Monday 7 Magh, 2075 |
Menu

कला

republica-headerdiscount-subscribe1

istl

'जिन्दगी रक्सलाई माई प्रमिस'

(0 votes)
'जिन्दगी रक्सलाई माई प्रमिस'
काठमाडौं- यो साता नेपाली दर्शकले फरक स्वादका दुई फिल्मको आनन्द लिन सक्नेछन्। शुक्रबार रिलिज हुन लागेका 'जिन्दगी रक्स' र 'माई प्रमिस' नामक दुवै फिल्म युवा दर्शकप्रति लक्षित छन्। बलिउड फिल्म 'पिके'को डरका कारण अघिल्लो हप्ता कुनै उल्लेख्य नेपाली फिल्म रिलिज भएका थिएनन्। 'पिके'को प्रभाव कम भएसँगै दुई फिल्म मैदानमा ओर्लेका हुन्।
nepali-patro-june
म्युजिक भिडियोसँग आवद्ध युवाहरुले बनाएको फिल्म हो 'जिन्दगी रक्स।' दर्जनभन्दा बढी म्युजिक भिडियोको निर्देशनपछि निकेश खड्काले 'जिन्दगी रक्स'मार्फत् निर्देशनमा डेब्यु गरेका हुन्। फिल्मको मुख्य भूमिकामा देखा पर्ने सौरमराज तुलाधार, अकेशा विष्ट र सोनम पाखि्रन पनि म्युजिक भिडियोकै मोडल हुन्।

रमाइलो गर्न भनेर यात्रामा निस्केका दुई युवायुवतीले भोग्नुपर्ने समस्यालाई फिल्मले आफ्नो विषय बनाएको छ। फिल्ममा ऋचा शर्मा, प्रकृति श्रेष्ठ, कमन राई, विक्की पुलामी आदि कलाकारको अभिनय रहेको छ। हरि हुमागाईंको छायांकन रहेको फिल्मलाई सुजिता श्रेष्ठले निर्माण गरेकी हुन्।

सुनौलो सपना बोकेर विदेशी भूमिमा पुग्ने नेपालीले भोग्ने कष्टमा आधारित फिल्म हो 'माई प्रमिस।' सुरज सुब्बा नाल्बोले निर्देशन गरेको फिल्ममा अधिकांश दृश्य सिंगापुरका हेर्न पाइन्छन्। फिल्ममा केकी अधिकारी, विल्सनविक्रम राई, रमेशचन्द्र राई, नरकुमार लिम्बु, अनुराग कुँवर, मार्टिन खान आदि कलाकारको अभिनय रहेको छ। टंक लिम्बुले निर्माण गरेको फिल्म बनेको लामो समयपछि प्रदर्शनमा आउन लागेको हो।

प्रतिक्रिया

धुर्मुस–सुन्तलीको नयाँ रुप, पञ्चरत्ने र पार्वती (फाेटाे)

धुर्मुस–सुन्तलीको नयाँ रुप, पञ्चरत्ने र पार्वती (फाेटाे)

काठमाडौं– हास्यकलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)को नयाँ रुप सार्वजनिक भएको छ। सर्ट मुभी 'ज्योति'(द पावर अफ लाइट)मा पञ्चरत्ने र पार्वतीको भूमिकामा उनीहरुको नयाँ रुप देखिएको हो।  

पचास वर्ष धकेलिए नारायण!

पचास वर्ष धकेलिए नारायण!

काठमाडौं– भूकम्पका कारण लेखक नारायण ढकालको नयाँ उपन्यास ‘वृषभ वध' विमोचन नगरीकनै बजारमा आएको छ। प्रकाशक फाइन प्रिन्टले विमोचनको तयारी गर्दै गर्दा भूकम्प आएको थियो। पाठकको मागका कारण पुस्तकलाई ढिलो...

सिनेमा हलमा दर्शक फर्कंदै

सिनेमा हलमा दर्शक फर्कंदै

काठमाडौं-महाभूकम्पको पराकम्पनले तर्साइरहे पनि सामान्य मर्मतसम्भारपछि केही सिनेमा हलहरु सुचारु हुन थालेका छन्। राजधानीका विश्वज्योति, गोपीकृष्ण मुभिज, पुष्पाञ्जली, क्युएफएक्स अन्तर्गतका जयनेपाल र कुमारी, बिग सिनेमा, राइजिङ मलस्थित क्युज सिनेमाज् लगायत...

परदेशिनेहरुका ‘जिम्दा सपना’

परदेशिनेहरुका ‘जिम्दा सपना’

काठमाडौं– राजधानीको कालिकास्थानस्थित सर्वनाम रंगमञ्चमा राज शाह लिखित–निर्देशित ‘जिम्दा सपना’ मञ्चन भइरहेको छ। नाटकले बोकेको कथाका कारण दर्शकहरुले यसलाई रुचाइरहेको निर्देशक राजले बताएका छन्। ‘हामीले भारी–भरकम कुनै विषय उठाएका छैनौँ,’...

‘अझै पनि' र ईशाको जम्काभेट

‘अझै पनि' र ईशाको जम्काभेट

काठमाडौं– नेपाली फिल्म ‘अझै पनि' युनिटले बलिउड अभिनेत्री ईशा देवललाई भेटेको छ। प्रचारप्रसारका लागि भ्रमणमा रहेको फिल्म टोलीले पोखराबाट फर्कने क्रममा कुरिनटारमा रहेकी ईशालाई सोमबार भेटेको हो। भेटमा ईशाले नेपाली...

मलिना बन्ने भो ‘झम्की'

मलिना बन्ने भो ‘झम्की'

काठमाडौं– पूर्व मिस नेपाल मलिना जोशी ‘ऋतु'पछि फेरि अर्को फिल्म ‘झुम्की'मा नायिका बन्ने भएकी छन्। सोमबार काठमाडौंको मण्डला थियटरमा निर्माण घोषणा भएको ‘झुम्की'बाट ‘ऋतु' फिल्मका एक निर्माता अपिल विष्ट निर्देशनमा...

सिम्पल र स्वीट 'जेरी'

सिम्पल र स्वीट 'जेरी'

यात्राले मान्छेलाई धेरै थोक सिकाउँछ। जेरीले पनि सिक्छ। मुस्ताङसम्म तन्किएको घुमफिरमा उसले थुप्रै हन्डर खान्छ र आफूलाई चिन्ने अवसर पाउँछ।मुस्ताङलाई फन्को लगाउने क्रममा जेरी (अनमोल केसी) र काठमाडौंकी किशोरी आकांक्षा...

रत्‍नजीत र सरादेवी च्याम्पियन

काठमाडौं- साविक विजेता रत्‍नजीत तामाङले चौथो पुष्पलाल स्मृति राष्ट्रिय र्याशङकिङ ब्याडमिन्टन प्रतियोगितामा उपाधि रक्षा गरेका छन्। आर्मीका रत्नजीतले आइतबारको फाइनलमा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा आफ्नै क्लबका विकास श्रेष्ठलाई...