Sunday 2 Mangshir, 2075 |
Menu

कला

istl

द्वन्द्वले दिएको घाउ 'तान्द्रो'

(0 votes)
द्वन्द्वले दिएको घाउ 'तान्द्रो'
काठमाडौं– माओवादी छापामार गंगाबहादुर लामा 'कोशिस'ले लेखेको पुस्तक 'स्मृतिका डोबहरु'माथि फिल्म निर्माण हुने भएको छ। 'तान्द्रो' नाम दिइएको उक्त फिल्मबारे बुधबार मण्डला थिएटरमा जानकारी गराइयो। यसअघि फिल्म 'लेटर' निर्देशन गरेका साम्देन भुटियाले 'तान्द्रो' निर्देशन गर्नेछन्। उनले कथाको पृष्ठभूमि सशस्त्र द्वन्द्व भए पनि फिल्ममा कुनै राजनीतिक पूर्वाग्रह नहुने प्रष्ट पारे।
'तान्द्रो समयको कथा होइन, समयको चेपुवामा परेका चरित्रहरुको कथा हो। यसबाट हामी राजनीतिक उत्तेजना भन्दा पनि मानवीय संवेदना र आकांक्षाको सम्बन्ध केलाउने प्रयास गर्छौं,' भुटियाले भने। 
उनले 'स्मृतिका डोबहरु' पुस्तकका तीन पृष्ठलाई आधार मानेर पटकथा तयार गरिएको जानकारी गराए। पुस्तकमा उल्लेख गरिएका विभिन्न चरित्र छनोटपछि अभिनय कार्यशाला सिध्याएर आगामी चैत १ देखि सुटिङ थाल्ने उनको योजना छ। 
वास्तविक घटनामा आधारित 'तान्द्रो'को पटकथा भुटिया र कवि उपेन्द्र सुब्बा मिलेर लेखेका हुन्। फिल्म लेखकका रुपमा कवि सुब्बाको यो तेस्रो फिल्म हो। सुब्बाले यसअघि 'लाटो पहाड' र 'देश खोज्दै जाँदा' लेखेका थिए। 
'देश खोज्दै जाँदा'मा काम गरिरहँदा 'तान्द्रो'को योजना बनेको सुब्बाले बताए। 'भेटघाटको क्रमले निरन्तरता पाएपछि यो फिल्मको स्त्रि्कप्ट बनाउने कुरा भएको हो। सात दिनको कथालाई फिल्ममा तयार गरेका छौंं,' सुब्बाले भने। 
'स्मृतिका डोबहरु'माथि फिल्म बन्ने भएपछि लेखक कोशिस जोशिएका छन्। 'मेरो स्मृतिलाई ताजा गर्ने काम फिल्म युनिटले गरेको छ। २२ जना सदस्यको सांस्कृतिक टोलीको नेतृत्व गर्दै हिँडेको मेरो इतिहासमा अभिनेता दयाहाङले अभिनय गर्ने कुराले हर्षित बनाएको छ,' उनले भने। 
लम्जुङमा सेनाको गोली लागेर कोशिसले घाइते अवस्थामा ५६ घन्टा पानीसमेत नपिएर आफूलाई बचाएका थिए। कोशिस घाइते भएको लम्जुङमा फिल्मको २५ दिन सुटिङ हुनेछ। 
फिल्ममा रामबाबु गुरुङ, सरस्वती चौधरी, राजन खतिवडा, बुद्धि तामाङ, अरुणा कार्की, कमलमणि नेपाल, मणिराम पोखरेल, सृजना अधिकारी, जुनु विष्ट, शारदा अधिकारी, आर्जेश रेग्मी, शान्ति लामा, सुरज यादव, सपना खत्री, सुदाम सिके, सम्रान्त थापा, सुरेश कार्की र प्रनिशा खड्का लगायतले पनि अभिनय गर्दैछन्। 
'अपजसे भूमिकामा काम गर्दा चुनौती धेरै छन्। यस्ता फिल्महरुले अभिनयको मूल्यांकनका लागि कसीको काम गर्छन्। व्यस्तताले गर्दा कार्यशालामा बस्न पाइनँ तर सुटिङमा सक्ने गर्नेछु,' अभिनेता दयाहाङ राईले भने। फिल्ममा आधा सुरले संगीत दिँदैछ। 
निश्चल बस्नेतको ब्ल्याक हर्स पिक्चर्सको ब्यानरमा बन्ने फिल्मलाई सतिश गौतमले निर्माण गर्न लागेका हुन्। अशोक गौतम, निर्मल केसी र मिडिया पोर्टले गौतमलाई निर्माणमा सघाउनेछन्।

