15 Ashwin, 2073 |
Menu

republica-headerdiscount-subscribe1

istl

५ दिनमा २० हजारले घर फर्किन निवेदन दिए

(0 votes)
५ दिनमा २० हजारले घर फर्किन निवेदन दिए
काठमाडौं - साउदी अरबस्थित नेपाली दूतावासमा २० हजार अवैध नेपाली कामदारले स्वदेश फर्कन यात्रा अनुमतिपत्र (ट्राभल डकुमेन्ट) का लागि निवेदन दिएका छन्। साउदीले त्यहाँ रहेका अवैध आप्रवासी कामदारलाई वैध वा स्वदेश फर्कन ५५ दिने एमनेस्टी (आममाफी) घोषणा गरेपछि पछिल्लो पाँच दिनमा २० हजारको निवेदन परेको हो। 'पाँच दिनमा २० हजार अवैध कामदारले घर फर्किन राहदानी माग गरी दूतावासमा निवेदन दिएका छन्,' साउदी अरबका लागि नेपाली राजदूत उदयराज पाण्डेले टेलिफोनबाट भने, 'स्वदेश फर्कन निवेदन दिनेमा महिलाको संख्या नगन्य छ।'
nepali-patro-june
अवैध आप्रवासी कामदारलाई साउदीले असार १९ सम्म वैध वा स्वदेश फर्कने अवसर दिएको छ। यो अवधिमा त्यहीं वैध भई बस्ने वा आआफ्ना दूतावासबाट राहदानी लिई स्वदेश फर्कने कामदारमाथि कुनै कारबाही तथा सजाय हुनेछैन। ७० हजार पुरुष र गैरकानुनी तरिकाले घरेलु कामदारका रुपमा प्रवेश गरेका ५० हजार महिला गरी करिब एक लाख २० हजार हाराहारीमा साउदीमा नेपाली अवैध कामदार रहेको अनुमान छ। 

वैध तथा अवैध गरी ६ लाख भन्दा बढी नेपाली कामदार रहेको साउदीका विभिन्न प्रमुख सहरबाट दूतावासले अवैध कामदारको निवेदन संकलन गरेको छ। रियाद, जेद्दा र दमाम गरी तीन ठाउँमा कर्मचारी खटाई स्वदेश फर्कन चाहने अवैध कामदारको निवेदन संकलन गरीरहेको दूतावासले ताबुक र सकाकाबाट पनि निवेदन संकलन गर्ने निर्णय लिएको छ। ताबुक र सकाकामा नेपाली समुदायले अवैध कामदारको निवेदन संकलन गरी दूतावासलाई सघाएको राजदूत पाण्डेले जनाए। 

'लामो समयदेखि अवैध तरिकाले साउदीमा बस्दै आएको ठूलो संख्या स्वदेश फर्कन चाहेको छ। हालसम्म अवैध रहेका तर एम्नेस्टीको अवसर छोपी वैध बनी यहीं कामलाई निरन्तरता दिन चाहने कामदारको संख्या न्युन छ,' राजदूत पाण्डेले स्पष्ट पारे। राजदूत पाण्डेका अनुसार वैध बन्न खोज्ने कामदार दैनिक एक/दुई सय मात्र दूतावास राहदानीको लागि निवेदन दिन आउने गरेका छन्। 

साउदीले १५ वर्षपछि अवैध आप्रवासी कामदारलाई बिनाकारबाही तथा सजाय स्वदेश फर्कने अवसर दिएको हो। यसअघि सन् १९९८ मा साउदीले एमनेस्टी दिने घोषणा गरेको थियो। १५ वर्षअघि आह्वान गरेको ६ महिने (अप्रिल–सेप्टेम्बर) आममाफी कार्यक्रममा ९ लाख २० हजार ३ सय ७५ अवैध आप्रवासी कामदार स्वदेश फर्केका थिए। अहिले साउदीमा आप्रवासी कामदारको संख्या ६८ लाखभन्दा बढी छ। 

