11 Bhadra, 2073 |
Menu

अर्थ

republica-headerdiscount-subscribe1

istl

२२ करोडमा निगमले ६ इन्जिन साट्ने

(0 votes)
काठमाडौं — राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले अधिकतम २२ करोड रुपैयाँसम्म खर्च गरी जहाजका ६ थान जगेडा इन्जिन साट्ने भएको छ। इन्जिन भारत र अमेरिकाका कम्पनीसँग साट्न लागिएको हो।
nepali-patro-june
तीमध्ये चार इन्जिन भारतको बर्मन एभिएसन प्रालिले तथा दुई थान भने अमेरिकाको साउथवेस्ट एयर मोटिभ कम्पनीले साट्न पाउने भएको हो। सबै इन्जिन आन्तरिक उडान गर्ने ट्विनअटर जहाजका हुन्।

'चार थान इन्जिन साट्न भारतीय कम्पनी बर्मनसँग सम्झौता भइसकेको छ,' निगमका कर्पोरेट डाइरेक्टर तथा प्रवक्ता गणेशबहादुर चन्दले आइतबार नागरिकसँग भने, 'दुई थान साट्न यसअघि नै र बाँकी दुईका लागि केही दिनअघि सम्झौता भएको हो ।'

यसका लागि निगम व्यवस्थापनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लामो समयदेखि 'ग्राउन्डेड' आफ्ना दुइटा ट्विनअटरका चार थान इन्जिन र उडान गरिरहेको एउटा ट्विनअटरको दुई इन्जिन सम्बद्ध कम्पनीलाई दिएर 'ओभरहल' (पूर्णमर्मत) गरिएका इन्जिन ल्याउन लागेको हो ।

इन्जिन साट्नका लागि निगमले जेठ पहिलो साता आह्वान गरेको अन्तर्राष्ट्रिय टेन्डर जितेर बर्मनले दुई तथा दोस्रो पटक मागिएको टेन्डर जितेर बर्मनले थप दुई र बाँकी दुई अमेरिकी कम्पनीले साट्न पाउने भएका हुन् ।

इन्जिन साट्ने भनिए पनि निगमले खर्च भने बेहोर्नुपर्छ । ६ थान इन्जिनका लागि निगमले न्यूनतम १५ लाख अमेरिकी डलर (१५ करोड ५५ लाख ५० हजार रुपैयाँ) देखि अधिकतम २१ लाख डलर (२१ करोड ७७ लाख ७० हजार रुपैयाँ) सम्म खर्च गर्नुपर्ने सम्बद्ध एक अधिकारीले जानकारी दिए ।

उनका अनुसार एउटा इन्जिन साट्न २ लाख ५० हजारदेखि ३ लाख ५० हजार डलर खर्च लाग्छ । भारतीय र अमेरिकी कम्पनीले निगमका इन्जिन लगेर ओभरहल गरिएका इन्जिन दिनेछन् । निगमकै इन्जिन मर्मत गर्न भने उक्त परिमाणबराबरको खर्च लाग्नेछ ।

'आन्तरिक उडानलाई थप विश्वसनीय बनाउन र सकेसम्म बढी उडान गर्न दुईटा जहाज थप्ने उद्देश्यले इन्जिन साट्न लागिएको हो,' उनले भने, 'आगामी दसैंसम्ममा तीनवटा ट्विनअटरबाट उडान गर्ने लक्ष्इ छ ।'

दुईमध्ये एक ट्विनअटर गत जेठ ३ गते मुस्ताङको जोमसोममा दुर्घटनाग्रस्त भएपछि निगमले हाल १९ सिट क्षमताको एउटा ट्विनअटरबाट २६ आन्तरिक गन्तव्यमा उडान गरिरहेको छ । यिनमा अधिकांश दुर्गम भेगका गन्तव्य छन् । अब थप्न खोजिएको जहाज पनि यस्तै ट्विनअटर नै हुन् । निगमसँग रहेका ट्विनअटर ४० वर्षभन्दा बढी उमेरका हुन् । सबै क्यानडामा बनेका हुन् ।

