Sunday 9 Ashwin, 2073 |
Menu

अर्थ

istl

८० सिइओको जागिर चट्

  • आइतबार १९ पुष, २०७२
  • विष्णु बेल्वासे
  • Be the first to comment!
(0 votes)
काठमाडौं- सिद्धार्थ डेभलपमेन्ट बैंक, एकता विकास बैंक तथा नेपाल आवास फाइनान्सले एक आपसमा गाभिने सम्झौतामा हस्ताक्षर गरेका छन्। तीन संस्था मर्जरमा गएपछि अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत (सिइओ)दुवै सिद्धार्थ डेभलपमेन्ट बैंकका तर्फबाट रहने सहमति छ। गाभिएपछि एकता विकास बैंक र नेपाल आवास फाइनान्सका सिइओ सिद्धार्थ डेभलपमेन्टको प्रमुख कार्यकारी अधिकृतको मातहतमा रहेर काम गर्ने वा जागिरै छाडेर बस्नेबाहेक अरु विकल्प छैन।

nepali-patro-june
यसैगरी इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक, एपेक्स डेभलपमेन्ट बैंक, इन्टरनेसनल डेभलपमेन्ट बैंक र सुप्रिम डेभलपमेन्ट बैंक, नेपाल क्रेडिट एन्ड कमर्स (एनसिसी) बैंक लिमिटेडमा गाभिँदै छन्। मर्जरपछि एनसिसी बैंकबाहेकका अन्य बैंकका सिइओलाई नायब महाप्रबन्धक दिने तयारी भइरहेको स्रोतको भनाइ छ। एनसिसी बैंकको सिइओ मातहतमा नबस्ने अन्य बैंकका सिइओले अवकास लिनु पर्नेछ।

मर्जरमा जादा बैंक तथा वित्तीय संस्थाको संख्या घट्छ। संख्यासँगै बैंक तथा वित्तीय संस्थामा कार्यरत सिइओको पद पनि गुम्ने निश्चित छ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिले बैंक तथा वित्तीय संस्थाको चुक्ता पुँजी साबिकको तुलनामा चार गुणा पुर्याकउनु पर्ने व्यवस्था गरेको छ। केन्द्रीय बैंकको निर्देशन अनुसार बैंक तथा वित्तीय संस्थाले चुक्ता पुँजी बढाउन मर्जरमा जानु पर्ने बाध्यता छ। मर्जरमा जाँदा कर्मचारीको उच्च पद (सिइओ) धेरै बैंक तथा वित्तीय संस्थाले गुमाउनुपर्ने अवस्था छ।

दुई वर्षमा ७६ वटा विकास बैंक गाभिएर २०/२५ मा झर्ने डेभलपमेन्ट बैंकर्स एसोसिएसनका अध्यक्ष कृष्णराज लामिछानेले बताए। 'यसबाट नै थाहा हुन्छ कि कति विकास बैंकका सिइओले जागिर गुमाउँदै छन् भनेर,' कैलाश विकास बैंकका प्रमुख कार्यकारी अधिकृत समेत रहेका लामिछानेले शनिबार नागरिकसँग भने, 'यस्तो अवस्थामा सिइओसामु दुई विकल्प छन्– जागिर छाड्ने वा मातहतमा बसेर काम गर्ने।'

नेपाल राष्ट्र बैंकले ल्याएको नीतिपछि बैंक तथा वित्तीय संस्था मर्जरमा जाँदा ८० सिइओको पद गुम्दैछ। अन्य कारणले छाड्ने वा छाड्न बाध्य भएकाको संख्या बेग्लै छ। मर्जरकै कारण बैंक तथा वित्तीय संस्था घट्दा ८० सिइओले 'आकर्षक र प्रतिष्ठित' पदबाट हात धुनुपर्ने छ।