रियादस्थित दूतावासमा मात्र दैनिक १ हजार २ सयले निवेदन दिएको उनले जनाए। थोरै निवेदन परेको दिनमा पनि ८ सयले घर फर्कनका लागि राहदानी माग गरेका थिए। 
अवैध १३ हजार कामदारका राहदानी दूतावासमा

साउदी अरबका विभिन्न निकायबाट प्राप्त भएका करिब १३ हजार अवैध नेपाली कामदारका राहदानी दूतावासमा जम्मा हुन आएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ। रोजगारदाता कम्पनीबाट भागी अन्यत्र काम गरीरहेका अवैध कामदारका ती राहदानीलाई दूतावासले सूचीबद्ध गरी आफ्नो वेबसाइट डब्ल्यू डब्ल्यू डब्ल्यू डट एनइकेएसए डट ओराजीमा राखेको छ।

हुरुव लागि रोजगारदाता कम्पनीले विभिन्न समयमा बुझाएका राहदानी दूतावासले सार्वजनिक गरेको हो। साउदीमा कामदार पुग्नेबित्तिकै उसको राहदानी रोजगारदाता कम्पनीले लिने गर्छ। करार अवधि नसकिँदै कामदार उक्त कम्पनी छोडी अर्कोमा गएमा राहदानीबिना जानुपर्ने हुन्छ। यसरी कामदार गएपछि रोजगारदाता कम्पनीले उसको राहदानी त्यहाँको राहदानी विभागमा बुझाउने गर्छ। यसैलाई हुरुव भन्ने गरिन्छ। राहदानी विभागले विदेश मन्त्रालयमार्फत् सम्बन्धित देशको दूतावास पठाउने गर्छ। 

'विभिन्न निकायबाट हुरुव लागि संकलन भएका १२ हजार ८ सय १८ जना कामदारको राहदानी नम्बर, वाहकको नाम र ठेगाना सूचीबद्ध गरी हामीले वेबसाइटमा राखेका छौं,' साउदी अरबका लागि नेपाली राजदूत उदयराज पाण्डेले भने, 'अवैध कामदारले यो सूचिमा आफ्नो नामको राहदानी भेटे वैध बन्न तथा स्वदेश फर्कन नयाँ राहदानी लिइरहनु पर्दैन।' 

साउदी सरकारले अवैध आप्रवासी कामदारलाई बिना सजाय र जरिवाना वैध बन्ने तथा स्वदेश फर्कने अवसर (एम्नेस्ट) दिएपछि दूतावासले हुरुव लागेका राहदानी वेबसाइटमा राखेको हो। कामदारले असार १९ सम्म यस्ता राहदानी लिई स्वदेश फर्कन पाउनेछन्। 

'हुरुव लागि संकलनमा आएका करिव १३ हजार राहदानी वाहक मध्ये धेरै यसअघि नै दूतावासबाट यात्रा अनुमति पत्र लिई स्वदेश फर्किसकेको पनि हुनसक्छन्। तर, यहाँ हुनेले वेबसाइट हेरी आफ्नो नम्बर टिपेर दूतावास आई राहदानी लग्न सक्नेछन्। यसको लागि कुनै सुल्क तिर्नुपर्ने छैन,' उनले भने।
सुरेन्द्र पौडेल

२०५९ सालदेखि पत्रकारिता सुरु गरेका सुरेन्द्र पौडेल विदेश मामिला, रक्षा र वैदेशिक रोजगारमा दक्खल राख्छन्। अनुसन्धानमूलक रिपोर्टिङ र फिचर लेखन उनको रुचिका विषय हुन्।

ट्विटरः @SurendraPaudel

फेसबुकः facebook.com/surendra.paudel

Email This email address is being protected from spambots. You need JavaScript enabled to view it.

प्रतिक्रिया

ग्यास सिलिन्डर चुहिएपछि...

ग्यास सिलिन्डर चुहिएपछि...

काठमाडौं– मंगलबार बिहान ९ बजे टेकु सुगम ग्यासका कामदार सुरेन्द्र बलामी सिलिण्डर बोकेर कालीमाटी स्थित चटपटे टहरामा ग्यास जोड्न खोज्दै थिए। त्यही ग्यासबाट एक्कासी आगोको मुस्लो निस्कियो र फैलियो। फैलिएको...

