×

Warning

JLIB_APPLICATION_ERROR_COMPONENT_NOT_LOADING

JFile: :read: Unable to open file: /data/nagariknews/components/com_k2/js/k2.js?v2.7.0&sitepath=/

9 Mangshir, 2074 |
Menu

कला

republica-headerdiscount-subscribe1

istl

'उपाधि नै जितेजस्तो लाग्यो'

  • बुधबार २३ असोज, २०७०
  • स्मृति ढुंगाना
  • Be the first to comment!
(0 votes)
'उपाधि नै जितेजस्तो लाग्यो'
काठमाडौं - विगत १३ वर्षसम्म मिस वर्ल्डमा नेपाली युवतीहरुको उपलब्धि सहभागितामै सीमित थियो। तर २०१३ को मिस वर्ल्डमा टप १० भित्र परेर इशानी श्रेष्ठले सम्झनायोग्य उपलब्धि हासिल गर्नुका साथै भविष्यका लागि पनि ढोका खोलिदिएकी छिन्। मिस वर्ल्डको एक महिने सिजन सिध्याएर मंगलबार इन्डोनेसियाबाट काठमाडौं आएकी मिस नेपाल इशानीले सुनाएको अनुभवः
nepali-patro-june
मिस वर्ल्डसँग जोडिएको सम्झना कस्तो छ तपाईंको?
सानो छँदा मिस वर्ल्डमा सहभागिता जनाउन पुगेका मिस नेपालहरुको केही सेकेन्डको दृश्य हेर्न टिभीअगाडि घन्टौं प्रतिक्षा गर्थंे। 

तपाईले जुन उपलब्धि पाउनुभयो, अनुमान लगाउनुभएको थियो?
यसपटक प्रतियोगिताको अन्तिम चरणसम्म पुग्छु भन्ने सोचेकै थिइनँ। छिनछिनमा यति धेरै कुरा परिवर्तन भइरहेका थिए कि केही सोच्न समेत सकिनँ। सफलता पाउन मेहनत र आत्मविश्वास चाहिने रहेछ। 

एक महिना बस्दा न्यास्रो लागेन?
एक्लोपनको आभास भए पनि नेपालका बारेमा संसारलाई बताइरहेकी छु भन्ने कुराले बाँकी सारा कुरा बिर्साउँथ्यो। 

यसअघिका मिस नेपालहरुमा के कमी रहेछ भन्ने लाग्यो?
कमीकमजोरी होइन मिस वर्ल्डका लागि गर्नुपर्ने तयारी नपुगेर नतिजा राम्रो नआएको रहेछ। आत्मविश्वासका साथ प्रतिनिधित्व गर्न आर्थिक रुपमा सबल हुनुपर्ने रहेछ। 

तपाईंले मिस वर्ल्डमा जान कति तयारी गर्नुभएको थियो ?
झन्डै ६ महिना मेहनत गरेकी थिएँ। त्यो पनि बिहानदेखि बेलुकासम्म। 

'ब्युटी विथ पर्पोज'मा तपाईंले टाइटल जित्नुभयो। कसरी? 
यो विधालाई मिस वर्ल्डको मुटु मानिने रहेछ। त्यसका लागि नेपालको विकट जिल्ला जुम्लामा दुईदिने दन्त स्वास्थ्य शिविर सञ्चालन गरेँ। 'प्रोजेक्ट स्माइल' नामक शिविरमा दुई डाक्टरहरुले समेत साथ दिनु भएको थियो। यो टाइटलसँगै मैले १० हजार अमेरिकी डलर बराबरको पुरस्कार जितेँ। यसैले मलाई टप २० भित्र पुर्‍याएको हो। 

आगामी दिनमा नेपालीले मिस वर्ल्ड जित्ने हो भने कस्तो तयारी चाहिन्छ? 
पहिले त प्रतियोगी आफैंमा सक्षम हुनुपर्‍यो। त्यसपछि आयोजकले उपयुक्त वातावरण दिनुपर्‍यो। सक्षम युवती छान्ने र छानिएकालाई तयारी गर्ने वातावरण बनाउने हो भने नेपालले मिस वर्ल्ड जित्न सक्छ। 

टप १० भित्र पर्दा कस्तो महसुस भयो?
स्टेजमा टप २० को नाम घोषणा भइरहँदा मैले आफ्नो नाम सुनिनँ। पछि आयोजकले ब्याक स्टेजमै तिमी टप १० मा पुग्यौ भनेर जानकारी गरायो। म बाँकी नौ युवतीसँग स्टेजमा पुग्दा मिस वर्ल्ड नै जितेको महसुस भयो। 

'प्रोजेक्ट स्माइल'का लागि भविष्यका योजना के छन्?
'प्रोजेक्ट स्माइल'लाई दीर्घकालीन योजनाका रुपमा अघि लैजाने सोच छ। मिस वर्ल्डमा पाएको र विभिन्न ठाउँबाट संकलन हुने रकम प्रयोग गरेर प्रोजेक्टलाई निरन्तरता दिन्छु।

प्रतिक्रिया