Friday 6 Shrawn, 2074 |
Menu
istl

भट्टराईले किन दिए सुरुङ युद्धको धम्की?

(0 votes)
भट्टराईले किन दिए सुरुङ युद्धको धम्की?

काठमाडौं– एकीकृत माओवादीका केन्द्रिय सदस्य एवं पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले राष्ट्रियताको मुद्दालाई लिएर सुरुङ युद्ध गर्न तयार रहेको बताएका छन्। सानेपास्थित निवासमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै भट्टराईले आवश्यक परे माओवादी राष्ट्रियताका लागि पुनः सुरुङ युद्धका लागि तयार रहेको उनले बताए।

nepali-patro-june

'युद्धकालमा पनि हामीले राष्ट्रियताको पक्षमा सुरुङ युद्ध गर्न खोजेका थियौ, आवाश्यक पर्‍यो भने फेरि पनि सुरुङ युद्ध गर्न हामी तयार छौं', भट्टराईले भने। माओवादीले राष्ट्रियताको मुद्दा नछोडेको उनको दाबी थियो।

सुरुङ युद्ध किन?

भारतविरुद्ध सुरुङ युद्ध गर्ने भन्दै माओवादीले युद्ध कालमा पश्चिमी पहाड र तराईका जिल्लामा सयौं खाल्डा खनेको थियो। चुनावको पूर्वसन्ध्यामा आफ्नै पार्टीबाट अलग्गिएको मोहन वैद्य नेतृत्वको माओवादीले दाहाल-भट्टराई नेतृत्वको एमाओवादी सहित संसदवादी दलहरु भारतको दलाल भएको भन्दै राष्ट्रिय अभियान छेडेको सन्दर्भमा भट्टराईले यस्तो प्रतिक्रिया दिएका हुन्। यो बीचमा भारतीय प्रधानमन्त्री कार्यालयमा माओवादी नेतृत्वले भारत प्रतिकूल हुने गतिविधि नगर्ने भनी लिखित प्रतिबद्धता जनाएका सहितका विषय बाहिर आएका थिए। मंगलबार पनि नुवाकोटमा वैद्यले संसदवादी दलहरुभन्दा पूर्व राजा र राजावादीहरु बढी राष्ट्रवादी भएको अभिव्यक्ति दिए। राष्ट्रवादको सवालमा राजा सहित राजावादी एवं वैद्य समूह नजिकिए चुनाव मात्र हैन समग्र राजनीतिकै गणित फेरिन सक्नेतर्फ संकेत गर्दै भट्टराईले दलहरुलाई सचेत रहन समेत भनेका छन्।

'बीपी पुत्र संशाक कोइराला र नेकपा–माओवादीका अध्यक्ष मोहन बैद्यसहितले राष्ट्रियताको सवालमा पूर्वराजासँग सहकार्य गर्न सकिने अभिव्यक्ति दिएर गणतन्त्र, धर्म निरपेक्षता, संघीयताको बिरोध गरेको उनले आरोप लगाए। 'बीपीका जेठा छोरा प्रकाश राजावादी हुदाँ इतिहासमा सीमिति भए, अर्का छोराले राजतन्त्र चाहिन्छ भनेर सोही बाटो अबलम्बन गर्न खोजेका छन्' भट्टराईको टिप्पणी गरे, 'हाम्रा केही पुराना साथीहरु (बैद्यसहित) राष्ट्रियताको सबालमा पूर्व राजासँग सहकार्य गर्नुपर्छ भनेर भन्नु उल्टो बुद्धि हो।'

पूर्व प्रधानमन्त्री तथा एमाओवादी नेता भट्टराईले पूर्व राजा ज्ञानेन्द्रको देश दौडाहा संविधानसभा चुनाव भाँड्ने उद्देश्यले भइरहेको ठोकुवा गरे। 'बाहिरी रुपमा जे देखाए पनि भित्री रुपमा यो राजनीतिक भ्रमण हो', उनले भने- 'चुनाव विरोधी गतिविध गरिरहेकाले उनलाई जेल हाल्नुपर्छ। म भएको भए थुन्दिथेँ।'

'२४० वर्षसम्म देशमा शासन गर्दा नदेखेको गरिबी, अभाव, बाढी पहिरो अहिले आएर देख्नुमा राजनीतिक अर्थ छ', भट्टराईले भने- 'यो हामीलाई असह्य छ। यसलाई राजनीतिक दलहरु र नागरिक समाजले गम्भीरता र सचेततापूर्वक लिनुपर्छ। अन्यथा यसले गम्भीर रुप लिन पनि सक्छ।' दलहरु विदेशकी दलाल र राष्ट्रघाती अनि ज्ञानेन्द्रलाई राष्ट्रवादी भनेर प्रचार गर्नुमा कुनै तथ्य नभएको भट्टराईले प्रस्टिकरण दिए।

केही समययता पूर्व राजा ज्ञानेन्द्र राप्रपा नेपालको भित्री सहयोगमा देश दौडाहामा छन्। पूर्वी तराईका जिल्ला घुम्दै उनले मन्दिर तथा गुम्बाहरुलाई आर्थिक सहयोग दिएर गतिविधि बढाएका थिए। शाही कालीन गृहमन्त्री कमल थापा नेतृत्वको दल ज्ञानेन्द्रलाई गद्दी फर्काउन खुला रुपमा अभियान चलाउँदै आएको छ।

बाढी पीडितलाई सहयोग गर्न पूर्व राजा हिजो पश्चिमको धनगढी पुगेको विषयले जनमानसमा निकै शंका उत्पन्न गराइदिएको थियो। बुहारी हिमानी शाहको संस्था हिमानी ट्रष्टलाई २५ लाख रुपैयाँ प्रदान गरेको विज्ञप्ति निकालेर कल्याणकारी कामका लागि भन्दै पूर्वराजा सुदूरपश्चिमतर्फ लागेका हुन्।

प्रतिक्रिया

ग्यास सिलिन्डर चुहिएपछि...

