Tuesday 5 Ashad, 2075 |
Menu

कला

republica-headerdiscount-subscribe1

istl

‘अझै पनि' र ईशाको जम्काभेट

(0 votes)
‘अझै पनि' र ईशाको जम्काभेट
काठमाडौं– नेपाली फिल्म ‘अझै पनि' युनिटले बलिउड अभिनेत्री ईशा देवललाई भेटेको छ। प्रचारप्रसारका लागि भ्रमणमा रहेको फिल्म टोलीले पोखराबाट फर्कने क्रममा कुरिनटारमा रहेकी ईशालाई सोमबार भेटेको हो। भेटमा ईशाले नेपाली फिल्मका बारेमा धेरै सुनेको र हेर्ने इच्छा रहेको बताएकी छिन्।
nepali-patro-june

भारतीय टेलिभिजन एमटिभीबाट प्रसारण हुने रियालिटी सो ‘रोडिज एक्स टु’को सुटिङका लागि नेपालमा रहेकी ईशाले नेपाली फिल्म हेर्न समय नमिलेको बताउँदै बलिउडमा अभिनय गर्ने नेपाली कलाकारहरुबाट आफू प्रभावित रहेको बताइन्।
उनले ‘अझै पनि' टोलीसँग तस्बिर खिचाउँदै फिल्मको सफलताका लागि शुभकामना दिइन्। टोलीले ईशालाई  मंगलवार हुने फिल्मको प्रिमियरमा शोमा सहभागी हुन निम्तो गरेको थियो।
ईशाले सहभागी हुने इच्छा भए पनि कार्यव्यस्तताले आउन नसक्ने जानकारी गराइन्। ‘अझै पनि'ले मंगलबार कमलपोखरीस्थित सिटी सेन्टरमा प्रिमियर शो गरेको थियो। प्रिमियरमा आलोक नेम्बाङ ट्रस्टका तर्फबाट संगीतकार शम्भुजित बास्कोटालाई पहिलो म्युजिक भिडियो बनाएको भन्दै सम्मानित गरेको थियो।

भारतीय शहर फैजाबाद, अयोध्या, गोरखपुर हुँदै रुपन्देहीको सिमा नाका बेलहियाबाट रोडिज टोली लुम्बिनी आएको थियो। लुम्बिनीमा सुटिङ सकेर थप टोली काठमाडौं आउँदै गर्दा चितवनको कुरिनटारमा ‘अझै पनि' युनिटसँग ईशाको भेट भएको थियो। ईशाले ‘अझै पनि' नायिकाद्वय पुजा शर्मा र सुरक्षा पन्तको सुन्दरताको तारिफ गरेकी थिइन्।

ईशाका साथै बक्सिङ खेलमा ओलम्पिक पदक विजेता विजेन्दर सिंह लगायत रोडिज शोका ११० सदस्यहरु नेपालमा छन्।
फिल्म ‘कोई मेरे दिल से पुछे'बाट सन् २००२ मा बलिउड प्रवेश गरेकी ईशाले ‘युवा', ‘धुम'जस्ता फिल्ममा अभिनय गरेकी छिन्। २०१२ मा विवाह बन्धनमा बाँधिएयता भने ईशा बलिउड फिल्ममा सक्रिय छैनन्।
आलोक नेम्बाङको निर्देशन रहेको अन्तिम फिल्म ‘अझै पनि' आउँदो शुक्रबारबाट देशभर रिलिज हुँदैछ। फिल्ममा सुदर्शन थापा, पूजा शर्मा, सुरक्षा पन्त, पुष्प खड्का, विशाल ढुंगाना, विपना धिमाल, रामशरण पाठक, मिथिला शर्मा, विजय लामा, प्रमिला खनाल आदि कलाकारको अभिनय रहेको छ।
राजेश श्रेष्ठको छायांकन रहेको फिल्मलाई रामशरण पाठकले लेखेका हुन्। फिल्ममा सचिन सिंह, महेश खड्का, हरि लम्साल र राजनराज सिवाकोटीको संगीत रहेको छ।
चितवनमा सोमबार भारतीय अभिनेत्री ईशा देवल (बीच)सँग ‘अझै पनि' फिल्मका अभिनेत्रीद्वय पूजा शर्मा र सुरक्षा पन्त।

प्रतिक्रिया

धुर्मुस–सुन्तलीको नयाँ रुप, पञ्चरत्ने र पार्वती (फाेटाे)

धुर्मुस–सुन्तलीको नयाँ रुप, पञ्चरत्ने र पार्वती (फाेटाे)

काठमाडौं– हास्यकलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)को नयाँ रुप सार्वजनिक भएको छ। सर्ट मुभी 'ज्योति'(द पावर अफ लाइट)मा पञ्चरत्ने र पार्वतीको भूमिकामा उनीहरुको नयाँ रुप देखिएको हो।  

पचास वर्ष धकेलिए नारायण!

