Tuesday 11 Shrawn, 2073 |
Menu

republica-headerdiscount-subscribe1

ग्यास सिलिन्डर चुहिएपछि...

काठमाडौं– मंगलबार बिहान ९ बजे टेकु सुगम ग्यासका कामदार सुरेन्द्र बलामी सिलिण्डर बोकेर कालीमाटी स्थित चटपटे टहरामा ग्यास जोड्न खोज्दै थिए। त्यही ग्यासबाट एक्कासी आगोको मुस्लो निस्कियो र फैलियो। फैलिएको आगोले क्षणभरमै टहराभित्र बाहिर रहेका सात जनालाई जलायो।
Read more...

फेरियो प्रणाली, फेरिएन उपलब्धि

काठमाडौं- दस कक्षामा एसएलसी परीक्षा गराउने प्रणालीलाई बिट मार्दै सरकारले यसको अन्तिम संस्करणको नतिजा बिहीबार सार्वजनिक गरेको छ। कक्षा १२ सम्मलाई विद्यालयतह निर्क्योल गरेको दुई साता नबित्दै सरकारले एसएलसी परीक्षा–२०७२ को नतिजा पहिलोपटक अक्षरांक (ग्रेडिङ) प्रणालीमा सार्वजनिक गरेको हो।
Read more...

सिलिन्डर विस्फोटबाट ३ को मृत्यु भएपछि एचपी ग्यासमाथि प्रतिबन्ध

काठमाडौं- ग्यास बिस्फोटमा परी तीन जनाको मृत्यु भएपछि सरकारले एचपी ग्यासको बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ। जेठ ७ गते ललितपुर मंगलबजारमा 'एचपी ब्राण्ड'को ग्यास बिस्फोटमा परी धनजनको क्षती भएपछि सरकारले यस्तो निर्णय गरेको हो।
Read more...

प्रधानमन्त्री अचानक विमानस्थल छिर्दा

काठमाडौं-सधैं भिडभाड भइरहने मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रीहरूसहित अकस्मात पुग्दा कर्मचारीदेखि सुरक्षा अधिकारीसम्म अकमक्क परे।
Read more...

बेनिजिर भुट्टो र म रातभर खित्का छाडेर हास्यौं अनि रोयौंः मीना (अडियो)

काठमाडाैं-नेपालका अति धनी क्रिश्चियन परिवारको एक विवाह समारोहमा सहभागी हुन तात्कालिन पाकिस्तानी प्रधानमन्त्री बेनिजिर भुट्टो नेपाल आउँदा आफ्नो कोठामा भुट्टोले रात बिताएको मीन सिं खड्कको दावी छ।
Read more...

जाजरकोटवासीलाई चामल छैन

जाजरकोट- चामल सकिँदा जाजरकोटवासी छाक टार्ने समस्याले पिरोलिएका छन् तर खाद्य संस्थानको सदरमुकामस्थित गोदाम भने भरिभराउ छ। जाजरकोटका दुर्गम गाउँका लागि सरकारले छुट्ट्याएको नियमित कोटाको चामल ठेकेदार लापरवाहीले समयमा ढुवानी हुन नसक्दा स्थानीय अभाव झेल्न विवश छन्।
Read more...

एक महिलाकाे झुटको खेती : मिसेल ओबामाको फाेनदेखि मध्यरातमा बेनिजिर भुट्टोसम्म [भिडियाे]

काठमाडौं–काठमाडौंस्थित एक कलेजको ल्याण्डलाईन नम्बरमा अमेरिकी राष्ट्रपति बाराक अाेबामा पत्नी मिसेल आफैँले फोन गरेर सोध्छिन्, 'इज मीना देअर ?' (मीनाजी त्यहाँ हुनुहुन्छ...?) पाकिस्तानी प्रधानमन्त्री बेनिजिर भुट्टो प्रधानमन्त्रीकै हैसियतमा नेपाल आउँदा उनै मीनालाई भेट्न आफू बसेको होटल छाडेर राति १ बजे एक्लै…
Read more...

