Wednesday 28 Kartik, 2075 |
Menu

कला

istl

'एनएफडिसी' अवार्डमा नयाँपुराना भिड्दै

(0 votes)
'एनएफडिसी' अवार्डमा नयाँपुराना भिड्दै
काठमाडौं– नेपाल चलचित्र विकास कम्पनीले गत वर्षदेखि थालेको 'एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार'को दोस्रो संस्करणको दोस्रो चौमासिक मनोनयन सार्वजनिक गरेको छ।


nepali-patro-june
हरेक चार महिनामा सार्वजनिक हुने मनोनयनमा २०७० भदौ १ देखि मंसिर मसान्तसम्म सार्वजनिक २९ फिल्मबाट उत्कृष्ट पाँचको छनोट गरिएको हो।

सार्वजनिक मनोनयन अनुसार 'प्रकाश सर्वोत्कृष्ट निर्देशक'को विधामा 'होस्टेल'बाट हेमराज बिसी, 'ढुवानी'बाट पिताम्बर पाण्डे, 'मौन'बाट सुरज भुषाल, 'मधुमास'बाट सुदर्शन थापा र 'काली'बाट सबिर श्रेष्ठ मनोनयनमा परेका छन्।

यस्तै हिरा सर्वोत्कृष्ट चलचित्रको विधामा 'होस्टेल', 'ढुवानी', 'मौन', 'मधुमास' र 'काली' मनोनयनमा परेका छन्।

यता शिव सर्वोत्कृष्ट अभिनेताको विधामा 'मधुमास'बाट आर्यन सिग्देल, 'मौन'बाट अर्पण थापा, 'लोफर'बाट दयाहाङ राई, 'ढुवानी'बाट किशोर खतिवडा र 'ग्याम्बलर'बाट सुमन सिंह मनोनयनमा छन्। भुवन सर्वोत्कृष्ट अभिनेत्रीका लागि भने 'कोही त छ'बाट झरना थापा, 'मौन'बाट नम्रता श्रेष्ठ, 'उर्वशी'बाट नीता ढुङ्गाना, 'काली'बाट रेखा थापा र 'स्टार'बाट सुमिना घिमिरे उत्कृष्ट पाँचको मनोनयनमा परेका छन्।

यस्तै नीर सर्वोत्कृष्ट सहअभिनेताको विधामा 'होस्टेल'बाट गौरव पहारी, 'मधुमास'बाट मनोज आरसी, 'राजनीति'बाट रमेश बुढाथोकी, 'लोफर'बाट सागर लम्साल र 'सौर्य'बाट सौगात मल्ल मनोनयनमा छन्।

बसुन्धरा सर्वोत्कृष्ट सहअभिनेत्रीको विधामा भने उत्कृष्ट तीनको मात्र मनोनयन सार्वजनिक गरिएको छ। जसमा 'उर्वशी'बाट अरुणिमा लम्साल, 'राजनीति'बाट पवित्रा आचार्य र 'मधुमास'बाट शिवाङ्गिनी राणा मनोनयनमा परेका छन्। यस्तै विश्व सर्वोत्कृष्ट नवअभिनेताको विधामा चारजना मनोनयनमा छन्। जसअर्न्तगत 'होस्टेल'बाट अनमोल केसी, 'सौर्य'बाट अनुपविक्रम शाही, 'उर्वशी'बाट किशोर श्रेष्ठ र 'होस्टेल'बाट 'सलोन बस्नेत' छन्।

त्यस्तै चैत्य सर्वोत्कृष्ट नवअभिनेत्रीको मनोनयनमा 'हाम्री चेली'बाट अञ्जु निरौला, 'राजनीति'बाट कोमल वली, 'होस्टेल'बाट प्रकृति श्रेष्ठ, 'मधुमास'बाट पूजा शर्मा र 'ढुवानी'बाट सगुन शाही रहेका छन्।

'चेतन सर्वोत्कृष्ट पटकथा लेखन'का लागि 'मौन'बाट अर्पण थापा, 'हाम्री चेली'बाट बाबुराम घिमिरे, 'मधुमास'बाट दिनेश न्यौपाने र अविनाशविक्रम शाह, 'होस्टेल'बाट हेमराज बिसी र 'ढुवानी'बाट पिताम्बर पाण्डे मनोनयनमा परेका छन्।

यस्तै भुटानी सर्वोत्कृष्ट द्वन्द्व निर्देशकको विधामा 'ढुवानी'बाट देव महर्जन, 'वार', 'बाउन्सर' र 'ग्याम्बलर'बाट हिमाल केसी र 'काली'बाट रोशन श्रेष्ठ मनोनयनमा छन्।

