9 Mangshir, 2074 |
Menu

कला

republica-headerdiscount-subscribe1

istl

सिनेमा हलमा दर्शक फर्कंदै

  • मङ्गलबार २९ बैशाख, २०७२
  • अच्युत कोइराला
  • Be the first to comment!
(0 votes)
काठमाडौंको कुमारी सिनेमा हलमा सोमबार टिकट खरीद गर्दै दर्शकहरु। तस्बिरः नागरिक काठमाडौंको कुमारी सिनेमा हलमा सोमबार टिकट खरीद गर्दै दर्शकहरु। तस्बिरः नागरिक
काठमाडौं-महाभूकम्पको पराकम्पनले तर्साइरहे पनि सामान्य मर्मतसम्भारपछि केही सिनेमा हलहरु सुचारु हुन थालेका छन्। राजधानीका विश्वज्योति, गोपीकृष्ण मुभिज, पुष्पाञ्जली, क्युएफएक्स अन्तर्गतका जयनेपाल र कुमारी, बिग सिनेमा, राइजिङ मलस्थित क्युज सिनेमाज् लगायत हलमा फिल्म प्रदर्शन भइरहेका छन्।
nepali-patro-june
वैशाख १२ को भूकम्पपछि बन्द भएका सबै सिनेमा हलहरुमध्ये केही शनिबार र आइतबारबाट सञ्चालनमा आएका छन्। सञ्चालनमा आएका सिनेमा हलहरुमा राम्रै दर्शक आएको नेपाल चलचित्र संघका उपत्यका सभापति गोपाल कायस्थले बताए।
‘कोटेश्वरको पुष्पाञ्जली हलमा प्रत्येक शोमा ५०/६० जना दर्शक आइरहेका छन्,’ कायस्थले भने, ‘यस्तो पीडाको अवस्थामा पनि दर्शक आउनु हामीले सकारात्मक मानेका छौं।’ नयाँ फिल्म रिलिज नभएकाले पुरानै फिल्म हेर्न पनि यतिका दर्शक आउँदा खुसी हुनुपर्ने अवस्था आएको उनले बताए। पुष्पाञ्जलीले ‘नाइँ नभन्नू ल ३’ चलाइरहेको छ।
गोपीकृष्ण मुभिजका कार्यकारी निर्देशक निरक पौडेलले पनि शनिबार यता प्रत्येक दिन करिब हजार दर्शक फिल्म हेर्न आएकामा खुसी व्यक्त गरे। आफ्नो हलहरुमा कुनै क्षति नपुगेकाले शनिबारदेखि नै फिल्म सुचारु गरेको बताए। गोपीकृष्ण मुभिजका सातवटा हलमा ‘हवल्दार सुन्तली’, ‘सेतो बाघ’, ‘फास्ट एन्ड फ्युरियस ७’ फिल्महरु प्रदर्शनमा छन्।
‘भूकम्पले सामान्य क्षति पुर्या,एको थियो, दुई दिनमै मर्मत भयो,’ पौडेलले भने, ‘भूकम्पका कारण प्रोजेक्टरको ग्लास चर्केको हुनाले त्यो चाहिँ मुम्बईबाट मगाइरहेका छौं। मर्मत नगर्दा पनि हुन्थ्यो तर दर्शकलाई स्तरीय स्वाद दिन त्यति सानो कुरामा पनि ध्यान दिएका छौँ।’ आउँदो शुक्रबारबाट नयाँ हिन्दी फिल्म पनि रिलिज हुने भएकाले दर्शक आउने क्रम बढ्नसक्ने अपेक्षा उनले गरे।
क्युएफएक्सका जय नेपाल र कुमारीमा ‘एभेन्जसर््’ र ‘सेतो बाघ’ चलिरहेका छन्। ‘यस्तो त्रासका बेला पनि दर्शकहरु आउनुभएकोमा खुसी लागेको छ,’ क्युएफएक्सका वसन्त मानन्धरले भने। उनले दिनमा सयभन्दा बढी दर्शक सिनेमा हलमा फर्कन थालेको जनाए।
नेपाल चलचित्र संघले गएको साता भूकम्प पीडितहरुका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई दुई लाख ११ हजार रुपैयाँ सहयोग गरिसकेपछि आफ्ना सदस्य प्रदर्शकहरुको क्षति विवरण संकलन गर्ने निर्णय गरेको थियो। संघका अध्यक्ष नकिम उद्दिन, संघका महासचिव मधुसूदन प्रधान र कोषाध्यक्ष अर्जुन श्रेष्ठसहितको टोलीले सिनेमा भवनको क्षतिका लागि अध्ययन गर्ने निर्णयअनुरुप आइतबारदेखि उपत्यकाभित्रका सिनेमा भवनहरुको क्षति विवरण संकलनमा टोली जुटेको हो। टोलीमा केही इन्जिनियर र आर्किटेक्ट पनि छन्। कायस्थले भने, ‘हलहरुको अवस्था आँकलन र क्षति मूल्यांकनमा जुटेका छौं र इन्जिनियर र आर्किटेक्टहरुको सल्लाहपछि मात्र केही हलहरु सुचारु गर्ने मनस्थितिमा प्रदर्शकहरु रहेका छन्।’
