Tuesday 12 Baishak, 2074 |
Menu

republica-headerdiscount-subscribe1

istl

सुनकोसी ताललाई जोगाए के होला?

(4 votes)
सुनकोसी ताललाई जोगाए के होला?
काठमाडौं- सिन्धुपाल्चोक मांखामा १२ दिनअघि पहिरोले बनाएको 'सुनकोसी ताल' लाई तालकै रुपमा जोगाएर पर्यटकीय सम्भावना खोजे के होला? प्रकोप क्षेत्रमै उद्धार कार्यमा खटिएको नेपाली सेना विस्फोट, ड्रिलिङ र एक्स्काभेटर लगाएर ताल खोल्ने प्रयत्नमा रातोदिन खटिइरहेका छन्।
nepali-patro-june
राजधानीमा यस क्षेत्रका विज्ञहरुले भने नयाँ सम्भावनामा बहस थालेका छन्- प्राकृतिक प्रकोपले सिर्जना गरेको सुनकोसी ताललाई यही स्वरुपमा रहन दिएर पर्यटकीयलगायत विकास सम्भावना खोज्न सकिन्छ। 
साउन १७ गते शनिबार बिहान मांखा–राम्चे क्षेत्रमा गाउँसहित डाँडो नै खस्दा सुनकोसी थुनिएको थियो। त्यसले बनाएको ताल फुटेर तल्लोतटीय क्षेत्रका बस्तीदेखि भारत बिहारसम्म जनधनको क्षति हुनसक्ने खतरा टार्न तालको पानी निकास दिने प्रयत्न जारी छ। 
यही सन्दर्भमा बुधबार राजधानीमा आयोजित एक छलफलमा सहभागी विज्ञहरुले भने ताल जोगाउन सकिने सम्भावना खोजेका हुन्।
उनीहरुका अनुसार तालको सबै पानी निखार्न सकिन्न र त्यहाँ थुप्रिएको सबै ढुंगा–माटो पन्छाएर अन्यन्त्र लैजान पनि मुश्किल छ। यस्तो निचोडमा पुगेका सरकारी प्राविधिकहरूले ताल नै कायम राखेर मत्स्यपालनलगायत उद्यम गर्न सकिने र तल्लो तटमा रहेको सुनकोसी जलविद्युत आयोजनाका लागि तालको पानी प्रयोग गरेर थप ऊर्जा निकाल्न सकिने योजना पस्किए। 
'सुनकोसी ल्यान्डसाइड ड्याम : कारण, परिणाम र गर्नुपर्ने कार्य' विषयक छलफल कार्यक्रममा प्रतिवेदन प्रस्तुत गर्दै जलउत्पन्न विभाग, पहिरो शाखाका प्रमुख षण्मुखेश अमात्यले ताल (बाँध) को माथिल्लो तहबाट १७ मिटर गहिराइसम्मका ढुंगा, माटो पन्छाएर बाँकी त्यत्तिकै छाड्नु उचित हुने बताए। 
'बाँधले बनाएको माथ्लो भागबाट करिब १७ मिटर तल अरनिको राजमार्ग छ,' अमात्यले भने, 'त्यो सतहसम्मको ढुंगामाटो निकालेपछिको भागलाई त्यत्तिकै राख्न उचित हुन्छ।' 
पानीको तलाउमा पुरिएको अरनिको राजमार्ग र करिब त्यही सतहमा रहेको सानिमा हाइड्रोपावरसम्मको ढुंगा, माटो निकालेपछि बाँकी पानी त्यत्तिकै छाड्नुपर्ने प्राविधिकहरूको धारणा छ। 
पहिरोले करिब ४७ मिटर अग्लो बाँध बनाएको छ। नदीको पिँधमा करिब ६ सय ५० मिटर चौडा र नदी वारिपारि करिब २ सय मिटर लम्बाइ छ। पहिरोले नदीमा करिब ६५ लाख घनमिटर ढुंगामाटो जम्मा गरेको उनीहरूको आँकडा छ।
