9 Mangshir, 2074 |
Menu

कला

republica-headerdiscount-subscribe1

istl

सामाजिक विकृतिमा आधारित 'ओ माई म्यान'

(0 votes)
सामाजिक विकृतिमा आधारित 'ओ माई म्यान'
काठमाडौँ-आधुनिकता र यसले निम्त्याएको सामाजिक विसङ्गतिलाई छोटो चलचित्र 'ओ माई म्यान'ले पस्कने कोसिस गरेको छ। पुनम गौतमको निर्माण, सञ्चारकर्मी सुशील पौडेलको लेखन र गोपालचन्द्र लामिछानेको निर्देशनमा बनेको 'ओ माई म्यान' को आज विशेष 'प्रिमियर सो' गरिएको थियो।


nepali-patro-june
केही अपर्झट वा दुःख पर्दा 'ओ माई गड' भन्ने वाक्यलाई व्यङ्ग्यात्मक शैलीमा भगवानबाट'ओ माई म्यान' भनिएको हो । त्यसैलाई चलचित्रको शीर्षक दिइएको छ । उक्त चलचित्रले विवाह पछि पनि प्रेमीप्रेमिकासँग सम्बन्ध राख्ने समाजमा बढदै गएको प्रचलनलाई उजागर गर्न खोजेको छ।

उक्त छोटो चलचित्रमा आफूभन्दा निकै कम उमेरकी युवतीलाई विवाह गरेका पाका उमेरका एक पुरुषको कथालाई मुख्य रुपमा देखिइएको छ। उमेरदार श्रीमतीले आफ्नै उमेर सुहाउँदो अर्कै पुरुषलाई प्रेमी बनाएकी हुन्छिन्। घरमा सासू र श्रीमान् नभएको बेला उनले प्रेमीलाई घरमा नै डाक्ने गर्छिन्।

एक दिन सासूले उनको चर्तिकला देखेपछि छोरालाई भन्छिन् । श्रीमतीले पनि आफ्नो कसैसँग पनि कुनै प्रकारको अनैतिक सम्बन्ध नरहेको दाबी गर्छिन् । श्रीमती र आमामध्ये को सही को गलत भन्ने द्विविधामा उनी पर्छन्। कालभैरवको मूर्तिमा छोएर झुट बोले तत्काल रगत छादेर मृत्यु हुने कथनलाई सुनेका उनका सानो छोराले कालभैरव मन्दिरमा आमा र हजुरआमालाई लगेर कसम खुवाई साँचो कुरा बोल्न लगाउने उपाय दिन्छन्।

अरूलाई झुट बोले पनि भगवानका सामु झुट बोल्न सकिन्न भन्दै श्रीमती माइती लाग्छिन्। माइतीमा आमाले उनलाई भगवानको कसम खाँदा पनि पाप नलाग्ने उपाय सिकाइदिन्छिन्। त्यसपछि उनी घर फर्किएर कालभैरवलाई छोई कसम खान्छिन्। झुट बोलेर पनि कसम खाएको देख्दा कालभैरवले साङ्केतिक रुपमा 'ओ माई म्यान' भन्छन्।

बीस मिनेटको उक्त चलचित्रमा श्रीमतीको भूमिकामा स्वस्तिका राजभण्डारी, श्रीमान्को भूमिकामा शम्भु थापा, श्रीमतीको आमाको भूमिकामा लक्ष्मी गिरी, सासूको भूमिकामा रमा थपलिया र छोराको भूमिकामा बालकलाकार कुसाग्र भट्टराईको अभिनय रहेको छ। रासस

प्रतिक्रिया

धुर्मुस–सुन्तलीको नयाँ रुप, पञ्चरत्ने र पार्वती (फाेटाे)

धुर्मुस–सुन्तलीको नयाँ रुप, पञ्चरत्ने र पार्वती (फाेटाे)

काठमाडौं– हास्यकलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)को नयाँ रुप सार्वजनिक भएको छ। सर्ट मुभी 'ज्योति'(द पावर अफ लाइट)मा पञ्चरत्ने र पार्वतीको भूमिकामा उनीहरुको नयाँ रुप देखिएको हो।  

पचास वर्ष धकेलिए नारायण!