टोलीले चक्रपथबाहिरका विभिन्न सिनेमा हलहरुको जाँच सुरु गरेको थियो। आइतबार तीनवटा सिनेमा हल अष्टनारायण, कलंकी र गंगाको अवस्थालाई इन्जिनियरहरुले जाँचेका छन्। कायस्थका अनुसार, अष्टनारायण हलको जुम्ल्याहा हल जुधेकाले सानो हल केही चर्केको पाइएको छ। सानो हललाई मर्मत गर्न आवश्यक देखिएको छ।
त्यस्तै, कलंकीस्थित कलंकी सिनेमा हलको सानो हलमा क्षति पुगेकाले त्यसलाई पूर्ण रुपमा मर्मत नगरी सञ्चालन नगर्न इन्जिनियरहरुले सुझाव दिएका छन्। यसैगरी बालाजुस्थित गंगा सिनेमा हलको ठूलो हलको सिलिङ र ज्वाइन्ट भित्ता चर्केकाले तिनको पूर्ण मर्मतपछि मात्र हल सञ्चालनका लागि इन्जिनियरहरुले सुझाव दिएका छन्।
यता क्युएफएक्सअन्तर्गतको सिभिल हल भने सञ्चालनमा छैन। ती हललाई कुनै क्षति नपुगेको क्युएफएक्सका वसन्त मानन्धरले बताए। उनले भने, ‘हललाई कुनै क्षति नपुगे पनि मलका अन्य भागमा सामान्य क्षति पुगेकाले तिनको मर्मतपछि मात्रै हल खुल्ने मलका व्यवस्थापकले जानकारी दिएका छन्।’ मलको मर्मत  चलिरहेको हुनाले केही दिनभित्रै मलसँगै सिनेमा हलहरु पनि सञ्चालन हुने अपेक्षा मानन्धरको छ।
यसैगरी मंगलबार टोलीले भक्तपुरको कमलविनायक, बाराही, पुष्पाञ्जली तथा गुण सिनेमा हलको निरीक्षण गर्यो । निरीक्षणका क्रममा कमल विनायक हलको पिल्लर भाँचिएको, भित्रको सिलिङ झरेको पाइएकाले राम्रो मर्मत नगरी सञ्चालन नगर्न इन्जिनियरहरुले सुझाएका छन्। त्यसैगरी सामान्य मर्मतपछि बाराही हल सञ्चालन गर्ने अवस्थामा रहेको संघका महासचिव मधुसूदन प्रधानले बताए।
ललितपुरको ग्वार्कोस्थित गुण सिनेमाको क, ख र च हलमा क्षति पुगेकाले ती हल पुनः मर्मत गर्नुपर्ने कायस्थले जानकारी दिए। ‘इन्जिनियरहरुले बाहिरी क्षति नदेखिए पनि तिनको राम्रो मर्मत नभई सञ्चालनमा ल्याउनु खतरनाक हुन सक्ने टिप्पणी गरे,’ कायस्थले इन्जिनियरहरुको धारणा बताए।
मंगलबार अवलोकनको क्रममा बौद्ध क्षेत्रमा रहेका दुई हल पृथ्वी र सिद्धार्थमा कुनै क्षति नदेखिएकाले त्यहाँ पुरानै फिल्म प्रदर्शन सुचारु गरिएको बताइएको छ। बुधबार टोलीले चक्रपथभित्रका केएल टावर, गोपीकृष्ण, हिरारत्न, जय नेपाल आदि सिनेमा हल निरीक्षण गर्ने योजना बुनेको छ। कुनै क्षति नदेखिएका सिनेमा हलको पनि परीक्षण गर्ने उनले जनाए।
कायस्थले भने, ‘इन्जिनियरहरुकै साथ लिएर गएपछि हलहरु सुरक्षित हुने/नहुने पक्का हुन्छ। यसले दर्शकलाई थप आत्मविश्वास दिलाउने विश्वास हामीले लिएका छौँ।’
यता चलचित्र विकास बोर्डले पनि सिनेमा हलहरुको क्षति आँकलन गर्न एउटा टोली बनाई निरीक्षणमा पठाउने भएको छ। चलचित्र विकास बोर्डका सदस्य सुरेशदर्पण पोखरेलले चलचित्र कल्याण कोषमा रहेको रकमलाई कसरी सदुपयोग गर्ने भन्ने विषयमा छलफल चलिरहेको बताए।

