×

Warning

JLIB_APPLICATION_ERROR_COMPONENT_NOT_LOADING

Error loading library: joomla, Library not found

Error loading library: joomla, Library not found

Error loading library: joomla, Library not found

Error loading component: com_content, Component not found

Error loading component: com_content, Component not found

JFile: :read: Unable to open file: /data/nagariknews/components/com_k2/js/k2.js?v2.7.0&sitepath=/

Sunday 15 Falgun, 2073 |
Menu

कला

republica-headerdiscount-subscribe1

istl

धोकेबाजका नाउँमा अन्तिम हरफहरू

  • शुक्रबार ३१ जेष्ठ, २०७०
  • एजेन्सी
  • Be the first to comment!
(1 Vote)
धोकेबाजका नाउँमा अन्तिम हरफहरू
काठमाडौं - यो कुरा तिमीलाई कसरी भनूँ? अन्योलमा छु। तर, अब म यो कुरा तिमीलाई भन्न सक्छु किनभने गुमाउनका लागि मसँग अब केही पनि बाँकी छैन। मैले सर्वस्व गुमाइसकेँ। तिमीले यो चिठी पढ्दा मैले संसार छोडिसकेकी हुनेछु, अथवा छोड्ने क्रममा हुनेछु।
nepali-patro-june
तिम्रो जिन्दगी भन्नु नै पार्टी र केटीहरू थिए। मेरो जिन्दगी चाहिँ तिमी र काम थिए। यस दुनियाँमा रहेँ भने म तिमीप्रति आशक्त हुनेछु र तिम्रो यादले सताइनेछु। त्यसैले म आफ्नो १० वर्षको करिअर र सपनाहरूबाट बिदा लिँदै छु।

भित्र–भित्र भत्किसकेकी छु म। तिमीलाई थाहा नहुन सक्छ तर तिमीले मलाई त्यो तहसम्म प्रभावित गर्यौ् कि मैले आफूलाई बिर्सेर तिमीलाई माया गरेँ। त्यसको बदला हरेक दिन तिमीले मलाई यातना दियौ। अचेल म कतै उज्यालो देख्दिनँ। हरेक बिहान ब्युँझन नचाहेर ब्युँझन्छु म।

कुनै बेला मैले तिमीसँग आफ्नो जिन्दगी देखेकी थिएँ, भविष्य देखेकी थिएँ। तर, तिमीले मेरा सपना चकनाचूर पारिदियौ। म भित्र–भित्र मरिसकेकी छु। मैले कसैलाई यति धेरै माया गरेकी थिइनँ। यति धेरै कसैको पर्वाह गरेकी थिइनँ। तिमीले मेरो प्रेमको जबाफ धोका र झुटले दियौ। मैले जति उपहार दिए पनि, तिम्रै खातिर जति सुन्दर देखिए पनि, त्यसले तिम्रा लागि कुनै अर्थ राख्दैनथ्यो। गर्भवती हुन्छु कि भनेर अत्तालिएकी थिएँ म, तर तिमीप्रति पूर्णतः समर्पित भएँ। हरेक दिन तिमीले दिने पीडाले मेरा एक–एक अंशलाई तहसनहस पार्योते, मेरो आत्मा नै ध्वस्त गरिदियो। म खान सक्दिनँ, निदाउन सक्दिनँ, सोच्न सक्दिनँ, काम गर्न सक्दिनँ। म हरेक चिजबाट भागिरहेकी छु। करिअरले पनि अब मेरा लागि कुनै महŒव राख्दैन।

तिमीलाई पहिलोचोटि भेट्दा म उत्प्रेरित थिएँ, महŒवाकांक्षी थिएँ र थिएँ अनुशासित। त्यसपछि तिमीलाई माया गर्न थालेँ। म ठान्थेँ– प्रेमले मभित्रको उत्कृष्टतालाई बाहिर ल्याउनेछ। मलाई थाहा छैन, भाग्यले किन हाम्रो मिलन गरायो? मैले व्यहोरेका पीडा, बलात्कार, दुर्व्यवहार, यातना– म तिनका हकदार थिइनँ। तिमीमा मैले न प्रेम देखेँ, न कुनै प्रतिबद्धता। तिमीले मलाई मानसिक र शारीरिक हानि पुर्या उँछौ कि भनेर म सधैँ त्रस्त रहन्थेँ।

