Monday 9 Shrawn, 2074 |
Menu

अर्थ

istl

उपाधिको खोजीमा भारत र अफगानिस्तान

(0 votes)
काठमाडौं- साफ च्याम्पियनसिप उपाधीका लागि आइतबार त्रिभेन्द्रम स्थित ग्रिनफिल्ड रंगशालामा आयोजक भारत र अफगानिस्तानबीच प्रतिस्पर्धा हुदैछ। फाइनलमा दुई टोली आमने–सामने भएको यो लगातार तेस्रो पटक हो।
nepali-patro-june
प्रतियोगिताको पछिल्लो दुई संस्करणको फाइनलमा पनि यी दुई राष्ट्रबीच प्रतिस्पर्धा भएको थियो। नयाँ दिल्लीमा सम्पन्न साफ च्यामिपयनसिप २०११ को फाइनलमा घरेलु टोली भारतले अफगानिस्तानलाई ४–० ले पराजित गरेको थियो भने काठमाडौंमा दुई वर्षअघि सम्पन्न पछिल्लो संस्करणमा २–० को जितका साथ अफगानिस्तानले पहिलो पटक उपाधि उचालेको थियो।

श्रीलंकालाई २–० ले हराउदै प्रतियोगिता सुरु गरेको भारतले समुह चरणको दोस्रो खेलमा नेपालाई ४–१ ले पराजित गरेर सेमिफाइनलको टिकट काटेको थियो। पाकिस्तानले आन्तरिक कारण देखाउदै प्रतियोगितामा भाग नलिएपछि समुह 'ए' मा तीन टोलीमात्र बाँकी रहेका थिए।

त्यस्तै बंगलादेशमाथि ४–० को जित निकालेर सुखद सुरुआत गरेको अफगानिस्तानले दोस्रो खेलमा भुटानलाई ३–० ले पाखा लागायो। समुह चरणको अन्तिम खेलमा अर्को बलियो टोली माल्दिभ्सलाई ४–१ ले हराउदै अफगानिस्तानले अन्तिम चारमा स्थान पक्का गरेको हो।

घरेलु टोलीले सेमिफाइनमा माल्दिभ्सलाई हराउँदा साविक विजेता अफगानिस्तानले श्रीलंकालाई ५–० ले पराजित गर्दै फाइनल भिडन्त पक्का गरेका थिए।

भारतका प्रशिक्षक स्टेफन कस्टेनटाइनले टोलीमा युवा खेलाडीलाई स्थान दिँदा ती खेलाडीले बेलायती प्रशिक्षकको निर्णयलाई न्याय पनि गरेका छन्।

नेपालविरुद्धको खेलमा लालिनजुएला छाङ्ते नायक हुदाँ सेमिफाइनलमा रोवलिङ बोर्गेस र हलिचरण नाजरीले टोलीको जितमा महत्वपूर्ण भुमिका निर्वाह गरे। युवा खेलाडीको जोसमा कप्तान सुनिल क्षेत्री लगायतको अनुभव मिसिदा टोली थप बलियो देखिएको छ।

त्यस्तै, सम्भवत अन्तिम पटक साफ च्याम्पियनसिप खेलिरहेको अफगानिस्तानका कप्तान फेसल शाएस्ताले मिडफिल्डमा प्रभावकारी प्रदर्शन गरिरहेका छन् भने फरवार्ड खविर अमानी भारतीय रक्षापंक्तिका लागि टाउको दुखाई बन्न सक्छन्। अमानीले प्रतियोगितामा ४ गोल गरिसकेका छन्। प्रतियोगितामा धेरै गोल गर्नेमा उनी शिर्ष स्थानमा छन्।

प्रतिक्रिया

सुरुङ सकिनेबित्तिकै मेलम्ची पानी

सुरुङ सकिनेबित्तिकै मेलम्ची पानी

काठमाडौं- दुई दशकदेखि मेलम्ची पानी पर्खिरहेका उपत्यकाबासीले सुरुङ खन्ने काम सकिँदाबित्तिकै पानी उपभोग गर्न पाउने भएका छन्। मुख्य कामको रुपमा रहेको सुरुङसहित अन्य कामको प्रगतिमा सुधार भएपछि उपत्यकाबासीको मेलम्ची प्रतीक्षा...

