ट्र बैंकका नयाँ गभर्नर चिरञ्जीवी नेपालले हस्ताक्षर गरेको नोट पहिलोपटक बजारमा आएको छ। नयाँ गभर्नरको हस्ताक्षरसहित पहिलोपटक बजारमा आएको नोट सय दरको हो। उक्त नोटमा दुइटा गैंडाको चित्र...

अलैचीको अस्थीर मूल्यले किसान चिन्तित

अलैचीको अस्थीर मूल्यले किसान चिन्तित

पाँचथर-सिदिन–७ का एकुका टेकवहादुर केरुङले गत मंसिरमा अलैचीको मूल्य प्रतिमन (४० केजी) ९० हजार रुपैयाँ पुगेपनि थप बढ्ने आस गरे। अघिल्लो सिजनमा प्रतिमन एक लाख १६ हजार रुपैयाँसम्ममा बिक्रि भएको...

एकै दिन २ अर्बको सेयर किनबेच

एकै दिन २ अर्बको सेयर किनबेच

काठमाडौं- पछिल्लो समय क्रमशः बढ्दै आएको सेयर कारोबार आइतबार दुई अर्ब रुपैयाँ नजिक पुगेको छ। यस दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक अर्ब ९६ करोड ४७ लाख रुपैयाँको सेयर...