तिम्रो जिन्दगी भन्नु नै पार्टी र केटीहरू थिए। मेरो जिन्दगी चाहिँ तिमी र काम थिए। यस दुनियाँमा रहेँ भने म तिमीप्रति आशक्त हुनेछु र तिम्रो यादले सताइनेछु। त्यसैले म आफ्नो १० वर्षको करिअर र सपनाहरूबाट बिदा लिँदै छु। तिमीले मलाई धोका दिएको सन्देश कतैबाट पाए पनि मैले तिमीलाई कहिल्यै भनिनँ। मैले यसलाई बेवास्ता गर्ने र तिमीलाई विश्वास गर्ने निर्णय गरेँ। तिमीले मलाई लज्जित तुल्यायौ। म कहिल्यै अर्को पुरुषसँग बाहिर गइनँ। म बफादार प्रेमिका हुँ। मैले तिमीलाई जति दिएँ, कुनै महिलाले तिमीलाई त्यति दिनेछैनन्। मैलेजति माया तिमीलाई कसैले गर्नेछैन। यो कुरा म आफ्नो रगतले लेख्न सक्छु।

मेरो करिअर राम्रो हुँदै गएको थियो। तर, त्यसले के अर्थ राख्छ? जब तिमी जहिले पनि दिल टुटेको पीडाले रन्थनिन्छौ, जब माया गरेको मान्छेले तिमीलाई दुर्व्यवहार गर्न र कुटपिट गर्न चाहन्छ, वा धोका दिन्छ, वा घरबाट निकालिदिन्छ वा तिम्रो परिवारको अपमान गर्छ। तिमीले मेरो बहिनीलाई कहिल्यै भेटेनौ। म भने तिम्रो बहिनीलाई उपहार किनिदिन्थेँ। तिमीले मेरो आत्मालाई नै च्यातिदियौ। मैले सास फेर्नुको कुनै औचित्य छैन। म तिमीबाट केबल माया चाहन्थेँ। मैले तिम्रा लागि सबथोक गरेँ। हाम्रा लागि काम गरिरहेकी थिएँ म। तर, तिमी कहिल्यै मेरो साथी भएनौ, हिस्सेदार भएनौ।

मेरो भविष्य बर्बाद भयो। मबाट मेरा खुसीहरू खोसिए। मैले सदा तिम्रो भलो चाहेँ। तिम्रो उन्नतिका लागि आफूसँग भएको थोरै रकम लगानी गर्न तयार थिएँ म। तिमीले कहिल्यै मेरो प्रेमको कदर गरेनौ। मेरो मुखैमा लात्ती हान्यौ तिमीले। अब मसँग न आत्मविश्वास बाँकी छ, न आत्मसम्मान। मसँग जेजति प्रतिभा दियो, जेजति महŒवाकांक्षा थियो, सबै तिमीले लुट्यौ। तिमीले मेरो जिन्दगी ध्वस्त गरिदियौ। गहिरो चोट सहेर मैले गर्भपात गराएँ।

तिमीले मेरो क्रिसमस र जन्मदिवसको डिनर खल्लो तुल्याइदियौ। तर, तिम्रो जन्मदिवसलाई विशेष बनाउन मैले यथाशक्य प्रयत्न गरेँ। भ्यालेन्टाइन्स डेको दिन तिमी मबाट टाढा रह्यौ। एक वर्षपछि हाम्रो बिहेको कुरा छिन्ने प्रतिज्ञा गरेका थियौ तिमीले। तर, पार्टी, केटीहरू र स्वार्थबाहेक तिम्रा केही चाहना थिएनन्। तिमी र मेरो खुसी, बस् यति थिए मेरा चाहना। यी दुवैलाई तिमीले खोस्यौ।

यो संसारमा बाँच्नका लागि अब मसँग केही पनि छैन। मैले जसरी तिमीले पनि माया गरिदिएको भए...। मैले हाम्रो भविष्यको सपना देखेको थिएँ। हाम्रो सफलताको सपना देखेेको थिएँ। टुटेका सपना र खोक्रा प्रतिज्ञाका साथ म यो संसार छोड्दै छु। बस्, अब कहिल्यै नब्युँझनेगरी निदाउन चाहन्छु म। तिमीसँग हुँदा पनि म आफूलाई नितान्त एक्लो ठान्थेँ। तिमीले मलाई एक्लो र कमजोर बनाइदियौ। म योभन्दा धेरै थोक हुँ।