नयाँ शक्तिको 'समृद्धि सपना'

काठमाडौं- काभ्रे बनेपाका संदीप घोरसाइने पेशाले सवारी चालक हुन्। राजनीतिमा खासै चासो नराख्ने उनी आइतबार दशरथ रंगशालामा नयाँ शक्ति नेपाल पार्टीको घोषणा कार्यक्रममा चर्को घाम सहेर बसे। पार्टी संयोजक डा.बाबुराम भट्टराईले सारेको आर्थिक विकासका नाराले आफुलाई यहाँ सम्म तानेको उनले…
Read more...

देशभर ६ करोड कुखुरा!

काठमाडौं- एक दशकयता मुलुकमा कुखुराको मासु र अन्डा उपभोग ह्वात्तै बढेको छ। यससँगै व्यावसायिक प्रयोजनले कुखुरा पालन गर्ने क्रम पनि तीव्र छ। यी सबै फार्ममा गरी कति कुखुरा होलान्? तिनले वर्षमा कति चल्ला र अन्डा उत्पादन गर्लान्? सायदै कसैलाई थाहा थियो।…
Read more...

युराेकप : रसिया र इंग्ल्यान्डका समर्थकबीच हिंसात्मक झडप

पेरिस—फ्रान्समा भइरहेको युरो कप २०१६ मा रुस र इंग्ल्यान्डको पहिलो खेलका क्रममा दुई देशका समर्थकबीच हिंसात्मक झडप भएको छ। दक्षिण फ्रान्सको मार्से सहरमा रसियाली टोली तथा इंग्ल्यान्डको टोलीका समर्थकबीच झडप भएको हो।
Read more...

खानै ठिक्क, 'सुको' बच्दैन

काठमाडौं- कोटेश्वरकी पार्वती भुसालका लागि काठमाडौंको महँगी नौलो त होइन तर एकै वर्ष उपभोग्य वस्तुको भाउ यति अचाक्ली बढ्ला भन्ने उनको कल्पनामै थिएन। पाँच वर्षअघि अर्घाखाँचीबाट काठमाडौं छिरेकी भुसाललाई अहिले भान्सा चलाउनै हम्मे छ। जति कमायो खानै ठिक्क, बचत त…
Read more...

जीवनको अन्तिम क्षणसम्म देशको लागि लड्छु : बाबुराम [नागरिक शो]

नयाँ शक्ति नेपालका संयोजक एवं पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले जीवनको अन्तिम क्षणसम्म मानव हित र देशको समृद्धिका लागि लड्ने बताएका छन्। उनले जीवनका परीक्षामा निरन्तर खरो उत्रने नाम 'बाबुराम' भएको जोसिलो भाव देखाए।
Read more...

वास्तुदोष पन्छाउँदै देउवा

काठमाडौं- कांग्रेस सभापति शेरबहादुर देउवा महाधिवेशन सकिएको तीन महिना नाघिसक्दा पनि खास कार्यकक्ष प्रवेश गरेका छैनन्। फागुन २४ गते सभापति निर्वाचित भएलगत्तै उनी आफू पहिले बस्दै आएकै कोठातिर लागे। त्यसका सोफा, कार्पेट, कुर्सी, टेबुल, फेर्न लगाए। तर, सभापतिको कार्यकक्ष पसेनन्।
Read more...

बन्दमा जे देखियो ...(भिडियो)

काठमाडाैं-नेत्र बिक्रम चन्द नेतृत्वको माअोवादीले गरेको बन्दको प्रभाव राजधानि काठमाडाैंमा पनि परेको छ। सडकमा बन्दकर्ता देखिएका छैनन्। सुरक्षा परिचालन बाक्लो छ। सवारी चाप सडकमा निकै कम छ।
Read more...
Subscribe to this RSS feed