Tuesday 11 Ashwin, 2073 |
Menu

अर्थ

republica-headerdiscount-subscribe1

istl

'काबेली' खोलाको प्रेमकथा

(0 votes)
'काबेली' खोलाको प्रेमकथा
काठमाडौं– ताप्लेजुङको पाथिभरा देवीको फेदमा बग्ने काबेली खोलालाई दुःखसुखसँग तुलना गर्दै दिनेश लिङ्देनले फिल्म निर्देशन गरेका छन् । 'काबेली' नै नाम राखिएको फिल्मले ताप्लेजुङकै ग्रामीण समाज, जीवनशैली र संस्कृतिलाई समेटेको छ । तर, फिल्म प्रेमकथा रहेको निर्देशक लिङ्देनले बताए।
nepali-patro-june
फिल्मको प्रोमोको बुधबार नेकपा माओवादीका महासचिव रामबहादुर थापा 'बादल'ले उद्घाटन गरे । थापाले फिल्मको सफलताका लागि शुभकामना दिए । कार्यक्रममै फिल्मकी गीतकार जानु काम्बाङ लिङ्देनलाई फिल्म युनिटले ताम्रपत्रसहित सम्मान गर्यो।

कविता राई लिङ्देनले निर्माण गरेको फिल्म 'काबेली'मा विकास चौधरीको संगीत, विक्रम डिसीको छायांकन, जनक गुरुङको द्वन्द्व रहेको छ । फिल्ममा उदय सुब्बा, राजकुमार लिङ्देन, जयसङ लिङ्देन, उपासना नेम्बाङ, सोम लामा, राजु घिमिरे, दिलिप ठकुरी, जनक गुरुङ लगायतले अभिनय गरेका छन्।

चलचित्र विकास बोर्डकी सदस्य रुपा राना, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष नवल खड्काको समेत आतिथ्य रहेको कार्यक्रममा 'काबेली'को निर्माण कम्पनी फाल्गुनन्द लिङ्देन फिल्मस्ले नयाँ फिल्म 'मनको उजुरी'को समेत घोषणा गरेको छ । दिनेशकै निर्देशन रहने फिल्ममा वर्तमान राजनीतिक अवस्था, इन्धन अभाव, नकाबन्दी र जनताका दुःखलाई आधार बनाइएको प्रेमकथा प्रस्तुत गरिनेछ ।

सुमित लिङ्देन र सुदिता लिङ्देनको लगानी रहने फिल्ममा ज्ञानु राईको छायांकन, राजु किरातीको द्वन्द्व, जनक कार्कीको नृत्य, जानु काम्वाङको गीत, विकास चौधरीको संगीत रहनेछ । ध्रुव न्यौपाने, राजकुमार लिङ्देन, सपना सिंह ठकुरी, उदय सुब्बा, दीपेन्द्र राई, दिलिप ठकुरी, महेन्द्रकुमार राई, राजु घिमिरे लगायतले यसमा अभिनय गर्नेछन् ।

प्रतिक्रिया

सुरुङ सकिनेबित्तिकै मेलम्ची पानी

सुरुङ सकिनेबित्तिकै मेलम्ची पानी

काठमाडौं- दुई दशकदेखि मेलम्ची पानी पर्खिरहेका उपत्यकाबासीले सुरुङ खन्ने काम सकिँदाबित्तिकै पानी उपभोग गर्न पाउने भएका छन्। मुख्य कामको रुपमा रहेको सुरुङसहित अन्य कामको प्रगतिमा सुधार भएपछि उपत्यकाबासीको मेलम्ची प्रतीक्षा...

कुखुराबाट ३३ अर्ब ७२ करोड रूपैयाँ आम्दानी !

कुखुराबाट ३३ अर्ब ७२ करोड रूपैयाँ आम्दानी !

चितवन– नेपालमा व्यावसायिक कुखुरा पालन फार्महरुले मासु, अन्डा र चल्ला बिक्रीबाट एक वर्षमा रु. ३३ अर्ब ७२ करोड ४० लाख २३ हजार आम्दानी गर्ने गरेका छन्।

रोजगारपीडितलाई क्षतिपूर्ति पाउन सकस

रोजगारपीडितलाई क्षतिपूर्ति पाउन सकस

काठमाडौं- मोरङ, उर्लाबारी–८ सुनझोडाका झमकबहादुर थापा अचेल बेचैन छन्। निड इम्प्लोइमेन्ट सर्भिस प्रालिले मलेसियाको सेङ इप फर्निचर उद्योगका लागि पठाएका थापा साढे एक महिनामै घर फर्र्किएपछि निराश हुन पुगेका हुन्।

सेयर परिसूचक उक्लेको उक्ल्यै

सेयर परिसूचक उक्लेको उक्ल्यै

काठमाडौं–सेयर बजारको तथ्यांकीय मापक नेप्सेले लगातार तेस्रो दिन नयाँ कीर्तिमान बनाएको छ । मंगलबार परिसूचक र कारोबार रकम दुवैमा कीर्तिमान बनेको हो । एक साता अघिदेखि लगातार दोहोरो अंकले बढ्दै...

चन्द्रागिरिमा केबलकार सरर‍‍‍‍‍...(भिडियो)

चन्द्रागिरिमा केबलकार सरर‍‍‍‍‍...(भिडियो)

काठमाडौं– धुलोको साम्राज्यमा पसेजस्तो लाग्ने कुइरीमण्डल सडक। एकसाथ गुड्छन्– लरी, ट्रिपर, बस, मोटरसाइकल र कारहरु। त्रिपुरेश्वरदेखि थानकोटसम्म पुग्दा लाग्छ नेपालमा फोक्सो बिगार्ने धुँवा एवं हिलो, भत्किएका सडकबाहेक अरु केही छैन।

नयाँ गभर्नरको हस्ताक्षरित नोट आयो, दृष्टिविहीनले छामेर पत्ता लगाउन सक्ने

नयाँ गभर्नरको हस्ताक्षरित नोट आयो, दृष्टिविहीनले छामेर पत्ता लगाउन सक्ने

काठमाडौं- नेपाल राष्ट्र बैंकका नयाँ गभर्नर चिरञ्जीवी नेपालले हस्ताक्षर गरेको नोट पहिलोपटक बजारमा आएको छ। नयाँ गभर्नरको हस्ताक्षरसहित पहिलोपटक बजारमा आएको नोट सय दरको हो। उक्त नोटमा दुइटा गैंडाको चित्र...

अलैचीको अस्थीर मूल्यले किसान चिन्तित

अलैचीको अस्थीर मूल्यले किसान चिन्तित

पाँचथर-सिदिन–७ का एकुका टेकवहादुर केरुङले गत मंसिरमा अलैचीको मूल्य प्रतिमन (४० केजी) ९० हजार रुपैयाँ पुगेपनि थप बढ्ने आस गरे। अघिल्लो सिजनमा प्रतिमन एक लाख १६ हजार रुपैयाँसम्ममा बिक्रि भएको...

एकै दिन २ अर्बको सेयर किनबेच

एकै दिन २ अर्बको सेयर किनबेच

काठमाडौं- पछिल्लो समय क्रमशः बढ्दै आएको सेयर कारोबार आइतबार दुई अर्ब रुपैयाँ नजिक पुगेको छ। यस दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक अर्ब ९६ करोड ४७ लाख रुपैयाँको सेयर...