प्रतिक्रिया

धुर्मुस–सुन्तलीको नयाँ रुप, पञ्चरत्ने र पार्वती (फाेटाे)

धुर्मुस–सुन्तलीको नयाँ रुप, पञ्चरत्ने र पार्वती (फाेटाे)

काठमाडौं– हास्यकलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)को नयाँ रुप सार्वजनिक भएको छ। सर्ट मुभी 'ज्योति'(द पावर अफ लाइट)मा पञ्चरत्ने र पार्वतीको भूमिकामा उनीहरुको नयाँ रुप देखिएको हो।  

पचास वर्ष धकेलिए नारायण!

पचास वर्ष धकेलिए नारायण!

काठमाडौं– भूकम्पका कारण लेखक नारायण ढकालको नयाँ उपन्यास ‘वृषभ वध' विमोचन नगरीकनै बजारमा आएको छ। प्रकाशक फाइन प्रिन्टले विमोचनको तयारी गर्दै गर्दा भूकम्प आएको थियो। पाठकको मागका कारण पुस्तकलाई ढिलो...

सिनेमा हलमा दर्शक फर्कंदै

सिनेमा हलमा दर्शक फर्कंदै

काठमाडौं-महाभूकम्पको पराकम्पनले तर्साइरहे पनि सामान्य मर्मतसम्भारपछि केही सिनेमा हलहरु सुचारु हुन थालेका छन्। राजधानीका विश्वज्योति, गोपीकृष्ण मुभिज, पुष्पाञ्जली, क्युएफएक्स अन्तर्गतका जयनेपाल र कुमारी, बिग सिनेमा, राइजिङ मलस्थित क्युज सिनेमाज् लगायत...

परदेशिनेहरुका ‘जिम्दा सपना’

परदेशिनेहरुका ‘जिम्दा सपना’

काठमाडौं– राजधानीको कालिकास्थानस्थित सर्वनाम रंगमञ्चमा राज शाह लिखित–निर्देशित ‘जिम्दा सपना’ मञ्चन भइरहेको छ। नाटकले बोकेको कथाका कारण दर्शकहरुले यसलाई रुचाइरहेको निर्देशक राजले बताएका छन्। ‘हामीले भारी–भरकम कुनै विषय उठाएका छैनौँ,’...

‘अझै पनि' र ईशाको जम्काभेट

‘अझै पनि' र ईशाको जम्काभेट

काठमाडौं– नेपाली फिल्म ‘अझै पनि' युनिटले बलिउड अभिनेत्री ईशा देवललाई भेटेको छ। प्रचारप्रसारका लागि भ्रमणमा रहेको फिल्म टोलीले पोखराबाट फर्कने क्रममा कुरिनटारमा रहेकी ईशालाई सोमबार भेटेको हो। भेटमा ईशाले नेपाली...

मलिना बन्ने भो ‘झम्की'

मलिना बन्ने भो ‘झम्की'

काठमाडौं– पूर्व मिस नेपाल मलिना जोशी ‘ऋतु'पछि फेरि अर्को फिल्म ‘झुम्की'मा नायिका बन्ने भएकी छन्। सोमबार काठमाडौंको मण्डला थियटरमा निर्माण घोषणा भएको ‘झुम्की'बाट ‘ऋतु' फिल्मका एक निर्माता अपिल विष्ट निर्देशनमा...

सिम्पल र स्वीट 'जेरी'

सिम्पल र स्वीट 'जेरी'

यात्राले मान्छेलाई धेरै थोक सिकाउँछ। जेरीले पनि सिक्छ। मुस्ताङसम्म तन्किएको घुमफिरमा उसले थुप्रै हन्डर खान्छ र आफूलाई चिन्ने अवसर पाउँछ।मुस्ताङलाई फन्को लगाउने क्रममा जेरी (अनमोल केसी) र काठमाडौंकी किशोरी आकांक्षा...

रत्‍नजीत र सरादेवी च्याम्पियन

काठमाडौं- साविक विजेता रत्‍नजीत तामाङले चौथो पुष्पलाल स्मृति राष्ट्रिय र्याशङकिङ ब्याडमिन्टन प्रतियोगितामा उपाधि रक्षा गरेका छन्। आर्मीका रत्नजीतले आइतबारको फाइनलमा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा आफ्नै क्लबका विकास श्रेष्ठलाई...