आन्दोलनलाई खुकुलो पारेपछि तराईमा जनजीवन सहज
- १६ माघ, २०७२
- नागरिक
- Be the first to comment!
सदरमुकाम कलैया, वीरगन्ज र गौरबाट अहिले लामो तथा छोटो दूरीका सवारीसाधन चल्न थालेका छन् । यसअघि काठमाडाँै, पोखरा, विराटनगरलगायतका सहरमा आउन जानका लागि बाराको सिमरा र रौतहट चन्द्रनिगाहपुर पुग्नुपर्ने बाध्यता थियो।
मानवीय समवेदनालाई ध्यानमा राखी नाका अवरुद्ध गर्नेबाहेक उद्योग, कलकारखाना, शैक्षिक संस्था, यातायात र बजार सञ्चालन गर्न दिने मौखिक सहमति दिएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका एक स्थानीय नेताले बताए ।
तर औपचारिक रुपमा आन्दोलन फिर्ता नलिएकाले व्यवसायीले सुरक्षित महसुस भने गर्न सकेका छैनन् । स्थानीय व्यवसायीका अनुसार वीरगन्ज रक्सौल नाका बन्द हुँदा अन्य नाकाबाट आएका सामानको ढुवानी लागत बढी परेको छ। लागतअनुसारको मूल्य नपाउँदा व्यवसाय सङ्कटमा पर्न थालेकाले यो भन्सार नाका सुचारु गर्नका लागि सरकार र आन्दोलन दुवै पक्षसँग व्यवसायीले माग गरेको छ ।
गत शनिबार संविधानमा भएको संशोधनले केही माग सम्बोधन गरिसकेकाले बाँकी अन्य मागको हकमा वार्ता र संवादमार्फत सम्बोधन गराउनका लागि स्थानीय बुद्धिजीवीले सरकार र आन्दोलनकारी दुवै पक्षसँग आग्रह गरेको छ । रासस
प्रतिक्रिया

सुरुङ सकिनेबित्तिकै मेलम्ची पानी
काठमाडौं- दुई दशकदेखि मेलम्ची पानी पर्खिरहेका उपत्यकाबासीले सुरुङ खन्ने काम सकिँदाबित्तिकै पानी उपभोग गर्न पाउने भएका छन्। मुख्य कामको रुपमा रहेको सुरुङसहित अन्य कामको प्रगतिमा सुधार भएपछि उपत्यकाबासीको मेलम्ची प्रतीक्षा...

कुखुराबाट ३३ अर्ब ७२ करोड रूपैयाँ आम्दानी !
चितवन– नेपालमा व्यावसायिक कुखुरा पालन फार्महरुले मासु, अन्डा र चल्ला बिक्रीबाट एक वर्षमा रु. ३३ अर्ब ७२ करोड ४० लाख २३ हजार आम्दानी गर्ने गरेका छन्।

रोजगारपीडितलाई क्षतिपूर्ति पाउन सकस
काठमाडौं- मोरङ, उर्लाबारी–८ सुनझोडाका झमकबहादुर थापा अचेल बेचैन छन्। निड इम्प्लोइमेन्ट सर्भिस प्रालिले मलेसियाको सेङ इप फर्निचर उद्योगका लागि पठाएका थापा साढे एक महिनामै घर फर्र्किएपछि निराश हुन पुगेका हुन्।

सेयर परिसूचक उक्लेको उक्ल्यै
काठमाडौं–सेयर बजारको तथ्यांकीय मापक नेप्सेले लगातार तेस्रो दिन नयाँ कीर्तिमान बनाएको छ । मंगलबार परिसूचक र कारोबार रकम दुवैमा कीर्तिमान बनेको हो । एक साता अघिदेखि लगातार दोहोरो अंकले बढ्दै...

चन्द्रागिरिमा केबलकार सरर...(भिडियो)
काठमाडौं– धुलोको साम्राज्यमा पसेजस्तो लाग्ने कुइरीमण्डल सडक। एकसाथ गुड्छन्– लरी, ट्रिपर, बस, मोटरसाइकल र कारहरु। त्रिपुरेश्वरदेखि थानकोटसम्म पुग्दा लाग्छ नेपालमा फोक्सो बिगार्ने धुँवा एवं हिलो, भत्किएका सडकबाहेक अरु केही छैन।

नयाँ गभर्नरको हस्ताक्षरित नोट आयो, दृष्टिविहीनले छामेर पत्ता लगाउन सक्ने
काठमाडौं- नेपाल राष्ट्र बैंकका नयाँ गभर्नर चिरञ्जीवी नेपालले हस्ताक्षर गरेको नोट पहिलोपटक बजारमा आएको छ। नयाँ गभर्नरको हस्ताक्षरसहित पहिलोपटक बजारमा आएको नोट सय दरको हो। उक्त नोटमा दुइटा गैंडाको चित्र...

अलैचीको अस्थीर मूल्यले किसान चिन्तित
पाँचथर-सिदिन–७ का एकुका टेकवहादुर केरुङले गत मंसिरमा अलैचीको मूल्य प्रतिमन (४० केजी) ९० हजार रुपैयाँ पुगेपनि थप बढ्ने आस गरे। अघिल्लो सिजनमा प्रतिमन एक लाख १६ हजार रुपैयाँसम्ममा बिक्रि भएको...

एकै दिन २ अर्बको सेयर किनबेच
काठमाडौं- पछिल्लो समय क्रमशः बढ्दै आएको सेयर कारोबार आइतबार दुई अर्ब रुपैयाँ नजिक पुगेको छ। यस दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक अर्ब ९६ करोड ४७ लाख रुपैयाँको सेयर...