9 Mangshir, 2074 |
Menu

कला

republica-headerdiscount-subscribe1

istl

परदेशिनेहरुका ‘जिम्दा सपना’

(1 Vote)
‘जिम्दा सपना’मा शिशिर सिवाकोटी र सुप्रिया रानामगर। तस्बिर सौजन्यः सर्वनाम ‘जिम्दा सपना’मा शिशिर सिवाकोटी र सुप्रिया रानामगर। तस्बिर सौजन्यः सर्वनाम
काठमाडौं– राजधानीको कालिकास्थानस्थित सर्वनाम रंगमञ्चमा राज शाह लिखित–निर्देशित ‘जिम्दा सपना’ मञ्चन भइरहेको छ। नाटकले बोकेको कथाका कारण दर्शकहरुले यसलाई रुचाइरहेको निर्देशक राजले बताएका छन्। ‘हामीले भारी–भरकम कुनै विषय उठाएका छैनौँ,’ राजले भने, ‘यो त हाम्रो गाउँघरमा दिनदिनै घटिरहेका घटनाहरुलाई रोचक तरिकाले प्रस्तुत गर्ने प्रयास गरेका हौँ।’
nepali-patro-june
बुवालाई गतिलो कमिज–सुरुवाल किनिदिने, आमालाई राम्रो फरिया–चोली हालिदिने, श्रीमतीलाई पनि अरु जोइपोइका अघिल्तिर कम नपार्ने सोचका कारण खाडी मुलुक छिरेको एउटा युवा र त्यो युवाले देशभरिबाट थुप्रिएका अन्य युवासँग बिताइरहेको दयनीय अवस्थाका बारेमा नाटक छ। ‘गाउँका अधिकांश युवाहरु रित्तिँदै विदेशी भूमिमा व्यस्त हुन थालेपछि कसैका बुहारी पोइल गएका छन्, गाउँकै युवाहरु अल्छे भएका छन् वा आफू पनि विदेशिने तर्खरमा छन्,’ आफूले गाउँमा देखेका वास्तविक घटनाहरु नै नाटकमा समेटेको बताउँदै राज भन्छन्, ‘यी सबै घटनाहरु सामान्य जस्तै भइसकेका छन्, जुन डरलाग्दो रोग हो। देशको असमान्य अवस्थालाई सामान्य मान्नु भनेको देशले सम्वेदना गुमाइसकेको अवस्था हो।’
त्यसो त निर्देशक राजले यस्ता कथा पत्रपत्रिकामा कैयाँै पटक नपढेका होइनन्। पशुपतिनाथमा हरेक साँझ आरती हेर्न दिनहुँ जाँदा दुई वर्षअघि विदेशबाट ल्याइएको लाश, त्यस लाशमाथि बाउआमा र आफन्तको शोक देखेर आफैँ भक्कानिएका राज एक सातासम्म भावशून्य भइरहे। ‘त्यो बेलादेखि म अहिलेसम्म पशुपति गएको छैन,’ घटनाको गहनता र त्यसले पारेको प्रभावबारे खुल्दै राजले भने, ‘यो सम्वेदनालाई मञ्चमा उतार्नुपर्छ भन्ने लागेर नै लेख्न बसेँ।’
राजले यो नाटक लेखेका मात्र छैनन्, निर्देशन र अभिनय समेत गरेका छन्। ‘बडो गाह्रो हुँदोरहेछ,’ उनले छोटो उत्तर दिँदै भने, ‘तर सबै कलाकारहरु चारैतिर व्यस्त भएकाले आफैँले खेल्नु पर्योह।’
कहिल्यै खाडी नगएको व्यक्तिले त्यहाँको दुःख उतार्न केही साथीहरुसँग फेसबुक र स्काइपमार्फत् कुराकानी गरेपछि नाटकले पूर्ण आकार लिएको उनले बताए। ‘नेपाली युवाको दुःख त काठमाडौंमा पासपोर्ट लिन लाइनमा बस्दादेखि हुने रहेछ,’ उनले अनुसन्धानको क्रममा भोगेको अनुभव सुनाए।
गुल्मी जिल्लामा जन्मिएका राजले नाटकमा गण्डक क्षेत्रको भाषा प्रयोग गरेका छन्, जुन सुन्दा मिठासपूर्ण त छँदैछ, ठ्याक्कै सुगम हुँदै गरेको दुर्गम गाउँतिरै पुगेको भान पनि दिलाउँछ।
नाटकमा मुख्य पात्र माइला बा (राज शाह), माइली आमा (सविना गोपाली), जेठा बा (एमरल्ड विश्वदीप), जेठी आमा (सीता रानामगर), छोरा (शिशिर सिवाकोटी), बुहारी (सुप्रिया रानामगर) सँगै अर्जुन न्यौपाने, दिपेश पौडेल, आदित्य शर्मा, डिकेश महर्जन, विकास लम्साल, प्रणव चौधरी, अर्पण बस्नेत र वसन्त पोखरेलले पनि अभिनय गरेका छन्।
मल्टिमिडियाको प्रयोग र सामान्य कलासज्जाले पनि नाटकलाई प्रभावपूर्ण बनाएको छ। नाटक आउँदो चैत १४ सम्म मञ्चन हुने सर्वनामले जनाएको छ।