प्रतिक्रिया

धुर्मुस–सुन्तलीको नयाँ रुप, पञ्चरत्ने र पार्वती (फाेटाे)

धुर्मुस–सुन्तलीको नयाँ रुप, पञ्चरत्ने र पार्वती (फाेटाे)

काठमाडौं– हास्यकलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)को नयाँ रुप सार्वजनिक भएको छ। सर्ट मुभी 'ज्योति'(द पावर अफ लाइट)मा पञ्चरत्ने र पार्वतीको भूमिकामा उनीहरुको नयाँ रुप देखिएको हो।  

पचास वर्ष धकेलिए नारायण!

पचास वर्ष धकेलिए नारायण!

काठमाडौं– भूकम्पका कारण लेखक नारायण ढकालको नयाँ उपन्यास ‘वृषभ वध' विमोचन नगरीकनै बजारमा आएको छ। प्रकाशक फाइन प्रिन्टले विमोचनको तयारी गर्दै गर्दा भूकम्प आएको थियो। पाठकको मागका कारण पुस्तकलाई ढिलो...

सिनेमा हलमा दर्शक फर्कंदै

सिनेमा हलमा दर्शक फर्कंदै

काठमाडौं-महाभूकम्पको पराकम्पनले तर्साइरहे पनि सामान्य मर्मतसम्भारपछि केही सिनेमा हलहरु सुचारु हुन थालेका छन्। राजधानीका विश्वज्योति, गोपीकृष्ण मुभिज, पुष्पाञ्जली, क्युएफएक्स अन्तर्गतका जयनेपाल र कुमारी, बिग सिनेमा, राइजिङ मलस्थित क्युज सिनेमाज् लगायत...

परदेशिनेहरुका ‘जिम्दा सपना’

परदेशिनेहरुका ‘जिम्दा सपना’

काठमाडौं– राजधानीको कालिकास्थानस्थित सर्वनाम रंगमञ्चमा राज शाह लिखित–निर्देशित ‘जिम्दा सपना’ मञ्चन भइरहेको छ। नाटकले बोकेको कथाका कारण दर्शकहरुले यसलाई रुचाइरहेको निर्देशक राजले बताएका छन्। ‘हामीले भारी–भरकम कुनै विषय उठाएका छैनौँ,’...

‘अझै पनि' र ईशाको जम्काभेट

‘अझै पनि' र ईशाको जम्काभेट

काठमाडौं– नेपाली फिल्म ‘अझै पनि' युनिटले बलिउड अभिनेत्री ईशा देवललाई भेटेको छ। प्रचारप्रसारका लागि भ्रमणमा रहेको फिल्म टोलीले पोखराबाट फर्कने क्रममा कुरिनटारमा रहेकी ईशालाई सोमबार भेटेको हो। भेटमा ईशाले नेपाली...

मलिना बन्ने भो ‘झम्की'

मलिना बन्ने भो ‘झम्की'

काठमाडौं– पूर्व मिस नेपाल मलिना जोशी ‘ऋतु'पछि फेरि अर्को फिल्म ‘झुम्की'मा नायिका बन्ने भएकी छन्। सोमबार काठमाडौंको मण्डला थियटरमा निर्माण घोषणा भएको ‘झुम्की'बाट ‘ऋतु' फिल्मका एक निर्माता अपिल विष्ट निर्देशनमा...

सिम्पल र स्वीट 'जेरी'

सिम्पल र स्वीट 'जेरी'

यात्राले मान्छेलाई धेरै थोक सिकाउँछ। जेरीले पनि सिक्छ। मुस्ताङसम्म तन्किएको घुमफिरमा उसले थुप्रै हन्डर खान्छ र आफूलाई चिन्ने अवसर पाउँछ।मुस्ताङलाई फन्को लगाउने क्रममा जेरी (अनमोल केसी) र काठमाडौंकी किशोरी आकांक्षा...

रत्‍नजीत र सरादेवी च्याम्पियन

काठमाडौं- साविक विजेता रत्‍नजीत तामाङले चौथो पुष्पलाल स्मृति राष्ट्रिय र्याशङकिङ ब्याडमिन्टन प्रतियोगितामा उपाधि रक्षा गरेका छन्। आर्मीका रत्नजीतले आइतबारको फाइनलमा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा आफ्नै क्लबका विकास श्रेष्ठलाई...