Tuesday 6 Kartik, 2075 |
Menu

republica-headerdiscount-subscribe1

istl

सय वर्षसम्म सहर उस्तै

(0 votes)
सय वर्षसम्म सहर उस्तै
विराटनगर-मोरङको सदरमुकाम रंगेलीबाट विराटनगर सारिएको सय वर्ष पुगे पनि यो सहरलाई समृद्ध बनाउने योजना अलपत्र छ। १९७१ सालमा रंगेलीबाट तत्कालीन गोग्राहा (हाल विराटनगर) मा सदरमुकाम सारिएयता सानातिना काम सम्पन्न भए पनि सहरको कायापलट गर्ने योजना कार्यान्वयन भएका छैनन्।


nepali-patro-june
सदरमुकाम सारिएपछि 'पछाडि धकेलियौं' भन्ने रंगेलीबासीको गुनासो यथावत छ। नयाँ सदरमुकामका बासिन्दा पनि विकास–निर्माणका कामप्रति सन्तुष्ट छैनन्। शतवार्षिकी कार्यक्रम गर्न लागेको उपमहानगरपालिकाले नयाँ विकास कार्यक्रम पस्किन सकेको छैन। यसअघि प्रस्ताव गरिएका कार्यक्रमको समीक्षा तथा तिनको कार्यान्वयनबारे मौनता साँधिएको छ।

शतवार्षिकी अवसरमा उपमहानगरपालिकाले २०७० वैशाखदेखि विभिन्न कार्यक्रम गर्दै आए पनि मूल समारोह यही वर्षको चैत अन्तिम साता हुँदै छ। उपमहानगरपालिकाका अनुसार राष्ट्रपति वा प्रधानमन्त्री बोलाएर उत्सव शुभारम्भ गर्ने, मन्त्रिपरिषद बैठक बसाउने, फोटो प्रदर्शनी गर्ने, चाँदीको सिक्का बनाउने, नेपाल उद्योग वाणिज्य महासंघको बैठक डाक्नेजस्ता प्रचारमुखी कार्यक्रमबाहेक दीर्घकालीन योजना सार्वजनिक हुन सकेका छैनन्।

'हाम्रो स्रोतबाट गर्न सकिने काम हुँदै छन्,' शतवार्षिकी समारोहका सदस्य–सचिव पुनम दाहालले नागरिकसँग भने, 'सहरको सुधार र विकासका लागि 'मास्टर प्लान बनाएर सहयोगको अपिल गर्छौं।'

देशकै दोस्रो ठूलो सहर विराटनगरलाई सुविधासम्पन्न बनाउन ल्याइएका अधिकांश सरकारी योजना अलपत्र छन्। चक्रपथ निर्माण, बथनाहा–विराटनगर रेल्वे परियोजना, ढल तथा नाला निर्माण, ६ लेनको सडक, एकीकृत भन्सार चेकपोस्ट, विशेष आर्थिक क्षेत्र र क्षेत्रीयस्तरको विमानस्थललाई बनाउने लगायत योजनाले गति लिन सकेका छैनन्। मुआब्जा विवाद, स्थानीयको अवरोध र सरकारी ढिलासुस्तीले सहरी विकास तीव्र रूपमा हुन सकेको छैन।

'एयरपोर्ट र कोइराला निवासबाहेक विराटनगर डुल्ने र मन बहलाउने ठाउँ छैन,' स्थानीय बुद्धिजीवी रामबाबु दाहालले भने, 'सहर ठूलो भए पनि विकासले गति लिन सकेको छैन।' दाहालका अनुसार दीर्घकालीन योजना कार्यान्वयन नहुँदा विराटनगर पछाडि परेको हो। उनी भन्छन्, 'यहाँका ठूला नेताले सानातिनाबाहेक विराटनगरको विकासका लागि भनेर उल्लेखनीय काम गरेनन्, स्थानीयता र स्वायत्तता नपाउँदा विराटनगर पछाडि धकेलियो।'

घना बस्ती र मिश्रित बसोबास भएको विराटनगरमा स्कुल–कलेज, होटल, अस्पताललगायत क्षेत्रमा निजी क्षेत्रको प्रशस्त लगानी छ तर सरकारले उपेक्षा गरेको छ।