विज्ञान तथा प्रविधि मन्त्रालयले डेढ साताअघि मांखा पहिरो र त्यसले बनाएको बाँधबारे अध्ययन गरी प्रतिवेदन पेस गर्न जल तथा मौसम विज्ञान विभागका निर्देशक ऋषिराम शर्माको संयोजकत्वमा कार्यदल बनाएको थियो। कार्यदलमा अमात्यसहित जल तथा मौसम विज्ञान विभागका विज्ञहरू राजेन्द्र शर्मा, गौमराज कर्णिकार, नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) का अमरदीप रेग्मी र स्वतन्त्र विपदविद मधुकर उपाध्याय छन्।
अमात्यले छलफलमा प्रस्तुत गरेको प्रतिवेदन कार्यदलले बिहीबार विज्ञान प्रविधि मन्त्रालयलाई बुझाउँदैछ।
संयोजक शर्माले प्रतिवेदन पेस गरेपछिमात्र यसबारे विस्तृतमा बताउन सकिने बताए। 'पहिरोले बनाएको बाँधको वस्तुस्थिति हेर्दा तालमा जम्मा भएको सबै पानी फाल्नसक्ने स्थिति छैन, सबै ढंुगामाटो हटाउन सक्ने अवस्था पनि देखिँदैन,' शर्माले भने, 'हामीले सरकारलाई प्रतिवेदन बुझाउने हो, सरकारले सरोकारवालासँग छलफल गरेर निर्णय लिन्छ।' प्रतिवेदनमा पहिरोले बनाएको बाँधको विस्तृतमा थप अध्ययन गर्नुपर्ने औंल्याइएको छ ।
'हामीले स्थलगत अध्ययनका आधारमा सुझाव दिएका हौं, तालकै रुपमा राख्ने वा नराख्ने त्यसका लागि विस्तृतमा थप अध्ययन आवश्यक छ,' अमात्यले भने। 
पहिरोले थुनिएको करिब १२ घन्टापछि कोसी आफैंले पहिरो खसेको क्षेत्रबाटै सानो निकास बनाएको थियो। त्यही क्षेत्रमा साउन १७ गते देखि दैनिकजसो नेपाली सेनाले बम विस्फोट गरेर तालमा जमेको पानी निकास गर्ने प्रयास गर्दै आएको छ। तर दुई सातासम्म नदीमा शिरबाट बगेर आए जत्तिकै पानीमात्र निकास हुँदै आएकोमा मंगलबारदेखि एक्स्काभेटर प्रयोग र बम विस्फोट गराएर पानीको निकास मात्र बढाइएको छ। 
सेनाका जर्नेल अश्विनकुमार थापाले भने, 'हाम्रो मुख्य काम तालमा जमाउने पानी घटाउने हो।' थापाका अनुसार बुधबारदेखि दुइटा एक्स्काभेटर प्रयोग गरेर बाँधका दुई स्थानबाट पानी निकासको प्रयास गरिएको छ। 
थापाले टेलिफोनमा नागरिकसँग भने 'प्राविधिकहरूका अनुसार आजदेखि नदीमा आएको पानीमा थप एक सय घनमिटर प्रतिसेकेन्डका दरले तालको पानी निकास भइरहेको रहेको छ।'
कति गहिराइसम्मको बाँधको ढुंगामाटो निकाल्ने भन्ने अनभिज्ञता प्रकट गर्दै थापा भन्छन्, 'प्राविधिकहरूले कति सुझाउँछन्, त्यहीअनुसार गर्ने हो।'
