Friday 14 Shrawn, 2073 |
Menu

अर्थ

republica-headerdiscount-subscribe1

istl

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक निष्कर्षविहीन

(0 votes)
काठमाडाैं-सरकारको काम कारवाही, मधेस आन्दोलन र भारतीय नाकाबन्दीलगायतका विषयमा छलफल गर्न बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक विना निष्कर्ष सकिएको छ। सिंहदरबार आइतबार विहान बसेको बैठकमा प्रधानमन्त्री केपी ओलीको कार्यव्यस्तताका कारण बैठक निष्कर्षमा पुग्न नसकेको हो।
nepali-patro-june

उच्चस्तरीय राजनीतिक संयन्त्रका  संयोजक पुष्पकमल दाहालले बैठक कुनै निष्कर्षमा नपुगको र आइतबार साँझ बैठक पुन बस्ने जानकारी दिए। सरकारको काम कारवाही सन्तोषजनक नभएको भन्दै एमाओवादीले संयन्त्रको बैठक बोलाउन प्रधानमन्त्रीलाई आग्रह गरेको थियो।

बैठकमा मधेस आन्दोलन, भारतीय नाकाबन्दी तथा राजनीतिक गतिरोधका विषयमा छलफल भएकाे दाहालले जनाए। मुख्य रुपमा लामोसमयदेखिको मधेस आन्दोलन र भारतीय नाकाबन्दीका विषयमा छलफल केन्द्रित पनि कुनै निष्कर्ष ननिस्केकाे नेताहरूले बताएका छन्। नयाँ संविधानप्रति असन्तुष्टी जनाउँदै मधेस केन्द्रित दलले मधेस आन्दोलन र नाकामा धर्ना दिँदै आएका छन्।

संविधानप्रति असन्तुष्टि जनाउँदै भारतले नेपालमाथि नाकाबन्दी लगाउँदै आएको छ। सरकारले मधेसी मोर्चाको माग सम्बोधन गर्न केही साताअघि संविधान संशोधन गरेको थियो । तर मोर्चाले संधिवान संशोधनले मधेसका माग सम्बोधन नगरेको भन्दै आन्दोलन जारी राखेको छ । मोर्चाको सोमबार बस्ने बैठकले सीमानाकाको अवरोधलगायत आन्दोलनका विषयमा छलफल गर्ने बताइएको छ।

संयन्त्रको बैठकमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, एमाले वरिष्ठ नेता झलनाथ खनाल, राप्रपा नेपाल, फोरम लोकतान्त्रिक, नेमकिपालगायतका दलका नेताको सहभागीता थियाे ।

प्रतिक्रिया

सुरुङ सकिनेबित्तिकै मेलम्ची पानी

सुरुङ सकिनेबित्तिकै मेलम्ची पानी

काठमाडौं- दुई दशकदेखि मेलम्ची पानी पर्खिरहेका उपत्यकाबासीले सुरुङ खन्ने काम सकिँदाबित्तिकै पानी उपभोग गर्न पाउने भएका छन्। मुख्य कामको रुपमा रहेको सुरुङसहित अन्य कामको प्रगतिमा सुधार भएपछि उपत्यकाबासीको मेलम्ची प्रतीक्षा...

कुखुराबाट ३३ अर्ब ७२ करोड रूपैयाँ आम्दानी !

कुखुराबाट ३३ अर्ब ७२ करोड रूपैयाँ आम्दानी !

चितवन– नेपालमा व्यावसायिक कुखुरा पालन फार्महरुले मासु, अन्डा र चल्ला बिक्रीबाट एक वर्षमा रु. ३३ अर्ब ७२ करोड ४० लाख २३ हजार आम्दानी गर्ने गरेका छन्।

रोजगारपीडितलाई क्षतिपूर्ति पाउन सकस

रोजगारपीडितलाई क्षतिपूर्ति पाउन सकस

काठमाडौं- मोरङ, उर्लाबारी–८ सुनझोडाका झमकबहादुर थापा अचेल बेचैन छन्। निड इम्प्लोइमेन्ट सर्भिस प्रालिले मलेसियाको सेङ इप फर्निचर उद्योगका लागि पठाएका थापा साढे एक महिनामै घर फर्र्किएपछि निराश हुन पुगेका हुन्।

सेयर परिसूचक उक्लेको उक्ल्यै

सेयर परिसूचक उक्लेको उक्ल्यै

काठमाडौं–सेयर बजारको तथ्यांकीय मापक नेप्सेले लगातार तेस्रो दिन नयाँ कीर्तिमान बनाएको छ । मंगलबार परिसूचक र कारोबार रकम दुवैमा कीर्तिमान बनेको हो । एक साता अघिदेखि लगातार दोहोरो अंकले बढ्दै...

चन्द्रागिरिमा केबलकार सरर‍‍‍‍‍...(भिडियो)

चन्द्रागिरिमा केबलकार सरर‍‍‍‍‍...(भिडियो)

काठमाडौं– धुलोको साम्राज्यमा पसेजस्तो लाग्ने कुइरीमण्डल सडक। एकसाथ गुड्छन्– लरी, ट्रिपर, बस, मोटरसाइकल र कारहरु। त्रिपुरेश्वरदेखि थानकोटसम्म पुग्दा लाग्छ नेपालमा फोक्सो बिगार्ने धुँवा एवं हिलो, भत्किएका सडकबाहेक अरु केही छैन।

नयाँ गभर्नरको हस्ताक्षरित नोट आयो, दृष्टिविहीनले छामेर पत्ता लगाउन सक्ने

नयाँ गभर्नरको हस्ताक्षरित नोट आयो, दृष्टिविहीनले छामेर पत्ता लगाउन सक्ने

काठमाडौं- नेपाल राष्ट्र बैंकका नयाँ गभर्नर चिरञ्जीवी नेपालले हस्ताक्षर गरेको नोट पहिलोपटक बजारमा आएको छ। नयाँ गभर्नरको हस्ताक्षरसहित पहिलोपटक बजारमा आएको नोट सय दरको हो। उक्त नोटमा दुइटा गैंडाको चित्र...

अलैचीको अस्थीर मूल्यले किसान चिन्तित

अलैचीको अस्थीर मूल्यले किसान चिन्तित

पाँचथर-सिदिन–७ का एकुका टेकवहादुर केरुङले गत मंसिरमा अलैचीको मूल्य प्रतिमन (४० केजी) ९० हजार रुपैयाँ पुगेपनि थप बढ्ने आस गरे। अघिल्लो सिजनमा प्रतिमन एक लाख १६ हजार रुपैयाँसम्ममा बिक्रि भएको...

एकै दिन २ अर्बको सेयर किनबेच

एकै दिन २ अर्बको सेयर किनबेच

काठमाडौं- पछिल्लो समय क्रमशः बढ्दै आएको सेयर कारोबार आइतबार दुई अर्ब रुपैयाँ नजिक पुगेको छ। यस दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक अर्ब ९६ करोड ४७ लाख रुपैयाँको सेयर...