ग्यास सिलिन्डर चुहिएपछि...

काठमाडौं– मंगलबार बिहान ९ बजे टेकु सुगम ग्यासका कामदार सुरेन्द्र बलामी सिलिण्डर बोकेर कालीमाटी स्थित चटपटे टहरामा ग्यास जोड्न खोज्दै थिए। त्यही ग्यासबाट एक्कासी आगोको मुस्लो निस्कियो र फैलियो। फैलिएको...

फेरियो प्रणाली, फेरिएन उपलब्धि

फेरियो प्रणाली, फेरिएन उपलब्धि

काठमाडौं- दस कक्षामा एसएलसी परीक्षा गराउने प्रणालीलाई बिट मार्दै सरकारले यसको अन्तिम संस्करणको नतिजा बिहीबार सार्वजनिक गरेको छ। कक्षा १२ सम्मलाई विद्यालयतह निर्क्योल गरेको दुई साता नबित्दै सरकारले एसएलसी परीक्षा–२०७२...

सिलिन्डर विस्फोटबाट ३ को मृत्यु भएपछि एचपी ग्यासमाथि प्रतिबन्ध

सिलिन्डर विस्फोटबाट ३ को मृत्यु भएपछि एचपी ग्यासमाथि प्रतिबन्ध

काठमाडौं- ग्यास बिस्फोटमा परी तीन जनाको मृत्यु भएपछि सरकारले एचपी ग्यासको बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ। जेठ ७ गते ललितपुर मंगलबजारमा 'एचपी ब्राण्ड'को ग्यास बिस्फोटमा परी धनजनको क्षती भएपछि सरकारले...

प्रधानमन्त्री अचानक विमानस्थल छिर्दा

प्रधानमन्त्री अचानक विमानस्थल छिर्दा

काठमाडौं-सधैं भिडभाड भइरहने मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रीहरूसहित अकस्मात पुग्दा कर्मचारीदेखि सुरक्षा अधिकारीसम्म अकमक्क परे।

बेनिजिर भुट्टो र म रातभर खित्का छाडेर हास्यौं अनि रोयौंः मीना (अडियो)

बेनिजिर भुट्टो र म रातभर खित्का छाडेर हास्यौं अनि रोयौंः मीना (अडियो)

काठमाडाैं-नेपालका अति धनी क्रिश्चियन परिवारको एक विवाह समारोहमा सहभागी हुन तात्कालिन पाकिस्तानी प्रधानमन्त्री बेनिजिर भुट्टो नेपाल आउँदा आफ्नो कोठामा भुट्टोले रात बिताएको मीन सिं खड्कको दावी छ।

जाजरकोटवासीलाई चामल छैन

जाजरकोटवासीलाई चामल छैन

जाजरकोट- चामल सकिँदा जाजरकोटवासी छाक टार्ने समस्याले पिरोलिएका छन् तर खाद्य संस्थानको सदरमुकामस्थित गोदाम भने भरिभराउ छ। जाजरकोटका दुर्गम गाउँका लागि सरकारले छुट्ट्याएको नियमित कोटाको चामल ठेकेदार लापरवाहीले समयमा ढुवानी...

एक महिलाकाे झुटको खेती : मिसेल ओबामाको फाेनदेखि मध्यरातमा बेनिजिर भुट्टोसम्म [भिडियाे]

एक महिलाकाे झुटको खेती : मिसेल ओबामाको फाेनदेखि मध्यरातमा बेनिजिर भुट्टोसम्म [भिडियाे]

काठमाडौं–काठमाडौंस्थित एक कलेजको ल्याण्डलाईन नम्बरमा अमेरिकी राष्ट्रपति बाराक अाेबामा पत्नी मिसेल आफैँले फोन गरेर सोध्छिन्, 'इज मीना देअर ?' (मीनाजी त्यहाँ हुनुहुन्छ...?) पाकिस्तानी प्रधानमन्त्री बेनिजिर भुट्टो प्रधानमन्त्रीकै हैसियतमा नेपाल आउँदा उनै...

नयाँ शक्तिको 'समृद्धि सपना'

नयाँ शक्तिको 'समृद्धि सपना'

काठमाडौं- काभ्रे बनेपाका संदीप घोरसाइने पेशाले सवारी चालक हुन्। राजनीतिमा खासै चासो नराख्ने उनी आइतबार दशरथ रंगशालामा नयाँ शक्ति नेपाल पार्टीको घोषणा कार्यक्रममा चर्को घाम सहेर बसे। पार्टी संयोजक डा.बाबुराम...