Friday 2 Bhadra, 2074 |
Menu

अर्थ

republica-headerdiscount-subscribe1

istl

विदेशी लगानीकर्तालाई एमाले मजदुरको धम्की

(0 votes)
विदेशी लगानीकर्तालाई एमाले मजदुरको धम्की
काठमाडौं - एमाले मजदुर संगठनले पार्टीका उपल्लो तहका नेताको हवाला दिँदै  राजधानीको लाजिम्पाटस्थित क्यासिनो सांग्रिलाका विदेशी लगानीकर्तालाई 'जे पनि हुन सक्ने' धम्की दिएका छन्।
nepali-patro-june
एमाले मजदुर संगठन नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) अन्तर्गत क्यासिनो सांग्रिलास्थित नेपाल स्वतन्त्र होटल, क्यासिनो तथा रेस्टुरेन्ट मजदुर युनियन इकाईले मुख्य लगानीकर्ता डेनियल कङलाई इमेल गरी धम्की दिएको हो।

क्यासिनो स्रोतका अनुसार ट्रान्सपोर्ट विभागका कर्मचारी नवराज कार्कीले क्यासिनो गाडीको पेट्रोल चोरी गरेको प्रमाणित भएपछि व्यवस्थापनले उनको वार्षिक पारिश्रमिक वृद्धि (ग्रेड) रोक्न आदेश दिएको थियो। त्यसैको विरुद्ध उत्रिएका कर्मचारी युनियनका अध्यक्ष दिनेश घिमिरेले कार्कीमािथ लागेको आरोप प्रमाणित गर्न चुनौती दिँदै लगानीकर्तालाई धम्की दिएका हुन्। उनले युनियनसम्बद्ध मजदुर कार्कीलाई गरिएको कारबाही तत्काल फिर्ता गर्न पनि माग गरेका छन्।  

नेपालको राजनीतिक पार्टीहरूलाई दबाउन खोजे कुनै पनि समयमा जे पनि हुन सक्ने भन्दै युनियन अध्यक्ष घिमिरेले क्यासिनोका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका मुख्य लगानीकर्ता कङलाई उनको नेपालभरिको लगानी प्रभावित हुने चेतावनी दिएको उक्त इमेलमा उल्लेख छ।

'अहिले तपाईं के चाहनुहुन्छ? क्यसिनोका निर्देशक बोधविक्रम पाण्डे वा तपाईंको लगानी?,' घिमिरेले धम्कीयुक्त इमेलमा लेखेका छन्, 'तपाईंको प्रतिबद्धता र निर्णयलाई १५ दिन कुर्छु, होइन भने मेरो उपल्लो तहका वरिष्ठ नेताको आदेश पालना गरी उनीहरूको सुझावअनुसार अगाडि बढ्नुपर्छ। सम्भवतः त्यो निर्देशन उपयुक्त हुँदैन।'

क्यासिनोका मलेसियाली लगानीकर्ता कङलाई इमेल गरेर धम्क्याएपछि घटनाले उग्ररूप लिएको हो। इमेलमा घिमिरेले क्यासिनोका निर्देशक पाण्डेलाई १५ दिनभित्र नहटाए 'क्यासिनोभित्रका सबै परिस्थिति, विवाद, तोडफोड इत्यादीलाई बेवास्ता गर्न' उल्लेख गर्दै धम्क्याएका छन्।

'कार्कीलाई कारबाही गरेर तपाईंले निकै ठूलो गल्ती गर्नुभएको छ र त्यसलाई सुधार गर्नुस्,' युनियन अध्यक्ष घिमिरेले प्रमुख कार्यकारी अधिकृत कङलाई लेखेको इमेलमा उल्लेख छ, 'तपाईंसँग अब केवल एकमात्र विकल्प छ। कि क्यासिनोभित्रका सबै परिस्थिति, विवाद, तोडफोडलाई बेवास्ता गर्नुस् वा निर्देशक पाण्डेलाई कामबाट हटाउनुस्।'

आफ्नै मजदुरबाट धम्की आएपछि विदेशी लगानीकर्ताले क्यासिनो सांग्रिला नै  बन्द गर्ने चेतावनी दिएका छन्। प्रमुख कार्यकारी अधिकृत कङले क्यासिनो व्यवस्थापनलाई इमेल गरी आवश्यक सावधानी अपनाई धम्कीविरुद्ध प्रहरीमा उजुरी गर्न निर्देशन दिएका छन्।

'हामी धम्कीबाट डराउँदैनौं,' कङले व्यवस्थापनलाई पठाएको इमेलमा उल्लेख छ, 'यदि आवश्यक पर्‍यो भने क्यासिनो नै बन्द गर्छौं।' कङको निर्देशनपछि क्यासिनो व्यवस्थापनले काठमाडौं जिल्ला प्रशासन कार्यालय, बागमती अञ्चल श्रम कार्यालय र श्रम विभागमा धम्कीयुक्त इमेलसहित उजुरी हालेको छ। उक्त धम्कीयुक्त इमेल र कङको निर्देशनको इमेल कपी नागरिकसँग सुरक्षित छ।

'अनियमितता गरेका मजदुरलाई कारबाही गरिएको हो र यो फिर्ता पनि हुँदैन,' क्यासिनो व्यवस्थापनका एक अधिकारीले सोमबार नागरिकसँग भने, 'यदि फिर्ता गर्नैपर्ने अवस्था आयो भने क्यासिनो नै बन्द गर्छौं।'

उता मजदुर युनियनले पनि 'कङलाई पठाएको इमेल र त्यसमा क्यासिनो बन्द गरिदिन्छु भनी फैलाइएको हल्ला झुठो हो र अनावश्यक हल्लाको पछाडि नलाग्न' सम्पूर्ण कर्मचारी–मजदुरलाई आग्रह गरेको सूचना प्रकाशित गरेको थियो।
 
