9 Mangshir, 2074 |
Menu

कला

republica-headerdiscount-subscribe1

istl

पचास वर्ष धकेलिए नारायण!

(0 votes)
पचास वर्ष धकेलिए नारायण!
काठमाडौं– भूकम्पका कारण लेखक नारायण ढकालको नयाँ उपन्यास ‘वृषभ वध' विमोचन नगरीकनै बजारमा आएको छ। प्रकाशक फाइन प्रिन्टले विमोचनको तयारी गर्दै गर्दा भूकम्प आएको थियो। पाठकको मागका कारण पुस्तकलाई ढिलो नगरी बजारमा पठाइएको फाइन प्रिन्टका नीरज भारीले बताए।
nepali-patro-june
वृषभ वध' काठमाडौंको कुनै गाउँमा घटेको पचास वर्षअघिको कथा हो। देवेन्द्र शर्मा र डढे साँढे नामक पात्रहरुको मित्रता तथा सङ्घर्षको कथालाई यसले टिपेको छ। एउटा साँढेको क्रियाकलापका कारण स्थानीयदेखि केन्द्रीय राज्यप्रशासन र राजनीति कसरी प्रभावित भए र तिनले त्यो घटनालाई आफू अनुकुल कसरी प्रयोग गरे भन्ने कुराको उपन्यासमा वर्णन छ। 
ढकालका अघिल्ला उपन्यासझैं ‘वृषभ वध' पनि राजनीतिक उपन्यास हो। तर यो शैलीगत, संरचनागत हिसाबले पृथक रहेको लेखक अविनाश श्रेष्ठ बताउँछन्। ‘वृषभ वध'मा नारायण ढकाल नयाँ अवतारका रुपमा आएका छन्,’ उनले भने। 
अर्का लेखक नयनराज पाण्डेका अनुसार यो सरल भाषा र प्रवाहमय शैलीमा बुनिएको रोचक कथानकसहितको राजनीतिक चेत बोकेको उपन्यास हो। ‘२०१७ सालपछि प्रजातन्त्रको दमनसँगै उदय भएको पञ्चायती व्यवस्थाका वाहकहरुको अराजनीतिक चरित्र र त्यसविरुद्ध उम्रँदै गएका प्रतिकारका स्वरहरुको जीवन्त अभिलेख पनि हो यो,' पाण्डेले भने।
उपन्यासबाट प्रभावित भएका कथाकार कुमार नगरगोटी भन्छन्, ‘निरंकुश पञ्चराजको आततायी प्रपञ्च तथा अश्लील राजनीतिक रोमाञ्चलाई उपन्यासमा ढकालले सुरुचिपूर्ण शैलीमा चित्रण गरेका छन्। उनले थपे, ‘जीवन्त पात्रहरुको मेटाफोरिकल आविष्करण, एक्स्ट्रालार्ज न्यारेटिभस्, काँठ वरपरको ग्रे–राजनीतिक ल्याण्डस्केप प्लस काठमाडौंका प्राचीन गल्लीहरुका लार्जर–देन–लाइभविम्बहरु यो उपन्यासका पूँजी हुन्।'
लेखक ढकाल चाहिँ एउटा कालखण्डको झलक जुन उपन्यासमा पाइन्छ त्यसले त्यो समय बिर्सिसकेका र नदेखाका पाठकलाई उत्साहित बनाउने बताउँछन्। ढकाल कविता, निबन्ध र मार्क्सवादी सौन्दर्यशास्त्रमा समेत फैलिएका लेखक हुन्। यसअघि उनका तीन उपन्यास, पाँच कथासंग्रह, दुई बालकथा संग्रह, दुई निबन्धसंग्रह र दुई अनुवादकृति प्रकाशित छन्।

प्रतिक्रिया

धुर्मुस–सुन्तलीको नयाँ रुप, पञ्चरत्ने र पार्वती (फाेटाे)

धुर्मुस–सुन्तलीको नयाँ रुप, पञ्चरत्ने र पार्वती (फाेटाे)

काठमाडौं– हास्यकलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)को नयाँ रुप सार्वजनिक भएको छ। सर्ट मुभी 'ज्योति'(द पावर अफ लाइट)मा पञ्चरत्ने र पार्वतीको भूमिकामा उनीहरुको नयाँ रुप देखिएको हो।  

पचास वर्ष धकेलिए नारायण!