पचास वर्ष धकेलिए नारायण!

काठमाडौं– भूकम्पका कारण लेखक नारायण ढकालको नयाँ उपन्यास ‘वृषभ वध' विमोचन नगरीकनै बजारमा आएको छ। प्रकाशक फाइन प्रिन्टले विमोचनको तयारी गर्दै गर्दा भूकम्प आएको थियो। पाठकको मागका कारण पुस्तकलाई ढिलो...

सिनेमा हलमा दर्शक फर्कंदै

सिनेमा हलमा दर्शक फर्कंदै

काठमाडौं-महाभूकम्पको पराकम्पनले तर्साइरहे पनि सामान्य मर्मतसम्भारपछि केही सिनेमा हलहरु सुचारु हुन थालेका छन्। राजधानीका विश्वज्योति, गोपीकृष्ण मुभिज, पुष्पाञ्जली, क्युएफएक्स अन्तर्गतका जयनेपाल र कुमारी, बिग सिनेमा, राइजिङ मलस्थित क्युज सिनेमाज् लगायत...

परदेशिनेहरुका ‘जिम्दा सपना’

परदेशिनेहरुका ‘जिम्दा सपना’

काठमाडौं– राजधानीको कालिकास्थानस्थित सर्वनाम रंगमञ्चमा राज शाह लिखित–निर्देशित ‘जिम्दा सपना’ मञ्चन भइरहेको छ। नाटकले बोकेको कथाका कारण दर्शकहरुले यसलाई रुचाइरहेको निर्देशक राजले बताएका छन्। ‘हामीले भारी–भरकम कुनै विषय उठाएका छैनौँ,’...

‘अझै पनि' र ईशाको जम्काभेट

‘अझै पनि' र ईशाको जम्काभेट

काठमाडौं– नेपाली फिल्म ‘अझै पनि' युनिटले बलिउड अभिनेत्री ईशा देवललाई भेटेको छ। प्रचारप्रसारका लागि भ्रमणमा रहेको फिल्म टोलीले पोखराबाट फर्कने क्रममा कुरिनटारमा रहेकी ईशालाई सोमबार भेटेको हो। भेटमा ईशाले नेपाली...

मलिना बन्ने भो ‘झम्की'

मलिना बन्ने भो ‘झम्की'

काठमाडौं– पूर्व मिस नेपाल मलिना जोशी ‘ऋतु'पछि फेरि अर्को फिल्म ‘झुम्की'मा नायिका बन्ने भएकी छन्। सोमबार काठमाडौंको मण्डला थियटरमा निर्माण घोषणा भएको ‘झुम्की'बाट ‘ऋतु' फिल्मका एक निर्माता अपिल विष्ट निर्देशनमा...

सिम्पल र स्वीट 'जेरी'

सिम्पल र स्वीट 'जेरी'

यात्राले मान्छेलाई धेरै थोक सिकाउँछ। जेरीले पनि सिक्छ। मुस्ताङसम्म तन्किएको घुमफिरमा उसले थुप्रै हन्डर खान्छ र आफूलाई चिन्ने अवसर पाउँछ।मुस्ताङलाई फन्को लगाउने क्रममा जेरी (अनमोल केसी) र काठमाडौंकी किशोरी आकांक्षा...

रत्‍नजीत र सरादेवी च्याम्पियन

काठमाडौं- साविक विजेता रत्‍नजीत तामाङले चौथो पुष्पलाल स्मृति राष्ट्रिय र्याशङकिङ ब्याडमिन्टन प्रतियोगितामा उपाधि रक्षा गरेका छन्। आर्मीका रत्नजीतले आइतबारको फाइनलमा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा आफ्नै क्लबका विकास श्रेष्ठलाई...