9 Mangshir, 2074 |
Menu

अर्थ

republica-headerdiscount-subscribe1

istl

आठ महिनादेखि चिनियाँ जहाज उडाउन सकिएन

(0 votes)
आठ महिनादेखि चिनियाँ जहाज उडाउन सकिएन
काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थन्किएको एउटा चिनियाँ जहाजलाई राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले आठ महिनादेखि उडाउन गरेको प्रयास अझै सफल हुन सकेको छैन।
nepali-patro-june
गत वर्ष कात्तिकमा थन्किनु अघिसम्म चीनमा निर्मित १७ सिट क्षमतायुक्त 'वाई१२–ई' सिरिजको उक्त जहाजले नियमित उडान गरिरहेको थियो। त्यसबेला चिनियाँ जहाज निर्माता कम्पनीले उपलब्ध गराइदिएको प्रशिक्षक पाइलट फिर्ता जानु र निगमसँग आफ्नै प्रशिक्षक पाइलट नभएपछि 'ग्राउन्डेड' भएको थियो।

लामो समय ग्राउन्डेड भएपछि निगमले आफैं प्रशिक्षक पाइलट तयार गरेको थियो। त्यसपछि गत वैशाखमा यो जहाजको परीक्षण उडान गरिएको थियो। उडान सकेर अवतरण गरेपछि जहाजको एउटा इन्जिनमा समस्या उत्पन्न भएको थियो।

'वाई–१२ई जहाजको प्राविधिक सहयोगका लागि काठमाडौंमै रहेका प्राविधिक र इन्जिनियरको टोलीले मर्मत गरी उडाउने प्रयास गरे पनि सफल भएनन्,' सम्बद्ध स्रोतले बुधबार नागरिकसँग भन्यो, 'अब इन्जिन निर्माता कम्पनीबाटै इन्जिनियर नल्याई जहाज मर्मत हुन नसक्ने चिनियाँ प्राविधिक टोलीले बताइसकेको छ।'

अमेरिकी इन्जिन निर्माता कम्पनी प्राट एन्ड ह्विट्नीमा उत्पादित इन्जिन जडित वाई१२–ईको इन्जिन मर्मतका लागि अमेरिका वा यसको शाखा क्यानडाबाट इन्जिनियर बोलाउने भन्ने अझै यकिन भइनसकेको स्रोतले जानकारी दियो। ती इन्जिनियर आए भने तिनको खर्च चिनियाँ जहाज निर्माताले बेहोर्नुपर्ने पक्षमा निगम छ।

'तर, तिमीहरूको जहाज हो, त्यसलाई लाग्ने सबै खर्च तिमीहरूले नै बेहोनुपर्छ भनेर चिनियाँ पन्छिने निश्चित छ,' स्रोतले भन्यो, 'हो, यसैगरी चिनियाँ जहाज सेतो हात्ती साबित भएका हुन् र ती जहाजले निगमलाई कसरी डुबाउँदै लगेको छ भन्ने यो एउटा उदाहरणमात्र हो।'

निगमले गत वैशाखमा वाई१२–ईको परीक्षण उडान हुनुअघि नै नियमित उडान तालिका सार्वजनिक गरेको थियो। यसले वैशाख २८ देखि काठमाडौंबाट भैरहवा, सिमरा र पोखराका लागि दैनिक एक–एक उडान गर्ने गरी नियमित तालिका सार्वजनिक गरेको थियो। ग्राउन्डेड हुनुअघिसम्म यो जहाजले पोखरा र भैरहवाका लागि दैनिक एक–एक उडान गर्थ्यो भने अर्को ठूलो चिनियाँ जहाज ५६ सिट क्षमतायुक्त 'मोडर्न आर्क' (एमए–६०) ले नभ्याएका बेला र प्राविधिक कारण रोकिएको बेला विराटनगर उडान पनि गर्थ्यो।

वाई१२–ईबाट काठमाडौं–पोखरा दुईतर्फी नै १४ जनासम्म यात्रु हुने गरेका थिए। त्यस्तै भैरहवामा पनि सोही संख्यामा यात्रु हुने गर्थे। आठ महिनादेखि जहाज थन्किँदा निगमले लाखौं आम्दानी गुमाइरहेको छ।

वाई१२–ईका लागि निगमले आफ्नै प्रशिक्षक पाइलटमा आङनुरी शेर्पालाई तयार पारेपछि यो जहाज पुनः उडान गर्ने बाटो खुलेको थियो। चिनियाँ जहाज निर्माता कम्पनी हार्बिन एयरक्राफ्ट इन्डस्ट्री गु्रप कम्पनी लिमिटेडबाट आएका लाओसका प्रशिक्षक पाइलटको कार्यअवधि म्याद सकिएपछि जहाज ग्राउन्डेड भएको थियो।