प्रतिक्रिया

धुर्मुस–सुन्तलीको नयाँ रुप, पञ्चरत्ने र पार्वती (फाेटाे)

धुर्मुस–सुन्तलीको नयाँ रुप, पञ्चरत्ने र पार्वती (फाेटाे)

काठमाडौं– हास्यकलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)को नयाँ रुप सार्वजनिक भएको छ। सर्ट मुभी 'ज्योति'(द पावर अफ लाइट)मा पञ्चरत्ने र पार्वतीको भूमिकामा उनीहरुको नयाँ रुप देखिएको हो।  

पचास वर्ष धकेलिए नारायण!

पचास वर्ष धकेलिए नारायण!

काठमाडौं– भूकम्पका कारण लेखक नारायण ढकालको नयाँ उपन्यास ‘वृषभ वध' विमोचन नगरीकनै बजारमा आएको छ। प्रकाशक फाइन प्रिन्टले विमोचनको तयारी गर्दै गर्दा भूकम्प आएको थियो। पाठकको मागका कारण पुस्तकलाई ढिलो...

सिनेमा हलमा दर्शक फर्कंदै

सिनेमा हलमा दर्शक फर्कंदै

काठमाडौं-महाभूकम्पको पराकम्पनले तर्साइरहे पनि सामान्य मर्मतसम्भारपछि केही सिनेमा हलहरु सुचारु हुन थालेका छन्। राजधानीका विश्वज्योति, गोपीकृष्ण मुभिज, पुष्पाञ्जली, क्युएफएक्स अन्तर्गतका जयनेपाल र कुमारी, बिग सिनेमा, राइजिङ मलस्थित क्युज सिनेमाज् लगायत...

परदेशिनेहरुका ‘जिम्दा सपना’

परदेशिनेहरुका ‘जिम्दा सपना’

काठमाडौं– राजधानीको कालिकास्थानस्थित सर्वनाम रंगमञ्चमा राज शाह लिखित–निर्देशित ‘जिम्दा सपना’ मञ्चन भइरहेको छ। नाटकले बोकेको कथाका कारण दर्शकहरुले यसलाई रुचाइरहेको निर्देशक राजले बताएका छन्। ‘हामीले भारी–भरकम कुनै विषय उठाएका छैनौँ,’...

‘अझै पनि' र ईशाको जम्काभेट

‘अझै पनि' र ईशाको जम्काभेट

काठमाडौं– नेपाली फिल्म ‘अझै पनि' युनिटले बलिउड अभिनेत्री ईशा देवललाई भेटेको छ। प्रचारप्रसारका लागि भ्रमणमा रहेको फिल्म टोलीले पोखराबाट फर्कने क्रममा कुरिनटारमा रहेकी ईशालाई सोमबार भेटेको हो। भेटमा ईशाले नेपाली...

मलिना बन्ने भो ‘झम्की'

मलिना बन्ने भो ‘झम्की'

काठमाडौं– पूर्व मिस नेपाल मलिना जोशी ‘ऋतु'पछि फेरि अर्को फिल्म ‘झुम्की'मा नायिका बन्ने भएकी छन्। सोमबार काठमाडौंको मण्डला थियटरमा निर्माण घोषणा भएको ‘झुम्की'बाट ‘ऋतु' फिल्मका एक निर्माता अपिल विष्ट निर्देशनमा...

सिम्पल र स्वीट 'जेरी'

सिम्पल र स्वीट 'जेरी'

यात्राले मान्छेलाई धेरै थोक सिकाउँछ। जेरीले पनि सिक्छ। मुस्ताङसम्म तन्किएको घुमफिरमा उसले थुप्रै हन्डर खान्छ र आफूलाई चिन्ने अवसर पाउँछ।मुस्ताङलाई फन्को लगाउने क्रममा जेरी (अनमोल केसी) र काठमाडौंकी किशोरी आकांक्षा...

रत्‍नजीत र सरादेवी च्याम्पियन

काठमाडौं- साविक विजेता रत्‍नजीत तामाङले चौथो पुष्पलाल स्मृति राष्ट्रिय र्याशङकिङ ब्याडमिन्टन प्रतियोगितामा उपाधि रक्षा गरेका छन्। आर्मीका रत्नजीतले आइतबारको फाइनलमा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा आफ्नै क्लबका विकास श्रेष्ठलाई...