अलपत्र चक्रपथ

विराटनगरमा चक्रपथ बनाउने १२ वर्षअघिको योजनाले गति लिन सकेको छैन। ४१ किलोमिटर लामो चक्रपथको ३७ किलोमिटरमा ट्रयाक खोलिसकिएको छ भने १६ किलोमिटर सडकखण्डमा ग्राभेलको काम बाँकी छ। चक्रपथ बनाउने महŒवाकांक्षी योजनामा ढिलाइ भइरहेका बेला सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयले विराटनगरको महतो टोलमा एक किलोमिटर 'नमूना' चक्रपथ निर्माण गरेर 'योजना सुरुवात' भएको भन्दै स्थानीयलाई थामथुम पारेको छ।

विराटनगरको ४२ किलोमिटर बाहिरी क्षेत्रमा चक्रपथ बनाउने योजना लम्बिएपछि नमूना चक्रपथ बनाउन लागिएको हो। विराटनगरको भित्री सहरी क्षेत्रबाट भारी सवारीसाधनको चाप हटाउन, व्यवस्थित सहरी क्षेत्र विस्तार गर्न र औद्योगिक विकास, एकीकृत भन्सार पोस्ट एवं विशेष आर्थिक क्षेत्रको विकासमा टेवा पुर्‍याउने उद्देश्यले ०५४ सालमा विराटनगरमा चक्रपथ बनाउने सुरसार गरिएको थियो।

०५४ सालमा एकीकृत कार्यमुलक योजना (आइएपी) तयार गरी विराटनगरमा चक्रपथ बनाउने सुरसार गरिए पनि र सरकारबाट अवधारणाअनुरुप काम सुरु गर्ने निर्देशन आए पनि बजेट अभावमा निर्माण अगाडि बढ्न सकेको छैन।

ढल र रेल्वेमा चासो

दोस्रो ठूला सहर भए पनि विराटनगरमा ढल निकासको व्यवस्था छैन। एसियाली विकास बैंकको ८१ प्रतिशत, नगर विकास कोषको ११ प्रतिशत र उपमहानगरको ८ प्रतिशत आर्थिक सहयोगमा विराटनगरको ९५ किलोमिटर क्षेत्रमा व्यवस्थित ढल र नाला बनाउने योजना बल्ल सुरू हुँदैछ। 'ठेक्का लागिसकेको छ,' योजनाका इन्जिनियर भरत न्यौपानेले भने, 'महिना दिनभित्रमै काम सुरू हुन्छ।'

पुष्पलाल चोकदेखि जतुवा र राजवंशी चोकदेखि रोडशेष हुँदै जतुवासम्मको इलाकामा ढल र नाला निर्माण हुँदैछ। ढल निर्माणको सपना विराटनगरवासीको पुरानो हो। दुई अर्व ५० करोड रूपैयाँको उक्त परियोजना ढिलो भएकोमा स्थानीय आक्रोशित छन्।

विराटनगरलाई छुने कटहरी–बथनाहा ब्रोडगेजको निर्माणबारे नेपालको सरकारीपक्ष नै अनभिज्ञ छ। भारत सरकारले बनाउने रेल्वे मार्गका लागि विराटनगरमा नेपाल सरकारले कार्यालयसमेत स्थापना गरेको छ। तर, कार्यालयमा दुईजना कर्मचारी बस्छन्। उनीहरुलाई परियोजनाबारे थाहै छैन। सडक डिभिजन कार्यालय विराटनगरबाट काजमा खटिएका सुब्बा सूर्य पौडेल पनि सडकमै हाजिर भइसकेका छन्।

रेल्वे परियोजनाको सिमरा–बर्दिवास खण्ड हेर्ने सरकारी इन्जिनियर मोहनचन्द्र भट्टले कटहरी–बथनाहा साइटमा केठेदार र उपकरण आइसकेको बताए। कटहरी–बथनाहा रेल्वे मार्गका लागि नेपाल सरकारले १ सय १४ बिघा जग्गा अधिग्रहण गरेर भारतलाई निर्माणका लागि हस्तान्तरण गरेपछि इन्डियन रेल्वे कन्स्ट्रक्सन प्रालिले कोलकातास्थित तातिया एन्ड तातिया कन्स्ट्रक्सनलाई रेल्वे मार्ग निर्माणको ठेक्का दिएको छ।

सन् २०१४ को डिसेम्बरसम्ममा रेल्वेको ट्र्याक खोल्ने ठेक्का पाएको तातिया कम्पनीको प्राविधिक टिम बल्ल साइटमा आइपुगेको छ। तातियाले सन् २०१३ को जनवरीदेखि नै काम थाल्ने ठेक्का पाएको थियो।

