Wednesday 28 Kartik, 2075 |
Menu

कला

republica-headerdiscount-subscribe1

istl

१९ वर्षमै फिल्म निर्देशक

(0 votes)
१९ वर्षमै फिल्म निर्देशक
काठमाडौं– जम्मा १९ वर्ष टेकेका उत्सव थपलियाले फिल्म निर्देशन गर्ने भएका छन्। मानविकी संकायमा प्लस टुको अध्ययन सकेका उत्सवले बिएफएफ अर्थात ‘बेस्ट फ्रेन्ड फरएभर' नामक फिल्म निर्देशन गर्ने भएका हुन्।
nepali-patro-june
राजधानीमा मंगलबार फिल्मको औपचारिक घोषणा गरिएको हो। ‘१९ वर्षेले के गर्छ? भन्नेलाई राम्रो फिल्म निर्देशन गरेर देखाउँछु,' निर्देशक थपलियाले भने, ‘उमेर कम होला तर मलाई आफूले गर्ने कामबारे राम्रो ज्ञान छ।' 
फिल्ममा लभ, रोमान्स र एक्सनका दृश्य भरपूर रहने उत्सवले बताए। फिल्ममा सम्पूर्ण कलाकार नयाँ छन्। उनले आफ्नो सोच सुहाउँदा कलाकार लिएको बताए। 
‘अवसर दिउँ भनेर नयाँलाई लिएको हुँ। मेरो दोस्रो फिल्ममा चाहिँ स्थापित कलाकार राख्ने सोच छ,' उत्सवले भने। 
उत्सवले यसअघि युनिसेफका लागि लघु फिल्म ‘कथा' निर्देशन गरेका थिए। 
लोचन आचार्यले फिल्मको पटकथा लेखेका हुन् जो, उत्सवकै उमेर समूहका हुन्। उनले पनि ‘जुत्ता' नामक लघु फिल्मको निर्देशकीय पाटोमा सघाएका थिए। 
उनले युवा उमेर समूहको मित्रतालाई फिल्मको मुख्य कथा बनाइएकोे बताए। एसान अलिको लगानी रहने फिल्ममा ‘२०१४ का मिस्टर क्यापिटल' मनीष न्यौपाने, आलिया खतिवडा, रिमा शाही, सिम्रन लुइँटेल, सिर्जना पोखरेल, निशा बुढाथोकी, आरुष गुरुङ, एवन उप्रेती, विक्की फैजु, राजन पुरी, हिमाल खत्री लगायतको मुख्य भूमिका छ। 
फिल्मको कथा मनपरेकोले लगानीका लागि तयार भएको निर्माता अलिले बताए। ‘बेस्ट फ्रेन्ड फरेभर'को नृत्य निर्देशन ‘नागबेली' निर्देशक गोविन्द राईले गर्नेछन्। दिनेश श्रेष्ठले खिच्ने फिल्ममा सोम जिसीले मुख्य सहायक निर्देशकको भूमिका निर्वाह गर्दैछन्। केही सातामा छायांकनमा जाने फिल्ममा रेखा घिमिरे कार्यकारी निर्मात्रीको रुपमा रहनेछिन्।

प्रतिक्रिया

धुर्मुस–सुन्तलीको नयाँ रुप, पञ्चरत्ने र पार्वती (फाेटाे)

धुर्मुस–सुन्तलीको नयाँ रुप, पञ्चरत्ने र पार्वती (फाेटाे)

काठमाडौं– हास्यकलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)को नयाँ रुप सार्वजनिक भएको छ। सर्ट मुभी 'ज्योति'(द पावर अफ लाइट)मा पञ्चरत्ने र पार्वतीको भूमिकामा उनीहरुको नयाँ रुप देखिएको हो।  

पचास वर्ष धकेलिए नारायण!

पचास वर्ष धकेलिए नारायण!

काठमाडौं– भूकम्पका कारण लेखक नारायण ढकालको नयाँ उपन्यास ‘वृषभ वध' विमोचन नगरीकनै बजारमा आएको छ। प्रकाशक फाइन प्रिन्टले विमोचनको तयारी गर्दै गर्दा भूकम्प आएको थियो। पाठकको मागका कारण पुस्तकलाई ढिलो...

सिनेमा हलमा दर्शक फर्कंदै

सिनेमा हलमा दर्शक फर्कंदै

काठमाडौं-महाभूकम्पको पराकम्पनले तर्साइरहे पनि सामान्य मर्मतसम्भारपछि केही सिनेमा हलहरु सुचारु हुन थालेका छन्। राजधानीका विश्वज्योति, गोपीकृष्ण मुभिज, पुष्पाञ्जली, क्युएफएक्स अन्तर्गतका जयनेपाल र कुमारी, बिग सिनेमा, राइजिङ मलस्थित क्युज सिनेमाज् लगायत...

परदेशिनेहरुका ‘जिम्दा सपना’

परदेशिनेहरुका ‘जिम्दा सपना’

काठमाडौं– राजधानीको कालिकास्थानस्थित सर्वनाम रंगमञ्चमा राज शाह लिखित–निर्देशित ‘जिम्दा सपना’ मञ्चन भइरहेको छ। नाटकले बोकेको कथाका कारण दर्शकहरुले यसलाई रुचाइरहेको निर्देशक राजले बताएका छन्। ‘हामीले भारी–भरकम कुनै विषय उठाएका छैनौँ,’...

‘अझै पनि' र ईशाको जम्काभेट

‘अझै पनि' र ईशाको जम्काभेट

काठमाडौं– नेपाली फिल्म ‘अझै पनि' युनिटले बलिउड अभिनेत्री ईशा देवललाई भेटेको छ। प्रचारप्रसारका लागि भ्रमणमा रहेको फिल्म टोलीले पोखराबाट फर्कने क्रममा कुरिनटारमा रहेकी ईशालाई सोमबार भेटेको हो। भेटमा ईशाले नेपाली...

मलिना बन्ने भो ‘झम्की'

मलिना बन्ने भो ‘झम्की'

काठमाडौं– पूर्व मिस नेपाल मलिना जोशी ‘ऋतु'पछि फेरि अर्को फिल्म ‘झुम्की'मा नायिका बन्ने भएकी छन्। सोमबार काठमाडौंको मण्डला थियटरमा निर्माण घोषणा भएको ‘झुम्की'बाट ‘ऋतु' फिल्मका एक निर्माता अपिल विष्ट निर्देशनमा...

सिम्पल र स्वीट 'जेरी'

सिम्पल र स्वीट 'जेरी'

यात्राले मान्छेलाई धेरै थोक सिकाउँछ। जेरीले पनि सिक्छ। मुस्ताङसम्म तन्किएको घुमफिरमा उसले थुप्रै हन्डर खान्छ र आफूलाई चिन्ने अवसर पाउँछ।मुस्ताङलाई फन्को लगाउने क्रममा जेरी (अनमोल केसी) र काठमाडौंकी किशोरी आकांक्षा...

रत्‍नजीत र सरादेवी च्याम्पियन

काठमाडौं- साविक विजेता रत्‍नजीत तामाङले चौथो पुष्पलाल स्मृति राष्ट्रिय र्याशङकिङ ब्याडमिन्टन प्रतियोगितामा उपाधि रक्षा गरेका छन्। आर्मीका रत्नजीतले आइतबारको फाइनलमा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा आफ्नै क्लबका विकास श्रेष्ठलाई...