कुखुराबाट ३३ अर्ब ७२ करोड रूपैयाँ आम्दानी !

कुखुराबाट ३३ अर्ब ७२ करोड रूपैयाँ आम्दानी !

चितवन– नेपालमा व्यावसायिक कुखुरा पालन फार्महरुले मासु, अन्डा र चल्ला बिक्रीबाट एक वर्षमा रु. ३३ अर्ब ७२ करोड ४० लाख २३ हजार आम्दानी गर्ने गरेका छन्।

रोजगारपीडितलाई क्षतिपूर्ति पाउन सकस

रोजगारपीडितलाई क्षतिपूर्ति पाउन सकस

काठमाडौं- मोरङ, उर्लाबारी–८ सुनझोडाका झमकबहादुर थापा अचेल बेचैन छन्। निड इम्प्लोइमेन्ट सर्भिस प्रालिले मलेसियाको सेङ इप फर्निचर उद्योगका लागि पठाएका थापा साढे एक महिनामै घर फर्र्किएपछि निराश हुन पुगेका हुन्।

सेयर परिसूचक उक्लेको उक्ल्यै

सेयर परिसूचक उक्लेको उक्ल्यै

काठमाडौं–सेयर बजारको तथ्यांकीय मापक नेप्सेले लगातार तेस्रो दिन नयाँ कीर्तिमान बनाएको छ । मंगलबार परिसूचक र कारोबार रकम दुवैमा कीर्तिमान बनेको हो । एक साता अघिदेखि लगातार दोहोरो अंकले बढ्दै...

चन्द्रागिरिमा केबलकार सरर‍‍‍‍‍...(भिडियो)

चन्द्रागिरिमा केबलकार सरर‍‍‍‍‍...(भिडियो)

काठमाडौं– धुलोको साम्राज्यमा पसेजस्तो लाग्ने कुइरीमण्डल सडक। एकसाथ गुड्छन्– लरी, ट्रिपर, बस, मोटरसाइकल र कारहरु। त्रिपुरेश्वरदेखि थानकोटसम्म पुग्दा लाग्छ नेपालमा फोक्सो बिगार्ने धुँवा एवं हिलो, भत्किएका सडकबाहेक अरु केही छैन।

नयाँ गभर्नरको हस्ताक्षरित नोट आयो, दृष्टिविहीनले छामेर पत्ता लगाउन सक्ने

नयाँ गभर्नरको हस्ताक्षरित नोट आयो, दृष्टिविहीनले छामेर पत्ता लगाउन सक्ने

काठमाडौं- नेपाल राष्ट्र बैंकका नयाँ गभर्नर चिरञ्जीवी नेपालले हस्ताक्षर गरेको नोट पहिलोपटक बजारमा आएको छ। नयाँ गभर्नरको हस्ताक्षरसहित पहिलोपटक बजारमा आएको नोट सय दरको हो। उक्त नोटमा दुइटा गैंडाको चित्र...

अलैचीको अस्थीर मूल्यले किसान चिन्तित

अलैचीको अस्थीर मूल्यले किसान चिन्तित

पाँचथर-सिदिन–७ का एकुका टेकवहादुर केरुङले गत मंसिरमा अलैचीको मूल्य प्रतिमन (४० केजी) ९० हजार रुपैयाँ पुगेपनि थप बढ्ने आस गरे। अघिल्लो सिजनमा प्रतिमन एक लाख १६ हजार रुपैयाँसम्ममा बिक्रि भएको...

एकै दिन २ अर्बको सेयर किनबेच

एकै दिन २ अर्बको सेयर किनबेच

काठमाडौं- पछिल्लो समय क्रमशः बढ्दै आएको सेयर कारोबार आइतबार दुई अर्ब रुपैयाँ नजिक पुगेको छ। यस दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक अर्ब ९६ करोड ४७ लाख रुपैयाँको सेयर...