नेपाल र भारतका राष्ट्रपतिबीच भएको सम्झौताअनुसार भारतीय सरकारले नेपालको पाँच स्थानमा उत्तर–दक्षिण जोड्ने रेल्वे मार्ग निर्माण गरिदिने भएको छ। बथनाहा–कटहरी रेल्वे मार्ग १८.१ किलोमिटर लामो हुनेछ। जसमा १३.१ किलोमिटर नेपालतर्फ र पाँच किलोमिटर भारततर्फ ट्र्याक बनाइनेछ। २ सय ३८ करोड भारतीय रुपैयाँको लागतमा निर्माण थालिएको उक्त रेल्वे ट्र्याकमा यात्रु र मालवाहक दुबै ट्रेन आउजाउ गर्नेछन्।

सिंघिया खोलामा रेल क्रसका लागि पुल निर्माण गरिनेछ। मोरङको कटहरी–३ मा रेल्वे प्लेटफर्म, यात्रु प्रतीक्षालय, कार्यालय भवनसमेत निर्माण गरिनेछ। १५ सय मिटर लम्बाइ र १ सय ५० मिटर चौडाइ जग्गामा रेल्वे प्लेटफर्म निर्माण गरिनेछ। भेडियारी र बथनाहामा समेत रेल्वे प्लेटफर्म बनाइनेछ।

नेपाल सरकारले रेल्वे मार्ग निर्माणका लागि अधिग्रहण गरेको जग्गाको मुआब्जा र क्षतिपूर्ति स्थानीयलाई बाँडिसकेको छ। सरकारले ४३ करोड रुपैयाँ मुआब्जा र क्षतिपूर्ति बाँडेको हो।

६ लेन सडक र भन्सारमा ढिलाइ

दिनहुँ सवारी चाप थपिँदै गएको विराटनगर–धरान सडकलाई ६ लेन बनाउने कार्य ढिलो भएको छ। इटहरीमा भर्खरै कार्यालय स्थापना गरेको व्यापारिक मार्ग विस्तार आयोजनाले माघ महिनादेखि पहिलो चरणको काम सुरु हुने जनाएको छ। 'माघदेखि तीन किलोमिटर सडक ६ लेन बनाउने काम सुरु हुन्छ,' आयोजना प्रमुख विजय चापागाइँले भने, 'बाँकी कामको योजना बनाउनै बाँकी छ।

६ लेन सडक निर्माणमा सुनसरीको दुहबीवासीले अवरोध गरेका छन्। ६ लेन बनाउँदा अहिलेको बजार उठ्ने त्रासले उनीहरुले अवरोध जारी राखेका छन्। तत्कालै चक्रपथ निर्माण सम्भव नभएकाले ६ लेन सडकले सवारी चापलाई पातलो बनाउनेछ।

एकीकृत जाँच बिन्दु (आइसिपी) का लागि भारत सरकारलाई नेपालले जग्गा हस्तान्तरण गरिसके पनि निर्माणको काम सुस्त छ। मोरङको बुधनगरमा भारत सरकारले निर्माण गरिदिने आइसिपी निर्माणमा मुआब्जा वितरणको लफडाले ढिलाइ भएको हो। एकसय २९ बिघा जग्गा अधिग्रहण गरेर सरकारले आइसिपी निर्माणका लागि भारतलाई हस्तान्तरण गरेको छ। अधिग्रहण गरिएको जग्गामा सहरी विकास तथा भवन निर्माण कार्यालयले तारजाली लगाएको छ। सुरक्षाका लागि सशस्त्र प्रहरी बस्ने ब्यारेक बनाइसकिएको छ।

भारत सरकारले सीमावर्ती नाकामा आफू र नेपालतिर पनि आधुनिक एकीकृत चेकपोस्ट विन्दु निर्माण गर्ने सहमति गरेको छ। जसअनुसार भारततिरको ८० प्रतिशत भवन निर्माणको काम सकिइसकेको छ।

१ सय ३० करोड भारतीय रुपैयाँको लगानीमा निर्माण हुने एकीकृत चेकपोस्ट विन्दुमा भन्सार, पशु क्वारेन्टाइनलगायत सीमा क्षेत्रमा हुने सरकारी कारोबार एकै थलोबाट गर्ने उद्देश्यले आइसिपीको निर्माण हुन लागेको छ। जग्गा हस्तान्तरणमा ढिलाइ भएपछि आइसिपी निर्माणको लागतसमेत बढेको भारतीय अधिकारीले बताएका छन्।

प्रतिक्रिया

ग्यास सिलिन्डर चुहिएपछि...

