Tuesday 9 Ashwin, 2075 |
Menu

कला

republica-headerdiscount-subscribe1

istl

सुरु भयो मानव अधिकार फिल्म महोत्सव

(0 votes)
राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्मा लगायत। तस्बिरः प्रबिन कोइराला राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्मा लगायत। तस्बिरः प्रबिन कोइराला
काठमाडौं–मानवताको सम्मान गर्ने उद्देश्यले मानव अधिकार फिल्म महोत्सव सुरु भएको छ । शुक्रबार ललितपुरको स्टाफ कलेजमा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले महोत्सवको उद्घाटन गरे।
nepali-patro-june
'मानवताको सम्मान मानव अधिकारमाथि बनेका फिल्मले दर्शकहरुलाई मनोरञ्जन र जानकारी समेत दिने गरेको छ। मनोरञ्जनको स्रोत भएपनि मानिसलाई जागरुक पार्ने काम फिल्महरुले गरिरहेका हुन्छन् । यस्ता महोत्सवहरुमा विभिन्न खालका फिल्महरु अवलोकन गर्न पाइने हुँदा यस्तो अवसरलाई छुटाउन हुन्न जस्तो लाग्छ,' उनले भने ।

अस्कर अवार्ड विजेता पाकिस्तानी डकुमेन्ट्री 'अ गर्ल इन द रिभर'को प्रदर्शनीबाट महोत्सव सुरु भएको थियो । त्यस्तै भर्खरै चलचित्र विकास बोर्डबाट 'विशेष फिल्म'को अवार्ड जित्न सफल नेपाली फिल्म 'छायाँ'को महोत्सवमै प्रिमियर समेत सम्पन्न भयो। बाल यौनदुराचारको विषय बोकेको उक्त फिल्म मनोज पण्डितले निर्देशन गरेका हुन् । नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय फिल्म महोत्सवको चौथो संस्करण १३ देशका ३२ वटा फिल्महरु समेटिएका छन्। मानव अधिकारका मुद्दाहरु समेटिएका फिल्महरुको महोत्सव आगामी आइतबारसम्म चल्नेछ।

महोत्सवको आयोजना मानव अधिकार चलचित्र केन्द्रले गरेको हो। मानिसले सम्मानपूर्वक समान व्यवहार पाएर बाँच्न पाउनुपर्छ भन्ने मान्यता बोकेर निर्माण गरिएका फिल्महरु महोत्सवको प्राथमिकतामा पारिएको छ । नेपाल, भारत, बंगलादेश, पाकिस्तान, इजरायल, इरान, इराक, अस्ट्रेलिया, कम्बोडिया, अमेरिकालगायत १३ देशका ३२ वटा फिल्म महोत्सवमा देखाइनेछ । तीमध्ये २५ फिल्म प्रतिस्पर्धामा सहभागी हुनेछन्, जसमा पाँच नेपाली फिल्म पनि अवार्डका लागि भिड्दैछन् ।

महोत्सवको 'नेपाली कर्नर' सेक्सन अन्तर्गत चारवटा र 'अतितका आँखा' सेक्सनमा मोहन मैनालीको 'जोगिमाराका जिउँदाहरु' तथा धु्रव बस्नेतको 'रक्ताम्मे गह्राहरु' हेर्न पाइनेछ । पाकिस्तान, बंगलादेश, माल्दिभ्स र श्रीलंकाका फिल्महरुको विशेष प्रदर्शनी हुनेछ ।

महोत्सवमा इजरायली फिल्म निर्देशक डान वुल्म्यान, नेपाली निर्देशक छिरिङरितार शेर्पा र बंगलादेशी निर्देशक शहनबाज काकोली सम्मिलित जुरी (निर्णायक मण्डल)ले उत्कृष्ट फिल्म छनोट गर्नेछ ।राष्ट्रिय मानव अधिकार आयोग र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी)को सहकार्यमा हुन लागेको महोत्सवमा भारत, बंगलादेश र माल्दिभ्सका फिल्मकर्मीहरु अतिथिका रुपमा सहभागी छन्।

प्रतिक्रिया

धुर्मुस–सुन्तलीको नयाँ रुप, पञ्चरत्ने र पार्वती (फाेटाे)

धुर्मुस–सुन्तलीको नयाँ रुप, पञ्चरत्ने र पार्वती (फाेटाे)

काठमाडौं– हास्यकलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)को नयाँ रुप सार्वजनिक भएको छ। सर्ट मुभी 'ज्योति'(द पावर अफ लाइट)मा पञ्चरत्ने र पार्वतीको भूमिकामा उनीहरुको नयाँ रुप देखिएको हो।  

पचास वर्ष धकेलिए नारायण!