यसअघि २०६८ पुस दोस्रो साता पनि माओवादी मजदुरको विवादपछि क्यासिनो सांग्रिला बन्द भएको थियो। यो क्यासिनोमा मलेसियाली कम्पनी गोल्ड सोरको सतप्रतिशत (३० करोड रुपैयाँ) लगानी रहेको छ।

काम गरिरहेका मजदुरहरूको 'अनुशासनहीन व्यवहार तथा विकृति र विसंगति झेल्न नसक्ने' भन्दै मलेसियाली कम्पनीले क्यासिनो औपचारिक रूपमा बन्द गर्ने घोषणा गरेको थियो।

माओवादी र एमाले निकट मजदुर विवादका कारण बन्द रहेको क्यासिनो सांग्रिला माघ दोस्रो साताबाट पुनः सञ्चालनमा आएको थियो। माओवादी, एमाले र कांग्रेस निकट मजदुरले व्यवस्थापनद्वारा प्रस्तुत सबै १४ सर्त मान्न तयार रहेको भन्दै हस्ताक्षर गरेपछि क्यासिनो पुनः खुलेको थियो।

प्रतिक्रिया

सुरुङ सकिनेबित्तिकै मेलम्ची पानी

सुरुङ सकिनेबित्तिकै मेलम्ची पानी

काठमाडौं- दुई दशकदेखि मेलम्ची पानी पर्खिरहेका उपत्यकाबासीले सुरुङ खन्ने काम सकिँदाबित्तिकै पानी उपभोग गर्न पाउने भएका छन्। मुख्य कामको रुपमा रहेको सुरुङसहित अन्य कामको प्रगतिमा सुधार भएपछि उपत्यकाबासीको मेलम्ची प्रतीक्षा...

कुखुराबाट ३३ अर्ब ७२ करोड रूपैयाँ आम्दानी !

कुखुराबाट ३३ अर्ब ७२ करोड रूपैयाँ आम्दानी !

चितवन– नेपालमा व्यावसायिक कुखुरा पालन फार्महरुले मासु, अन्डा र चल्ला बिक्रीबाट एक वर्षमा रु. ३३ अर्ब ७२ करोड ४० लाख २३ हजार आम्दानी गर्ने गरेका छन्।

रोजगारपीडितलाई क्षतिपूर्ति पाउन सकस

रोजगारपीडितलाई क्षतिपूर्ति पाउन सकस

काठमाडौं- मोरङ, उर्लाबारी–८ सुनझोडाका झमकबहादुर थापा अचेल बेचैन छन्। निड इम्प्लोइमेन्ट सर्भिस प्रालिले मलेसियाको सेङ इप फर्निचर उद्योगका लागि पठाएका थापा साढे एक महिनामै घर फर्र्किएपछि निराश हुन पुगेका हुन्।

सेयर परिसूचक उक्लेको उक्ल्यै

सेयर परिसूचक उक्लेको उक्ल्यै

काठमाडौं–सेयर बजारको तथ्यांकीय मापक नेप्सेले लगातार तेस्रो दिन नयाँ कीर्तिमान बनाएको छ । मंगलबार परिसूचक र कारोबार रकम दुवैमा कीर्तिमान बनेको हो । एक साता अघिदेखि लगातार दोहोरो अंकले बढ्दै...

चन्द्रागिरिमा केबलकार सरर‍‍‍‍‍...(भिडियो)

चन्द्रागिरिमा केबलकार सरर‍‍‍‍‍...(भिडियो)

काठमाडौं– धुलोको साम्राज्यमा पसेजस्तो लाग्ने कुइरीमण्डल सडक। एकसाथ गुड्छन्– लरी, ट्रिपर, बस, मोटरसाइकल र कारहरु। त्रिपुरेश्वरदेखि थानकोटसम्म पुग्दा लाग्छ नेपालमा फोक्सो बिगार्ने धुँवा एवं हिलो, भत्किएका सडकबाहेक अरु केही छैन।

नयाँ गभर्नरको हस्ताक्षरित नोट आयो, दृष्टिविहीनले छामेर पत्ता लगाउन सक्ने

नयाँ गभर्नरको हस्ताक्षरित नोट आयो, दृष्टिविहीनले छामेर पत्ता लगाउन सक्ने

काठमाडौं- नेपाल राष्ट्र बैंकका नयाँ गभर्नर चिरञ्जीवी नेपालले हस्ताक्षर गरेको नोट पहिलोपटक बजारमा आएको छ। नयाँ गभर्नरको हस्ताक्षरसहित पहिलोपटक बजारमा आएको नोट सय दरको हो। उक्त नोटमा दुइटा गैंडाको चित्र...

अलैचीको अस्थीर मूल्यले किसान चिन्तित

अलैचीको अस्थीर मूल्यले किसान चिन्तित

पाँचथर-सिदिन–७ का एकुका टेकवहादुर केरुङले गत मंसिरमा अलैचीको मूल्य प्रतिमन (४० केजी) ९० हजार रुपैयाँ पुगेपनि थप बढ्ने आस गरे। अघिल्लो सिजनमा प्रतिमन एक लाख १६ हजार रुपैयाँसम्ममा बिक्रि भएको...

एकै दिन २ अर्बको सेयर किनबेच

एकै दिन २ अर्बको सेयर किनबेच

काठमाडौं- पछिल्लो समय क्रमशः बढ्दै आएको सेयर कारोबार आइतबार दुई अर्ब रुपैयाँ नजिक पुगेको छ। यस दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक अर्ब ९६ करोड ४७ लाख रुपैयाँको सेयर...