Tuesday 9 Ashwin, 2075 |
Menu

कला

republica-headerdiscount-subscribe1

istl

दुई महिनाको युरोप यात्रा सकेर फर्किए मह जोडी

(0 votes)
दुई महिनाको युरोप यात्रा सकेर फर्किए मह जोडी
काठमाडौं – कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले करिव दुई महिनाको युरोप भ्रमण सिध्याएर फर्किएका छन्। सांस्कृतिक कार्यक्रम लिएर दुई महिनाअघि युरोप पुगेका मह जोडीले १७ वटा देश पुगेका थिए।


nepali-patro-june
मह जोडीसँग गायीका माण्डवी त्रिपाठी, यमन श्रेष्ठ, मोहित आचार्य, रमिला आचार्य र नरेन्द्र कंसाकार लगायतका कलाकार सँगै थिए। नर्वेबाट सुरु भएको मह जोडीको युरोप यात्रा फिनल्याण्ड, जर्मनी, ईटाली, फ्रान्स, स्वोभाकिया, स्वीजरल्याण्ड, नेदरल्याण्ड, डेनमार्क, पोल्याण्ड, स्विडेन, स्पेन, अष्ट्रिया, चेक गणतन्त्र, पोर्चुगल र बेल्जियम लगायतमा पुगेरका थिए।

गैरआवासिय नेपाली संघ महिला फोरमले दुर्गम जिल्लामा संञ्चालन गरेको पाठेघर खस्ने महिलाहरुको उपचारको सहयोगार्थ मह जोडीले युरोप यात्रा गरेका हुन्। झण्डै १२ वर्षपछि प्रहसन लिएर युरोप यात्रामा निस्किएका मह जोडीले विभिन्न सहरमा नेपाली समुदायमा विभिन्न अन्तराक्रिया समेत गरेका थिए। देश विकासमा जुट्न सबैलाई आ–आफ्नो क्षेत्रबाट योगदान गर्न उनीहरुले आग्रह गरेका थिए। जातीय सहिस्णुता र एकताको सन्देश दिदैं उनीहरुले प्रहसनमार्फत नेपालीहरुलाई एकजुट हुन प्रोत्साहन गरेका थिए।

'१२ वर्षपछि हामी खोला फर्किन्छ भनेझैं हामी युरोप पुगेर १७ वटा देशमा २० वटाभन्दा बढी सहरमा कार्यक्रम गरेका थियौं। हरेक देशमा नेपालीहरुको संख्या र स्तर बढेको देख्दा सुखी लाग्यो,'हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठले भने,'बिडम्बना विदेश पुगेका नेपालीहरुमा नेपालमा भन्दा बढी राजनीति गर्ने भएर गुट र उपगुट बनाउने होडबाजी चलेको रहेछ।'

सात जनाको कलाकार टोलीले युरोप यात्राको दौरान नेपाली समुदायसँग नेपालको आर्थिक विकासको लागि अन्तर्क्रिया समेत गरेको थियो। 'अहिले नेपाललाई राजनैतिक नभएर आर्थिक विकासको आवश्यकता छ। युरोप भ्रमणमा भेटिएका ९० प्रतिशत नेपालीहरु नेपाल फर्किएर देश विकासमा जुट्न चाहन्छन्,'हाँस्यकलाकार हरिवंश आचार्य भन्छन्,'सन् २००२मा जाँदा नेपालीहरु विभिन्न होटलमा कामदारका रुपमा काम गरिरहेका थिए। अहिले होटल व्यवसायीको रुपमा स्थापित भएर युरोपको प्रतिष्ठित अवार्ड पाएर हजारैको संख्यामा विदेशीहरुलाई रोजगार दिइरहेका छन्।'

सुविधासम्पन्न युरोपको १७ देशका विभिन्न सहर पुगेपनि एउटाबाट अन्य केही भिन्न नलागेको प्रसंग सुनाए। स्वीजरल्याण्डमा सहभागि सय नेपालीदेखि पोर्चुगल र बेल्जियममा आयोजित कार्यक्रममा सहभागि हजार हाराहानीका नेपाली कलाकारहरुलाई प्रोत्साहित बनाएका थिए। '१० युरोदेखि २५ युरोसम्मको टिकट काटेर कार्यक्रममा सहभागि हुन पुगेका नेपालीले राजनीतिमा लागेर देश विकासमा लाग्न समेत आग्रह गरेका थिए।'

शुक्रबार नेपाल आइपुगेका मह जोडीसहित सात जनाको कलाकारको टोलीले पाठेघर खस्ने महिलाहरुको उपचारको लागि विभिन्न खर्च कटाएर झण्डै पाँच लाख संकलन गरेका छन्।