पचास वर्ष धकेलिए नारायण!

काठमाडौं– भूकम्पका कारण लेखक नारायण ढकालको नयाँ उपन्यास ‘वृषभ वध' विमोचन नगरीकनै बजारमा आएको छ। प्रकाशक फाइन प्रिन्टले विमोचनको तयारी गर्दै गर्दा भूकम्प आएको थियो। पाठकको मागका कारण पुस्तकलाई ढिलो...

सिनेमा हलमा दर्शक फर्कंदै

सिनेमा हलमा दर्शक फर्कंदै

काठमाडौं-महाभूकम्पको पराकम्पनले तर्साइरहे पनि सामान्य मर्मतसम्भारपछि केही सिनेमा हलहरु सुचारु हुन थालेका छन्। राजधानीका विश्वज्योति, गोपीकृष्ण मुभिज, पुष्पाञ्जली, क्युएफएक्स अन्तर्गतका जयनेपाल र कुमारी, बिग सिनेमा, राइजिङ मलस्थित क्युज सिनेमाज् लगायत...

परदेशिनेहरुका ‘जिम्दा सपना’

परदेशिनेहरुका ‘जिम्दा सपना’

काठमाडौं– राजधानीको कालिकास्थानस्थित सर्वनाम रंगमञ्चमा राज शाह लिखित–निर्देशित ‘जिम्दा सपना’ मञ्चन भइरहेको छ। नाटकले बोकेको कथाका कारण दर्शकहरुले यसलाई रुचाइरहेको निर्देशक राजले बताएका छन्। ‘हामीले भारी–भरकम कुनै विषय उठाएका छैनौँ,’...

‘अझै पनि' र ईशाको जम्काभेट

‘अझै पनि' र ईशाको जम्काभेट

काठमाडौं– नेपाली फिल्म ‘अझै पनि' युनिटले बलिउड अभिनेत्री ईशा देवललाई भेटेको छ। प्रचारप्रसारका लागि भ्रमणमा रहेको फिल्म टोलीले पोखराबाट फर्कने क्रममा कुरिनटारमा रहेकी ईशालाई सोमबार भेटेको हो। भेटमा ईशाले नेपाली...

मलिना बन्ने भो ‘झम्की'

मलिना बन्ने भो ‘झम्की'

काठमाडौं– पूर्व मिस नेपाल मलिना जोशी ‘ऋतु'पछि फेरि अर्को फिल्म ‘झुम्की'मा नायिका बन्ने भएकी छन्। सोमबार काठमाडौंको मण्डला थियटरमा निर्माण घोषणा भएको ‘झुम्की'बाट ‘ऋतु' फिल्मका एक निर्माता अपिल विष्ट निर्देशनमा...

सिम्पल र स्वीट 'जेरी'

सिम्पल र स्वीट 'जेरी'

यात्राले मान्छेलाई धेरै थोक सिकाउँछ। जेरीले पनि सिक्छ। मुस्ताङसम्म तन्किएको घुमफिरमा उसले थुप्रै हन्डर खान्छ र आफूलाई चिन्ने अवसर पाउँछ।मुस्ताङलाई फन्को लगाउने क्रममा जेरी (अनमोल केसी) र काठमाडौंकी किशोरी आकांक्षा...

रत्‍नजीत र सरादेवी च्याम्पियन

काठमाडौं- साविक विजेता रत्‍नजीत तामाङले चौथो पुष्पलाल स्मृति राष्ट्रिय र्याशङकिङ ब्याडमिन्टन प्रतियोगितामा उपाधि रक्षा गरेका छन्। आर्मीका रत्नजीतले आइतबारको फाइनलमा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा आफ्नै क्लबका विकास श्रेष्ठलाई...