पहिरोले बनाएको तालमा जमेको करिब ८० लाख घनमिटर पूरै पानी बाँध भत्काएर निखार्न सकिने–नसकिने अन्योलमा देखिन्छन् प्राविधिकहरू। पहिरो आएको नदीकिनारातर्फ ठुल्ठूला चट्टानसहितको ढिस्को छ। त्यसको पारिपट्टि स–साना चट्टानका टुक्रा र माटोको लेदोले बाँध बनेको छ। नदी आफंैले पहिरो आएतिरबाटै निकास खोलेको र सेनाले पनि त्यही क्षेत्रबाट नदीको बहाब बढाउँदै लगेकाले ठुल्ठूला ढुंगा भएको क्षेत्रमा नदी आफंैले बाँध गहिर्याबउन सकेको छैन। पारीपट्टि बाँधमा साना ढुंगा र माटो मात्रा धेरै भएकाले नदीको निकास त्यताबाट गर्दा नदी आफैंले प्रशस्त कटान गरेर गहिर्यांउन सक्ने प्राविधिकहरूको अनुमान छ। 'नदी आफैंले धेरै कटान गर्दै गयो भने तालको पानी आफंै निखारिन पनि सक्छ,' शर्माले भने, 'करिब ५० मिटर अग्लो बाँध सबै कटान हुन्छ वा हँुदैन भन्न, सकिन्न।' पारिपट्टिबाट नदीको निकास खोलेपछिमात्र ताल बनाउने वा नबाउने निर्णय लिन सकिने शर्माले बताए। 
पहिरोले थुपारेका ढुंगामाटो हेर्दा ठुल्ठूला देखिए पनि फसफस जाने प्रकृतिका रहेको भूगर्भशास्त्री बताउँछन्। खानी विभागका तर्फबाट स्थलगत अध्ययनबाट फर्किएका भूगर्भशास्त्री दिनेश नेपालीका अनुसार त्यहाँ 'सिस्ट, फिलाइट' भनिने परिवर्तित चट्टानका टुक्रा, तिनै चट्टानबाट बनेको माटो ज्यादा देखिन्छ। 
'कमजोर ढुंगामाटोले बनेको बाँध नदी आफैंले बिस्तारै खोल्दै जान सक्छ, कमलो ढुंगामाटोले बनेको बाँधलाई आधार मानेर तलाउ बनाउन मिल्छ वा मिल्दैन, थप अध्ययन आवश्यक छ,' नेपालीले भने।
पहिरोको जोखिम रहेको क्षेत्रमा भूमिगत सुरुङमार्ग बनाउन सुझाइएको छ। प्रतिवेदनमा अरनिको राजमार्गको खाडीचौरदेखि तातोपानीसम्मको क्षेत्र पहिरो जोखिम क्षेत्र चित्रित गर्दै पहिरोको जोखिम भएका ठाउँमा सुरुङमार्ग बनाउनुपर्ने आवश्यकता औंल्याइएको छ। 
नेपाल भौगर्भिक, समाज, ल्यान्डस्लाइड सोसाइटी, हिमालयन ल्यान्डस्लाइड सोसाइटी र भूकम्प प्रविधि अध्ययन समाजले संयुक्त रुपमा आयोजना गरेको छलफलमा विपद व्यवस्थापनका प्राविधिक कार्यपत्रहरूमाथि छलफल भएको थियो। विपद विज्ञहरूले नेपाल प्रकोपको उच्च जोखिम रहेको देश भए पनि सरकारले विज्ञहरूको सहयोग लिन नसकेको धारणा राखेका थिए। 
नेपाल भौगर्भिक समाजका अध्यक्ष दिनेश पाठकले भने, 'भूविपदबारे सरकारी संरचना र बुझाइमा परिवर्तन ल्याउन आवश्यक छ।' भूगर्भशास्त्रका प्राध्यापक मेघराज धिताल, भूगर्भशास्त्री टुकराज अधिकारीले पनि प्राविधिक कार्यपत्र प्रस्तुत गरेका थिए।

