15 Ashwin, 2073 |
Menu
istl

निदाए नेता डटकममा

  • १ असार, २०७०
  • कृष्ण ढुंगाना/प्रशान्त लामिछाने
  • Be the first to comment!
(0 votes)
निदाए नेता डटकममा
काठमाडौं - 'सीएमप्रचण्ड डटकम' वेबसाइटको अन्तिम पोस्टिङ चैत ९, २०६९ का अनुसार एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल मधेसबाट चुनाव लड्दैछनन्। वेबसाइटले भिजिटरलाई उनको चीन र भारत भ्रमणका विषयमा केही जानकारी दिँदैन, न उनले भर्खरै जारी गरेको पार्टीको सार्वजनिक उत्पादन नीतिबारे कुनै सूचना।

एमाले अध्यक्ष झलनाथ खनालको वेबसाइट जेएनखनाल डटकम अपडेट नभएको करिब एक वर्ष भयो। वेबसाइट हेर्नेले उनी ०६८ फागुन ७ गते संवैधानिक उपसमितिको बैठकमा भाग लिन जाँदै गरेको सूचना पाउँछन्। जब कि संविधानसभा भंग भएकै एक वर्ष नाघिसक्यो।
बाबुराम भट्टराईलाई जति प्रविधिप्रिय भनिए पनि उनको पनि वेबसाइट चार महिनादेखि अपडेट छैन। भट्टराईको टि्वटर प्रेम भने हालका दिनमा पनि कायमै छ।
नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको वेबसाइट नै छैन, उपसभापति रामचन्द्र पौडेलको वेबसाइट दर्तामात्र छ, चालु भएकै छैन। माधवनेपाल डटकम पनि धेरैअघिदेखि डाउन छ।
अहिले नेपालमा इन्टरनेट प्रयोगकर्ता ५० लाखभन्दा बढी भइसकेको र त्यो संख्यामा निरन्तर वृद्धि भइरहेको छ तथापि वेबसाइटबाट आफ्ना कार्यकर्ता तथा मतदातासमक्ष पुग्न नेताहरुले कुनै चाख देखाएका छैनन्। अधिकांश नेतामा सत्तामा हुँदा वेबसाइट चलाउने र सत्ताबाट ओर्लेपश्चात वास्ता नगर्ने मनस्थिति देखिएको छ।
कतिपय नेताको समयमै वेबसाइट नवीकरण नगर्नाले अब पुनः चलाउनसमेत नसकिने अवस्थामा पुगेको छ। तर नेताका सहयोगी भने आफ्ना नेताको वेबसाइट केही समयका लागि मात्र प्रयोगमा नआएको, तर अब चाँडै चल्ने कुरा बताउँछन्।
आफ्नो वेबसाइटमात्र होइइ, फेसबुक र टि्वटरजस्ता सामाजिक सञ्जालमा पनि नेताहरुको खासै संलग्नता देखिन्न। दाहालपुत्र प्रकाशको फेसबुक र पूर्वप्रधानमन्त्री भट्टराईको टि्वटर पेज भने धेरैले हेर्ने वा पछ्याउने गरेको देखिन्छ। टि्वटरमा भट्टराईलाई पछ्याउनेहरू ३१ हजार ७ सय ३४ छन्।
फेसबुक, टि्वटरमा दलका नेताप्रति आक्रोश पोख्ने जमात पनि ठूलै छ। त्यो जमात  नेताहरूको एकोहोरो आलोचना गर्छ, तर स्वयं नेताका सहयोगी नेता–कार्यकर्ताले कुनै प्रकारले प्रतिक्रिया दिएको देखिन्न।

मंसिर ४ गते दोस्रो संविधानसभा चुनाव घोषणा भइसकेकाले नेताहरु चुनावी मैदानमा उत्रँदा आफ्नो वेबसाइटलाई बेवास्ता गर्न सक्दैनन् जो सूचनाप्रविधिको जमानामा चुनाव लड्दैछन्।
एकीकृत माओवादी अध्यक्ष दाहालका सहयोगी तथा प्राविधिक पक्ष अपडेटकर्ता शिव खकुरेल भन्छन्, 'केही समयभित्रै नयाँपनका साथ अध्यक्षको वेबसाइट ल्याउँदैछौं।' खनालको वेबसाइट प्राविधिक कारणले अपडेट हुन नसकेको उनका सहयोगी रामबाबु अधिकारी बताउँछन्।
भट्टराईको पनि निर्वाचनको तयारीसाथ नयाँ रुपमा आउने पुर्व प्रधानमन्त्रीका सहयोगी विश्वदीप पाण्डेले बताए। 'वेबसाइटलाई अझ सुधार गरेर ल्याउने तयारी गर्दैछौं,' उनी भन्छन्, 'संविधानसभा चुनावलाई लक्षित गर्दै वेबसाइटको काम गर्दैछौं।'
भट्टराईको नयाँ साइट नेपाली तथा अंग्रेजी दुवै भाषामा आउन लागेको पाण्डेले जानकारी दिए।
माधव नेपालको वेबसाइट डाउन भएको कुरा अस्वीकार गर्छन्, नेपालका सहयोगी रितेश पौडेल। नेपाली कांग्रेसका उपसभापतिको वेबसाइटमा काम भइरहेको उनका सहयोगी चिरञ्जीवी अधिकारी बताउँछन्। अधिकारीका अनुसार 'वेबसाइट दर्ता भइसकेको छ, त्यसलाई पूर्णता दिने काम गरिरहेका छौं, सबै काम सिध्याउन केही समय लाग्छ।'
नेता र तिनका सहयोगीले जस्तो बहाना बनाए पनि वास्तवमा सबैको वेबसाइट चल्न नसक्नुमा प्राविधिक जनशक्ति अभाव र आर्थिक कारण नै हो। आफू सरकारमा हुँदा सरकारी जनशक्ति लगाएर वेबसाइट चलाउने र बाहिर आउनेबित्तिकै वास्ता नगर्ने प्रवृत्ति नै भएको छ।
वेबसाइट निरन्तर अपडेट गर्नेमा एमालेका नेता रवीन्द्र अधिकारी अपवाद हुन्। उनले आफ्नो साइटमा पत्रपत्रिकामा लेखेका लेख तथा टेलिभिजनलाई दिएका अन्तर्वार्ताको भिडियोलिंकसमेत राख्ने गरेका छन्। यसका लागि उनलाई कृष्ण अधिकारीले सघाइरहेका छन्। 'म आफैंले पनि गर्ने गरेको छु, तर यसको जिम्मेवारी कृष्णजीलाई दिएको छु,' अधिकारी भन्छन्, 'इन्टरनेट स्पिड राम्रो नहुँदा भिडियो अपलोड गर्न भने गाह्रो छ।' उनी आगामी चुनावका लागि वेबसाइट क्याम्पिङको तयारीमा छन्।