जहाज निर्माताले १८ सिटयुक्त भने पनि १७ यात्रु अट्ने वाई१२–ईलाई उडाउन निगम व्यवस्थापनले लामो समयदेखि प्रयास गरे पनि सफल भएको छैन। चीनबाट पनि प्रशिक्षक पाइलट ल्याउन नसक्दा थप समस्या थियो। मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणबाट '९एन–एकेएस' कलसाइन पाएको यो जहाजलाई निगमले 'कोइली' चराको नाम दिएको छ।

वाई१२–ई जहाजले पुनः उडान सुरु गरे पनि निगमलाई फाइदा भने हुनेछैन। निगमले नै तयार पारेको विवरणअनुसार २०७१ माघबाट २०७२ कात्तिकसम्म नौ महिना उडान गर्दा वाई१२–ईले १ करोड २२ लाख ८८ हजार १ सय रुपैयाँ आम्दानी गरेको थियो तर यसलाई उडाउन भने ६ करोड ७५ लाख ६३ हजार ९ सय ४७ रुपैयाँ सञ्चालन खर्च लागेको थियो। त्यति अवधिमा इन्धनका लागि १ करोड ४९ लाख खर्च भएको थियो।

यसको बिमावापत ४ करोड १९ लाख ७९ हजार ९ सय १२, ल्यान्डिङ र पार्किङमा १० लाख ६४ हजार ७ सय ७५ र चालकदलको खाना/खाजा खर्च ९५ लाख ९२ हजार २ सय ७० रुपैयाँ खर्च भएको थियो। यो जहाज नौ महिनासम्म उडाउँदा निगमले ५ करोड ५२ लाख ७६ हजार रुपैयाँ नोक्सान बेहोरेको छ। यो भनेको दैनिक नोक्सानी २० लाख ४ हजार ७ सय २५ रुपैयाँबराबर हो।

चिनियाँ जहाज 'सेतो हात्ती' प्रमाणित भएपछि निगम व्यवस्थापनले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्राचार गरी चिनियाँ जहाज उडाउँदा हुने घाटा चिनियाँ पक्षले बेहोर्नुपर्ने, जगेडा सामान १० वर्षसम्म निःशुल्क उपलब्ध गराउनुपर्ने, जहाजसम्बद्ध नियम सबै चिनियाँ भाषाको सट्टा अंग्रेजी भाषामा लेखिएको हुनुपर्ने, चालकदलको तालिम खर्च कटौती र बिमा रकम कम हुनुपर्ने एवं जहाजले बोक्ने तौल बढी हुनुपर्ने सर्त पूरा भएमात्र बाँकी जहाज ल्याउने जानकारी गराएको थियो।

अझै तीनथान वाई१२–ई जहाज चीनबाट ल्याउन बाँकी छ। सबै जहाज सहुलियत ऋणमा ल्याउन चीनसँग सम्झौता भइसकेको छ। नेपाल र चीनबीच २०७० मंसिर १३ मा ६ थान जहाजका लागि ६ अर्ब ६७ करोड १० लाख रुपैयाँबराबरको ऋण तथा अनुदान सम्झौता भएको थियो। त्यसमध्ये २ अर्ब ९४ करोड ३० लाख रुपैयाँ अनुदान सहयोग तथा ३ अर्ब ७२ करोड ८० लाख रुपैयाँ ऋण सहयोग हो। नेपालले सम्झौताअनुसार पाउने सहुलियत ऋणको वार्षिक ब्याज दर १.५ प्रतिशत छ। ल्याउन बाँकी चार जहाजको कुल रकमको ६० प्रतिशत अर्थात २ अर्ब २३ करोड ६८ लाख रुपैयाँ चुक्ता भइसकेको छ।

चीनको 'एक्सपोर्ट–इम्पोर्ट' (एक्जिम) बैंकमार्फत जहाज खरिद गर्न ऋण उपलब्ध भएको हो। यी जहाज अर्थ मन्त्रालयले करिब दुई प्रतिशतसम्म ब्याज दरमा निगमलाई दिएको छ। अर्थले पहिलो सात वर्षसम्म साँवा र ब्याज केही पनि तिर्नुनपर्ने 'ग्रेस पिरियड' दिएको छ भने आठौं वर्षबाट पन्ध्रौं वर्षसम्म सबै रकम चुक्ता गरिसक्नुपर्ने सर्त छ।