फेरियो प्रणाली, फेरिएन उपलब्धि

फेरियो प्रणाली, फेरिएन उपलब्धि

काठमाडौं- दस कक्षामा एसएलसी परीक्षा गराउने प्रणालीलाई बिट मार्दै सरकारले यसको अन्तिम संस्करणको नतिजा बिहीबार सार्वजनिक गरेको छ। कक्षा १२ सम्मलाई विद्यालयतह निर्क्योल गरेको दुई साता नबित्दै सरकारले एसएलसी परीक्षा–२०७२...

सिलिन्डर विस्फोटबाट ३ को मृत्यु भएपछि एचपी ग्यासमाथि प्रतिबन्ध

सिलिन्डर विस्फोटबाट ३ को मृत्यु भएपछि एचपी ग्यासमाथि प्रतिबन्ध

काठमाडौं- ग्यास बिस्फोटमा परी तीन जनाको मृत्यु भएपछि सरकारले एचपी ग्यासको बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ। जेठ ७ गते ललितपुर मंगलबजारमा 'एचपी ब्राण्ड'को ग्यास बिस्फोटमा परी धनजनको क्षती भएपछि सरकारले...

प्रधानमन्त्री अचानक विमानस्थल छिर्दा

प्रधानमन्त्री अचानक विमानस्थल छिर्दा

काठमाडौं-सधैं भिडभाड भइरहने मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रीहरूसहित अकस्मात पुग्दा कर्मचारीदेखि सुरक्षा अधिकारीसम्म अकमक्क परे।

बेनिजिर भुट्टो र म रातभर खित्का छाडेर हास्यौं अनि रोयौंः मीना (अडियो)

बेनिजिर भुट्टो र म रातभर खित्का छाडेर हास्यौं अनि रोयौंः मीना (अडियो)

काठमाडाैं-नेपालका अति धनी क्रिश्चियन परिवारको एक विवाह समारोहमा सहभागी हुन तात्कालिन पाकिस्तानी प्रधानमन्त्री बेनिजिर भुट्टो नेपाल आउँदा आफ्नो कोठामा भुट्टोले रात बिताएको मीन सिं खड्कको दावी छ।

जाजरकोटवासीलाई चामल छैन

जाजरकोटवासीलाई चामल छैन

जाजरकोट- चामल सकिँदा जाजरकोटवासी छाक टार्ने समस्याले पिरोलिएका छन् तर खाद्य संस्थानको सदरमुकामस्थित गोदाम भने भरिभराउ छ। जाजरकोटका दुर्गम गाउँका लागि सरकारले छुट्ट्याएको नियमित कोटाको चामल ठेकेदार लापरवाहीले समयमा ढुवानी...

एक महिलाकाे झुटको खेती : मिसेल ओबामाको फाेनदेखि मध्यरातमा बेनिजिर भुट्टोसम्म [भिडियाे]

एक महिलाकाे झुटको खेती : मिसेल ओबामाको फाेनदेखि मध्यरातमा बेनिजिर भुट्टोसम्म [भिडियाे]

काठमाडौं–काठमाडौंस्थित एक कलेजको ल्याण्डलाईन नम्बरमा अमेरिकी राष्ट्रपति बाराक अाेबामा पत्नी मिसेल आफैँले फोन गरेर सोध्छिन्, 'इज मीना देअर ?' (मीनाजी त्यहाँ हुनुहुन्छ...?) पाकिस्तानी प्रधानमन्त्री बेनिजिर भुट्टो प्रधानमन्त्रीकै हैसियतमा नेपाल आउँदा उनै...

नयाँ शक्तिको 'समृद्धि सपना'

नयाँ शक्तिको 'समृद्धि सपना'

काठमाडौं- काभ्रे बनेपाका संदीप घोरसाइने पेशाले सवारी चालक हुन्। राजनीतिमा खासै चासो नराख्ने उनी आइतबार दशरथ रंगशालामा नयाँ शक्ति नेपाल पार्टीको घोषणा कार्यक्रममा चर्को घाम सहेर बसे। पार्टी संयोजक डा.बाबुराम...