ग्यास सिलिन्डर चुहिएपछि...

काठमाडौं– मंगलबार बिहान ९ बजे टेकु सुगम ग्यासका कामदार सुरेन्द्र बलामी सिलिण्डर बोकेर कालीमाटी स्थित चटपटे टहरामा ग्यास जोड्न खोज्दै थिए। त्यही ग्यासबाट एक्कासी आगोको मुस्लो निस्कियो र फैलियो। फैलिएको...

फेरियो प्रणाली, फेरिएन उपलब्धि

फेरियो प्रणाली, फेरिएन उपलब्धि

काठमाडौं- दस कक्षामा एसएलसी परीक्षा गराउने प्रणालीलाई बिट मार्दै सरकारले यसको अन्तिम संस्करणको नतिजा बिहीबार सार्वजनिक गरेको छ। कक्षा १२ सम्मलाई विद्यालयतह निर्क्योल गरेको दुई साता नबित्दै सरकारले एसएलसी परीक्षा–२०७२...

सिलिन्डर विस्फोटबाट ३ को मृत्यु भएपछि एचपी ग्यासमाथि प्रतिबन्ध

सिलिन्डर विस्फोटबाट ३ को मृत्यु भएपछि एचपी ग्यासमाथि प्रतिबन्ध

काठमाडौं- ग्यास बिस्फोटमा परी तीन जनाको मृत्यु भएपछि सरकारले एचपी ग्यासको बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ। जेठ ७ गते ललितपुर मंगलबजारमा 'एचपी ब्राण्ड'को ग्यास बिस्फोटमा परी धनजनको क्षती भएपछि सरकारले...

प्रधानमन्त्री अचानक विमानस्थल छिर्दा

प्रधानमन्त्री अचानक विमानस्थल छिर्दा

काठमाडौं-सधैं भिडभाड भइरहने मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रीहरूसहित अकस्मात पुग्दा कर्मचारीदेखि सुरक्षा अधिकारीसम्म अकमक्क परे।

बेनिजिर भुट्टो र म रातभर खित्का छाडेर हास्यौं अनि रोयौंः मीना (अडियो)

बेनिजिर भुट्टो र म रातभर खित्का छाडेर हास्यौं अनि रोयौंः मीना (अडियो)

काठमाडाैं-नेपालका अति धनी क्रिश्चियन परिवारको एक विवाह समारोहमा सहभागी हुन तात्कालिन पाकिस्तानी प्रधानमन्त्री बेनिजिर भुट्टो नेपाल आउँदा आफ्नो कोठामा भुट्टोले रात बिताएको मीन सिं खड्कको दावी छ।

जाजरकोटवासीलाई चामल छैन

जाजरकोटवासीलाई चामल छैन

जाजरकोट- चामल सकिँदा जाजरकोटवासी छाक टार्ने समस्याले पिरोलिएका छन् तर खाद्य संस्थानको सदरमुकामस्थित गोदाम भने भरिभराउ छ। जाजरकोटका दुर्गम गाउँका लागि सरकारले छुट्ट्याएको नियमित कोटाको चामल ठेकेदार लापरवाहीले समयमा ढुवानी...

एक महिलाकाे झुटको खेती : मिसेल ओबामाको फाेनदेखि मध्यरातमा बेनिजिर भुट्टोसम्म [भिडियाे]

एक महिलाकाे झुटको खेती : मिसेल ओबामाको फाेनदेखि मध्यरातमा बेनिजिर भुट्टोसम्म [भिडियाे]

काठमाडौं–काठमाडौंस्थित एक कलेजको ल्याण्डलाईन नम्बरमा अमेरिकी राष्ट्रपति बाराक अाेबामा पत्नी मिसेल आफैँले फोन गरेर सोध्छिन्, 'इज मीना देअर ?' (मीनाजी त्यहाँ हुनुहुन्छ...?) पाकिस्तानी प्रधानमन्त्री बेनिजिर भुट्टो प्रधानमन्त्रीकै हैसियतमा नेपाल आउँदा उनै...

नयाँ शक्तिको 'समृद्धि सपना'

नयाँ शक्तिको 'समृद्धि सपना'

काठमाडौं- काभ्रे बनेपाका संदीप घोरसाइने पेशाले सवारी चालक हुन्। राजनीतिमा खासै चासो नराख्ने उनी आइतबार दशरथ रंगशालामा नयाँ शक्ति नेपाल पार्टीको घोषणा कार्यक्रममा चर्को घाम सहेर बसे। पार्टी संयोजक डा.बाबुराम...