प्रतिक्रिया

सुरुङ सकिनेबित्तिकै मेलम्ची पानी

सुरुङ सकिनेबित्तिकै मेलम्ची पानी

काठमाडौं- दुई दशकदेखि मेलम्ची पानी पर्खिरहेका उपत्यकाबासीले सुरुङ खन्ने काम सकिँदाबित्तिकै पानी उपभोग गर्न पाउने भएका छन्। मुख्य कामको रुपमा रहेको सुरुङसहित अन्य कामको प्रगतिमा सुधार भएपछि उपत्यकाबासीको मेलम्ची प्रतीक्षा...

कुखुराबाट ३३ अर्ब ७२ करोड रूपैयाँ आम्दानी !

कुखुराबाट ३३ अर्ब ७२ करोड रूपैयाँ आम्दानी !

चितवन– नेपालमा व्यावसायिक कुखुरा पालन फार्महरुले मासु, अन्डा र चल्ला बिक्रीबाट एक वर्षमा रु. ३३ अर्ब ७२ करोड ४० लाख २३ हजार आम्दानी गर्ने गरेका छन्।

रोजगारपीडितलाई क्षतिपूर्ति पाउन सकस

रोजगारपीडितलाई क्षतिपूर्ति पाउन सकस

काठमाडौं- मोरङ, उर्लाबारी–८ सुनझोडाका झमकबहादुर थापा अचेल बेचैन छन्। निड इम्प्लोइमेन्ट सर्भिस प्रालिले मलेसियाको सेङ इप फर्निचर उद्योगका लागि पठाएका थापा साढे एक महिनामै घर फर्र्किएपछि निराश हुन पुगेका हुन्।

सेयर परिसूचक उक्लेको उक्ल्यै

सेयर परिसूचक उक्लेको उक्ल्यै

काठमाडौं–सेयर बजारको तथ्यांकीय मापक नेप्सेले लगातार तेस्रो दिन नयाँ कीर्तिमान बनाएको छ । मंगलबार परिसूचक र कारोबार रकम दुवैमा कीर्तिमान बनेको हो । एक साता अघिदेखि लगातार दोहोरो अंकले बढ्दै...

चन्द्रागिरिमा केबलकार सरर‍‍‍‍‍...(भिडियो)

चन्द्रागिरिमा केबलकार सरर‍‍‍‍‍...(भिडियो)

काठमाडौं– धुलोको साम्राज्यमा पसेजस्तो लाग्ने कुइरीमण्डल सडक। एकसाथ गुड्छन्– लरी, ट्रिपर, बस, मोटरसाइकल र कारहरु। त्रिपुरेश्वरदेखि थानकोटसम्म पुग्दा लाग्छ नेपालमा फोक्सो बिगार्ने धुँवा एवं हिलो, भत्किएका सडकबाहेक अरु केही छैन।

नयाँ गभर्नरको हस्ताक्षरित नोट आयो, दृष्टिविहीनले छामेर पत्ता लगाउन सक्ने

नयाँ गभर्नरको हस्ताक्षरित नोट आयो, दृष्टिविहीनले छामेर पत्ता लगाउन सक्ने

काठमाडौं- नेपाल राष्ट्र बैंकका नयाँ गभर्नर चिरञ्जीवी नेपालले हस्ताक्षर गरेको नोट पहिलोपटक बजारमा आएको छ। नयाँ गभर्नरको हस्ताक्षरसहित पहिलोपटक बजारमा आएको नोट सय दरको हो। उक्त नोटमा दुइटा गैंडाको चित्र...

अलैचीको अस्थीर मूल्यले किसान चिन्तित

अलैचीको अस्थीर मूल्यले किसान चिन्तित

पाँचथर-सिदिन–७ का एकुका टेकवहादुर केरुङले गत मंसिरमा अलैचीको मूल्य प्रतिमन (४० केजी) ९० हजार रुपैयाँ पुगेपनि थप बढ्ने आस गरे। अघिल्लो सिजनमा प्रतिमन एक लाख १६ हजार रुपैयाँसम्ममा बिक्रि भएको...

एकै दिन २ अर्बको सेयर किनबेच

एकै दिन २ अर्बको सेयर किनबेच

काठमाडौं- पछिल्लो समय क्रमशः बढ्दै आएको सेयर कारोबार आइतबार दुई अर्ब रुपैयाँ नजिक पुगेको छ। यस दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक अर्ब ९६ करोड ४७ लाख रुपैयाँको सेयर...