16 Baishak, 2074 |
Menu

कला

republica-headerdiscount-subscribe1

istl

लिटरेचर फेस्टिभल अर्को शुक्रबारदेखि

(0 votes)
लिटरेचर फेस्टिभल अर्को शुक्रबारदेखि
nepali-patro-june
काठमाडौं– बर्सेनि आयोजना हुँदै आएको एनलेस नेपाल लिटरेचर फेस्टिभलकाे चौथो संस्करण असोज ३ गतेदेखि कमलादीस्थित प्रज्ञा भवनमा हुने भएको छ। चार दिनसम्म चल्ने फेस्टिभलमा ६ विदेशी र एक सय ४० भन्दा बढी नेपाली लेखक सहभागी हुने आयोजक बुकवर्म फाउन्डेसनका अध्यक्ष अजित बरालले जनाए।
उनका अनुसार यसपालि विदेशबाट भारतका शशी थरुर, तिसानी दोसी, बरसत पीर, हरितोष सिंह बाल, बंगलादेशका फराह गुज्नभी, इटालीकी कार्लो पिज्जाटी आउने छन्। फेस्टिभलबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बरालले भने, 'साहित्य मात्रै नभएर 'कसरी बन्ला नेपाल?', 'जलस्रोत' जस्ता विषयमा पनि फेस्टिभलमा चर्चा हुनेछ।'
कार्यक्रममा वरिष्ठ साहित्यकार अभि सुवेदीले एनसेलको सहयोगमा बुकवर्मले केही वर्षदेखि गर्दै आएको फेस्टिभलले नेपाली साहित्यमा पुर्‍याएको फाइदाबारे चर्चा गरे। 'यसले वर्षको एकचोटि भए पनि थुप्रै लेखकहरूलाई एकै ठाउँमा भेला गराएको छ। एकअर्कालाई पाखुरा सुर्कने र पानी बाराबार भएका लेखकहरुलाई पनि एउटै ठाउँमा ल्याइदिएको छ,' उनले भने, 'अन्य विषयक्षेत्रसँग साहित्यको सम्बन्धबारे पनि महोत्सवले प्रस्ट पारेको छ।' लेखकलाई पाठकसँग र पाठकलाई लेखकसँगको संवादलाई समेत फेस्टिभलले प्रत्यक्ष गराएको उनले जनाए।
यसैगरी एनसेलकी कर्पोरेट कम्युनिकेसन निर्देशक सञ्जु कोइरालाले पुस्तकको बजार विस्तार र पठन संस्कृतिको विकासमा फेस्टिभलले महत्त्वपूर्ण सहयोग पुर्‍याएकाले प्रयोजनलाई निरन्तरता दिइएको बताइन्। 'साधारण मानिसका असाधारण गुण उजागर गर्ने र असाधारणलाई पनि साधारण भाषामा व्यक्त गर्ने माध्यम साहित्य हो,' उनले भनिन्, 'फेस्टिभलले पठक संस्कृतिको विकास र साहित्यिक परिवेशलाई थप उर्वर बनाउनेमा हामी विश्वस्त छौं।'

प्रतिक्रिया

धुर्मुस–सुन्तलीको नयाँ रुप, पञ्चरत्ने र पार्वती (फाेटाे)

धुर्मुस–सुन्तलीको नयाँ रुप, पञ्चरत्ने र पार्वती (फाेटाे)

काठमाडौं– हास्यकलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)को नयाँ रुप सार्वजनिक भएको छ। सर्ट मुभी 'ज्योति'(द पावर अफ लाइट)मा पञ्चरत्ने र पार्वतीको भूमिकामा उनीहरुको नयाँ रुप देखिएको हो।  

पचास वर्ष धकेलिए नारायण!

पचास वर्ष धकेलिए नारायण!

काठमाडौं– भूकम्पका कारण लेखक नारायण ढकालको नयाँ उपन्यास ‘वृषभ वध' विमोचन नगरीकनै बजारमा आएको छ। प्रकाशक फाइन प्रिन्टले विमोचनको तयारी गर्दै गर्दा भूकम्प आएको थियो। पाठकको मागका कारण पुस्तकलाई ढिलो...

सिनेमा हलमा दर्शक फर्कंदै

सिनेमा हलमा दर्शक फर्कंदै

काठमाडौं-महाभूकम्पको पराकम्पनले तर्साइरहे पनि सामान्य मर्मतसम्भारपछि केही सिनेमा हलहरु सुचारु हुन थालेका छन्। राजधानीका विश्वज्योति, गोपीकृष्ण मुभिज, पुष्पाञ्जली, क्युएफएक्स अन्तर्गतका जयनेपाल र कुमारी, बिग सिनेमा, राइजिङ मलस्थित क्युज सिनेमाज् लगायत...

परदेशिनेहरुका ‘जिम्दा सपना’

परदेशिनेहरुका ‘जिम्दा सपना’

काठमाडौं– राजधानीको कालिकास्थानस्थित सर्वनाम रंगमञ्चमा राज शाह लिखित–निर्देशित ‘जिम्दा सपना’ मञ्चन भइरहेको छ। नाटकले बोकेको कथाका कारण दर्शकहरुले यसलाई रुचाइरहेको निर्देशक राजले बताएका छन्। ‘हामीले भारी–भरकम कुनै विषय उठाएका छैनौँ,’...

‘अझै पनि' र ईशाको जम्काभेट

‘अझै पनि' र ईशाको जम्काभेट

काठमाडौं– नेपाली फिल्म ‘अझै पनि' युनिटले बलिउड अभिनेत्री ईशा देवललाई भेटेको छ। प्रचारप्रसारका लागि भ्रमणमा रहेको फिल्म टोलीले पोखराबाट फर्कने क्रममा कुरिनटारमा रहेकी ईशालाई सोमबार भेटेको हो। भेटमा ईशाले नेपाली...

मलिना बन्ने भो ‘झम्की'

मलिना बन्ने भो ‘झम्की'

काठमाडौं– पूर्व मिस नेपाल मलिना जोशी ‘ऋतु'पछि फेरि अर्को फिल्म ‘झुम्की'मा नायिका बन्ने भएकी छन्। सोमबार काठमाडौंको मण्डला थियटरमा निर्माण घोषणा भएको ‘झुम्की'बाट ‘ऋतु' फिल्मका एक निर्माता अपिल विष्ट निर्देशनमा...

सिम्पल र स्वीट 'जेरी'

सिम्पल र स्वीट 'जेरी'

यात्राले मान्छेलाई धेरै थोक सिकाउँछ। जेरीले पनि सिक्छ। मुस्ताङसम्म तन्किएको घुमफिरमा उसले थुप्रै हन्डर खान्छ र आफूलाई चिन्ने अवसर पाउँछ।मुस्ताङलाई फन्को लगाउने क्रममा जेरी (अनमोल केसी) र काठमाडौंकी किशोरी आकांक्षा...

रत्‍नजीत र सरादेवी च्याम्पियन

काठमाडौं- साविक विजेता रत्‍नजीत तामाङले चौथो पुष्पलाल स्मृति राष्ट्रिय र्याशङकिङ ब्याडमिन्टन प्रतियोगितामा उपाधि रक्षा गरेका छन्। आर्मीका रत्नजीतले आइतबारको फाइनलमा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा आफ्नै क्लबका विकास श्रेष्ठलाई...