×

Warning

JLIB_APPLICATION_ERROR_COMPONENT_NOT_LOADING

JLIB_APPLICATION_ERROR_COMPONENT_NOT_LOADING

Error loading library: joomla, Library not found

Error loading library: joomla, Library not found

Error loading library: joomla, Library not found

JFile: :read: Unable to open file: /data/nagariknews/components/com_k2/js/k2.js?v2.7.0&sitepath=/

JFile: :read: Unable to open file: /data/nagariknews/plugins/content/jw_sigpro/jw_sigpro/includes/js/jquery_fancybox/fancybox/jquery.fancybox.pack.js?v=2.1.4

JFile: :read: Unable to open file: /data/nagariknews/plugins/content/jw_sigpro/jw_sigpro/includes/js/jquery_fancybox/fancybox/helpers/jquery.fancybox-buttons.js?v=2.1.4

JFile: :read: Unable to open file: /data/nagariknews/plugins/content/jw_sigpro/jw_sigpro/includes/js/jquery_fancybox/fancybox/helpers/jquery.fancybox-thumbs.js?v=2.1.4

Monday 16 Falgun, 2073 |
Menu

कला

republica-headerdiscount-subscribe1

istl

सलमानकी नयाँ प्रेमिका लुलिया! (तस्बिरहरुसहित)

(0 votes)
सलमानकी नयाँ प्रेमिका लुलिया! (तस्बिरहरुसहित)
मुम्बई– भारतीय सञ्चारमाध्यमहरुमा अचानक सलमान खानले बिहे गर्न लागेको समाचार फैलिएको छ। समाचार अनुसार अहिले आफ्नो होम प्रोडक्सनको फिल्म सुटिङका लागि गोवामा रहेका सलमान धेरैजसो समय प्रेमिका लुलिया भेन्टुरसँगै देखिने गर्छन्। लुलिया रोमानियाकी टिभी एंकर हुन्।


nepali-patro-june
गोवामा सलमान र लुलिया सँगै छन् र दुवै आफ्ना सम्बन्धबारे गम्भीर भएको स्रोतले दाबी गरेको छ। 'सलमान आफ्नो नयाँ प्रेमिकाबारे निकै सिरियस छन् र लुलिया सलमानको जीवनमा दुई वर्षदेखि निरन्तर छिन्, तर यो कुराको सुइँको कसैलाई पनि थिएन,' एक स्रोतले भने, 'हिजोआज भने आफ्नो नयाँ सम्बन्धका बारेमा सलमान अलि खुल्न थालेका छन् र उनी मौन रहे पनि लुलियासँगै उनको बिहे हुने सम्भावना बढेको छ।' एक विदेश भ्रमणमा जाँदा सलमान र लुलियाको चिनाजान भएको थियो।

मिडियामा छाएको यो समाचारलाई सलमानका बुबा सलिमले भने अस्वीकार गरेका छन्। सलमान अहिले नै बिहे गर्ने पक्षमा नरहेको सलिम प्रष्ट पार्छन्, 'खास केही होइन, त्यस्तो तयारी केही छैन, हल्लामात्रै हो।'

सलमान र लुलियाको सम्बन्धबारे सोधिएको प्रश्नमा सलिमले भने, 'काम र यात्राको सिलसिलामा सलमानको भेट हजारौं मान्छेसँग हुन्छ, जसको बारेमा चर्चा छ, ऊ सलमानको साथीमात्र हो, त्यस्तो गम्भीर कुरा केही होइन।'

सलिमले जे भने पनि सलमानलाई सहरभन्दा बाहिरका पाँचतारे होटलमा लुलियासँग धेरैपटक भेटिएको चर्चा छ। विगतमा संगीता बिजलानी, सोमी अलि, ऐश्वर्या राय र क्याट्रिना कैफसँग पिरती गाँसिसकेका सलमानले भर्खरै आफ्ना विगतका सम्बन्धहरु टुट्नुमा आफ्नै कारण रहेको स्विकारेका थिए।

प्रतिक्रिया

धुर्मुस–सुन्तलीको नयाँ रुप, पञ्चरत्ने र पार्वती (फाेटाे)

धुर्मुस–सुन्तलीको नयाँ रुप, पञ्चरत्ने र पार्वती (फाेटाे)

काठमाडौं– हास्यकलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)को नयाँ रुप सार्वजनिक भएको छ। सर्ट मुभी 'ज्योति'(द पावर अफ लाइट)मा पञ्चरत्ने र पार्वतीको भूमिकामा उनीहरुको नयाँ रुप देखिएको हो।  

पचास वर्ष धकेलिए नारायण!