राष्ट्र बैंकले पछिल्लो समय बैंक तथा वित्तीय संस्थालाई गाभिन प्रोत्साहन दिएपछि १ सय २९ वित्तीय संस्था ४९ मा झर्दैछन्। तीमध्ये धेरैजसो मर्जरमा गइसकेको र केही अन्तिम प्रक्रियामा रहेको राष्ट्र बैंकको भनाइ छ। यसको सोझो अर्थ हुन्छ– ८० प्रमुख कार्यकारी अधिकृत पद खारेजी।

वित्तीय संस्थामा सिइओको पद कर्मचारीले पाउने सबैभन्दा ठूलो जिम्मेजारी हो। मर्जरकै कारण धेरै सिइओ उक्त उच्च पदबाट बाहिरिनु पर्ने अवस्था आएको छ। दुई संस्था मर्जर भएपछि एकको सिइओले उक्त पद गुमाउनु स्वभाविकै भएको बैंकरहरु बताउँछन्।

'दुई संस्था मर्जरमा जाँदा एकको उच्च पद गुम्नु स्वभाविकै हो,' एक बैंकका सिइओले भने, 'कतिपय मर्जर पद मिलानकै समस्याले हुन सकेका छैनन्।' सिइओ पद सबैले दाबी गर्न थाले भने मर्जर प्रक्रिया नै अवरुद्ध हुने उनको भनाइ छ।

राष्ट्र बैंकले २०६३ देखि २०६८ सालसम्म धेरै बैंक तथा वित्तीय संस्था खोल्ने अनुमति दियो र खुले पनि। नयाँ बैंक, वित्तीय संस्था खुलेपछि कर्मचारीको उच्च पद प्राप्तिका लागि धेरै दौडधुपमा लागे। पछिल्लो समय राष्ट्र बैंकले मर्जरका लागि दबाब दिन थालेको छ। राष्ट्र बैंकको दबाबपछि युवा अवस्थामै सिइओ पद प्राप्त गरेकाहरुले धमाधम गुमाउन थालेका छन्। 'युवा अवस्थामा सिइओ हुनेहरु सुरक्षित अवतरण गर्दैछन्,' ती सिइओले भने, 'समान हैसियतमा एउटा संस्थामा दुई व्यक्ति बस्ने कुरा पनि भएन।'

दुई वित्तीय संस्था मर्ज भएमा एउटा वित्तीय संस्थालाई सिइओ र अर्को सिइओलाई डेपुटी सिइओको कार्यभार दिने गरिएको छ। पद गुमे पनि सेवा र सुविधा नघट्ने गरी पद दिने गरेको बैंकरहरु बताउँछन्। कतिपय सिइओ उच्च पद छाडेर मर्जरपछि तल्लो तहमा बस्न तयार देखिएको र कतिपयले जागिर छाडेको बैंकर बताउँछन्।

कतिपय संस्थामा सिइओ पद मिलान हुन नसक्दा मर्जर असफल भएका छन्। संस्था गाभिएपछि तिनका सञ्चालक समिति, प्रमुख कार्यकारी अधिकृत र अन्य उच्च पदमा को–को रहने भन्ने विवादले अधिकांश मर्जर तोडिएका छन्।

दुइटा मात्र बैंक तथा वित्तीय संस्था मर्ज हुन लाग्दा एउटाका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत र उच्च कर्मचारी बाहिरिनुपर्ने बाध्यताले पनि मर्जरमा समस्या आएको छ।

एउटा बैंकको सञ्चालक समितिमा बढीमा ९ जना बस्न सक्छन्। प्रमुख कार्यकारी अधिकृत पद एउटामात्र हुन्छ। दुइटा मात्र बैंक मर्जरमा जाँदा १८ जनाको सञ्चालक समितिलाई ९ मा ल्याउनुपर्ने हुन्छ। दुई प्रमुख कार्यकारीमध्ये एकलाई मात्र राख्न सकिन्छ।