प्रतिक्रिया

ग्यास सिलिन्डर चुहिएपछि...

ग्यास सिलिन्डर चुहिएपछि...

काठमाडौं– मंगलबार बिहान ९ बजे टेकु सुगम ग्यासका कामदार सुरेन्द्र बलामी सिलिण्डर बोकेर कालीमाटी स्थित चटपटे टहरामा ग्यास जोड्न खोज्दै थिए। त्यही ग्यासबाट एक्कासी आगोको मुस्लो निस्कियो र फैलियो। फैलिएको...

फेरियो प्रणाली, फेरिएन उपलब्धि

फेरियो प्रणाली, फेरिएन उपलब्धि

काठमाडौं- दस कक्षामा एसएलसी परीक्षा गराउने प्रणालीलाई बिट मार्दै सरकारले यसको अन्तिम संस्करणको नतिजा बिहीबार सार्वजनिक गरेको छ। कक्षा १२ सम्मलाई विद्यालयतह निर्क्योल गरेको दुई साता नबित्दै सरकारले एसएलसी परीक्षा–२०७२...

सिलिन्डर विस्फोटबाट ३ को मृत्यु भएपछि एचपी ग्यासमाथि प्रतिबन्ध

सिलिन्डर विस्फोटबाट ३ को मृत्यु भएपछि एचपी ग्यासमाथि प्रतिबन्ध

काठमाडौं- ग्यास बिस्फोटमा परी तीन जनाको मृत्यु भएपछि सरकारले एचपी ग्यासको बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ। जेठ ७ गते ललितपुर मंगलबजारमा 'एचपी ब्राण्ड'को ग्यास बिस्फोटमा परी धनजनको क्षती भएपछि सरकारले...

प्रधानमन्त्री अचानक विमानस्थल छिर्दा

प्रधानमन्त्री अचानक विमानस्थल छिर्दा

काठमाडौं-सधैं भिडभाड भइरहने मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रीहरूसहित अकस्मात पुग्दा कर्मचारीदेखि सुरक्षा अधिकारीसम्म अकमक्क परे।

बेनिजिर भुट्टो र म रातभर खित्का छाडेर हास्यौं अनि रोयौंः मीना (अडियो)

बेनिजिर भुट्टो र म रातभर खित्का छाडेर हास्यौं अनि रोयौंः मीना (अडियो)

काठमाडाैं-नेपालका अति धनी क्रिश्चियन परिवारको एक विवाह समारोहमा सहभागी हुन तात्कालिन पाकिस्तानी प्रधानमन्त्री बेनिजिर भुट्टो नेपाल आउँदा आफ्नो कोठामा भुट्टोले रात बिताएको मीन सिं खड्कको दावी छ।

जाजरकोटवासीलाई चामल छैन

जाजरकोटवासीलाई चामल छैन

जाजरकोट- चामल सकिँदा जाजरकोटवासी छाक टार्ने समस्याले पिरोलिएका छन् तर खाद्य संस्थानको सदरमुकामस्थित गोदाम भने भरिभराउ छ। जाजरकोटका दुर्गम गाउँका लागि सरकारले छुट्ट्याएको नियमित कोटाको चामल ठेकेदार लापरवाहीले समयमा ढुवानी...

एक महिलाकाे झुटको खेती : मिसेल ओबामाको फाेनदेखि मध्यरातमा बेनिजिर भुट्टोसम्म [भिडियाे]

एक महिलाकाे झुटको खेती : मिसेल ओबामाको फाेनदेखि मध्यरातमा बेनिजिर भुट्टोसम्म [भिडियाे]

काठमाडौं–काठमाडौंस्थित एक कलेजको ल्याण्डलाईन नम्बरमा अमेरिकी राष्ट्रपति बाराक अाेबामा पत्नी मिसेल आफैँले फोन गरेर सोध्छिन्, 'इज मीना देअर ?' (मीनाजी त्यहाँ हुनुहुन्छ...?) पाकिस्तानी प्रधानमन्त्री बेनिजिर भुट्टो प्रधानमन्त्रीकै हैसियतमा नेपाल आउँदा उनै...

नयाँ शक्तिको 'समृद्धि सपना'

नयाँ शक्तिको 'समृद्धि सपना'

काठमाडौं- काभ्रे बनेपाका संदीप घोरसाइने पेशाले सवारी चालक हुन्। राजनीतिमा खासै चासो नराख्ने उनी आइतबार दशरथ रंगशालामा नयाँ शक्ति नेपाल पार्टीको घोषणा कार्यक्रममा चर्को घाम सहेर बसे। पार्टी संयोजक डा.बाबुराम...