प्रतिक्रिया

ग्यास सिलिन्डर चुहिएपछि...

ग्यास सिलिन्डर चुहिएपछि...

काठमाडौं– मंगलबार बिहान ९ बजे टेकु सुगम ग्यासका कामदार सुरेन्द्र बलामी सिलिण्डर बोकेर कालीमाटी स्थित चटपटे टहरामा ग्यास जोड्न खोज्दै थिए। त्यही ग्यासबाट एक्कासी आगोको मुस्लो निस्कियो र फैलियो। फैलिएको...

फेरियो प्रणाली, फेरिएन उपलब्धि

फेरियो प्रणाली, फेरिएन उपलब्धि

काठमाडौं- दस कक्षामा एसएलसी परीक्षा गराउने प्रणालीलाई बिट मार्दै सरकारले यसको अन्तिम संस्करणको नतिजा बिहीबार सार्वजनिक गरेको छ। कक्षा १२ सम्मलाई विद्यालयतह निर्क्योल गरेको दुई साता नबित्दै सरकारले एसएलसी परीक्षा–२०७२...

सिलिन्डर विस्फोटबाट ३ को मृत्यु भएपछि एचपी ग्यासमाथि प्रतिबन्ध

सिलिन्डर विस्फोटबाट ३ को मृत्यु भएपछि एचपी ग्यासमाथि प्रतिबन्ध

काठमाडौं- ग्यास बिस्फोटमा परी तीन जनाको मृत्यु भएपछि सरकारले एचपी ग्यासको बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ। जेठ ७ गते ललितपुर मंगलबजारमा 'एचपी ब्राण्ड'को ग्यास बिस्फोटमा परी धनजनको क्षती भएपछि सरकारले...

प्रधानमन्त्री अचानक विमानस्थल छिर्दा

प्रधानमन्त्री अचानक विमानस्थल छिर्दा

काठमाडौं-सधैं भिडभाड भइरहने मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रीहरूसहित अकस्मात पुग्दा कर्मचारीदेखि सुरक्षा अधिकारीसम्म अकमक्क परे।

बेनिजिर भुट्टो र म रातभर खित्का छाडेर हास्यौं अनि रोयौंः मीना (अडियो)

बेनिजिर भुट्टो र म रातभर खित्का छाडेर हास्यौं अनि रोयौंः मीना (अडियो)

काठमाडाैं-नेपालका अति धनी क्रिश्चियन परिवारको एक विवाह समारोहमा सहभागी हुन तात्कालिन पाकिस्तानी प्रधानमन्त्री बेनिजिर भुट्टो नेपाल आउँदा आफ्नो कोठामा भुट्टोले रात बिताएको मीन सिं खड्कको दावी छ।

जाजरकोटवासीलाई चामल छैन

जाजरकोटवासीलाई चामल छैन

जाजरकोट- चामल सकिँदा जाजरकोटवासी छाक टार्ने समस्याले पिरोलिएका छन् तर खाद्य संस्थानको सदरमुकामस्थित गोदाम भने भरिभराउ छ। जाजरकोटका दुर्गम गाउँका लागि सरकारले छुट्ट्याएको नियमित कोटाको चामल ठेकेदार लापरवाहीले समयमा ढुवानी...

एक महिलाकाे झुटको खेती : मिसेल ओबामाको फाेनदेखि मध्यरातमा बेनिजिर भुट्टोसम्म [भिडियाे]

एक महिलाकाे झुटको खेती : मिसेल ओबामाको फाेनदेखि मध्यरातमा बेनिजिर भुट्टोसम्म [भिडियाे]

काठमाडौं–काठमाडौंस्थित एक कलेजको ल्याण्डलाईन नम्बरमा अमेरिकी राष्ट्रपति बाराक अाेबामा पत्नी मिसेल आफैँले फोन गरेर सोध्छिन्, 'इज मीना देअर ?' (मीनाजी त्यहाँ हुनुहुन्छ...?) पाकिस्तानी प्रधानमन्त्री बेनिजिर भुट्टो प्रधानमन्त्रीकै हैसियतमा नेपाल आउँदा उनै...

नयाँ शक्तिको 'समृद्धि सपना'

नयाँ शक्तिको 'समृद्धि सपना'

काठमाडौं- काभ्रे बनेपाका संदीप घोरसाइने पेशाले सवारी चालक हुन्। राजनीतिमा खासै चासो नराख्ने उनी आइतबार दशरथ रंगशालामा नयाँ शक्ति नेपाल पार्टीको घोषणा कार्यक्रममा चर्को घाम सहेर बसे। पार्टी संयोजक डा.बाबुराम...