पछिल्लो समय मर्जरको बाधकको रुपमा उच्च तहको पद मिलानलाई लिन थालिएको छ। वित्तीय संस्था मर्ज हुनुअघि नै पदमा को रहने र को नरहने भन्ने विवादले उग्र रुप दिँदा कतिपयको प्रक्रिया टुट्न पुगेको नेपाल राष्ट्र बैंकको भनाइ छ।

दुई वित्तीय संस्था गाभिँदा सेयर आदानप्रदान अनुपात (स्वाप रेसियो) कम वा बढी हुँदा मात्रै पनि उच्च पदमा कुन समूहको प्रतिनिधित्व बढी हुने र कुनको कम भन्ने हुन सक्छ। एउटाको सेयर मूल्य बढी र अर्कोको कम हुनेबित्तिकै थोरै सेयर मूल्य हुनेको प्रतिनिधित्व सञ्चालक समितिमा कम हुन्छ। यसको प्रभाव प्रत्यक्ष रुपमा सिइओमा पर्ने उनीहरुको भनाइ छ। 'जुन समूहको बढी पकड हुन्छ उसैले सिइओ राख्ने मान्यता छ,' एक बैंकरले भने।

'सञ्चालक समिति, प्रमुख कार्यकारी अधिकृत र उच्च पदमा रहेर खाइपाई आएको तलब र भत्ता गुमाउन चाहँदैनन्,' राष्ट्र बैंकका एक उच्च अधिकारीले भने, 'पद र सुविधा कटौती हुने जस्तो देखेर मर्जर नै तोडेका उदाहरण प्रशस्त छन्।' त्यसरी मर्जर टुट्न लागेको बेला दुई पक्षलाई सम्झाएर पठाउने गरेको राष्ट्र बैंकका ती अधिकारीले बताए।

दुई संस्थाबीच पद मिलेपछि मात्र प्रायः मर्जर प्रक्रिया अगाडि बढ्ने बैंकर बताउँछन्। संस्थाको नाम र लोगो के राख्ने भन्ने विषयले पनि मर्जर प्रक्रिया भाँडिन सक्ने जानकार बताउँछन्। मर्जरपछि संस्थाको नाम के राख्ने, सञ्चालक समितिमा को–को रहने, प्रमुख कार्यकारी अधिकृत को रहने, कर्मचारीको तह कसरी निर्धारण गर्ने जस्ता विषयले कतिपय मर्जर रोकिएको राष्ट्र बैंकको भनाइ छ।

मर्जरपछि पुँजीको आधार बलियो हुने र लगानी गर्न सजिलो हुने भन्दै बैंक, वित्तीय संस्था मर्जरमा जाने गरेका छन्। राष्ट्र बैंकले मर्जरसम्बन्धी विनियमावली ०६८ जारी गरेपछि वित्तीय संस्थाहरू मर्जरमा जान थालेका हुन्।

वित्तीय संस्थाको संख्या बढे पनि गुणस्तर नबढेको भन्दै राष्ट्र बैंकले संख्या घटाउन मर्जरमा जोड दिएको हो। सरकारले आर्थिक वर्ष ०७१/७२ को बजेटमार्फत पनि बिमा र बैंक–वित्तीय संस्थालाई मर्जरमा जान प्रोत्साहित गरेको छ।

पुँजी वृद्धि गर्नुपर्ने बाध्यात्मक व्यवस्थाले पनि मर्ज हुनेको संख्या बढेको बताइन्छ। पुँजीको आकार बलियो भएपछि लगानी गर्न सजिलो हुने भन्दै मर्जरमा जान्छन्।

प्रतिक्रिया

सुरुङ सकिनेबित्तिकै मेलम्ची पानी

सुरुङ सकिनेबित्तिकै मेलम्ची पानी

काठमाडौं- दुई दशकदेखि मेलम्ची पानी पर्खिरहेका उपत्यकाबासीले सुरुङ खन्ने काम सकिँदाबित्तिकै पानी उपभोग गर्न पाउने भएका छन्। मुख्य कामको रुपमा रहेको सुरुङसहित अन्य कामको प्रगतिमा सुधार भएपछि उपत्यकाबासीको मेलम्ची प्रतीक्षा...