'सम्झौता गरेको ५० दिनभित्र ती कम्पनीले हामीलाई इन्जिन दिनुपर्छ,' उनले भने, 'बर्मनसँग चारवटै इन्जिन साट्न सम्झौता भइसकेको छ भने साउथवेस्टसँग एक–दुई दिनभित्रै सम्झौता हुन्छ ।'

निगमले हाल पिसिइ ४०४२१, पिसिइ ४१२१८, पिसिइ ४१८१३ र पिसिइ ४२२७५ कोर युनिटका चार इन्जिन साट्न लागेको हो । यसअघि जेठ १ गते ६ वटा इन्जिन साट्न आह्वान गरिएको ग्लोबल टेन्डरमा सहभागी भएको भारतीय बर्मनले दुइटा इन्जिन साट्न पाइसकेको छ । बाँकी चारवटा इन्जिनका लागि भने टेन्डरअनुसार कसैको पनि सर्त पूरा नभएपछि पुनः टेन्डर आह्वान गरिएको थियो । 'हाम्रा ६ थान इन्जिन लैजान्छन् र उनीहरूले ओभरहल गरेर राखेको इन्जिन पठाउँछन्,' ती अधिकारीले भने ।

आफैंले इन्जिन ओभरहल गर्न ६ देखि आठ महिना लाग्ने भएका कारण निगमले इन्जिन साट्ने योजना ल्याएको हो । निगमले भने ट्विनअटरका इन्जिन एउटालाई ४ हजार घन्टा उडाएपछि ओभरहल गर्दै आएको छ ।

एक दशकदेखि त्रिभवुन विमानस्थलमा ग्राउन्डेडमध्ये दुईवटा ट्विनअटरलाई निगमले निजी क्षेत्रको आन्तरिक वायुसेवा कम्पनी तारा एयरलाई भाडामा दिएको छ । तीमध्ये एउटा जहाज दुर्घटनामा परिसकेको छ । सरकारले तोकेको भाडा दरमा उडान गर्नुपर्दा निगमले आन्तरिक उडानमा पर्याप्त आम्दानी गर्न सकेको छैन।

ठूलो जहाज ग्राउन्डेड

अन्तर्राष्ट्रिय उडान गरिरहेको नेपाल वायुसेवा निगमको एउटा ठूलो जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा 'ग्राउन्डेड' भएको छ। जहाजको एन्टेनामा समस्या आएपछि जहाज थन्किएको हो।

निगमको बोइङ ७५७ ९एन एसिबी जहाज शनिबार ग्राउन्डेड भएको हो । 'एन्टेनामा समस्या उत्पन्न भएपछि जहाज ग्राउन्डेड गर्नुपर्‍यो,' सम्बद्ध एक अधिकारीले आइतबार नागरिकसँग भने, 'जगेड एन्टेना नभएकाले बेलायतबाट सामान मगाएका छौं । सोमबार जडान भएपछि उडान सुचारू हुन्छ ।'

शनिबार जहाज ग्राउन्डेड भएपछि निगमको क्वालालम्पुर उडान रद्द भएको थियो । सोमबार राति यो जहाजलाई क्वालालम्पुर लाने तालिका बनाइएको ती अधिकारीले जानकारी दिए।

प्रतिक्रिया

सुरुङ सकिनेबित्तिकै मेलम्ची पानी

सुरुङ सकिनेबित्तिकै मेलम्ची पानी

काठमाडौं- दुई दशकदेखि मेलम्ची पानी पर्खिरहेका उपत्यकाबासीले सुरुङ खन्ने काम सकिँदाबित्तिकै पानी उपभोग गर्न पाउने भएका छन्। मुख्य कामको रुपमा रहेको सुरुङसहित अन्य कामको प्रगतिमा सुधार भएपछि उपत्यकाबासीको मेलम्ची प्रतीक्षा...