पचास वर्ष धकेलिए नारायण!

काठमाडौं– भूकम्पका कारण लेखक नारायण ढकालको नयाँ उपन्यास ‘वृषभ वध' विमोचन नगरीकनै बजारमा आएको छ। प्रकाशक फाइन प्रिन्टले विमोचनको तयारी गर्दै गर्दा भूकम्प आएको थियो। पाठकको मागका कारण पुस्तकलाई ढिलो...

सिनेमा हलमा दर्शक फर्कंदै

सिनेमा हलमा दर्शक फर्कंदै

काठमाडौं-महाभूकम्पको पराकम्पनले तर्साइरहे पनि सामान्य मर्मतसम्भारपछि केही सिनेमा हलहरु सुचारु हुन थालेका छन्। राजधानीका विश्वज्योति, गोपीकृष्ण मुभिज, पुष्पाञ्जली, क्युएफएक्स अन्तर्गतका जयनेपाल र कुमारी, बिग सिनेमा, राइजिङ मलस्थित क्युज सिनेमाज् लगायत...

परदेशिनेहरुका ‘जिम्दा सपना’

परदेशिनेहरुका ‘जिम्दा सपना’

काठमाडौं– राजधानीको कालिकास्थानस्थित सर्वनाम रंगमञ्चमा राज शाह लिखित–निर्देशित ‘जिम्दा सपना’ मञ्चन भइरहेको छ। नाटकले बोकेको कथाका कारण दर्शकहरुले यसलाई रुचाइरहेको निर्देशक राजले बताएका छन्। ‘हामीले भारी–भरकम कुनै विषय उठाएका छैनौँ,’...

‘अझै पनि' र ईशाको जम्काभेट

‘अझै पनि' र ईशाको जम्काभेट

काठमाडौं– नेपाली फिल्म ‘अझै पनि' युनिटले बलिउड अभिनेत्री ईशा देवललाई भेटेको छ। प्रचारप्रसारका लागि भ्रमणमा रहेको फिल्म टोलीले पोखराबाट फर्कने क्रममा कुरिनटारमा रहेकी ईशालाई सोमबार भेटेको हो। भेटमा ईशाले नेपाली...

मलिना बन्ने भो ‘झम्की'

मलिना बन्ने भो ‘झम्की'

काठमाडौं– पूर्व मिस नेपाल मलिना जोशी ‘ऋतु'पछि फेरि अर्को फिल्म ‘झुम्की'मा नायिका बन्ने भएकी छन्। सोमबार काठमाडौंको मण्डला थियटरमा निर्माण घोषणा भएको ‘झुम्की'बाट ‘ऋतु' फिल्मका एक निर्माता अपिल विष्ट निर्देशनमा...

सिम्पल र स्वीट 'जेरी'

सिम्पल र स्वीट 'जेरी'

यात्राले मान्छेलाई धेरै थोक सिकाउँछ। जेरीले पनि सिक्छ। मुस्ताङसम्म तन्किएको घुमफिरमा उसले थुप्रै हन्डर खान्छ र आफूलाई चिन्ने अवसर पाउँछ।मुस्ताङलाई फन्को लगाउने क्रममा जेरी (अनमोल केसी) र काठमाडौंकी किशोरी आकांक्षा...

रत्‍नजीत र सरादेवी च्याम्पियन

काठमाडौं- साविक विजेता रत्‍नजीत तामाङले चौथो पुष्पलाल स्मृति राष्ट्रिय र्याशङकिङ ब्याडमिन्टन प्रतियोगितामा उपाधि रक्षा गरेका छन्। आर्मीका रत्नजीतले आइतबारको फाइनलमा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा आफ्नै क्लबका विकास श्रेष्ठलाई...