पचास वर्ष धकेलिए नारायण!

काठमाडौं– भूकम्पका कारण लेखक नारायण ढकालको नयाँ उपन्यास ‘वृषभ वध' विमोचन नगरीकनै बजारमा आएको छ। प्रकाशक फाइन प्रिन्टले विमोचनको तयारी गर्दै गर्दा भूकम्प आएको थियो। पाठकको मागका कारण पुस्तकलाई ढिलो...

सिनेमा हलमा दर्शक फर्कंदै

सिनेमा हलमा दर्शक फर्कंदै

काठमाडौं-महाभूकम्पको पराकम्पनले तर्साइरहे पनि सामान्य मर्मतसम्भारपछि केही सिनेमा हलहरु सुचारु हुन थालेका छन्। राजधानीका विश्वज्योति, गोपीकृष्ण मुभिज, पुष्पाञ्जली, क्युएफएक्स अन्तर्गतका जयनेपाल र कुमारी, बिग सिनेमा, राइजिङ मलस्थित क्युज सिनेमाज् लगायत...

परदेशिनेहरुका ‘जिम्दा सपना’

परदेशिनेहरुका ‘जिम्दा सपना’

काठमाडौं– राजधानीको कालिकास्थानस्थित सर्वनाम रंगमञ्चमा राज शाह लिखित–निर्देशित ‘जिम्दा सपना’ मञ्चन भइरहेको छ। नाटकले बोकेको कथाका कारण दर्शकहरुले यसलाई रुचाइरहेको निर्देशक राजले बताएका छन्। ‘हामीले भारी–भरकम कुनै विषय उठाएका छैनौँ,’...

‘अझै पनि' र ईशाको जम्काभेट

‘अझै पनि' र ईशाको जम्काभेट

काठमाडौं– नेपाली फिल्म ‘अझै पनि' युनिटले बलिउड अभिनेत्री ईशा देवललाई भेटेको छ। प्रचारप्रसारका लागि भ्रमणमा रहेको फिल्म टोलीले पोखराबाट फर्कने क्रममा कुरिनटारमा रहेकी ईशालाई सोमबार भेटेको हो। भेटमा ईशाले नेपाली...

मलिना बन्ने भो ‘झम्की'

मलिना बन्ने भो ‘झम्की'

काठमाडौं– पूर्व मिस नेपाल मलिना जोशी ‘ऋतु'पछि फेरि अर्को फिल्म ‘झुम्की'मा नायिका बन्ने भएकी छन्। सोमबार काठमाडौंको मण्डला थियटरमा निर्माण घोषणा भएको ‘झुम्की'बाट ‘ऋतु' फिल्मका एक निर्माता अपिल विष्ट निर्देशनमा...

सिम्पल र स्वीट 'जेरी'

सिम्पल र स्वीट 'जेरी'

यात्राले मान्छेलाई धेरै थोक सिकाउँछ। जेरीले पनि सिक्छ। मुस्ताङसम्म तन्किएको घुमफिरमा उसले थुप्रै हन्डर खान्छ र आफूलाई चिन्ने अवसर पाउँछ।मुस्ताङलाई फन्को लगाउने क्रममा जेरी (अनमोल केसी) र काठमाडौंकी किशोरी आकांक्षा...

रत्‍नजीत र सरादेवी च्याम्पियन

काठमाडौं- साविक विजेता रत्‍नजीत तामाङले चौथो पुष्पलाल स्मृति राष्ट्रिय र्याशङकिङ ब्याडमिन्टन प्रतियोगितामा उपाधि रक्षा गरेका छन्। आर्मीका रत्नजीतले आइतबारको फाइनलमा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा आफ्नै क्लबका विकास श्रेष्ठलाई...