कुखुराबाट ३३ अर्ब ७२ करोड रूपैयाँ आम्दानी !

कुखुराबाट ३३ अर्ब ७२ करोड रूपैयाँ आम्दानी !

चितवन– नेपालमा व्यावसायिक कुखुरा पालन फार्महरुले मासु, अन्डा र चल्ला बिक्रीबाट एक वर्षमा रु. ३३ अर्ब ७२ करोड ४० लाख २३ हजार आम्दानी गर्ने गरेका छन्।

रोजगारपीडितलाई क्षतिपूर्ति पाउन सकस

रोजगारपीडितलाई क्षतिपूर्ति पाउन सकस

काठमाडौं- मोरङ, उर्लाबारी–८ सुनझोडाका झमकबहादुर थापा अचेल बेचैन छन्। निड इम्प्लोइमेन्ट सर्भिस प्रालिले मलेसियाको सेङ इप फर्निचर उद्योगका लागि पठाएका थापा साढे एक महिनामै घर फर्र्किएपछि निराश हुन पुगेका हुन्।

सेयर परिसूचक उक्लेको उक्ल्यै

सेयर परिसूचक उक्लेको उक्ल्यै

काठमाडौं–सेयर बजारको तथ्यांकीय मापक नेप्सेले लगातार तेस्रो दिन नयाँ कीर्तिमान बनाएको छ । मंगलबार परिसूचक र कारोबार रकम दुवैमा कीर्तिमान बनेको हो । एक साता अघिदेखि लगातार दोहोरो अंकले बढ्दै...

चन्द्रागिरिमा केबलकार सरर‍‍‍‍‍...(भिडियो)

चन्द्रागिरिमा केबलकार सरर‍‍‍‍‍...(भिडियो)

काठमाडौं– धुलोको साम्राज्यमा पसेजस्तो लाग्ने कुइरीमण्डल सडक। एकसाथ गुड्छन्– लरी, ट्रिपर, बस, मोटरसाइकल र कारहरु। त्रिपुरेश्वरदेखि थानकोटसम्म पुग्दा लाग्छ नेपालमा फोक्सो बिगार्ने धुँवा एवं हिलो, भत्किएका सडकबाहेक अरु केही छैन।

नयाँ गभर्नरको हस्ताक्षरित नोट आयो, दृष्टिविहीनले छामेर पत्ता लगाउन सक्ने

नयाँ गभर्नरको हस्ताक्षरित नोट आयो, दृष्टिविहीनले छामेर पत्ता लगाउन सक्ने

काठमाडौं- नेपाल राष्ट्र बैंकका नयाँ गभर्नर चिरञ्जीवी नेपालले हस्ताक्षर गरेको नोट पहिलोपटक बजारमा आएको छ। नयाँ गभर्नरको हस्ताक्षरसहित पहिलोपटक बजारमा आएको नोट सय दरको हो। उक्त नोटमा दुइटा गैंडाको चित्र...

अलैचीको अस्थीर मूल्यले किसान चिन्तित

अलैचीको अस्थीर मूल्यले किसान चिन्तित

पाँचथर-सिदिन–७ का एकुका टेकवहादुर केरुङले गत मंसिरमा अलैचीको मूल्य प्रतिमन (४० केजी) ९० हजार रुपैयाँ पुगेपनि थप बढ्ने आस गरे। अघिल्लो सिजनमा प्रतिमन एक लाख १६ हजार रुपैयाँसम्ममा बिक्रि भएको...

एकै दिन २ अर्बको सेयर किनबेच

एकै दिन २ अर्बको सेयर किनबेच

काठमाडौं- पछिल्लो समय क्रमशः बढ्दै आएको सेयर कारोबार आइतबार दुई अर्ब रुपैयाँ नजिक पुगेको छ। यस दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक अर्ब ९६ करोड ४७ लाख रुपैयाँको सेयर...