संगीतकार, सम्पादन ध्वनि मुद्रण, पार्श्व गायन, पार्श्व संगीत, नृत्य निर्देशक विधामा पनि उत्कृष्ट पाँचको नाम सार्वजनिक गरिएको छ। अवार्ड २० विधामा वितरण गरिनेछ।

प्रतिक्रिया

धुर्मुस–सुन्तलीको नयाँ रुप, पञ्चरत्ने र पार्वती (फाेटाे)

धुर्मुस–सुन्तलीको नयाँ रुप, पञ्चरत्ने र पार्वती (फाेटाे)

काठमाडौं– हास्यकलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)को नयाँ रुप सार्वजनिक भएको छ। सर्ट मुभी 'ज्योति'(द पावर अफ लाइट)मा पञ्चरत्ने र पार्वतीको भूमिकामा उनीहरुको नयाँ रुप देखिएको हो।  

पचास वर्ष धकेलिए नारायण!

पचास वर्ष धकेलिए नारायण!

काठमाडौं– भूकम्पका कारण लेखक नारायण ढकालको नयाँ उपन्यास ‘वृषभ वध' विमोचन नगरीकनै बजारमा आएको छ। प्रकाशक फाइन प्रिन्टले विमोचनको तयारी गर्दै गर्दा भूकम्प आएको थियो। पाठकको मागका कारण पुस्तकलाई ढिलो...

सिनेमा हलमा दर्शक फर्कंदै

सिनेमा हलमा दर्शक फर्कंदै

काठमाडौं-महाभूकम्पको पराकम्पनले तर्साइरहे पनि सामान्य मर्मतसम्भारपछि केही सिनेमा हलहरु सुचारु हुन थालेका छन्। राजधानीका विश्वज्योति, गोपीकृष्ण मुभिज, पुष्पाञ्जली, क्युएफएक्स अन्तर्गतका जयनेपाल र कुमारी, बिग सिनेमा, राइजिङ मलस्थित क्युज सिनेमाज् लगायत...

परदेशिनेहरुका ‘जिम्दा सपना’

परदेशिनेहरुका ‘जिम्दा सपना’

काठमाडौं– राजधानीको कालिकास्थानस्थित सर्वनाम रंगमञ्चमा राज शाह लिखित–निर्देशित ‘जिम्दा सपना’ मञ्चन भइरहेको छ। नाटकले बोकेको कथाका कारण दर्शकहरुले यसलाई रुचाइरहेको निर्देशक राजले बताएका छन्। ‘हामीले भारी–भरकम कुनै विषय उठाएका छैनौँ,’...

‘अझै पनि' र ईशाको जम्काभेट

‘अझै पनि' र ईशाको जम्काभेट

काठमाडौं– नेपाली फिल्म ‘अझै पनि' युनिटले बलिउड अभिनेत्री ईशा देवललाई भेटेको छ। प्रचारप्रसारका लागि भ्रमणमा रहेको फिल्म टोलीले पोखराबाट फर्कने क्रममा कुरिनटारमा रहेकी ईशालाई सोमबार भेटेको हो। भेटमा ईशाले नेपाली...

मलिना बन्ने भो ‘झम्की'

मलिना बन्ने भो ‘झम्की'

काठमाडौं– पूर्व मिस नेपाल मलिना जोशी ‘ऋतु'पछि फेरि अर्को फिल्म ‘झुम्की'मा नायिका बन्ने भएकी छन्। सोमबार काठमाडौंको मण्डला थियटरमा निर्माण घोषणा भएको ‘झुम्की'बाट ‘ऋतु' फिल्मका एक निर्माता अपिल विष्ट निर्देशनमा...

सिम्पल र स्वीट 'जेरी'

सिम्पल र स्वीट 'जेरी'

यात्राले मान्छेलाई धेरै थोक सिकाउँछ। जेरीले पनि सिक्छ। मुस्ताङसम्म तन्किएको घुमफिरमा उसले थुप्रै हन्डर खान्छ र आफूलाई चिन्ने अवसर पाउँछ।मुस्ताङलाई फन्को लगाउने क्रममा जेरी (अनमोल केसी) र काठमाडौंकी किशोरी आकांक्षा...

रत्‍नजीत र सरादेवी च्याम्पियन

काठमाडौं- साविक विजेता रत्‍नजीत तामाङले चौथो पुष्पलाल स्मृति राष्ट्रिय र्याशङकिङ ब्याडमिन्टन प्रतियोगितामा उपाधि रक्षा गरेका छन्। आर्मीका रत्नजीतले आइतबारको फाइनलमा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा आफ्नै क्लबका विकास श्रेष्ठलाई...