नेपालमा ससाना कुरामा झगडा गरेर बसेपनि विदेशमा देश प्यारो हुन्छ भन्ने कुरा युरोप यात्राको बेला महसुश गर्न पाएको थिए,'भावुक हुँदै हाँस्यकलाकार आचार्यले भने।

प्रतिक्रिया

धुर्मुस–सुन्तलीको नयाँ रुप, पञ्चरत्ने र पार्वती (फाेटाे)

धुर्मुस–सुन्तलीको नयाँ रुप, पञ्चरत्ने र पार्वती (फाेटाे)

काठमाडौं– हास्यकलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)को नयाँ रुप सार्वजनिक भएको छ। सर्ट मुभी 'ज्योति'(द पावर अफ लाइट)मा पञ्चरत्ने र पार्वतीको भूमिकामा उनीहरुको नयाँ रुप देखिएको हो।  

पचास वर्ष धकेलिए नारायण!

पचास वर्ष धकेलिए नारायण!

काठमाडौं– भूकम्पका कारण लेखक नारायण ढकालको नयाँ उपन्यास ‘वृषभ वध' विमोचन नगरीकनै बजारमा आएको छ। प्रकाशक फाइन प्रिन्टले विमोचनको तयारी गर्दै गर्दा भूकम्प आएको थियो। पाठकको मागका कारण पुस्तकलाई ढिलो...

सिनेमा हलमा दर्शक फर्कंदै

सिनेमा हलमा दर्शक फर्कंदै

काठमाडौं-महाभूकम्पको पराकम्पनले तर्साइरहे पनि सामान्य मर्मतसम्भारपछि केही सिनेमा हलहरु सुचारु हुन थालेका छन्। राजधानीका विश्वज्योति, गोपीकृष्ण मुभिज, पुष्पाञ्जली, क्युएफएक्स अन्तर्गतका जयनेपाल र कुमारी, बिग सिनेमा, राइजिङ मलस्थित क्युज सिनेमाज् लगायत...

परदेशिनेहरुका ‘जिम्दा सपना’

परदेशिनेहरुका ‘जिम्दा सपना’

काठमाडौं– राजधानीको कालिकास्थानस्थित सर्वनाम रंगमञ्चमा राज शाह लिखित–निर्देशित ‘जिम्दा सपना’ मञ्चन भइरहेको छ। नाटकले बोकेको कथाका कारण दर्शकहरुले यसलाई रुचाइरहेको निर्देशक राजले बताएका छन्। ‘हामीले भारी–भरकम कुनै विषय उठाएका छैनौँ,’...

‘अझै पनि' र ईशाको जम्काभेट

‘अझै पनि' र ईशाको जम्काभेट

काठमाडौं– नेपाली फिल्म ‘अझै पनि' युनिटले बलिउड अभिनेत्री ईशा देवललाई भेटेको छ। प्रचारप्रसारका लागि भ्रमणमा रहेको फिल्म टोलीले पोखराबाट फर्कने क्रममा कुरिनटारमा रहेकी ईशालाई सोमबार भेटेको हो। भेटमा ईशाले नेपाली...

मलिना बन्ने भो ‘झम्की'

मलिना बन्ने भो ‘झम्की'

काठमाडौं– पूर्व मिस नेपाल मलिना जोशी ‘ऋतु'पछि फेरि अर्को फिल्म ‘झुम्की'मा नायिका बन्ने भएकी छन्। सोमबार काठमाडौंको मण्डला थियटरमा निर्माण घोषणा भएको ‘झुम्की'बाट ‘ऋतु' फिल्मका एक निर्माता अपिल विष्ट निर्देशनमा...

सिम्पल र स्वीट 'जेरी'

सिम्पल र स्वीट 'जेरी'

यात्राले मान्छेलाई धेरै थोक सिकाउँछ। जेरीले पनि सिक्छ। मुस्ताङसम्म तन्किएको घुमफिरमा उसले थुप्रै हन्डर खान्छ र आफूलाई चिन्ने अवसर पाउँछ।मुस्ताङलाई फन्को लगाउने क्रममा जेरी (अनमोल केसी) र काठमाडौंकी किशोरी आकांक्षा...

रत्‍नजीत र सरादेवी च्याम्पियन

काठमाडौं- साविक विजेता रत्‍नजीत तामाङले चौथो पुष्पलाल स्मृति राष्ट्रिय र्याशङकिङ ब्याडमिन्टन प्रतियोगितामा उपाधि रक्षा गरेका छन्। आर्मीका रत्नजीतले आइतबारको फाइनलमा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा आफ्नै क्लबका विकास श्रेष्ठलाई...