कुखुराबाट ३३ अर्ब ७२ करोड रूपैयाँ आम्दानी !

कुखुराबाट ३३ अर्ब ७२ करोड रूपैयाँ आम्दानी !

चितवन– नेपालमा व्यावसायिक कुखुरा पालन फार्महरुले मासु, अन्डा र चल्ला बिक्रीबाट एक वर्षमा रु. ३३ अर्ब ७२ करोड ४० लाख २३ हजार आम्दानी गर्ने गरेका छन्।

रोजगारपीडितलाई क्षतिपूर्ति पाउन सकस

रोजगारपीडितलाई क्षतिपूर्ति पाउन सकस

काठमाडौं- मोरङ, उर्लाबारी–८ सुनझोडाका झमकबहादुर थापा अचेल बेचैन छन्। निड इम्प्लोइमेन्ट सर्भिस प्रालिले मलेसियाको सेङ इप फर्निचर उद्योगका लागि पठाएका थापा साढे एक महिनामै घर फर्र्किएपछि निराश हुन पुगेका हुन्।

सेयर परिसूचक उक्लेको उक्ल्यै

सेयर परिसूचक उक्लेको उक्ल्यै

काठमाडौं–सेयर बजारको तथ्यांकीय मापक नेप्सेले लगातार तेस्रो दिन नयाँ कीर्तिमान बनाएको छ । मंगलबार परिसूचक र कारोबार रकम दुवैमा कीर्तिमान बनेको हो । एक साता अघिदेखि लगातार दोहोरो अंकले बढ्दै...

चन्द्रागिरिमा केबलकार सरर‍‍‍‍‍...(भिडियो)

चन्द्रागिरिमा केबलकार सरर‍‍‍‍‍...(भिडियो)

काठमाडौं– धुलोको साम्राज्यमा पसेजस्तो लाग्ने कुइरीमण्डल सडक। एकसाथ गुड्छन्– लरी, ट्रिपर, बस, मोटरसाइकल र कारहरु। त्रिपुरेश्वरदेखि थानकोटसम्म पुग्दा लाग्छ नेपालमा फोक्सो बिगार्ने धुँवा एवं हिलो, भत्किएका सडकबाहेक अरु केही छैन।

नयाँ गभर्नरको हस्ताक्षरित नोट आयो, दृष्टिविहीनले छामेर पत्ता लगाउन सक्ने

नयाँ गभर्नरको हस्ताक्षरित नोट आयो, दृष्टिविहीनले छामेर पत्ता लगाउन सक्ने

काठमाडौं- नेपाल राष्ट्र बैंकका नयाँ गभर्नर चिरञ्जीवी नेपालले हस्ताक्षर गरेको नोट पहिलोपटक बजारमा आएको छ। नयाँ गभर्नरको हस्ताक्षरसहित पहिलोपटक बजारमा आएको नोट सय दरको हो। उक्त नोटमा दुइटा गैंडाको चित्र...

अलैचीको अस्थीर मूल्यले किसान चिन्तित

अलैचीको अस्थीर मूल्यले किसान चिन्तित

पाँचथर-सिदिन–७ का एकुका टेकवहादुर केरुङले गत मंसिरमा अलैचीको मूल्य प्रतिमन (४० केजी) ९० हजार रुपैयाँ पुगेपनि थप बढ्ने आस गरे। अघिल्लो सिजनमा प्रतिमन एक लाख १६ हजार रुपैयाँसम्ममा बिक्रि भएको...

एकै दिन २ अर्बको सेयर किनबेच

एकै दिन २ अर्बको सेयर किनबेच

काठमाडौं- पछिल्लो समय क्रमशः बढ्दै आएको सेयर कारोबार आइतबार दुई अर्ब रुपैयाँ नजिक पुगेको छ। यस दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक अर्ब ९६ करोड ४७ लाख रुपैयाँको सेयर...