Sunday 9 Ashwin, 2073 |
Menu

अर्थ

istl

घटेन महँगीको पारो

(0 votes)
काठमाडौं–भारतीय नाकाबन्दी र तराईमा चलेको आन्दोलनले मूल्य बृद्धि पुस महिनामा १२.१ प्रतिशत पुगेको छ। चार महिना चलेको नाकाबन्दी र त्यो भन्दा लामो तराई आन्दोलनका कारण महँगी आर्थिक बर्षको छैठौँ महिनामा अझ उकालो लागेको हो।
nepali-patro-june
राष्ट्र बैंकले नाकाबन्दी खुलेसँगै अब महँगी कम हुँदै जाने र अार्थिक अवस्था सुधार हुने अपेक्षा राखेको छ। अघिल्लो पाँचौ महिनामा ११.६ प्रतिशत रहेको मूल्य बृद्धिदर बढेर आर्थिको बर्षको मध्यमा आइपुग्दा मूल्य बृद्धि झनै आकासिएको छ।

आइतबार ६ महिनाको तथ्यांक सार्बजनिक गर्दै नेपाल राष्ट्र बैंकले दोहोरो अंकको मूल्य वृद्धि मूख्यतया खाद्य तथा पेय पदार्थ समूहको मूल्य सूचकाङ्क १५.२ प्रतिशतले बढेको कारणले भएको जनाएको छ। त्यसैगरी गैर–खाद्य तथा सेवा समूहको मूल्य वृद्धिदर २०७२ पुसमा ९.७ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

'तराईको लामो आन्दोलन र नाकाहरुमा भएको व्यापार अवरोध पछिल्ला महिनामा महँगी बढ्नुका मुख्य कारक तत्व हुन्', राष्ट्र बैंकको प्रतिवेदनमा भनिएको छ।

तर राष्ट्र बैंकले नाकाबन्दी खुलेसँगै आर्थिक अवस्थामा सुधार हुने अनुमान गरेको छ। भारतले अघोषित रुपमा लगाएको नाकाबन्दी माघको अन्तिम साताबाट अघोषित रुपमै खोलेको थियो। व्यापार नाकाहरु खुलेपछि आयात सहज हुन गइ, आपूर्ति व्यवस्था सहज हुँदा महँगी पूर्ववत अवस्थामा फर्कने राष्ट्र बैंकको आंकलन छ।

राष्ट्र बैंकको प्रतिबेदनमा उल्लेख छ– 'तराई क्षेत्रका नाकाहरुमा आवागमन सहज हुदैं गएबाट गत भाद्र महिनादेखि सुरु भएको मूल्य वृद्धिको दवाव कम हुँदै जाने अपेक्षा गरिएको छ ।'

अघिल्ला महिनाहरुमा मूल्यवृद्धि बढ्दै जाँदा र आर्थिक वृद्धिदर खुम्चिएमा राष्ट्र बैंकले 'स्ट्यागफ्लेसन' हुनसक्ने सम्मको चेतावनी दिएको थियो।

प्रतिक्रिया

सुरुङ सकिनेबित्तिकै मेलम्ची पानी

सुरुङ सकिनेबित्तिकै मेलम्ची पानी

काठमाडौं- दुई दशकदेखि मेलम्ची पानी पर्खिरहेका उपत्यकाबासीले सुरुङ खन्ने काम सकिँदाबित्तिकै पानी उपभोग गर्न पाउने भएका छन्। मुख्य कामको रुपमा रहेको सुरुङसहित अन्य कामको प्रगतिमा सुधार भएपछि उपत्यकाबासीको मेलम्ची प्रतीक्षा...

कुखुराबाट ३३ अर्ब ७२ करोड रूपैयाँ आम्दानी !

कुखुराबाट ३३ अर्ब ७२ करोड रूपैयाँ आम्दानी !

चितवन– नेपालमा व्यावसायिक कुखुरा पालन फार्महरुले मासु, अन्डा र चल्ला बिक्रीबाट एक वर्षमा रु. ३३ अर्ब ७२ करोड ४० लाख २३ हजार आम्दानी गर्ने गरेका छन्।

रोजगारपीडितलाई क्षतिपूर्ति पाउन सकस

रोजगारपीडितलाई क्षतिपूर्ति पाउन सकस

काठमाडौं- मोरङ, उर्लाबारी–८ सुनझोडाका झमकबहादुर थापा अचेल बेचैन छन्। निड इम्प्लोइमेन्ट सर्भिस प्रालिले मलेसियाको सेङ इप फर्निचर उद्योगका लागि पठाएका थापा साढे एक महिनामै घर फर्र्किएपछि निराश हुन पुगेका हुन्।

सेयर परिसूचक उक्लेको उक्ल्यै

सेयर परिसूचक उक्लेको उक्ल्यै

काठमाडौं–सेयर बजारको तथ्यांकीय मापक नेप्सेले लगातार तेस्रो दिन नयाँ कीर्तिमान बनाएको छ । मंगलबार परिसूचक र कारोबार रकम दुवैमा कीर्तिमान बनेको हो । एक साता अघिदेखि लगातार दोहोरो अंकले बढ्दै...

चन्द्रागिरिमा केबलकार सरर‍‍‍‍‍...(भिडियो)

चन्द्रागिरिमा केबलकार सरर‍‍‍‍‍...(भिडियो)

काठमाडौं– धुलोको साम्राज्यमा पसेजस्तो लाग्ने कुइरीमण्डल सडक। एकसाथ गुड्छन्– लरी, ट्रिपर, बस, मोटरसाइकल र कारहरु। त्रिपुरेश्वरदेखि थानकोटसम्म पुग्दा लाग्छ नेपालमा फोक्सो बिगार्ने धुँवा एवं हिलो, भत्किएका सडकबाहेक अरु केही छैन।

नयाँ गभर्नरको हस्ताक्षरित नोट आयो, दृष्टिविहीनले छामेर पत्ता लगाउन सक्ने

नयाँ गभर्नरको हस्ताक्षरित नोट आयो, दृष्टिविहीनले छामेर पत्ता लगाउन सक्ने

काठमाडौं- नेपाल राष्ट्र बैंकका नयाँ गभर्नर चिरञ्जीवी नेपालले हस्ताक्षर गरेको नोट पहिलोपटक बजारमा आएको छ। नयाँ गभर्नरको हस्ताक्षरसहित पहिलोपटक बजारमा आएको नोट सय दरको हो। उक्त नोटमा दुइटा गैंडाको चित्र...

अलैचीको अस्थीर मूल्यले किसान चिन्तित

अलैचीको अस्थीर मूल्यले किसान चिन्तित

पाँचथर-सिदिन–७ का एकुका टेकवहादुर केरुङले गत मंसिरमा अलैचीको मूल्य प्रतिमन (४० केजी) ९० हजार रुपैयाँ पुगेपनि थप बढ्ने आस गरे। अघिल्लो सिजनमा प्रतिमन एक लाख १६ हजार रुपैयाँसम्ममा बिक्रि भएको...

एकै दिन २ अर्बको सेयर किनबेच

एकै दिन २ अर्बको सेयर किनबेच

काठमाडौं- पछिल्लो समय क्रमशः बढ्दै आएको सेयर कारोबार आइतबार दुई अर्ब रुपैयाँ नजिक पुगेको छ। यस दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक अर्ब ९६ करोड ४७ लाख रुपैयाँको सेयर...