Monday 7 Falgun, 2074 |
Menu
istl

जापानी मन्त्रीले छोए नेपाली मन

(9 votes)
जापानी मन्त्रीले छोए नेपाली मन

काठमाडौं- नेपाल पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलनमा जापानी विदेश राज्यमन्त्री मिनोरू किउचीले बोल्दा नेपालीको हृदय छोएका थिए। चार वर्षअघि जापानमा आएको भूकम्पका बेला २० हजार नागरिकले जीवन गुमाएको प्रसंग जोड्दै उनले सुनाए, 'त्यो बेला जापानीले नेपालीबाट प्राप्त ५ हजार कम्बल बाँडेका थिए।'

nepali-patro-june
उनले सभालाई थप भावुक बनाउँदै भने, 'जापानमै बसेका नेपालीले विपतमा परेको क्षेत्रमा गई तरकारी बनाएर खुवाएका थिए। त्यसकारण नेपालमा गएको पछिल्लो भूकम्पसँग जापानको विशेष भावना र ऐक्यबद्धता जोडिएको छ।'

नेपाललाई सहयोग गर्न जापानभरि सहयोग अभियान चलेको उल्लेख गर्दै राज्यमन्त्री किउचीले संसारभरि रहेका नेपाली दूतावासमध्ये जापानमा सबैभन्दा बढी सहयोग जुटेको बताए। उनले आफ्नो निर्वाचन क्षेत्र हामामात्सु क्षेत्रका बासिन्दासमेत सहयोगका निम्ति इच्छुक भएको जानकारी दिए।

'आज मैले जापानी नागरिकको न्यानो माया बोकेर आएको छु,' उनले भने।

सम्मेलनमा भाग लिन आएका उनले बुधबार भूकम्प प्रभावित क्षेत्रमा घुमेपछि स्थानीयले त्यसको पुनःस्थापनाका लागि व्यक्त गरेको सशक्त चाहनालाई महसुस गरेको बताए। उनले यसको पुनःस्थापनाका निम्ति काम गर्ने इच्छा दोहोर्याकएका थिए।

नेपालको असल मित्रका रूपमा जापानले सहयोग गरिरहने विश्वास व्यक्त गर्दै उनले भने, 'म ढुक्क छु भविश्यमा नेपाल झनै सुन्दर, झनै गतिशील र झनै सशक्त हुनेछ। जापानले नेपाललाई त्यो दिन नआउञ्जेल सहयोग गरिरहनेछ।'

प्रतिक्रिया

ग्यास सिलिन्डर चुहिएपछि...

ग्यास सिलिन्डर चुहिएपछि...

काठमाडौं– मंगलबार बिहान ९ बजे टेकु सुगम ग्यासका कामदार सुरेन्द्र बलामी सिलिण्डर बोकेर कालीमाटी स्थित चटपटे टहरामा ग्यास जोड्न खोज्दै थिए। त्यही ग्यासबाट एक्कासी आगोको मुस्लो निस्कियो र फैलियो। फैलिएको...

फेरियो प्रणाली, फेरिएन उपलब्धि

फेरियो प्रणाली, फेरिएन उपलब्धि

काठमाडौं- दस कक्षामा एसएलसी परीक्षा गराउने प्रणालीलाई बिट मार्दै सरकारले यसको अन्तिम संस्करणको नतिजा बिहीबार सार्वजनिक गरेको छ। कक्षा १२ सम्मलाई विद्यालयतह निर्क्योल गरेको दुई साता नबित्दै सरकारले एसएलसी परीक्षा–२०७२...

सिलिन्डर विस्फोटबाट ३ को मृत्यु भएपछि एचपी ग्यासमाथि प्रतिबन्ध

सिलिन्डर विस्फोटबाट ३ को मृत्यु भएपछि एचपी ग्यासमाथि प्रतिबन्ध

काठमाडौं- ग्यास बिस्फोटमा परी तीन जनाको मृत्यु भएपछि सरकारले एचपी ग्यासको बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ। जेठ ७ गते ललितपुर मंगलबजारमा 'एचपी ब्राण्ड'को ग्यास बिस्फोटमा परी धनजनको क्षती भएपछि सरकारले...

प्रधानमन्त्री अचानक विमानस्थल छिर्दा

प्रधानमन्त्री अचानक विमानस्थल छिर्दा

काठमाडौं-सधैं भिडभाड भइरहने मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रीहरूसहित अकस्मात पुग्दा कर्मचारीदेखि सुरक्षा अधिकारीसम्म अकमक्क परे।

बेनिजिर भुट्टो र म रातभर खित्का छाडेर हास्यौं अनि रोयौंः मीना (अडियो)

बेनिजिर भुट्टो र म रातभर खित्का छाडेर हास्यौं अनि रोयौंः मीना (अडियो)

काठमाडाैं-नेपालका अति धनी क्रिश्चियन परिवारको एक विवाह समारोहमा सहभागी हुन तात्कालिन पाकिस्तानी प्रधानमन्त्री बेनिजिर भुट्टो नेपाल आउँदा आफ्नो कोठामा भुट्टोले रात बिताएको मीन सिं खड्कको दावी छ।

जाजरकोटवासीलाई चामल छैन

जाजरकोटवासीलाई चामल छैन

जाजरकोट- चामल सकिँदा जाजरकोटवासी छाक टार्ने समस्याले पिरोलिएका छन् तर खाद्य संस्थानको सदरमुकामस्थित गोदाम भने भरिभराउ छ। जाजरकोटका दुर्गम गाउँका लागि सरकारले छुट्ट्याएको नियमित कोटाको चामल ठेकेदार लापरवाहीले समयमा ढुवानी...

एक महिलाकाे झुटको खेती : मिसेल ओबामाको फाेनदेखि मध्यरातमा बेनिजिर भुट्टोसम्म [भिडियाे]

एक महिलाकाे झुटको खेती : मिसेल ओबामाको फाेनदेखि मध्यरातमा बेनिजिर भुट्टोसम्म [भिडियाे]

काठमाडौं–काठमाडौंस्थित एक कलेजको ल्याण्डलाईन नम्बरमा अमेरिकी राष्ट्रपति बाराक अाेबामा पत्नी मिसेल आफैँले फोन गरेर सोध्छिन्, 'इज मीना देअर ?' (मीनाजी त्यहाँ हुनुहुन्छ...?) पाकिस्तानी प्रधानमन्त्री बेनिजिर भुट्टो प्रधानमन्त्रीकै हैसियतमा नेपाल आउँदा उनै...

नयाँ शक्तिको 'समृद्धि सपना'

नयाँ शक्तिको 'समृद्धि सपना'

काठमाडौं- काभ्रे बनेपाका संदीप घोरसाइने पेशाले सवारी चालक हुन्। राजनीतिमा खासै चासो नराख्ने उनी आइतबार दशरथ रंगशालामा नयाँ शक्ति नेपाल पार्टीको घोषणा कार्यक्रममा चर्को घाम सहेर बसे। पार्टी संयोजक डा.बाबुराम...