पचास वर्ष धकेलिए नारायण!

काठमाडौं– भूकम्पका कारण लेखक नारायण ढकालको नयाँ उपन्यास ‘वृषभ वध' विमोचन नगरीकनै बजारमा आएको छ। प्रकाशक फाइन प्रिन्टले विमोचनको तयारी गर्दै गर्दा भूकम्प आएको थियो। पाठकको मागका कारण पुस्तकलाई ढिलो...

सिनेमा हलमा दर्शक फर्कंदै

सिनेमा हलमा दर्शक फर्कंदै

काठमाडौं-महाभूकम्पको पराकम्पनले तर्साइरहे पनि सामान्य मर्मतसम्भारपछि केही सिनेमा हलहरु सुचारु हुन थालेका छन्। राजधानीका विश्वज्योति, गोपीकृष्ण मुभिज, पुष्पाञ्जली, क्युएफएक्स अन्तर्गतका जयनेपाल र कुमारी, बिग सिनेमा, राइजिङ मलस्थित क्युज सिनेमाज् लगायत...

परदेशिनेहरुका ‘जिम्दा सपना’

परदेशिनेहरुका ‘जिम्दा सपना’

काठमाडौं– राजधानीको कालिकास्थानस्थित सर्वनाम रंगमञ्चमा राज शाह लिखित–निर्देशित ‘जिम्दा सपना’ मञ्चन भइरहेको छ। नाटकले बोकेको कथाका कारण दर्शकहरुले यसलाई रुचाइरहेको निर्देशक राजले बताएका छन्। ‘हामीले भारी–भरकम कुनै विषय उठाएका छैनौँ,’...

‘अझै पनि' र ईशाको जम्काभेट

‘अझै पनि' र ईशाको जम्काभेट

काठमाडौं– नेपाली फिल्म ‘अझै पनि' युनिटले बलिउड अभिनेत्री ईशा देवललाई भेटेको छ। प्रचारप्रसारका लागि भ्रमणमा रहेको फिल्म टोलीले पोखराबाट फर्कने क्रममा कुरिनटारमा रहेकी ईशालाई सोमबार भेटेको हो। भेटमा ईशाले नेपाली...

मलिना बन्ने भो ‘झम्की'

मलिना बन्ने भो ‘झम्की'

काठमाडौं– पूर्व मिस नेपाल मलिना जोशी ‘ऋतु'पछि फेरि अर्को फिल्म ‘झुम्की'मा नायिका बन्ने भएकी छन्। सोमबार काठमाडौंको मण्डला थियटरमा निर्माण घोषणा भएको ‘झुम्की'बाट ‘ऋतु' फिल्मका एक निर्माता अपिल विष्ट निर्देशनमा...

सिम्पल र स्वीट 'जेरी'

सिम्पल र स्वीट 'जेरी'

यात्राले मान्छेलाई धेरै थोक सिकाउँछ। जेरीले पनि सिक्छ। मुस्ताङसम्म तन्किएको घुमफिरमा उसले थुप्रै हन्डर खान्छ र आफूलाई चिन्ने अवसर पाउँछ।मुस्ताङलाई फन्को लगाउने क्रममा जेरी (अनमोल केसी) र काठमाडौंकी किशोरी आकांक्षा...

रत्‍नजीत र सरादेवी च्याम्पियन

काठमाडौं- साविक विजेता रत्‍नजीत तामाङले चौथो पुष्पलाल स्मृति राष्ट्रिय र्याशङकिङ ब्याडमिन्टन प्रतियोगितामा उपाधि रक्षा गरेका छन्। आर्मीका रत्नजीतले आइतबारको फाइनलमा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा आफ्नै क्लबका विकास श्रेष्ठलाई...