प्रतिक्रिया

धुर्मुस–सुन्तलीको नयाँ रुप, पञ्चरत्ने र पार्वती (फाेटाे)

धुर्मुस–सुन्तलीको नयाँ रुप, पञ्चरत्ने र पार्वती (फाेटाे)

काठमाडौं– हास्यकलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)को नयाँ रुप सार्वजनिक भएको छ। सर्ट मुभी 'ज्योति'(द पावर अफ लाइट)मा पञ्चरत्ने र पार्वतीको भूमिकामा उनीहरुको नयाँ रुप देखिएको हो।  

पचास वर्ष धकेलिए नारायण!

पचास वर्ष धकेलिए नारायण!

काठमाडौं– भूकम्पका कारण लेखक नारायण ढकालको नयाँ उपन्यास ‘वृषभ वध' विमोचन नगरीकनै बजारमा आएको छ। प्रकाशक फाइन प्रिन्टले विमोचनको तयारी गर्दै गर्दा भूकम्प आएको थियो। पाठकको मागका कारण पुस्तकलाई ढिलो...

सिनेमा हलमा दर्शक फर्कंदै

सिनेमा हलमा दर्शक फर्कंदै

काठमाडौं-महाभूकम्पको पराकम्पनले तर्साइरहे पनि सामान्य मर्मतसम्भारपछि केही सिनेमा हलहरु सुचारु हुन थालेका छन्। राजधानीका विश्वज्योति, गोपीकृष्ण मुभिज, पुष्पाञ्जली, क्युएफएक्स अन्तर्गतका जयनेपाल र कुमारी, बिग सिनेमा, राइजिङ मलस्थित क्युज सिनेमाज् लगायत...

परदेशिनेहरुका ‘जिम्दा सपना’

परदेशिनेहरुका ‘जिम्दा सपना’

काठमाडौं– राजधानीको कालिकास्थानस्थित सर्वनाम रंगमञ्चमा राज शाह लिखित–निर्देशित ‘जिम्दा सपना’ मञ्चन भइरहेको छ। नाटकले बोकेको कथाका कारण दर्शकहरुले यसलाई रुचाइरहेको निर्देशक राजले बताएका छन्। ‘हामीले भारी–भरकम कुनै विषय उठाएका छैनौँ,’...

‘अझै पनि' र ईशाको जम्काभेट

‘अझै पनि' र ईशाको जम्काभेट

काठमाडौं– नेपाली फिल्म ‘अझै पनि' युनिटले बलिउड अभिनेत्री ईशा देवललाई भेटेको छ। प्रचारप्रसारका लागि भ्रमणमा रहेको फिल्म टोलीले पोखराबाट फर्कने क्रममा कुरिनटारमा रहेकी ईशालाई सोमबार भेटेको हो। भेटमा ईशाले नेपाली...

मलिना बन्ने भो ‘झम्की'

मलिना बन्ने भो ‘झम्की'

काठमाडौं– पूर्व मिस नेपाल मलिना जोशी ‘ऋतु'पछि फेरि अर्को फिल्म ‘झुम्की'मा नायिका बन्ने भएकी छन्। सोमबार काठमाडौंको मण्डला थियटरमा निर्माण घोषणा भएको ‘झुम्की'बाट ‘ऋतु' फिल्मका एक निर्माता अपिल विष्ट निर्देशनमा...

सिम्पल र स्वीट 'जेरी'

सिम्पल र स्वीट 'जेरी'

यात्राले मान्छेलाई धेरै थोक सिकाउँछ। जेरीले पनि सिक्छ। मुस्ताङसम्म तन्किएको घुमफिरमा उसले थुप्रै हन्डर खान्छ र आफूलाई चिन्ने अवसर पाउँछ।मुस्ताङलाई फन्को लगाउने क्रममा जेरी (अनमोल केसी) र काठमाडौंकी किशोरी आकांक्षा...

रत्‍नजीत र सरादेवी च्याम्पियन

काठमाडौं- साविक विजेता रत्‍नजीत तामाङले चौथो पुष्पलाल स्मृति राष्ट्रिय र्याशङकिङ ब्याडमिन्टन प्रतियोगितामा उपाधि रक्षा गरेका छन्। आर्मीका रत्नजीतले आइतबारको फाइनलमा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा आफ्नै क्लबका विकास श्रेष्ठलाई...